• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १०, २०८३ Thu, Apr 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोनाले ध्वस्त व्यवसाय सञ्चालन गर्न र कर्मचारीलाई तलब दिन ५ प्रतिशत ब्याजमा ऋण

64x64
सविन मिश्र बिहीबार, भदौ २५, २०७७  ११:४२
1140x725

काठमाडौं- सरकारले कोरोनाबाट प्रभावित साना तथा मझौला व्यवसाय (एसएमइज) र पर्यटन व्यवसाय सञ्चालन तथा त्यहाँ कार्यरत श्रमिकको तलब भुक्तानीका लागि ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ। 

अर्थ मन्त्रालयले ५० अर्ब रूपैयाँको कोष स्थापना गरी त्यसबाटै कोरोना प्रभावित साना तथा मझौला व्यवसाय र पर्यटन व्यवसायका लागि सहुलियतपूर्ण ऋण दिने तयारी गरेको हो। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित कोष स्थापना र सञ्चालनका लागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरेको छ। कार्यविधिको मस्यौदा सहमतिका लागि कानुन मन्त्रालय पठाइएको छ। सरकारले स्थापना गर्ने कोष सञ्चालन नेपाल राष्ट्र बैंकमार्फत हुनेछ।

कोषका लागि सरकारले १ अर्ब रूपैयाँ बजेट राखेको छ भने बाँकी रकम सार्वजनिक संस्थानको निक्षेप र दातृ निकायको सहयोगसमेत लिएर पुर्‍याउने तयारी भएको छ। 'संगठित संस्थाले मुद्दती निक्षेपमा राख्ने पैसा यो कोषमा राखिन्छ र त्यसैबाट उनीहरूलाई ब्याज दिइन्छ,' अर्थसचिव शिशिरकुमार ढुंगानाले भने, 'उनीहरूले बैंकमा मुद्दती निक्षेपमा पैसा राख्दा पाउने ब्याजमा जति कम हुन्छ, त्यो रकम सरकारले तिरिदिने छ।' 

कसले पाउँछन् ऋण?
कोरोना भाइरसको संक्रमण रोकथामका लागि चैतयता लगाइएको लकडाउन र निषेधाज्ञाका कारण प्रभावित बनेका साना तथा मझौला व्यवसाय र पर्यटन व्यवसाय पुन:स्थापित गर्ने उद्देश्यले सरकाले बजेटमार्फत सहुलियतपूर्ण ऋणको कार्यक्रम ल्याएको थियो। अर्थ मन्त्रालयले तिनै क्षेत्रलाई समेट्ने गरी कार्यविधि तयार गरेको छ।

'लकडाउनका कारण धेरै व्यवसाय धरासायी भएका छन्, जसका कारण उनीहरूले आफ्ना कर्मचारीलाई तलब दिन सकेका छैनन् भने व्यवसायलाई पुरानै अवस्थामा फर्काउन पनि कठिन छ,' सचिव ढुंगानाले भने, 'सहुलियतदरमा चालु पुँजी उपलब्ध होस् भन्ने उद्देश्यले नै यो काम अघि बढाइएको हो।'

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाले उद्योग/प्रतिष्ठान बन्द भएका कारण त्यहाँ कार्यरत कर्मचारीले पारिश्रमिक पाउन सकेका छैनन्। साथै थोरै पुँजी लगानी गरी सञ्चालन भएका व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन्। तिनीहरूलाई नै लक्षित गरी यो कार्यक्रम कार्यान्वयन गर्न खोजिएको अर्थ मन्त्रालयको भनाइ छ। 

के छ बजेटमा व्यवस्था?
चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं ५२ मा ५० अर्ब रूपैयाँको कोष स्थापना गरी ५ प्रतिशत ब्याजमा व्यवसाय सञ्चालन र कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि ऋण दिने घोषणा गरिएको छ।

'घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तान तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब रूपैयाँको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको छु,' तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भनेका थिए, 'नेपाल राष्ट्र बैंकमार्फत सञ्चालन हुने यस कोषमा नेपाल सरकार, सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्था र दातृ निकायबाट प्राप्त हुने रकम रहने छ।'

पहिले नै सञ्चालनमा रहेका तर कोरोनाका कारण बन्द हुने अवस्थामा पुगेका व्यवसायलाई निरन्तरता दिनका लागि यो योजना अघि सारिएको थियो। यसैगरी साना उद्योग/प्रतिष्ठानमा काम गरिरहेका श्रमिकको पारिश्रमिकको भुक्तानी सहज बनाउन पनि सरकारले यो योजना अघि बढाएको हो। 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
बढ्यो अमेरिकी डलरको मूल्य निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा त... बुधबार, वैशाख ९, २०८३
सुनको मूल्य बढ्यो महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ स... मंगलबार, वैशाख ८, २०८३
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १६ अर्ब २० करोडअर्थात् १० प्रतिशत बढी राजस्व संकलन गरेको हो । मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
ओपीडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री पौडेलको आग्रह बिहीबार, वैशाख १०, २०८३
भ्रामक समाचार प्रकाशन प्रसारण नगर्न प्रहरीको आग्रह बिहीबार, वैशाख १०, २०८३
सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह नगर्न सरकारको आग्रह बुधबार, वैशाख ९, २०८३
जाँचबुझ आयोगलाई एक वर्षको म्याद बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा बुधबार, वैशाख ९, २०८३
जाँचबुझ आयोगलाई एक वर्षको म्याद बुधबार, वैशाख ९, २०८३
सुदन किराँतीले छोडे प्रलोपा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्