• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

महामारीमा झन् सक्रिय हुँदै मानव तस्कर, निशानामा महिला र बालबालिका 

64x64
निर्मला घिमिरे आइतबार, भदौ २८, २०७७  १४:३२
1140x725
सांकेतिक तस्बिर

काठमाडौं–बर्दियाका १७ वर्षीया ३ किशोरीहरु लक्ष्मी र भावना –नाम परिवर्तन) लाई बर्दियाकै मधुवन नगरपालिका ४ बस्ने मायादेवी थारुले नेपालका विभिन्न ठाउँमा घुमाउने र लकडाउन खुलेपछि भारत घुम्न जाने सुनाइन्। उनले भारतमै राम्रो काम पाइने प्रलोभनसमेत देखाइन्। यो कुरा घरमा कसैलाई नभन्नु भनिन्। 

झारफुकसमेत गने मायादेवीले गत जेठमा किशोरीहलाई भिनाजु भनि चिनाएका व्यक्तिको बाइकमा राखि राजापुरस्थित होटलमा पुर्‍याइन्। 

होटलमा पुर्‍याएपछि ती ३ नाबालिकाहरुलाई अलग–अलग कोठामा राखियो। आपसमा भेटघाटसमेत हुन दिइएन । उनीहरुलाई जबर्जस्ती धुमपान–मद्यपान गराउने, परपुरुषहरुलाई कोठामा पठाइ जबर्जस्ती यौन कार्य गर्न लगाइयो । 

भनेको नमाने तन्त्रमन्त्रले बिगार्ने भन्दै मायादेवीले किशोरीहरुलाई धम्की दिने गरेकी थिइन् । गत असार ९ गते पीडितहरुलाई थारुले नेपालगञ्ज पु¥याइन्। उनीहरुलाई त्यहाँ मजदूरी गर्न लगाइयो। त्यो समयमा पनि मायादेवीले विभिन्न मानिसहरुसँगउनीहरुको मोलमोलाई गरिरहेकी थिइन्। आफूहरुलाई बेच्न लागेको थाहा पाएपछि पीडितहरु त्यहाँबाट भागे । र, बर्दियास्थित आफ्नो घर पुगे। माइती नेपालको सहयोगले पीडितहरुले मायादेवीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्धा हाले। हाल मायादेवीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ। 

मकवानपुरको हेटौडा नगरपालिका ४ बस्ने ७ वर्षकी सोनु (नाम परिवर्तन) गत असार ४ गते मध्यान्ह १२ बजे बेपत्ता भइन्। सोही दिन साँझ ७ बजे ती बालिकालाई प्रहरीले लिएर आए । 

उनलाई ज्योति चौधरी नामकी महिलाले घुमाउन भनि अटोमा  चढाई मन्दिर लगिन्। बाटोमा चक्लेटसमेत दिई बालिकालाई फकाइन्। मन्दिरबाट फर्कँदा बाटोमा अटो चालकलाई ‘वीरगंज जाने बाटो पुर्‍याइदिनु भारतको जितीयाबाट हामीलाई लिन आफन्तहरु आउँदैछन्’ भनिन्। उनको यो कुराले चालकलाई शंका लाग्यो। चालकले वीरगन्ज जाने बाटो भन्दै बालिकासहित ती महिलालाई जिल्ला प्रहरी कार्यालयमा पुर्‍याए। प्रहरीले ज्योति चौधरीविरुद्ध मानव बेचबिखन मुद्धा दर्ता गर्‍यो। हाल उनी पुर्पक्षका लागि थुनामा छिन्। 

गत फागुनमा काभ्रेपलान्चोक पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाइदिने भनि फर्काइफुलाई १३ वर्षीय किशोरीलाई भारत पुर्‍याइन्। ती बालिकालाई भारतको ओसान भन्ने ठाउँमा लगेर बेचेको थाहा भएपछि उद्धार गरी पाउँ भन्दै गत जेठ १६ गते मानवबेचबिखन अनुसन्धान ब्यूरोमा उनकी भाउजूले निवेदन दिइन् । ब्यूरोले गत जेठ २९ गते भारतीय प्रहरीको समन्वयमा बालिकालाई उद्धार गरिसकेको छ । बेचबिखनमा संलग्न दुई जनालाई समेत पक्राउ गरिसकेको छ। 

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट हरेक क्षेत्र प्रभावित बनेको छ । महामारी रोक्न गरिएको लकडाउनका कारण कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, वैदेशिक रोजगारीलगायत सबै ठप्प भए । लकडाउन खुल्यो । फेरि निषेधाज्ञा जारी भयो। निषेधाज्ञा खुकुलो भएपछि पनि जनजीवन सहज हुन सकेको छैन। लामो समय जनजीवन अस्तव्यस्त हुँदा यो परिस्थितिको फाइदा मानव तस्करहरुले उठाइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय मानव तस्करहरु सक्रिय हुँदै महिला तथा स–साना बालबालिकाहरुलाई समेत निशाना बनाएका घटनाहरु बाहिरिन थालेका छन्। लकडाउन अवधिमा मात्रै मानव बेचबिखन अनुसन्धान ब्यूरोले बेचबिखन तथा ओसारपसारमा परेका बालिकासहित ४१ महिलाको उद्धार गरेको जनाएको छ। यो मानव बेचबिखन तथा ओसारपसारको भयावह रुपको पछिल्लो प्रमाण हो। 

रोजगारीको प्रलोभनमा महिला तस्करी
यतिबेला कोरोना महामारीले रोजगारीका क्षेत्रमा निकै ठूलो संकट निम्तिएको छ। कतिपयको भइरहेको काम गुमेको अवस्था छ।  काम खोज्दा पाइँदैन। बेरोजगारीको यही विकराल अवस्थाको लाभ उठाउँदै मानव तस्करहरुले महिलाहरुलाई निशाना बनाएका छन्। 

पछिल्लो समय कुवेत, साउदी, इराक, बहराइनलगायत विभिन्न मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाउने र ओसारपसार गर्ने प्रवृत्ति बढेको छ। 

भारत तथा तेस्रो मुलुकमा निकै आकर्षक रोजगारीको प्रलोभन देखाएर दलालहरुले महिलाहरुलाई बेचबिखन गर्ने प्रवृत्ति बढेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। 

गत असार १६ गते कुवेत, इराक, साउदीमा राम्रो कामको प्रलोभन देखाएर मानव तस्करहरुले बन्धक बनाएका ६ जना महिलाहरुलाई ब्यूरोले उद्धार गरेको थियो। 
उनीहरुलाई लकडाउन अवधिमा काठमाडौं, बुटवल, पोखरा, दाङ हुँदै नेपालगञ्ज सिमानाबाट भारतको राजधानी दिल्ली सहरको बुरारी जेरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो। त्यहाँ एउटा घरको कोठामा शारीरिक तथा मानसिक यातना दिएर राखिएको अबस्थामा ब्यूरोले उनीहरुको उद्धार गरेको थियो। त्यस्तै असार ३१ गते भारतबाट ब्यूरोले बेचबिखनमा परेका अन्य २१ महिलाहरुलाई उद्धार गरेकोे थियो । 

जोखिम अझै बढ्ने हुँदा राज्यले ध्यान दिन आबश्यक : मानव अधिकारकर्मी 
यस्ता महामारीले मानव बेचबिखनको जोखिम झनै बढ्ने हुँदा राज्यले विशेष ध्यान पुर्‍याउनुपर्नेमा मानव अधिकारकर्मीहरुले जोड दिएका छन्। 

विपद्का बेला मानव बेचबिखनको जोखिम बढ्ने हुँदा राज्यले ध्यान दिनुपर्ने माइती नेपालका अध्यक्ष विश्वराम खड्का बताउँछन्। 
‘यस्तो महामारी तथा विपद्का बेला महिलाहरु झनै जोखिममा पर्ने अवस्था छ। राज्यले बेलैमा ध्यान पु¥याएन भने अवस्था भयावह हुनसक्छ’, उनले भने। 

पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर ललाईफकाई महिलाहरु बेचबिखनका लागि सीमा कटाउन दलालहरु सक्रिय रहेको मानव अधिकारकर्मी मिनो हाडा बताउँछिन्। 

देशभित्रै तथा रोजगारीको खोजीमा गन्तव्य मुलुकमा पुगेका युवाहरु अझ मानव ओसारपसारमा पर्ने जोखिम बढेकाले समस्या परेकाहरुलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

अर्की मानव अधिकारकर्मी मञ्जु रोका मानव बेचबिखन हुन नदिन सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँछिन् । 

उनी भन्छिन्, ‘अहिले रोजगार गुमाएर समस्यामा परेका तथा आर्थिक अवस्था दयनीय भएका कारण युवाहरु बेचबिखनको सिकार हुने जोखिम छ। यो मुद्धा राज्यले तत्काल सम्बोधन गर्नुपर्छ ।’

मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी रुपमा फैलिएको सामाजिक अपराध हो। यौन व्यवसाय, लागूपदार्थ ओसारपसार, मानव अंग बेचबिखन, जोखिमपूर्ण घरेलु श्रम तथा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न मानव बेचबिखन हुने गरेको छ।

विश्वमा वार्षिक साढे २ करोड मानिसहरु बेचबिखन तथा ओसारपसारको सिकार हुने गर्दछन्। बेचबिखन पीडितमध्ये ७१ प्रतिशत महिलाहरु छन्। ग्लोबल रिपोर्ट अन टिआईपीका अनुसार कुल बेचबिखनमध्ये ७० प्रतिशत यौन शोषणका लागि हुने गर्दछन् । जसमध्ये २० प्रतिशत बालबालिका छन् । जसमा नेपाल पनि जोखिमयुक्त मुलुक हो।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्म ११ सय ३८ वटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका उजुरी परेका छन् । सयौँ पीडितहरु त प्रहरीसम्म पुग्दैनन्। नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जोखिम झन् बढ्दै गएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्