• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

[निबन्ध] मान्छेलाई घडीबाट हानि

लक्ष्मीप्रसाद देवकोटा सोमबार, कात्तिक १०, २०७७  १३:११
1140x725

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्। आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन। उहिले-उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो। त्यस्तै हामी आजकल तारा हेर्दैनौं। तर, उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन। समयको संकेत पनि थियो। 

छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् छैन, जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो। परेवाको कुर्लन र अनेक संकेतहरुबाट समयको विचार गर्न मानिसहरु हामी जस्ता लापरवाही थिएनन्  यो कुरा स्पष्टतया बहसबिना मालूम हुन्छ कि घडीको आविष्कारले मनुष्यजातिलाई हानि सिवाय केही गरेन।

हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं। हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेसा वञ्चित छ। घडीबिना विचार गर्ने व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो। हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन्। हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र बनाउँथे। जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालिममा काम गर्नुपर्छ, पहिलेका मान्छेहरु प्रकृतिका संकेत र सूचनाहरु पाएर विशालको तालिममा काम गर्दथे।

प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे। हाम्रो आंशिक दृष्टि छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि भए, अर्वाचीनमा छ्यासमिसे। पुराना महात्मा सबको आत्माको महात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन्। 

पहिले-पहिले ऋषिले पलेटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर एकै छिन समाहित भएर बसेँ भने मलाई घडी हेर्न मन लाग्दछ। जहाँ घडीको संकेत हुँदैन, त्यहाँ मानव-आत्माले अनन्तसँग नाता जोडेको देखिन्छ। तर, म समयलाई साना-साना टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ। अनन्तबाट म त्यत्तिकै सधैं दूर छु, जत्तिको होश हराएका भारद्वाज समाधिस्थ अवस्थामा मभन्दा माथि देखिन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

हामीहरु जीवनलाई सेकेन्डमा बाँडेर टुक्र्याइरहेछौं, ध्येयशून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय व्यतीत गरिरहेछौं। हामीहरु छरिइरहेछौं, संकीर्ण हुनु विकीर्ण हुनु हाम्रो सभ्यताको लक्षण हो। हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं। हाम्रो आजकल कनिकाकेलाइ छ। महान् तत्त्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् र हामीहरु देवताको दिन र ब्रह्माको युगमा कल्पना गर्न सक्तैनौं। हामीहरु छोटकरी बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा घुम्दछौं, आत्मालाई छाडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं। मेरो विचारमा त यो घडीहरुकै अत्याचारले भएको हो।

किनकि आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं। अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन् घडी हेरेर जान्छन्। आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा पाउँछ, मानव-आत्मामा घडीको कत्रो अत्याचार छ। पहिले-पहिलेका गुरुहरु हरहमेसा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार-व्यवहार समेतमा ध्यान राख्तथे। आजकलका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे बाटुलमुखेका काला अंकहरु गनीगनी पैसा लिन्छन्। विद्याको धारो समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद-बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र?

हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो। बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो। हामीहरु हमेसा बेफुर्सती छौं, सास फेर्न पाइन्न! स्वाँ-स्वाँको युगमा हामी घडीका सुईका मार्गदर्शनमा छौं। हाम्रा सुईहरु मुसा दौडे झैं दौडन्छन्। अनि आधुनिक कविहरु किन बिलौना नगरुन्:- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुर्सत पाउन्नौं भने? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुर्सत छैन : हामी पैसा-पैसा भनी मरिरहेछौं। घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन। हामी टिकटमा दौडिरहेछौं। हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं। 

यो लेख लेख्तालेख्तै मेरो कानमा नजिकको घन्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ। कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मीठा कुरा निकालौंला भने जस्तो लागेको थियो। तर अपशोच, मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके। घन्टाघरको राज्यमा मानव-मगजलाई यत्तिकै अधिकार छ र बीसौं शताब्दीको लेखको नमूना यही हो।
('लक्ष्मी निबन्धसंग्रह'बाट)

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १३:११
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यस्तो रहनेछ देशभरको मौसम
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता?
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट
सम्बन्धित सामग्री
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ उपाध्यायको हातबाट गरियो बिमोचन बिहीबार, साउन १४, २०८३
बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोब... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
आज यस्तो रहनेछ देशभरको मौसम बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
‘सरकारलाई व्यापारी चोरजस्तै लाग्यो रे’ भन्ने बालेन प्रधानमन्त्री हुँदा आतंकित छ निजी क्षेत्र बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्