• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

 कांग्रेसमा देउवाप्रवृत्ति लक्षित महाधिवेशन

64x64
भानु बोखिम मंगलबार, भदौ १६, २०७७  १३:२३
1140x725

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतरसमूह शेरबहादुर देउवालाई हराउन सक्ने पात्रको खोजीमा छ। लोकतान्त्रिक प्रकृयाबाट अर्को पक्षलाई पराजित गरेर आफू स्थापित हुनु विधिसंगत नै हो। यसका लागि आफ्नो योजना र रणनीति चाहिन्छ जो कांग्रेस इतर पक्षसँग छैन। केवल देउवाको पराजयको एकसूत्रीय रटान लिएर हिँडेको छ। 

देउवाको व्यक्तिवादी चरित्रको विरोध भइरहेको छ। जसरी पनि एउटा व्यक्तिलाई हराउनुपर्छ भन्ने मानसिकता व्यक्तिवादी मनोविज्ञानको अर्को नमुना हो। यस्तो मानसिकताको जितले कांग्रेसको विधि, पद्धतिमा खासै भिन्नता आउँदैन।

देउवाले हारे पनि कांग्रेस विधि, पद्धतिमा नभएर तदर्थवादमा नै चल्ने देखिन्छ। कांग्रेसमा व्यक्तिवाद हावी छ।

देउवाले कांग्रेसबाट जे सिके, त्यही अभ्यासमा गरे। पार्टीभित्र चल्ने षडयन्त्र र गुटको राजनीतिबाट नेतामा नैतिकवान आचरणको विकास हुँदैन। देउवाले हारे पनि कांग्रेस विधि, पद्धतिमा नभएर तदर्थवादमा नै चल्ने देखिन्छ। कांग्रेसमा व्यक्तिवाद हावी छ। व्यक्तिवादको विस्थापन अर्को व्यक्तिवाद हैन जो कांग्रेसले अपनाउँदै आएको छ। यसले कांग्रेसको हित गर्दैन। केवल कांग्रेसमा द्वन्द्व चलिरहन्छ, जसरी चल्दै आएको छ।  

हुन त कांग्रेसमा व्यक्तिवादी चरित्र नयाँ हैन। व्यक्तिवादी चरित्रको प्रभाव समानान्तर रुपले पार्टीभित्रको दुवै पक्षमा परेको देखिन्छ। जितेकाले शक्तिशाली हुँ भन्ने र हारेकाले जितेको नाममा मनपरि गर्‍यो भन्ने आरोप लाग्ने गरेको छ। कांग्रेसको जन्मसँगै यसका नेताहरुमा पद र शक्तिको आशक्ति देखिएको थियो। भलै उनीहरुले यस्तो विवाद तथा द्वन्द्वमा शक्ति शन्तुलन र लोकतान्त्रिक अभ्यासको जलप लगाउने गर्छन् । भित्री मनोविज्ञान भने पदमा पुग्नेको शक्ति नियन्त्रण गर्ने र आफ्नो शक्ति बढाउने नै देखिन्छ। 

राणा र नेपाली कांग्रेसको संयुक्त सरकारको नेतृत्व मोहनशमसेरले गरेका थिए। एक पक्षले राजीनामा दिएपछि सरकार ढल्ने प्रावधान थियो। कांग्रेसबाट गृहमन्त्री भएका बिपीले राजीनामा दिएपछि मोहनशमसेरको सरकार ढल्यो।  बिपी आउँदो सरकार कांग्रेसकै नेतृत्वमा बन्छ भन्नेमा ढुक्क थिए। उनमा आफू नै प्रधानमन्त्री हुन्छु भन्ने आत्मविस्वास पनि देखिन्थ्यो।  तर तात्कालिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाहना र माहोलले मातृकाप्रसाद कोईराला प्रधानमन्त्री बने। 

 यो घटनापछि बिपी र मातृकाको विवाद र द्वन्द्व बढेर गयो। मातृका कांग्रेसमा सभापति पनि थिए। बिपीले एक व्यक्ति दुई पदमा बस्न मिल्दैन भन्दै मातृकाले सभापति पद छोड्नुपर्छ भने। छोड्नु आवश्यक छैन भनेर मातृकालाई भारतीय प्रधानमन्त्री नेहरुले आड भरोसा दिएको पाइन्छ । यता बिपी नहटाइ नछोड्ने पक्षमा थिए । लोकतान्त्रिक विधिको निम्ति भने पनि यो लडाइँ व्यक्तिको शक्तिमा केन्द्रीत थियो।

यस्तै खालकाे लडाइँ ०४६ सालपछि गिरीजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईमा केन्द्रित भयो। भट्टराईले आफ्नै नेतृत्वमा गराएको चुनावमा हारे। भट्टराई हार्नुमा विपक्षी नेकपा एमालेको प्रभावभन्दा बढी कोइरालाको हात देखिन्छ। त्यो समय भट्टराईलाई हराउन कोइरालाले रचेका तिकडमहरु बेला-बेला बाहिरिँदै आएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

इतर पक्षलाई लडाउनु र दबाउनु पर्छ भन्ने सोच कांग्रेसी नेता कार्यकर्तामा विकसित भइसकेको छ। समाजका विभिन्न संस्था वा समुदायमा विरोध गर्नेले विरोधीकै संस्कार र आनीबानी अनुसरण गरेको पाइन्छ।

०५६ सालको सालको आम निर्वाचनका बेला गिरीजाप्रसादले कांग्रेसले जिते भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणा गरे। निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि भट्टराई प्रधानमन्त्री त भए तर उनलाई हटाउने खेल पनि तुरुन्तै सुरु भइसकेको थियो। आखिर भट्टराईको सरकार मुस्किलले १० महिना टिक्यो। पुनस् कोइराला नै प्रधानमन्त्री भए। 

 भट्टराई र कोइरालाको द्वन्द्वमा अर्को पुस्ताका नेताले उठ्ने मौका पाए। ती नेता थिए शेरबहादुर देउवा। देउवाले पार्टीभित्र विधि स्थापित गर्लान् भन्ने आश थियो। किनकि हिजो देउवा कोइराला खेमाले पार्टी विधिसंगत चलाएन् भनेर विरोध गर्थे। विरोधका बाबजुद पार्टीमा कोइरालाको पकड भइञ्जेल देउवा दबिएरै बसे। इतर पक्षलाई लडाउनु र दबाउनु पर्छ भन्ने सोच कांग्रेसी नेता कार्यकर्तामा विकसित भइसकेको छ। समाजका विभिन्न संस्था वा समुदायमा विरोध गर्नेले विरोधीकै संस्कार र आनीबानी अनुसरण गरेको पाइन्छ। कांग्रेसमा रहेर देउवाले जसको धेरै विरोध गरे, उनकै गुण अनुसरण गरेका छन्। यसको छनक देउवाले पार्टी सभापति भएपछि राम्रैसँग दिए। 

पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनेको थियो। प्रचण्डको सरकार ढलेपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए। नेपाल प्रधानमन्त्री हुनुमा कांग्रेसको ठूलो हात थियो। कांग्रेस गिरीजाप्रसाद कोइरालाको पकडमा थियो। नेपाल नेतृत्वको सरकारमा कोइरालाले छोरी सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाए। पार्टीका अरु वरिष्ठ नेतालाई पन्छाएर सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा देउवा असन्तुष्ट थिए।

आज देउवाले जे गरिरहेका छन्, त्यो उनले कांग्रेसको राजनीतिबाट नै सिकेका हुन्। 

तर तिनै देउवालाई सभापति भएपछि पार्टीमा श्रीमतीलाई स्थापित गर्न खोजेको आरोप लाग्ने गरेको छ। कुनै पनि व्यक्तिबाट राम्रो कामको अपेक्षा गर्नु स्वाभाविक हो। तर व्यक्तिले आफूसँग भएकै क्षमता र संस्कार प्रदर्शन गर्ने हो। व्यक्तिको क्षमता र संस्कार निर्माणमा संस्थाको अलिखित नियम तथा अभ्यासको ठूलो भूमिका हुन्छ।  तसर्थ आज देउवाले जे गरिरहेका छन्, त्यो उनले कांग्रेसको राजनीतिबाट नै सिकेका हुन्। 

 राष्ट्रिय राजनीतिमा कांग्रेस कमजोर साबित भएको छ। संख्यात्मक हिसाबले संसदमा कांग्रेसको उपस्थिति कमजोर छ। उसमाथि प्रतिनिधि सभाको बैठकमा गगन थापामात्र खरो रुपमा प्रस्तुत हुन्छन्। यी सबैको दोसारोपण देउवामाथि थोपर्ने गरिएको छ। देउवाले कांग्रेसको पराजयमा नैतिक जिम्मेवारी लिनुपर्थ्यो, जो लिएनन्। 

तर कांग्रेसको हारमा कम्युनिष्ट राजनीतिको इतिहासको श्रृंखलाले पनि काम गरेको छ। पन्ध्र सालमा भएको निर्वाचनमा कम्युनिष्ट मत आठ प्रतिशत थियो। त्यो बेला नेपाल कम्युनिष्ट पार्टीले धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनै सकेको थिएन। तर ४६ सालको आन्दोलनसम्म आउँदा कम्युनिष्ट निकै मजबुत भइसकेको थियो।

दश बर्षे माओवादी युद्धले कम्युनिष्टको प्रभावलाई अझ बढायो। पहिलो संसदीय निर्वाचनमा ८ प्रतिशत रहेका कम्युनिष्ट ६४ सालको संविधानसभा निर्वाचनसम्म आउँदा ६० प्रतिशत कटेको थियो। यो मतको अधिकांस हिस्सा दुई ठूला कम्युनिष्ट पार्टी माओवादी र एमालेले ओगट्थे। यी दुई पार्टी मिल्दा कांग्रेसको हार अवस्यम्भावी थियो। यो कुरा कांग्रेसका सबै नेताले बुझेका छन्। तर पार्टी हारको यथार्थ सार्वजनिक रुपममा स्वीकार्न सकेका छैनन्। जसले दुःखद सत्यरतथ्यलाई स्वीकार्न सक्दैन, उसले सधै दोष अरुलाई थोपर्छ । 

निश्चय नै कांग्रेसमा खास परिवार वा व्यक्तिको प्रभाव पर्दै आएको छ। तर व्यक्ति वा परिवार विशेषको विस्थापनले नै कांग्रेसलाई पुनर्जीवन दिन्छ? निश्चय नै दिँदैन।

हिजो एकथरि कांग्रेस पार्टीलाई कोइरालाबाट मुक्त गर्नुपर्छ भन्थे। आज अर्कोथरि कांग्रेस पार्टीलाई देउवाबाट मुक्त पार्नुपर्छ भनिरहेका छन्। निश्चय नै कांग्रेसमा खास परिवार वा व्यक्तिको प्रभाव पर्दै आएको छ। तर व्यक्ति वा परिवार विशेषको विस्थापनले नै कांग्रेसलाई पुनर्जीवन दिन्छ? निश्चय नै दिँदैन। हिजोको कोइरालामुक्त कांग्रेस भनौं वा आजको देउवामुक्त कांग्रेसको अभियान। यो त केवल एक गुटले अर्को गुटलाई नाकामयाब देखाउने बाटोमात्र हो।

असलमा कांग्रेसको संस्कार र विधिमा नै धमिरा लागेको छ। धमिरा लागेको विधि र संस्कारमा व्यक्ति जो आए पनि चल्ने यसरी नै हो। तसर्थ देउवामुक्त अभियान आफैंमा घातक छ। यसको अर्थ यो नलागोस् कि देउवाले निरन्तरता पाउनु पर्छ । निश्चय नै देउवाले कांग्रेसलाई चलायमान बनाउन सकेनन्। तर कांग्रेसलाई चयालमान बनाउने विधि र योजनाविना देउवाको विरोध गर्नुको मात्र कुनै तुक छैन। देउवाको विस्थापन अभियानले कांग्रेसमा नेतृत्वमा नयाँ व्यक्ति आउला तर पार्टी पुरानै ढर्रामा चल्छ। यसले कांग्रेसलाई झन्झन् कमजोर बनाउँछ। 

पार्टीको छवि सुधार र प्रभाव विस्तारमा मुख्य नेतृत्वको हात हुन्छ। तर विधि र पद्धति नभएको पार्टीमा नेतृत्वले सिंगो पार्टीको भन्दा आफ्नो समूहको हित सोच्न बाध्य हुन्छ। कांग्रेसले अब नेतृत्व परिवर्तनसँगै कांग्रेसको संस्कार र प्रवृत्ति परिवर्तनबारे सोच्न जरुरी छ। अन्यथा महाधिवेशनले देउवा परिवर्तन गर्ला तर देउवाप्रवृत्ति र संस्कार परिवर्तन हुँदैन।
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्