• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सरकारको स्पष्ट निर्देशन नहुँदा आप्रवासी नेपाली श्रमिकलाई स्वदेश फर्कन सास्ती : विज्ञ 

64x64
नेपाल लाइभ सोमबार, असोज २६, २०७७  ११:२०
1140x725

काठमाडौं–सरकारको स्पष्ट निर्देशन नहुँदा कोभिड–१९ (कोरोना भाइरस) का कारण अप्ठ्यारोमा परेका आप्रवासी नेपाली श्रमिकहरुले स्वदेश फर्कने क्रममा निकै ठूलो सास्ती झेल्नु परेको विज्ञहरुले औँल्याएका छन्। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘सोसल साइन्स’ विषयक कार्यक्रममा बोल्दै विज्ञहरुले सो कुरा औँल्याएका हुन्। 

कार्यक्रममा बोल्दै सामाजिक विकास विज्ञ डा बन्दिता सिजापतिले कोरोना महामारीको प्रत्यक्ष असर श्रम तथा आप्रवासन क्षेत्रमा परेको बताइन्।  यसबाट रेमिट्यान्स तथा कुल गार्हस्थ उत्पादन (जिडीपी) मा समेत असर पर्ने उनको भनाइ छ। 

‘कोरोनाका कारण आप्रवासी कामदार कटौती गरेको तथा धेरै श्रमिकहरुले कम ज्यालादरमा काम गर्नुपर्ने अवस्था आप्रवासी नेपाली श्रमिकहरुले भोग्नुपरेको छ,’ कार्यपत्र प्रस्तुत गर्दै उनले भनिन्। 

नेपालमा वैदशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले (सन् २०१७ देखि २०१९ मा) कुल गाहर्स्थ उत्पादनमा २५ प्रतिशत योगदान पुर्‍याउँदै आएकोमा आगामी वर्ष १८ प्रतिशतमा झर्ने अनुमान गरिएको उनले उल्लेख गरिन्। यस्तै सन् २०२० मा विप्रेषण आप्रवाह झण्डै २० प्रतिशतले घट्ने अनुमान विश्व बैंकको रहेको उनले जानकारी दिइन् । 

वैदेशिक रोजगार बोर्डलाई उद्धृत गर्दै उनले खाडीका ६ राष्ट्र तथा मलेसियाबाट मात्रै तत्काल स्वदेश फर्कनुपर्ने अवस्थाका १ लाख २७ हजार  कामदार  रहेको उल्लेख गरिन्। कोरोना संकट व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै उनले झण्डै १ लाख ५० हजार नेपाली श्रमिकहरु कोरोनाका कारण भारतबाट फर्कन चाहेको जानकारी दिइन् । 
तर नियमित उडान नहुनु, परराष्ट्र मन्त्रालयको स्पष्ट निर्देशनको अभाव, तथा सम्बन्धित सरोकारवालाहरुसँग समन्वयको अभावका कारण स्वदेश फर्कने क्रममा पनि नेपाली आप्रवासी श्रमिकहरुले निकै ठूलो सास्ती झेल्नु परेको उनले स्पष्ट पारिन्। 

‘भारतमा नेपाली कामदार’ विषयक कार्यपत्र प्रस्तुत गर्दै फ्रान्सका अध्येता डा त्रिस्टन बुर्सलले लाखौँको संख्यामा नेपाली श्रमिकहरु भारतमा कार्यरत रहेको बताए। सुरक्षागार्ड, कुल्ली, कुक, पर्यटन क्षेत्र, घरेलु, कृषिलगायत विभिन्न क्षेत्रमा नेपाली श्रमिकहरु कार्यरत रहेको उनले उल्लेख गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘तर भारतमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरुलाई आप्रवासी कामदारका रुपमा हेरिएको छैन। श्रमिकसम्बन्धी काम गर्दै आएका आइएलओ, आइओएमलगायत अन्तराष्ट्रिय श्रम संगठनहरुले समेत उनीहरुलाई अन्य मुलुकमा रोजगारीका लागि पुगेका श्रमिकहरु सरह लिएको पाइँदैन’ त्रिस्टनले भने । 

नेपालबाट रोजगारीका लागि भारत पुग्नेहरु विशेषगरी निम्न वर्गका, दलित, भूमिहीन लगायत ग्रामीण भेगका श्रमिकहरु रहेको उनले औँल्याए। 

भारत जानका लागि श्रम स्वीकृति, पासपोर्ट, भिसा केही पनि आवश्यक नपर्ने हुँदा पनि भारत जाने श्रमिकहरुका बारेमा राज्य बेखबर बनेको उनको भनाइ  थियो। 

‘भारत पनि विदेश हो तर नेपालीहरुलाई विदेश जस्तो लाग्दैन,’ उनले थपे। 

Xtrem

Xtrem

कोरोना महामारीका कारण भारतबाट फर्किएका नेपाली श्रमिकहरुलाई सरकारले व्यवस्थित रुपमा स्वदेश ल्याउन नसकेका कारण नेपाली श्रमिकहरुले सास्ती झेल्न बाध्य बन्नु परेको उनले औँल्याए। लामो पैदल यात्रा गरेर सीमानासम्म आएका आप्रवासी नेपाली श्रमिहरुलाई सीमानामा प्रवेश निशेध गरेपछि उनीहरु बिचल्लीमा पर्नुपरेको समेत उनले स्पष्ट पारे। 

भारतबाट रोजगारी गुमाएर समस्यामा परी फर्किएका उनीहरुलाई सरकार तथा अन्य गैरसरकारी संस्थाहरुबाट समेत कुनै सहयोग नहुनु दुःखद पाटो रहेको उनको भनाइ थियो। 

कार्यक्रममा अस्ट्रेलियाको न्युसाउथ वेल्सका प्राध्यापक डा जगन्नाथ अधिकारीले  ‘कन्सिक्वीन्सेस अफ कोभिड १९ अन फरेन लेवर माइग्रशेन इन नेपाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले कोरोना महामारीका कारण गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका आप्रवासी नेपाली श्रमिकहरुलाई स्वदेश फिर्ता गर्न, उनीहरुको कारोना परीक्षणलगायत स्वदेश फिर्ता गरेर समाजमा पुनर्एकीकरण गर्न सरकारको असमर्थता देखिएको उल्लेख गरे। 

‘सरकारको कमजोरीका कारण भारतबाट आएका श्रमिकहरु सीमानामा अलपत्र पर्नुपर्ने अवस्था आयो। अन्य मुलुकहरुबाट पनि समस्यामा परेर स्वदेश फर्कनै पर्ने नेपालीका लागि पनि उडानको कुनै व्यवस्था गरिएन । गन्तव्य मुलुकमा असहाय भएर बस्नुपर्ने अवस्था सिर्जना भयो । स्वदेश फर्किएपछि पनि क्वारेन्टाइनको उचित सुविधा नहुँदा आप्रवासी नेपाली श्रमिकहरुले समस्या झेल्नुपर्‍यो,’ उनले भने। 

उनले हालसालै गरेको अध्ययनअनुसार सबैभन्दा बढी हस्पिटालिटी क्षेत्रमा कार्यरत आप्रवासी नेपाली श्रमिकहरुले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेहरु ठूलो संख्यामा अदक्ष श्रमिक छन् । कोरोनाका कारण मलेसिया, खाडीलगायत विभिन्न मुलुकमा १८ दशमलव ९६ प्रतिशतले रोजगारी गुमाएको अवस्था छ। ४ दशमलव ५९ प्रतिशत श्रमिक कार्यरत कम्पनी बन्द भएको अवस्था छ । त्यस्तै ६ दशमलव १९ प्रतिशत नेपाली श्रमिहरुको करार अवधि सकिएको छ। १ दशमलव २ प्रतिशत नेपाली श्रमिकहरुलाई पारिश्रमिक नदिई कामबाट निकालिएको अवस्था छ। त्यस्तै बिदापछि काममा फर्किनेहरु ५ दशमलव ७९ प्रतिशत छन्। हाल ६३ दशमलव २७ प्रतिशत श्रमिकहरु भने कार्यरत छन् । 
आप्रवासन विज्ञ डा गणेश गुरुङले कार्यक्रममा कोरोनाका कारण विदेशबाट फर्किएका आप्रवासी नेपालीहरुको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। 

उनले आप्रवासी नेपाली श्रमिकहरु सबैको अवस्था एकै किसिमको नभएको बताए । 

‘सबैभन्दा राम्रो आर्थिक अवस्था भएका इकोनमिक क्लास ‘ए’ वर्गका व्यक्तिहरु रोजगारी तथा अध्ययनका लागि अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया पुग्ने गरेका छन्  यिनीहरुले पारिश्रमिक र सेवासुविधा पनि राम्रो पाउँछन्,’ कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘मध्यम वर्गका व्यक्तिहरु रोजगारीका लागि युरोेप, कोरिया, जापान, हङकङ पुग्ने गरेका छन् । निम्न वर्गका खाडी जान्छन् भने अतिनिम्न वर्गका श्रमिकहरु भारत जान्छन् उनीहरुले पारिश्रमिक र सेवासुविधा पनि कम पाउँछन् ।’

पछिल्लो समय कोरोना महामारीका कारण अधिकांश मुलुकबाट नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी रहेको उनले उल्लेख गरे। सुरक्षित स्वदेश फिर्ती तथा पुनर्एकीकरणमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।  
कार्यक्रममा डा. रमेश सुनाम (वेसेडा युनिभर्सिटी जापान), नेहा चौधरी (नेशनल प्रोग्राम कोेअर्डिनेटर आइएलओ नेपाल), श्रम विज्ञ डा जीवन बानियाँ, लगायतले आप्रवासी श्रमिकहरुको अवस्था समस्या तथा समाधानका लागि आवश्यक पहलका सम्बन्धमा सुझाव राखेका थिए।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्