काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासीन रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबार ट्विट गर्दै राणाले चिन्ता व्यक्त गरेका हुन्।
‘चिकित्सा शिक्षाको सुधारको जिम्मा सरकारकै हो। तिनै माग राखेर १९ दिनयता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ भनेका छन्।
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवनरक्षाको बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन्। डा. केसीका जायज माग पूरा गर्न गम्भीर बन्नु पर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ। नागरिक जीवन रक्षाको भार बोध गर्दै गंभीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ ट्विटमा लेखिएकोे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।