• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अर्थमन्त्रीको बहिर्गमन हल्लाले सधैं उचालिने शेयर बजार अब के होला?

खतिवडा आउदा १८२ अंकले घटेको बजार उनी हट्ने हल्लाले ३३२ अंकको सुधार 
64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०७७  ०८:३१
1140x725

काठमाडौं–२०७४ फागुन १४ गते डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएकै दिनदेखि शेयर बजारले राम्रो प्रतिकृया दिएको थिएन। उनी गभर्नर हुँदादेखि नै शेयर बजारप्रति सकारात्मक थिएनन्। अर्थमन्त्रीलाई गभर्नरको आखाबाट हेर्ने क्रममा लगानीकर्ताले उनलाई रुचाएनन्। 

अर्थमन्त्री भएको केही दिनमा उनले बिबिसी नेपाली सेवालाई एउटा अन्तर्वार्ता दिए। जसमा भनेका थिए–‘बैंकिङ क्षेत्रको लगानी शेयरलगायतका अनुत्पादनमुलक क्षेत्रमा भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ।’ उनको भनाइलाई लिएर शेयर बजारका लगानीकर्ताले उनलाई बजारविरोधी अर्थमन्त्रीको रुपमा चित्रण गरे। उनी अर्थमन्त्री हुनुअगाडि नेप्से सूचक १३७४ अंकमा थियो। 

त्यतिबेला शेयर बजार घट्दो क्रममा थियो। १८८१ अंकबाट लगातार ओरालो झर्ने क्रममा रहेको बजार खतिवडाको छायाँले केही हदसम्म तल झर्‍यो। 

खतिवडा अर्थमन्त्री भएको दिन शेयर बजार १५ अंकले तल झरेको थियो। जव खतिवडाले बिबिसी नेपाली सेवाको अन्तर्वार्तामा शेयर बजारलाई अनुत्पादनमुलक क्षेत्र भने त्यसपछि एक दिन ४१ अंकले घटेको थियो। खतिवडा अर्थमन्त्री भएको दुई महिनाभित्र शेयर बजार १८२ अंकले घट्यो। 

बजार घटेको भन्दै लगानीकर्ताले उनको चर्को विरोध गरे। नेपाल स्टक एक्सचेन्ज अगाडि उनको राजीनामा माग गर्दैो शेयर लगानीकर्ता अनशनसम्म बसे। केही नेता प्रधानमन्त्री तथा नेकपाका ठूला नेताका सम्म पुगे। 

अनशन बसेका लगानीकर्ताको माग संवोधन गर्ने क्रममा खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराम श्रेष्ठको संयोजकत्वमा मुद्रा बजार तथा पुँजी बजारको अध्ययन गर्न समिति बनाए। उक्त समितिको अध्ययनपछि केही सुधारका काम पनि भए। 

ब्रोकरहरुको भ्याटको विषय सधैंका लागि समाधान गरियो। सुरुमा पुँजीगत लाभकर बढाएका खतिवडाले पछि पुरानै अवस्थामा झारे। पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा मान्यता दिइयो। 

शेयर बजारमा सबैभन्दा धेरै बैंकको व्याजदरले प्रभावित पार्छ। व्याजदर घटाउन खतिवडाले राष्ट्र बैंकमार्फत् धेरै पहल गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

पुँजी बजारका विषयमा सधै नकारा्त्मक भाषण गर्ने खतिवडा सबैको चर्को विरोधपछि सुधारिएको भाषण गर्न बाध्य भएका थिए। सुरुवाती अवस्थामा ‘मैले केही राम्रो भाषण गरिदिएर बजार सुधार होस् भन्ने अपेक्षामा हुनुहुन्छ भने त्यस्तो नसोच्दा हुन्छ’ भन्ने खतिवडाले पछिल्ला दिनमा ‘शेयर किन्नुहोस् अहिले किन्दा धेरै फाइदा हुन्छ’ समेत भन्न भ्याए। 

राष्ट्रिय सभामा खतिवडाको दुई वर्ष कार्यकाल सकिने र उनी अर्थमन्त्री नरहने हल्लाले ६ महिनाअगाडि नै शेयर बजारमा उछाल आएको थियो। कहिले मन्त्रीहरु परिवर्तन हुने र त्यसमा खतिवडा पर्ने भन्ने हल्लाले बजार सुधार भयो भने कहिले अब खतिवडालाई वैधानिक रुपमा नै हटाउनु पर्ने भन्दै हल्ला फैलाइयो। 

विगत दुई सातामा मात्रै‌ शेयर बजार ११४ अंकले सुधार भएको छ। विगत तीन महिनाको अवधिमा ३३२ अंकले सुधार भइसकेको छ। 

खतिवडाले राजीनामा दिएसँगै बजार सुधार हुने आँकलन गरिएको छ। उनको बहिर्गमन अगाडि नै शेयर बजार ३३२ अंकले सुधार भएकाले तत्काल धेरै अंकले माथि भने नजान सक्छ।

Xtrem

Xtrem

किन रुचाइएन खतिवडालाई?
खतिवडा नेपाल राष्ट्र बैंकमा लामो समय अनुसन्धान विभागमा बसेर काम गरे। त्यसपछि गभर्नर भए। गभर्नरपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए। उनी नेताभन्दा बढी कर्मचारी, अझ प्रशासक बने। राष्ट्र बैंकको अनुसन्धान विभागमा रहेर काम गर्दा सबैको गलत पक्षलाई मात्रै देखेका खतिवडाले सैद्धान्तिक रुपमा आफूलाई दरिलो बनाए। तर उनी नेता बन्न सकेनन्। आश्वासन बाँड्न सकेनन्। सुधारका कुरा गरे, अझ नियन्त्रणमुखी कुरा गरे। यसले गर्दा लगानीकर्ता व्यवसायी हच्किए।

 व्यवसायीले जे वोल्यो त्यही अनुसार काम हुँदै आएकोमा केही बुझेका खतिवडाले उनीहरुका कुरा सुन्न चाहेनन्। अझ  व्यापारीको प्रभावमा पर्नुभन्दा भेटै नगर्ने पक्षमा उभिए। यसले उनको काम नेताको भन्दा बढी कर्मचारीको जस्तो भयो। यहीबाट उनीप्रति असन्तुष्टिका स्वर उठ्न थाले। 

यही क्रम शेयर बजारमा पनि देखियो। शेयर बजारका लगानीकर्ता उनीसँग भेटेर बजारका विषयमा केही भए पनि सकारात्मक कुरा गरिदिनुस् भन्ने आग्रह गर्न चाहन्थे। शेयर बजार लगानीकर्ताको मनोविज्ञानका आधारमा तल–माथि हुन्छ। उनीहरुको आत्मविश्वास बढ्यो भने बजार सुधार हुन्छ। यसका लागि सरकारप्रति लगानीकर्ताको विश्वास हुनुपर्छ।

लगानीकर्ता र व्यवसायीसँग छलफल गर्न नचाहने खतिवडाको शैली नै उनको अलोकप्रियताको कारक बन्यो। पहिलो बजेटमै शेयर बजारको पुँजीगत लाभकर बढाए। सबै क्षेत्रमा करमात्रै वृद्धि गरे। यस अवधिमा धेरै सुधारका काम पनि भए तर सम्बन्धित पक्षको साथ लिएर काम गर्न सकेनन्। 

पछिल्लो समयमा शेयर बजारमा पनि उनले धेरै सुधारका प्रयत्न गरे। तर पनि उनको बहिर्गमनको समाचारमा रमाउने लगानीकर्ता आइतबारको बजारमा कत्तिको रमाउने छन्, त्यो हेर्न बाँकी छ।

 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्