• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अन्य क्षेत्रमा लगानी गर्न ठिक्क पारेको पैसा शेयर बजारमा ल्याएर ‘कर्नरिङ’

प्राविधिक विश्लेषक भन्छन्-अबको टार्गेट १६६७ अंक
64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०७७  १२:३८
1140x725

काठमाडौं–लगानीका सम्पूर्ण क्षेत्र बन्द हुँदा अन्य क्षेत्रमा लगानी गर्न ठिक्क पारिएको पैसा दोस्रो बजारमा आउन थालेको छ। लकडाउन हुनुअघि व्यावसायिक योजना बनाएका लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा बजारमा सुधार आइरहेको बजार विश्लेषकहरु बताउछन्। 

अन्य क्षेत्रमा लगानी गर्ने अवस्था नभएकाले केही पैसा भएका लगानीकर्ताहरु पनि बजारमा आइरहेको ब्रोकरहरु बताउछन्। कतिपय ब्रोकरले सरकारी कर्मचारी तथा धेरै पैसा हुनेहरुको लगानी बजारमा प्रवेश गराइरहेका छन्। 

लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न छुट्टाएको पैसा शेयर बजारमा ल्याइ सस्ता कम्पनीको शेयरमा ‘कर्नरिङ’ गरेर अन्य कम्पनीको मूल्य बढाउन पुस गरिरहेको विश्लेषकरुको भनाइ छ। जलविद्युत कम्पनीमा लगानी गर्ने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर कर्नरिङ गरेर सुधार भइरहेको छ।

यसरी साना जलविद्युत कम्पनीको शेयरमा कर्नरिङ गर्दा अन्य लगानीकर्ताको ध्यान अन्य कम्पनीमा पर्छ। लगानीकर्ताले कर्नरिङ भएको अन्य कम्पनीसँग तुलना गरेर बढ्ने अपेक्षामा खरिद गर्न थाल्छन्। यसरी हल्लैहल्लामा सूचक नै सुधार भएका छन्। यसको पछिल्लो उदाहरण जलविद्युत कम्पनीमा हेर्न सकिन्छ।

कतिपय एक–दुई मेगावाट क्षमताका कम शेयर भएका कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत छ। ती कम्पनीको शेयर मूल्य एक सय रुपैयाँ भन्दा तल छ। यस्तो अवस्थामा २०र५० करोड रुपैयाँ भएका एउटा समूहले उक्त शेयर उठाउन थाल्यो भने ती कम्पनीमा सर्किट लाग्ने अवस्था छ। यसरी केही साना कम्पनीमा सर्किट लाग्दै गर्दा अन्य ठूला कम्पनीको शेयर मूल्य पनि सुधार हुने अपेक्षामा बढ्न थाल्छ। यसरी पछिल्लो समय बजार सुधार भइरहेको छ। 

केही समयदेखि नेपाल पुनर्बिमा कम्पनी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषजस्ता धेरै वटा कम्पनीमा लगानीकर्ताले खेलिरहेका छन्। ठूला कम्पनीमा कर्नरिङ गर्न त्यति सजिलो छैन। तर लामो समयदेखि बजार तल्लो विन्दुमा झरिरहेकाले गर्दा उच्च मनोबलका साथ शेयर खरिद गर्नेको समूह हाबी नभएकाले यसको फाइदा पनि केही समूहले लिइरहेका छन्। समूह–समूहमा मिलेर कारोबार गर्ने लगानीकर्ताको कर्नरिङका कारण पनि बजार सुधार हुँदा केही राहत  मिलिरहेको छ। 

तर शेयर बजार लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरु भने बजार अझै पनि सुधार नभएको ठोकुवा गर्छन्। उनीहरु सबै यसभन्दा अगाडि अधिकतम सूचक १८८१ अंक कुरेर बसेका छन्। हिजोका दिनमा नेप्से सूचक अधिकतम हुँदा शेयर किनेका लगानीकर्ताहरु अझै पनि घाटामा भएको शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेल बताउछन्।

 त्यस्तै अन्य प्रतिनिधिहरु पनि बजार धेरै तल्लो विन्दुमा रहेकोले सुधार हुनु स्वाभाविक भएको प्रतिकृया दिन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कोभिडले आक्रान्त पारिरहेको समयमा सम्पूर्ण उद्योग, कलकारखाना चल्नै नसक्ने अवस्थामा छन्। उद्योग व्यवसाय चौपट हुँदा सूचीकृत कम्पनीको आम्दानीमा लगातार गिरावट आइरहेको छ। तर तिनै कम्पनीको शेयर मूल्यमा भने अस्वभाविक सुधार आइरहेको छ। 

अन्य क्षेत्रमा लगानी गर्न सम्भव नभएपछि लगानीकर्ताको पहिलो रोजाइ शेयर बजार हो। केही समय बजार छिरेर कमाउने र अवस्था सामान्य भएपछि पैसा दिएर फर्कने मनस्थिति बनाएर पसेका लगानीकर्ताका कारण बजारमा ‘वायर प्रेसर’ आइरहेको छ। यसले केही समय बजार सुधार गर्न सहयोग मिल्छ । तर उनीहरुले पैसा बजारबाट बाहिर लैजाने तर्खर गरे भने साना लगानीकर्ता सबैभन्दा धेरै मारमा पर्छन्। 

के छ प्राविधिक विश्लेषकको विश्लेषण ?
यो साता शेयर बजार ५१ अंकको सुधारसहित १५९२ अंकमा रोकिएको छ। यो बुलको पहिलो आधार १५३७ अंक थियो। आगामी साता १५९१ बाट सुरु हुनेछ। यसै विन्दुलाई टेकेर शेयर बजार १६१२ अंकसम्म पुग्न सक्ने विश्लेषण गरिएको छ। पहिलो चरणमा १६१२ अंक पुगेपछि केहि करेक्सन हुने क्रममा १५१९ अंकसम्म झर्न सक्ने आँकलन गरिएको छ। यदि बजार १६१२ अंकलाई उछिनेर अगाडि बढ्यो भने त्यस पछिको टार्गेट १६६७ अंक रहेको विश्लेषण गरिएको छ। 

पुँजी बजारमा नयाँ रेकर्ड
यो साता शेयर बजारले बजार पुँजीकरणमा नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार बजार पुँजीकरण २० खर्ब ९० करोड रुपैयाँको भएको छ। यो अहिलेसम्मकै सर्वाधिक हो। यसभन्दा अगाडि २०७६ फागुन १५ गते सर्वाधिक धेरै २० खर्ब ८३ अर्ब रुपैयाँको बजार पुँजीकरण थियो। त्यतिबेला नेप्से सूचक १६३२.१८ थियो। 

नेप्से सूचक सबैभन्दा धेरै हुँदा बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ थियो। नेप्से सूचक अहिलेसम्मकै सबैभन्दा धेरै १८८१.४५ हो। नेप्से सूचक ३०९ अंकभन्दा अगाडि हुँदै नेप्सेको बजार पुँजीकरणले नयाँ रेकर्ड बनाउन सफल भएको छ। हाल दोस्रो बजारमा २०९ वटा सूचीकृत कम्पनीको चुक्ता पुँजी ५ खर्ब ८२ खर्ब रुपैयाँ रहेको छ।  

नेप्से सूचक सर्वाधिक धेरै हुँदा दोस्रो बजारमा २३५ वटा कम्पनी सूचीकृत थिए। ती कम्पनीहरुको जम्मा चुक्ता पुँजी दुई खर्ब ७ अर्ब रुपैयाँ थियो। चार वर्षको अवधिमा दोस्रो बजारमा सूचीकृत कम्पनीको चुक्ता पुँजी तीन खर्ब १२ अर्ब रुपैयाँले बढेको छ। 
 

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
नेप्से २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार, जेठ २५, २०८३
१३ अङ्कले घट्यो सेयर बजार सो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो । बिहीबार, जेठ २१, २०८३
सेय बजार २.६६ अंकले वृद्धि १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५... बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्