डडेलधुरा– डडेलधुराको अमरगढी नगरपालिका–२ मा विगत ५ वर्षदेखि सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेको छिन्– खेमा थापा। यसबाट उनले घरखर्च तथा बचत हुनेगरी आम्दानी भइरहेको अनुभव सुनाइन्।
‘यो पेशामा लागेको पाँच वर्ष जति भयो।’, खेमाले भनिन्, ‘यसबाट राम्रै आम्दानी भइरको छ, घरखर्च चलिरहेको छ। अनि केही बचत पनि हुन्छ।’ महिलाहरुले घरमा घाँसदाउरा मात्रै काट्नुभन्दा सीप सिकेर आत्मनिर्भर हुनु उपयुक्त हुने उनको भनाइ छ।

उनी भन्छिन्, ‘अहिलेका महिलाले घरको चुलोचौको, घाँसदाउरा र मेलापातमा मात्रै सिमित नभई केही सीप सिकेर आफ्नो खुट्टामा उभिन सक्नुपर्छ।’ आफू सिलाइ पेशाबाट सन्तुष्ट रहेको बताउँदै उनले हातमा सीप भए अरुको भर पर्नु नपर्ने बताइन्। सिलाइ कटाइ व्यवसायबाट थापाले मासिक १५ देखि २० हजारसम्म कमाउने गरेको बताइन्।
‘मासिक रुपमा आम्दानी भएको पैसाले घर खर्च चलाउनुका साथै बालबच्चाहरुको विद्यालय लुगाफाटो खर्च पनि यसैबाटै जुटिरहेको छ।’, खेमाले भनिन्।
खेमालेजस्तै डडेलधुराका अन्य महिलाहरु पनि घरको चुलोचौको र भान्छामा मात्रै सीमित हुनुपर्छ र आयआर्जनको काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यताबाट बाहिर निस्केर आत्मनिर्भर हुनेतर्फ लागेका छन्। 8मा विद्यमान पेशा विभाजनको परम्परा तोड्दै धेरै महिला सिलाइ कटाइको काममा आवद्ध भइरहेका छन्।
पेशा छनोटसम्बन्धी 8मा विद्यमान परम्परागत सोचबाट बाहिर निस्कदै डडेलधुराका महिलाहरूले अहिले सिलाइ कटाइलार्ई आकर्षक पेशा बनाएका हुन्। थोरै लगानीमा गुजारा चल्ने आम्दानी हुन थालेपछि महिलाहरु सिलाइ कटाइ व्यवसायतर्फ उन्मुख भएका छन्।
सिलाइ कटाइ पेशामा लागेका महिलाहरु यो कामबाट आफ्ना लागि र घर परिवारका लागि आवश्यक खर्च सजिलै जुटाउने गरेको बताउँछन्। यो व्यवसायबाट मासिक रुपमा करिब २५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनीहरुको भनाइ छ।

गायत्रीदेवी खड्का पनि अमरगढी नगरपालिका–५ तुफानडाँडामा सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेकी छिन्। उनी पनि विगत ७ वर्षेदेखि यहि पेशामा छिन्। सिलाइ कटाइबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै खड्काले भनिन्, ‘विगत ७ वर्षदेखि यो पेशामा आवद्ध छु। मासिक २५ हजारसम्म आम्दानी गरिरहेकी छु’।
काम गर्दै जाँदा सीप तथा क्षमता पनि बढ्दै गएको उनको अनुभव छ। ‘सीप जे कुराको सिक्दा पनि हुन्छ।’, खड्काले भनिन्, ‘अब पेशा विभाजनको परम्परा तोडिनुपर्छ।’
8मा रोजगारी नपाएर विदेशिने सोच बनाएकालाई आफ्नै घरआँगनमा स्वरोजगार तथा आत्मनिर्भर बन्न सफल यी महिलाहरु प्रेरणाको स्रोत बनेका छन्। विदेशमा गई दुःख गर्नुभन्दा सीप सिकेर स्वदेशमै कर्म गर्न नवदुर्गा गाउँपालिका–२ घर भई हाल डडेलधुरा सदरमुकाममा सिलाइ कटाइ गर्दै आइरहेकी पुष्पा भट्टको सुझाव छ। ‘विदेश जानुभन्दा त स्वदेशमै केही व्यवसाय गरेर बसे हुन्छ।’, उनले भनिन्, ‘आफ्नै देशमा सीप सिकेर काम गर्नु राम्रो हुन्छ।’

यो सफलता र आकर्षणले घरायसी कामकाज र चुलोचौकोमा सीमित महिलाका लागि सीप सिकेर आत्मनिर्भर र व्यवसायिक बन्न सकिन्छ भन्ने प्रेरणा दिइरहेको छ। त्यसो त 8मा अझै पेशा छनोटसम्बन्धी परम्परागत मान्यता विद्यमान छ। तर यसरी सबै वर्ग र समुदायका महिलाले सहजै कपडा सिलाउने काम गर्न थालेपछि 8मा क्रमशः परम्परागत सोच समेत भत्किन थालेको सामाजिक अगुवाहरु बताउँछन्। सिलाइ कटाइ पेशाले व्यवसायिक सफलता समेत हासिल गरेको छ। कतिपय महिलाले घर खर्च मात्र चलाएका छैनन्, राम्रो बचत समेत गरिरहेका छन्।
सिलाइ तालीममा महिला सहभागिता बढ्दाे
पछिल्ला वर्षहरुमा जिल्ला सदरमुकाममा थुपै्र महिलाहरु सिलाइ कटाइ तालीम लिइरहेका छन्। सदरमुकाममा सञ्चालनमा रहेका सिलाइ कटाइ प्रशिक्षण केन्द्रहरुमा धेरै महिलाहरु तालीम लिइरहेका भेटिन्छन्।

तीनै मध्येकी एक हुन्, अमरगढी नगरपालिका–२ चिम्रीकोट कि अलिशा तामाङ। उनले विगत एक महिनादेखि सलाइ कटाइ सिक्दै आएकी छन्। सीप सिके जहाँ गएर पनि जीवन चलाउन सकिने तामाङको बुझाइ छ। आफू आत्मनिर्भर हुन सीप सिकिरहेको उल्लेख गर्दै अलिशाले भनिन्, ‘सीप सिक्नु सबैभन्दा ठूलो कुरा हो। यदि हामीमा सीप छ भने खाली बस्नु पर्दैन। जुनसुकै ठाउँमा गएर पनि काम गर्न सकिन्छ।’
सीप सिके पुरुषको मात्रै भर नपरि महिलाहरुले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दै घरव्यवहार चलाउन सक्ने उनको बुझाइ छ।
डडेलधुराका शहरी क्षेत्रमा मात्र नभई अहिले ग्रामिण भेगका महिला पनि सिलाइ कटाइ पेशामा आकर्षित हुन थालेका छन्। सिलाइ पेशालाई मुख्य पेशा बनाएका कतिपय महिलाले अहिले व्यवसायीक सफलतासंगै व्यवसायी बनेर थप महिलालाई रोजगारी समेत दिएका छन्।
यसरी महिलाले आम्दानीको स्रोत पहिचान गरि सिलाइ कटाइलाई व्यवसायीक बनाउँदा बजारमा तयारी पोशाकको खपत केहि हदसम्म कम भएको छ, भने स्थानीय सीप र उत्पादनप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको छ।
यस्ता कार्यमा स्थानीय सरकारको पनि आँखा जानु जरुरी छ। महिलाहरुको क्षमता विकास तथा आफ्रनै खुट्टामा उभिने बनाउन पनि स्थानीय तहबाट आवश्यक नीति तथा कार्यक्रमहरु पारित गर्दै विभिन्न कार्यक्रमहरुतर्फ अग्रसर हुनु आवश्यक देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।