• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यो नाम सम्झनुहोस्- अन्सु माने फाती

64x64
ऋग्वेद शर्मा सोमबार, भदौ २२, २०७७  १३:३९
1140x725

काठमाडौं- अन्सु माने फाती फुटबल जगतमा छिटो चम्किरहेका छन्। १७ वर्षका उनले तीन वटा कीर्तिमान बनाइसके। एउटा स्पेनको राष्ट्रिय टिमबाट र दुई वटा कीर्तिमान बार्सिलोना फुटबल क्लबबाट।

२०१९ अगस्ट ३१ मा फातीले १६ वर्ष ३०४ दिनको उमेरमा ला लिगा अन्तर्गत ओेसासुनाविरुद्धको खेलमा पहिलो गोल गरे। जुन बार्सिलोनाको सिनियर टिमबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान हो।

२०१९ सेप्टेम्बर १७ मा च्याम्पियन्स लिगमा बोरुसिया डोर्टमुन्डविरुद्ध डेब्यू गरेका फाती बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिग खेल्ने खेलाडी हुन्। डिसेम्बर १० मा त उनी च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने। १७ वर्ष ४० दिनको उमेरमा उनले इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिग गोल गरेका थिए।

२०२० सेप्टेम्बर ६ मा फाती स्पेनको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने। युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा उनले युक्रेनविरुद्ध गोल गर्दा उनी १७ वर्ष ३ सय ११ दिनका थिए। जुन स्पेनिस टिममा कीर्तिमान हो। 

कम उमेरमा गोल गरेका यी कीर्तिमानबाहेक पनि अन्सु फातीको फुटबल कला मैदानमा गजव देखिन्छ। उनी यति छिटो माथिल्लो स्तरमा चिनिएका छन्, जति उनी आफैले सोचेका थिएनन्। विश्वकै उत्कृष्ट मध्येको क्लब बार्सिलोनामा पाउने अवसरलाई यी किशोर खेलाडीले सदुपयोग पनि गरिरहेका छन्। अहिले राष्ट्रिय टिमबाट पनि उनी निर्धक्क बढिरहेका छन्। 

बलमा देखिने तीब्रता, बल अघि बढाउने गजवको शैली र गोलका लागि गर्ने प्रहार कुनैमा पनि फाती १७ वर्षका मात्रै लाग्दैनन्। बल आफ्नो नियन्त्रणमा रहँदा विश्वस्त देखिने फातीको आत्मविश्वास नै गजवको छ। उनले यही समयमा देखाएको फुटबल बुझाइले अबको दशक फुटबल जगतमा फातीको पर्खाइ चलिरहनेछ। जसरी गएको दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको हरेक खेलमा भयो। 

सन् २००९ को डिसेम्बरमा लियोनल मेस्सीले पहिलो बालोन डि’ओर जित्दा ७ वर्षका अन्सु फातीको फुटबल देखिने गरी बल्ल सुरु भएको थियो। अहिले उनै मेस्सीसँग पास मिलाउन फातीले एउटै मैदान पाएका छन्। मेस्सी अझै थाकिसकेका छैनन्, तर अबको समयमा फाती जस्ता केही युवा खेलाडीले नयाँ स्थान पक्कै बनाउने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले उत्कृष्ट खेलमा रहेका पिएसजीबाट खेल्ने फ्रान्सका केलियन एमबाप्पे, एथ्लेटिको मड्रिडबाट खेल्ने पोर्चुगलका योआओ फेलिक्स, बोरुसिया डर्टमुन्डबाट खेल्ने इंग्ल्यान्डका जडन सान्चो, चेल्सीबाट खेल्ने जर्मनीका के हाभेट्ज, रियल मड्रिडमा रहेका ब्राजिलका रोड्रिगो, म्यानचेस्टर सिटीमा रहेका स्पेनका फेरान टोरेस जस्ता खेलाडीसँगै आइरहेको नाम हो अन्सु फाती।

गिनी बिसाउमा जन्मिएका फाती आफ्नो बुबासँगै ६ वर्षको उमेरमा नै स्पेन गएका हुन्। उनी २०१० देखि दुई वर्ष सेभियाको युवा टिममा रहे। २०१२ मा बार्सिलोना ‘बी’ टिममा सामेल भएका उनले सानो उमेरमा नै आफ्नो क्षमता देखाउन सके। उनी गएको जुलाईदेखि बार्सिलोनासँग २०२२ सम्मको सम्झौतामा छन्। उनलाई अर्को क्लबले लैजान चाहे अहिले नै १ सय ७० मिलियन युरोभन्दा बढी तिर्नुपर्ने हुन्छ।

अन्सु फातीका बुबा बोरी फाती पनि पहिलेका फुटबल खेलाडी नै हुन्। साथै उनका दुई दाइहरु ब्राइमा र मिग्वेल पनि फुटबल खेलाडी हुन्। 

फातीका बुबा स्पेन आउनुअघि कामको खोजीमा गिनि बिसाउबाट पोर्चुगल पुगेका थिए। जहाँ तल्लो डिभिजनका केही क्लबबाट उनले फुटबल पनि खेले। पोर्चुगलमा रहँदै सेभियामा आप्रवासीहरुका लागि राम्रो काम रहेको सुनेपछि उनी स्पेन पुगेका थिए। तर उनले कति समय त सेभिया नजिकैको मारिनालेडा सहरका फुटपाथमा मागेरसमेत जीविका गर्नुपरेको थियो।

त्यही बेला सहरका मेयरलाई भेटेका उनले ड्राइभरको जागिर पाए। ड्राइभरको जागिर पाएपछि नै उनी हेरेरा सहरमा राम्ररी बस्न सकेका थिए। हेरेरामा नै अन्सु फातीको बाल्यकाल बितेको हो। जहाँ केही वर्ष सिडिएफ हेरेरा फुटबल क्लबमा फातीले फुटबल सिक्न पाए। त्यही सिकाइले अहिले उनको फुटबल बार्सिलोना हुँदै स्पेनको राष्ट्रिय टिमसम्म पुग्न सकेको छ। 

अन्सु फातीको कथामा देखिने विनम्रता र धैर्यताले नै उनको नयाँ उचाइको बाटो कोरेको हो। जसमा उनी अघि बढीरहेका पनि छन्। सन् २०१२ मा १० वर्षको उमेरमा बार्सिलोना पुगेका फातीले यु११ को टिममा खेल्न पनि एक वर्ष पर्खिनुपरेको थियो। त्यस समय उनले पेलोटेरस एफसीमा अभ्यास खेलहरु खेलिरहे।

फातीलाई फुटबल सिकाएका सुरुका एक प्रशिक्षक मार्क सेरा पुराना दिन सम्झँदै भन्छन्- ‘उनी सेभियादेखि लामो दुरी तय गरेर खेल्न आइरहेका हुन्थे। खेलेर फर्किंदा आजको खेलमा राम्रो हुन नसकेको भन्दै माफी माग्थे र भोलि राम्रो गर्छु भनिरहेका हुन्थे। उनले त्यसबेला पठाएका केही म्यासेजहरु त मसँग अहिलेसम्म होला।’

त्यही सुधारको सोचले हुनुपर्छ फातीले बार्सिलोना सिनियर टिममा समेत आफूलाई प्रमाणित गर्न सकिरहेका छन्। फातीले मेस्सीपछिको बार्सिलोनामा भविष्य देखाउनु सानो विषय होइन। मिलानविरुद्धको च्याम्पियन्स लिग खेलमा ८४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले त्यसको तीन मिनेटमा गोल गरेका थिए। जुन जितको आधार बनेको थियो। आइतबार राति नेसन्स लिगमा युक्रेनविरुद्ध पूरा समय खेलेका उनी टिमको केन्द्रमा देखिए। 

फातीलाई कुनै समयमा प्रशिक्षण गरेका प्रशिक्षक डेनिस सिल्भा पनि १६ वर्षको उमेरदेखि फातीले आफूमा गरेको खेलको विकास ठूलो कुरा भएको बताउँछन्। लियोनल मेस्सी, लुइस स्वारेज, उसमान डेम्बेले जस्ता खेलाडी घाइते रहेको अवस्थामा फातीले पाएको अवसर यसरी उपयोग गरे कि उनी बार्सिलोना सिनियर टिमको एक हिस्सा बनिरहन सके। जसले स्पेनको राष्ट्रिय टिमको बाटो पनि खुल्यो।

गएको सिजन लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई ५-२ ले हराएको खेलमा १६ वर्षका फातीले बार्सिलोना सिनियर टिममा डेब्यू गरेका थिए। फातीले रियल बेटिससँग खेल्नुअघि एक हप्ता सिनियर टिममा रहेर अभ्यास गरेका थिए। लियोनल मेस्सी, लुइस स्वारेज र उसमान डेम्बेले घाइते रहेको टिममा अन्तिम १२ मिनेट मैदानमा रहेका फातीले आफ्नो डेब्यू विश्वास नै गर्न सकेका थिएनन्। 

सन् १९४१ मा भिसेन्ट मार्टिनेचपछि सबैभन्दा कम उमेरमा बार्सा डेब्यू गर्ने खेलाडीसमेत बनेका फातीले आफू नर्भस भएको खेलपछि बताए। तर उनको खेलमा उनले भनेजस्तो कमजोरी देखिएको थिएन। 

‘वास्तवमा म एकदमै नर्भस भएको थिएँ, बार्सामा डेब्यू गर्न पाउनु सानो कुरा होइन, यसका लागि सबैलाई धन्यबाद दिन चाहन्छु,’ त्यसबेला खेलपछि उनले भनेका थिए, ‘एकछिन त विश्वास नै नभएर म मैदानमा नै बसेँ, अब अहिले त्यो अवसर सेलिब्रेसन गर्ने बेला आएको छ, मसँग धन्यबादका शब्दहरु मात्र छन्।’

उस्तै अवसर अहिले स्पेनको राष्ट्रिय टिमबाट पनि फातीका लागि दोहोरियो। बार्सिलोनामा देखाएको खेलले नै उनलाई स्पेनले नै नागरिकता दिएर छोटो समयमा यु२१ हुँदै राष्ट्रिय टिमसम्म लग्यो। नेसन्स लिगमा जर्मनीविरुद्ध १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा मैदान आएका फातीले जे देखाए त्यसले युक्रेनविरुद्ध उनी सुरुवाती ११ मा परे। 

युक्रेनसँगको खेलमा दोस्रो मिनेटमा नै फातीले डि एरियामा बल बढाउँदा उनीमाथि फोयल भयो र स्पेनले पेनाल्टी पायो। जहाँ सर्जियो रामोसले गोल गरे। रामोसले नै २९ औँ मिनेटमा हेडमार्फत अग्रता दोब्बर बनाए। फातीले ३२ औँ मिनेटमा राम्रो सटमार्फत राष्ट्रिय टिमबाट पहिलो गोल गरे। दोस्रो हाफमा फेरान टोरेसले एक गोल थपे। पहिलो हाफको तुलनामा फातीको खेल दोस्रो हाफमा केही कम लागे पनि उनको तारिफ सबैतिर भयो। 

फातीको खेल चिनेर नै प्रशिक्षक लुइस इनरिकले जर्मनविरुद्ध खेलपछि उनी उत्कृष्ट खेलाडी भएकाले उनको विशेष ख्याल राख्नुपर्ने बताएका थिए। ‘फातीले त्यस्तै खेले जुन हामीलाई अपेक्षा थियो। उनी असाध्यै भिन्न खेलाडी छन्। हामीले उनको हेरविचार गर्नुपर्छ। यो उमेरमा उनी परिपक्व खेलाडी छन्। मलाई यकिन छ उनी राष्ट्रिय टिमका लागि अझ महत्वपूर्ण हुनेछन्’ उनले भनेका थिए। 

युक्रेनसँगको खेलपछि पनि प्रशिक्षक इनरिकले फातीका बारे प्रतिक्रिया दिन छुटाएनन्। उनले भनेका छन्- ‘म फातीका लागि निकै खुसी छु। उनी १७ वर्षका मात्र छन्। उनलाई हामीले सहज रुपमा अगाडि बढाउनुपर्छ। विस्तारै विस्तारै उनमा अझ धेरै सुधार हुनेछ। उनको उमेरका खेलाडीका लागि शान्ती र विनम्रता चाहिन्छ, जुन फातीसँग छ।’

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्