• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मनमोहन अस्पतालको ६१ रोपनी जग्गा किन्ने सरकारको तयारी

64x64
सविन मिश्र बिहीबार, भदौ ११, २०७७  ०७:०५
1140x725
फाइल तस्बिर

काठमाडौं- सरकारले नेपाल स्वास्थ्य सेवा सहकारी (मनमोहन मेडिकल कलेज)सँग ६१ रोपनी जग्गा किन्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका-१ दहचोकमा रहेको अस्पतालको ६१ रोपनी जग्गा र भवन खरिदको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएको छ।

मन्त्रालयले काठमाडौंमा सरुवा रोग अस्पताल निर्माणका लागि यो जग्गा अधिग्रहण गर्ने र भवन निर्माण गर्ने तयारी गरेको छ। 'बजेटमा उल्लेखित सरुवा रोग अस्पताल निर्माणका लागि जग्गा आवश्यक परेकोमा स्वास्थ्य मन्त्रालयले गठन गरेको अध्ययन टोलीले त्यही जग्गा उपयुक्त छ भन्ने भएपछि अधिग्रहणको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएका छौँ,' स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो। 

मन्त्रिपरिषदले अधिग्रहण गर्न सहमति दिएपछि गृह मन्त्रालयमार्फत् प्रक्रिया अघि बढाउने तयारी स्वास्थ्यको छ। 'अर्थबाट सहमति लिएर मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएका हौँ,' स्वास्थ्य स्रोतले भन्यो, 'अब प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा निर्धारण समितिले तय गरेअनुसार रकम तिरेर अधिग्रहण गर्छौँ।' 

तत्कालीन नेकपा एमालेका नेताहरूको लगानी रहेको यो मेडिकल कलेजको जग्गा किनिदिन उनीहरूले मन्त्रीहरूलाई नै दबाब दिएको स्रोतको दाबी छ। उनीहरूकै दबाबमा अर्थमन्त्री डा युवराज खतिवडाले खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले अहिले नेपाल स्वास्थ्य सहकारीकै भवनमा आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ। कुल ३५० शय्याको वार्ड निर्माण भएकै स्थानमा भविष्यमा सरुवा रोग अस्पताल निर्माण गर्ने गरी जग्गा अधिग्रहण गर्न लागिएको मन्त्रालयले जनाएको छ। 'सरुवा रोग अस्पताल निर्माणका लागि ४५ रोपनीभन्दा धेरै जग्गा चाहिने रहेछ, त्यो खोज्दै जाँदा उपयुक्त जग्गा भेटेपछि अध्ययन टोलीले यही जग्गा किन्न उपयुक्त हुने सुझाव दिएको छ,' स्रोतले भन्यो।

स्वास्थ्य मन्त्रालयले सरुवा रोग अस्पताल निर्माणका लागि भवनको डिजाइनसमेत तयार गरिसकेको छ। मन्त्रालयले डिजाइनअनुसार भवन निर्माण गर्न ९५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। 'जग्गा प्राप्ति ऐनअनुसार अधिग्रहण गर्न खोजेका हौँ,' स्वास्थ्य स्रोतले भन्यो, 'अर्थले पनि यही कानुनअनुसार अघि बढ्न सक्ने सहमति सहमति दिएको छ।' 

के थियो बजेटमा?
सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकामा तीन सय शय्याको सुविधासम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। त्यसैगरी काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २५० शय्या आइसियू बेड स्थापना गर्ने तथा सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पतालन सञ्चालन गर्ने पनि बजेटमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विकास गर्दै लगिने पनि बजेटमा उल्लेख छ। यी सबै कामका लागि १२ अर्ब ४६ करोड रूपैयाँ छुट्याइएको छ। स्वास्थ्यले यही रकमभित्रबाट मनमोहन अस्पतालको जग्गा अधिग्रहण तथा भवन निर्माणको तयारी अघि बढाएको हो। 

जग्गा किनिदिन सहकारीकै निवेदन
नेपाल स्वास्थ्य सेवा सहकारी (मनमोहन मेडिकल कलेज)ले नै जग्गा किनिदिन निवेदन दिएको स्वास्थ्य मन्त्रालयसम्बद्ध अधिकारीहरूले दाबी गरेका छन्। मेडिकल कलेज सञ्चालनको अनुमति नपाएसँगै चर्को आर्थिक दबाबमा रहेकाले सहकारीकै तर्फबाट निवेदन दिएको र स्वास्थ्य मन्त्रालयले अध्ययन गरी किन्ने तयारी अघि बढाएको स्रोतहरूले दाबी गरेका छन्। 

मेडिकल कलेज सञ्चालनका लागि सहकारीले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिए पनि सम्बन्धन नै नपाउँदा कलेज सञ्चालन गर्न सकेको छैन। मनमोहनले मेडिकल कलेज सञ्चालनको आशयपत्र पाए पनि सम्बन्धन पाएको छैन। 

नेपाल स्वास्थ्य सेवा सहकारीका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र पाण्डे हुन्। सत्तारुढ नेकपाका नेता पाण्डे बागमती प्रदेशसभा सदस्य छन्। सो सहकारीका उपाध्यक्ष बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र हुन्। उनीहरू दुवै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहका हुन्। यो सहकारी तथा मनमोहन मेमोरियल मेडिकल कलेजमा नेपाल पक्षीय नेताहरूकै बढी लगानी छ। 

Xtrem

Xtrem

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा आशयपत्र पाएका र सम्बन्धन नपाएका सबै मेडिकल कलेज सरकारले खरिद गर्ने विषयमा अध्ययन गर्न मुख्यसचिवको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो। यद्यपि त्यो अध्ययन यत्तिकै हराएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्