• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

स्वदेशमै काम गर्न चाहन्छन् विदेशबाट फर्किएका युवा 

के-के छन् स्थानीय सरकारका युवालक्षित कार्यक्रम? 
64x64
निर्मला घिमिरे आइतबार, भदौ २१, २०७७  १४:१५
1140x725

काठमाडौं-नेपाली श्रम बजारमा हरेक वर्ष ५ लाख युवा जनशक्ति आउने गरेका छन्। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि भारत तथा तेस्रो मुलुक पुग्ने गरेका छन्। केहीले मात्रै देशभित्र रोजगारी पाउँछन्। तर देशभित्र कति युवाले रोजगारी पाउँछन् भन्ने तथ्यांक न त सरकारसँग छ न अन्य गैरसरकारी संस्थाहरुसँग नै। 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हरेक वर्ष श्रम स्वीकृति लिएरमात्रै वार्षिक ३ लाखभन्दा बढी युवाहरु विदेशिने गरेका छन्। 

श्रम स्वीकृति नलिई अवैध बाटो अंगालेर वैदेशिक रोजगारीमा जाने तथा भारतलगायत मुलुकमा जाने युवाहरुको तथ्यांक पनि सरकारसँग छैन। 

सामान्य अवस्थामा नै देशमा उचित रोजगारीका कार्यक्रम नहुँदा विदेशिन बाध्य हुनुपर्ने नेपाली युवावर्गको अवस्था कोरोना महामारीले थप जर्जर बनाइदिएको छ। 

कोरोनाका कारण देशभित्रै तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरुले रोजिरोटी गुमाइसकेको अवस्था छ।  

शुक्रबारसम्म भारतबाहेक मुलुकबाट ५६ हजारभन्दा बढी युवाहरु स्वदेश फर्किसकेका छन्। हजारौँ युवा स्वदेश फर्कने तरखरमा छन्। भारतबाट समेत हजारौं युवाहरु स्वदेश फर्किसकेका छन्। 

स्वदेशमै काम गर्न चाहन्छन् विदेशबाट फर्किएका युवा 

Ncell 2
Ncell 2
nimb
nimb


पाल्पास्थित बगनासकाली गाउँपालिकाका मेयर कृष्णप्रसाद बस्याल विदेशबाट फर्किएका अधिकांश युवाहरु स्वदेशमै केही काम गर्न इच्छुक रहेको बताउँछन्। 

‘हाम्रो गाउँपालिकाबाट ३ हजार २ सय युवाहरु वैदेशिक रोजगारीमा जानु भएको छ। जसमध्ये हालसम्म ७ सय फर्किसक्नु भएको छ। फर्कनु भएका युवाहरु स्वदेशमै बसेर केही गर्न उत्साहित हुनुहुन्छ’, मेयर बस्यालले भने। 

विदेशबाट फर्किएका युवाहरु स्वदेशमै उद्यम गर्न पाल्पाका युवाहरु मात्र उत्साहित छैनन्। स्याङ्जास्थित फेदीखोला गाउँपालिकाका भारत तथा तेस्रो मुलुकबाट फर्किएका युवाहरु समेत देशभित्रै काम गर्न इच्छुक छन्।

विदेशबाट फर्किएका अधिकांश युवा आफ्नै गाउँमा काम गर्न उत्साहित रहेको गाउँपालिकाका मेयर घनश्याम सुवेदी बताउँछन्। 

एक अध्ययनले समेत वैदेशिक रोजगारीमा रहेका अधिकांश युवाहरु विदेशबाट फर्किएर स्वदेशमै उद्यम व्यवसाय गर्न इच्छुक रहेको देखाएको छ। 

नेपाल पोलिसी इन्स्टिच्युटले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडी, मलेसिया र भारतमा कार्यरत नेपाली श्रमिकबीच गरेको अध्ययनअनुसार ८० प्रतिशत युवाहरुले स्वदेश फर्कने इच्छा व्यक्त गरेका छन्। तीमध्ये अधिकांश देशमै उद्यम÷ व्यवसाय गर्न इच्छुक रहेको अध्ययनले देखाएको छ। 

के–के छन् स्थानीय सरकारका युवा लक्षित कार्यक्रम? 
अहिलेको रोजगारी संकटको अवस्थालाई मध्यनजर गरेर कतिपय स्थानीय तहहरुले आकर्षक युवा लक्षित कार्यक्रम अघि सारेका छन्। विदेशबाट फर्किएका तथा देशभित्रै कोरोनाका कारण रोजगारी गुमाएर अप्ठ्यारोमा परेका युवाहरुका लागि स्थानीय तहहरुले रोजगारी सिर्जना तथा स्वरोजगारका कार्यक्रमहरु अघि सारेका छन्। 

धेरैजसो स्थानीय तहहरुले कृषि तथा पशुपालनमा जोड दिएको उल्लेख गरेका छन्। जसका लागि अनुदान तथा सहुलियतपूर्ण कर्जासमेत प्रवाह गर्ने उल्लेख गरेका छन्। विशेषगरी विदेशबाट फर्किएका तथा देशभित्रै रोजगारी गुमाएका युवाहरुका लागि स्थानीय सरकारले के–कस्ता कार्यक्रम अघि सारेका छन् भन्ने सन्दर्भमा केही स्थानीय तहहरुसँग कुराकानी गरिएको छ। 

युवालक्षित मेयर/उपमेयर स्वरोजगार कार्यक्रम सञ्चालन गर्दै गौरादह नगरपालिका  


झापास्थित गौरादह नगरपालिकाले विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि सारेको जनाएको छ।

युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्न मेयर÷ उपमेयर स्वरोजगार कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले २० लाख बजेट छुट्याएको नगरपालिकाकी उपमेयर गीता भेटवालले बताइन्। 

उनका अनुसार यो कार्यक्रमका लागि संघीय सरकारबाट समेत ५७ लाख बजेट प्राप्त भइसकेको छ। 

‘हाम्रो नगरपालिकामा ठूलाठूला उद्योगधन्दा तथा कलकारखाना छैनन्। कृषि तथा पशुपालन क्षेत्रमा भने थुप्रै रोजगारी सिर्जना गर्न  सकिन्छ। हामीले युवाहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नका लागि मेयर÷उपमेयर स्वरोजगार कार्यक्रम अघि सारेका छौं,’ उपमेयर भेटवालले भनिन्। कोरोनाका कारण ठूलो संख्यामा बेरोजगार सिर्जना भएकाले यसलाई व्यवस्थापन गर्न निकै चुनौती देखिएको नगरपालिकाको भनाइ छ। 

चुनौतीका बाबजुद पनि सक्दो रुपमा रोजगारीका कार्यक्रम सिर्जना गर्ने तथा सीप विकासका कार्यक्रम अघि सारी युवाहरुको क्षमता अभिवृद्धि गर्ने नगरपालिकाको योजना रहेको बताइएको छ । 

वार्षिक ५० हजारभन्दा बढी डोको–नाम्लो उत्पादन तथा बिक्री गर्नेलाई पुरस्कार 


डोटीको पूर्वीचौकी गाउँपालिकाका अधिकांश युवाहरु रोजगारीको खोजीमा भारत जाने गर्दछन्। उक्त गाउँपालिकाबाट ८ हजार युवाहरु भारत गएको गाउँपालिकाको तथ्यांकले देखाउँछ। ४ सयभन्दा बढी युवाहरु तेस्रो मुलुक पुगेका छन्। कोरोनाका कारण २५ सय युवाहरु भारतबाट फर्किसकेको गाउँपालिकाका प्रमुख दीर्घराज बोगटीले बताए। 

अन्य मुलुकबाट पनि युवाहरु रोजगारी गुमाएर फर्कने क्रम जारी छ। कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा गाउँपालकामै रहेका बेरोजगार युवाहरुका लागि गाउँपालिकाले आव २०७७÷०७८ को बजेटमा नै व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। 

‘हामीले बनाउँदा नै सबै युवाहरुलाई कसरी रोजगारीमा जोड्न सक्छौँ । र हातमुख जोर्ने वातावरण कसरी बनाउन सकिन्छ भनेर सोही अनुसार बजेट व्यवस्था गरेका छौँ । तत्कालीन रुपमा हामीले बेरोजगारी समस्याको अन्त्य गर्न कृषिलाई जोड दिएका छौँ’ प्रमुख बोगटीले भने। 

त्यस्तै गाउँपालिकाले डोको, नाम्लो, डालो उत्पादन गर्ने युवालाई हौसला प्रदान गर्न पुरस्कारको समेत व्यवस्था गरेको छ। 

वार्षिक ५० हजार डोको, नाम्लो उत्पादन गरी बिक्री गर्नेलाई प्रशंसापत्र र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। त्यस्तै एकलाख उत्पादन गरी बिक्री गर्नेलाई १० हजार नगद तथा प्रशंसापत्र प्रदान गर्ने जनाएको छ। १ लाखभन्दा बढी डोको, नाम्लो उत्पादन गरी बिक्री गर्नेलाई प्रशंसापत्र र १५ हजार नगद प्रदान गर्ने गाउँपालिकाका प्रमुख बोगटीले बताए।

त्यस्तै युवाहरुलाई कृषिमा हौसला प्रदान गर्न गाउँपालिकाले उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। उत्पादन भएका सामग्री उपभोक्ता समितिमार्फत् बिक्री गर्ने र महिनाको एक पटक हाट बजार सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ। 

आयातित सामग्रीको प्रतिस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिइएको गाउँपालिकाले जनाएको छ।
युवाहरुको सीप तथा चाहनाका आधारमा उद्यमशीलता विकासका लागि सरलकर्जासमेत प्रदान गरिने मेयर बोगटीले बताए। 

दैनिक ज्यालादारी श्रमिकको खातामा १५ प्रतिशत गाउँपालिकाले थपिदिने 


स्याङ्जास्थित फेदीखोला गाउँपालिकामा तेस्रो मुलुक तथा भारतबाट फर्कने युवाहरुको संख्या बढ्दै गइरहेको छ। गाउँपालिकाका अनुसार हाल १ हजार २४ युवा बेरोजगार छन्। बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न गाउँपालिकाले बाँझो जग्गामा खेती गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले बताए। 

‘हाम्रो गाउँपालिकामा ४ हजारभन्दा बढी रोपनी जग्गा बाँझो छ। ४ हजार रोपनीमध्ये २ हजार खेतीयोग्य छ। यो जग्गामा खेती गर्नुपर्छ भन्ने योजना अघि सारेका छौँ’ प्रमुख सुवेदीले भने। 

यो जग्गामा खेती गरेर ६ करोड बराबरको आयात प्रतिस्थापन गर्न सकिने तथा थुप्रै रोजगारी सिर्जना हुने प्रमुख सुवेदीले बताए। 

विदेशमा रोजगार गुमाएर फर्किएका तथा देशभित्रै रोजगारी गुमाएर बसेकालाई रोजगारीमा जोड्न सकिने उल्लेख गरिएको छ। 

त्यस्तै दैनिक ज्यालादारीमा काम गर्ने मजदूरका लागि गाउँपालिकाले मजदूर सन्चित कोष खडा गरेको छ। जसमा श्रमिकहरुको दैनिक ज्यालाको १५ प्रतिशत रकम जम्मा हुन्छ। थप १५ प्रतिशत गाउँपालिकाले राखिदिन्छ। 

दैनिक ज्यालादारी गर्ने मजदूरहरुको बचत गर्ने बानी विकास गर्न तथा उनीहरुलाई कसरी माथि उठाउने भनेर यो योजना अघि सारिएको प्रमुख सुवेदीले बताए। 

युवा उद्यमशील विकासका लागि समेत गाउँपालिकाले जोड दिएको उल्लेख गरेको छ। जसका लागि एउटा समूहलाई न्यूनतम ५ देखि १० लाख सहुलियत ऋण प्रदान गर्न गाउँपालिकाले सहजीकरण गर्दै आएको गाउँपालिकाले जनाएको छ।

जडिबुटी प्रशोधन तथा पशुपालनमा युवाहरुलाई जोड्दै धार्चे गाउँपालिका 


गोर्खाको धार्चे गाउँपालिकाका प्रमुख सन्तबहादुर गुरुङ (सन्तोष) युवाहरुलाई गाउँपालिकाले पशुपालन तथा जडिबुटी उत्पादन, प्रशोधन तथा बिक्री वितरणमा जोड्ने योजना अघि सारेको बताउँछन्। 

‘हाम्रो गाउँपालिका पर्यटकीय क्षेत्रका हिसाबले पनि निकै महत्वपूर्ण छ । टुरिस्ट गाइट, तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा निकै आकर्षक रोजगारीको अवसर थियो तर अहिले पर्यटन व्यवसाय ठप्प हुँदा यो क्षेत्रका थुप्रै श्रमिकहरु बेरोजगार बनेका छन्’,  प्रमुख गुरुङले भने। 

पर्यटन क्षेत्रमा तत्काकालका लागि युवाहरुलाई रोजगारी प्रदान गर्न नसकिए पनि हाल युवाहरुलाई कृषि उत्पादन तथा पशुपालनमार्फत् रोजगारीमा संलग्न गराइने उनले बताए। 

युवाहरुलाई सीपअनुसारको काम 
डोटीस्थित दिपायल सिलगढी गाउँपालिकाले युवाहरुलाई आफ्नै गाउँमा आकर्षित गर्न सीपअनुसारको काम अघि सारेको प्रमुख मन्जु मलासीले बताइन्। 

सिलगढी गाउँपालिकामा फागुनदेखि हालसम्म विदेशबाट करिब ९ हजार युवाहरु फर्किसकेको बताइएको छ। 
यसरी विदेशबाट फर्किएका युवाहरुलाई सीप तथा रुचीअनुसार बाख्रा, कुखुरा तथा माछापालनलगायत तरकारी खेतीलगायत कार्यक्रममा सहभागीता गराउने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ। 

कृषि तथा ढाका उत्पादनबाट रोजगारी सिर्जना 
पाल्पास्थित बगनासकाली गाउँपालिकाले कृषि तथा ढाका उत्पादनमार्फत युवाहरुलाई रोजगारीमा जोड्ने जनाएको छ। 
हालसम्म विदेशबाट उक्त गाउँपालिकामा ७ सय युवाहरु फर्किसकेका र फर्कने क्रम जारी रहेको गाउँपलिकाका प्रमुख कृष्णप्रसाद बस्यालले बताए। 

उनी भन्छन्, ‘ढाकाको माग बजारमा एकदमै राम्रो छ। यसबाट महिला उद्यमशीलता विकास गर्न सकिन्छ। तरकारी, फलफूल र पशुपालनमा समेत रोजगारीको राम्रो अवसर छ।’ 

युवाहरुलाई उद्यमशीलता तालिम चाहिन्छ : कार्यकारी निर्देशक 
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ युवाहरुलाई उद्यमशीलता विकासका लागि तालिम आवश्यक रहेको बताउँछन्। 

‘सीपमात्र होइन युवाहरुलाई उद्यमशीलता तालिम चाहिन्छ। बढीभन्दा बढी युवाहरुलाई स्वरोजगार बनाउन सक्यो भने यसबाट रोजगारी सिर्जना हुन्छ’ कार्यकारी निर्देशक श्रेष्ठले भने। 

विदेशबाट फर्किएका युवाहरुलाई बोर्डले निःशुल्क सीप परीक्षण गर्दै आएको उनको भनाइ छ। 

त्यस्तै विदेशबाट फर्किएका युवाहरुलाई मनोपरामर्शसहित पुनस्र्थापनाका लागि बोर्डले योजना बनाइरहेको र यसमा स्थानीय सरकारसँग साझेदारी गरेर अगाडि बढ्ने उनले बताए। 


 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्