• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
मनमोहन अस्पतालको ६१ रोपनी जग्गा किन्ने सरकारको तयारी
64x64
सविन मिश्र बिहीबार, भदौ ११, २०७७  ०७:०५
1140x725
फाइल तस्बिर

काठमाडौं- सरकारले नेपाल स्वास्थ्य सेवा सहकारी (मनमोहन मेडिकल कलेज)सँग ६१ रोपनी जग्गा किन्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका-१ दहचोकमा रहेको अस्पतालको ६१ रोपनी जग्गा र भवन खरिदको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएको छ।

मन्त्रालयले काठमाडौंमा सरुवा रोग अस्पताल निर्माणका लागि यो जग्गा अधिग्रहण गर्ने र भवन निर्माण गर्ने तयारी गरेको छ। 'बजेटमा उल्लेखित सरुवा रोग अस्पताल निर्माणका लागि जग्गा आवश्यक परेकोमा स्वास्थ्य मन्त्रालयले गठन गरेको अध्ययन टोलीले त्यही जग्गा उपयुक्त छ भन्ने भएपछि अधिग्रहणको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएका छौँ,' स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो। 

मन्त्रिपरिषदले अधिग्रहण गर्न सहमति दिएपछि गृह मन्त्रालयमार्फत् प्रक्रिया अघि बढाउने तयारी स्वास्थ्यको छ। 'अर्थबाट सहमति लिएर मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएका हौँ,' स्वास्थ्य स्रोतले भन्यो, 'अब प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले तय गरेअनुसार रकम तिरेर अधिग्रहण गर्छौँ।' 

तत्कालीन नेकपा एमालेका नेताहरूको लगानी रहेको यो मेडिकल कलेजको जग्गा किनिदिन उनीहरूले मन्त्रीहरूलाई नै दबाब दिएको स्रोतको दाबी छ। उनीहरूकै दबाबमा अर्थमन्त्री डा युवराज खतिवडाले खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले अहिले नेपाल स्वास्थ्य सहकारीकै भवनमा आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ। कुल ३५० शय्याको वार्ड निर्माण भएकै स्थानमा भविष्यमा सरुवा रोग अस्पताल निर्माण गर्ने गरी जग्गा अधिग्रहण गर्न लागिएको मन्त्रालयले जनाएको छ। 'सरुवा रोग अस्पताल निर्माणका लागि ४५ रोपनीभन्दा धेरै जग्गा चाहिने रहेछ, त्यो खोज्दै जाँदा उपयुक्त जग्गा भेटेपछि अध्ययन टोलीले यही जग्गा किन्न उपयुक्त हुने सुझाव दिएको छ,' स्रोतले भन्यो।

स्वास्थ्य मन्त्रालयले सरुवा रोग अस्पताल निर्माणका लागि भवनको डिजाइनसमेत तयार गरिसकेको छ। मन्त्रालयले डिजाइनअनुसार भवन निर्माण गर्न ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। 'जग्गा प्राप्ति ऐनअनुसार अधिग्रहण गर्न खोजेका हौँ,' स्वास्थ्य स्रोतले भन्यो, 'अर्थले पनि यही कानुनअनुसार अघि बढ्न सक्ने सहमति सहमति दिएको छ।' 

के थियो बजेटमा?
सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकामा तीन सय शय्याको सुविधासम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। त्यसैगरी काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २५० शय्या आइसियू बेड स्थापना गर्ने तथा सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पतालन सञ्चालन गर्ने पनि बजेटमा उल्लेख छ। 

Ncell 2
Ncell 2

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विकास गर्दै लगिने पनि बजेटमा उल्लेख छ। यी सबै कामका लागि १२ अर्ब ४६ करोड रूपैयाँ छुट्याइएको छ। स्वास्थ्यले यही रकमभित्रबाट मनमोहन अस्पतालको जग्गा अधिग्रहण तथा भवन निर्माणको तयारी अघि बढाएको हो। 

जग्गा किनिदिन सहकारीकै निवेदन
नेपाल स्वास्थ्य सेवा सहकारी (मनमोहन मेडिकल कलेज)ले नै जग्गा किनिदिन निवेदन दिएको स्वास्थ्य मन्त्रालयसम्बद्ध अधिकारीहरूले दाबी गरेका छन्। मेडिकल कलेज सञ्चालनको अनुमति नपाएसँगै चर्को आर्थिक दबाबमा रहेकाले सहकारीकै तर्फबाट निवेदन दिएको र स्वास्थ्य मन्त्रालयले अध्ययन गरी किन्ने तयारी अघि बढाएको स्रोतहरूले दाबी गरेका छन्। 

मेडिकल कलेज सञ्चालनका लागि सहकारीले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिए पनि सम्बन्धन नै नपाउँदा कलेज सञ्चालन गर्न सकेको छैन। मनमोहनले मेडिकल कलेज सञ्चालनको आशयपत्र पाए पनि सम्बन्धन पाएको छैन। 

नेपाल स्वास्थ्य सेवा सहकारीका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र पाण्डे हुन्। सत्तारुढ नेकपाका नेता पाण्डे बागमती प्रदेशसभा सदस्य छन्। सो सहकारीका उपाध्यक्ष बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र हुन्। उनीहरू दुवै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहका हुन्। यो सहकारी तथा मनमोहन मेमोरियल मेडिकल कलेजमा नेपाल पक्षीय नेताहरूकै बढी लगानी छ। 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा आशयपत्र पाएका र सम्बन्धन नपाएका सबै मेडिकल कलेज सरकारले खरिद गर्ने विषयमा अध्ययन गर्न मुख्यसचिवको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो। यद्यपि त्यो अध्ययन यत्तिकै हराएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले मुक्तिनाथ केबलकार र माथिल्लो सेती जलविद्यु... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्