• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'कोरोना संक्रमितले शरीरमा अक्सिजनको मात्रा कमी भएको ढिलो थाहा पाउँछन्'

डा अनुप सुवेदी आइतबार, भदौ ७, २०७७  १८:१२
1140x725

काठमाडौं-  सरुवा रोग विज्ञ डा अनुप सुवेदीले मास्कको प्रयोग सही तरिकाले गरेमा महामारी नियन्त्रणमा आउने बताएका छन्।

जापानमा मृत्यु र संक्रमणदर कमी हुनुको कारण सबैले मास्कको सही तरिकाले प्रयोग गरेको बताए। उनले भने, ‘जापानमा मास्क आफू जोगिनमात्रै होइन कि अरुलाई पनि जोगाउन लगाउने गरिन्छ।’

कोरोना भाइरस संक्रमणको सन्दर्भमा बोल्ने क्रममा सरुवा रोग विज्ञ सुवेदीले कोरोना संक्रमितका बिरामीले शरीरमा अक्सिजनको मात्रा कमी भएको ढिलो गरी थाहा पाउने बताए। ‘अक्सिजनको मात्रा घटिरहेको हुन्छ, व्यक्तिलाई थाहा हुँदैन। जब थाहा हुन्छ, अस्पताल पुग्न ढिलो भइसकेको हुन्छ।’ उनले भने।

बन्द कोठामा नबस्ने,निकट दूरी नराख्ने र भीडबाट टाढा नै संक्रमणबाट बच्ने उत्तम उपाय भएको उनले सुझाए।

डा सुवेदीले भर्चुअल संवादमा राखेको विचारः

मास्कको प्रयोग संक्रमणबाट जोगिन कति प्रभावकारी उपाय?
एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट छिटाहरु सर्ने भएकाले त्यसबाट जोगाउनका लागि मास्कको महत्वपूर्ण भूमिका रहेको हुन्छ। अर्काले हाच्छिउँ वा खोक्दा आफू जोगिनका लागि मात्रै मास्क लगाउने होइन। लक्षण नभएको व्यक्ति मास्क नलगाइकन हिँडिरहेका हुन्छन्, उनीहरुबाट अन्यलाई सर्ने सम्भावना हुन्छ। लक्षण छैन भनी नलगाउने भन्ने हुँदैन। सबैले लगाउनुपर्छ। संक्रमण छ तर मास्क लगाइएको अवस्थामा थुकको छिटाको माध्यमबाट सर्ने सम्भावना कम हुन्छ।

मास्क सही ढंगले लगायौं भने संक्रमण आफैं नियन्त्रण हुने विभिन्न अनुसन्धानले पनि देखाएका छन्। जापानमा त मास्कको प्रयोगले नै संक्रमण नियन्त्रणमा आएको छ। जापानमा वृद्धहरुको जनसंख्या बढी छ। तर, त्यहाँ संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएन। अन्य देशको भन्दा मृत्यु र संक्रमणदर त्यहाँ धेरै कम छ। मृत्यु र संक्रमणदर कमी हुनुको कारण त्यहाँ सबैले मास्क लगाउनु नै हो। जापानमा मास्क आफू जोगिनमात्रै होइन कि अरुलाई पनि जोगाउन लगाउने गरिन्छ। मास्क नलगाएको बेलामा खोक्दा अभद्र व्यवहार भएको बुझिन्छ। त्यो त्यहाँको सामाजिक ‘नर्म’पनि हो। दीर्घरोगको भार र वृद्धहरुको संख्या बढी भएपनि संक्रमण फैलिएको छैन। समुदायमा एकदमै नियन्त्रणमा छ।

दोहोरो मास्क लगाएको पनि कोही कोही व्यक्ति भेट्न सकिन्छ। यसका २/३ पाटो हुनसक्छ। सबैले सर्जिकल वा तीन ‘लेयर’को मास्क लगायौं भने महामारी आफैं नियन्त्रण हुनसक्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

भल्भ भएको मास्कले बाहिरबाट भित्र जाने हावालाई छेक्ने तर भित्रबाट बाहिर जाने हावा भने रोक्दैन। आफ्नो श्वासको छिटा बाहिर नजाओस् भनी  लगाइएको त्यस्तो किसिमको मास्कले श्वास सिधैं बाहिर जानबाट रोक्दैन। यस्तो मास्क मात्रै लगाउनाले सामाजिक रुपमा अनुत्तरदायी कार्य पनि हुन जान्छ। 

मास्कको छिद्रहरुको ख्याल गर्नुपर्छ। मुख्यगरी मास्क फिटनेस भएको ख्याल गर्नुपर्छ। मास्क लगाउँदा छेउछाउबाट श्वास छिर्ने हुन्छ भने त्यसको काम गरेको मानिदैन। विदेशतिर कतिपयले आफैंले सिलाएर फिटनेस भएको मास्क लगाउने गरेका पनि छन्।

घरबाट बाहिर निस्किँदा प्रयोग गरेको मास्क पुनः प्रयोग गर्न मिल्छ? धोएर पनि फेरि प्रयोग गर्न सकिन्छ?
एन-९५ र सर्जिकल मास्क धुन हुँदैन। धोएपछि छिद्रहरु बिग्रन्छ। छिद्र बिग्रँदा भाइरसको प्रवेश सहज हुन्छ।

पुनर्प्रयोग गर्न भने सकिन्छ। मास्कको बाहिरी भाग छुनै हुँदैन। अर्को व्यक्तिले फेरेको श्वासको छिटा बाहिरी भागले नै ब्लक गरेको हुन्छ। खोल्दा बाहिरी भागमा हात पर्नुभएन। आज प्रयोग गरेको मास्क ७२ घन्टापछि पुनः प्रयोग गर्न सकिन्छ। बाहिरी भागमा भाइरस रहेछ भने पनि ७२ घन्टादेखि ९६ घन्टासम्म निष्क्रिय भइसकेको हुन्छ। यसलाई स्टान्डर्ड विधिका रुपमा नलिएपनि अभावमा चल्न सकिने विधि भने हो।

कपडाको मास्क धुन पनि मिल्छ। केही अध्ययनहरुले पनि देखाएको छ। विशेषगरी कटन र सिफनले बनाइएको दुई तहको मास्कले एक प्रकारको बिजुली पनि उत्पन्न हुने गरेको हुन्छ। बिजुली उत्पन्न हुने कारणले भाइरस भित्र छिर्न सक्दैन। केही नेपाली उद्यमीले यस्तै प्रकारको मास्क बनाएर बेच्नुभएको पनि थियो।

आफूले भेटेको व्यक्तिलाई ढिलो गरी संक्रमण भएको जानकारी हुँदा कति समयपछिसम्म परीक्षणमा गर्दा हुन्छ?
कुनै व्यक्तिलाई आज लक्षण देखिन थालेको हो भने दुई दिनअघिदेखि अरुलाई संक्रमण सर्ने हुन्छ। लक्षण नदेखिएको तर परीक्षण गर्दा संक्रमण देखिएको व्यक्तिले स्वाब लिएको दुई दिनअघिदेखि संक्रमण सार्ने सम्भावना हुन्छ। त्यसैलाई आधार मानेर नै पब्लिक हेल्थमा काम गरिएको हुन्छ।

यदि कुनै व्यक्तिलाई एक साताअघि भेटिएको र हिजोदेखि ज्वरो आउन थाल्यो भने एक साताअघि भेटिएकोसँग डर मान्नु परेन। यदि दुई दिनअघि उक्त व्यक्तिलाई भेटिएको हो भने परीक्षण गर्नुपर्छ। लक्षण सुरु भएको ४८ घन्टाअघि भेटेका व्यक्तिहरु सतर्क हुनुपर्छ। भेटेको व्यक्तिलाई लक्षण देखियो तर परैबाट हाइ हेल्लोमात्रै हो भने डराउनुपर्दैन। अमेरिका, सिंगापुर, कोरियामा गरिएको पब्लिक हेल्थमा अपनाइएको एउटा अभ्यास छ। त्यो हो, संक्रमित व्यक्तिसँग १५ मिनेट ६ फिटको दूरीमा बिताएको भए त्यतिबेला रिस्क हुन्छ। यदि संक्रमित व्यक्तिसँग पाँच मिनेट तीन फिटको दूरीमा बिताएको भए रिस्क हुँदैन। संक्रमित व्यक्तिलाई भेटिएको बेलामा दुवैले नै मास्क लगाएको भए संक्रमण सर्ने डर हुँदैन।

‘कन्ट्याक्ट ट्रेसिङ’को समयमा यी सबै कुरा आउँछन्। अंगालो मार्ने र हात मिलाउने कार्यले संक्रमण सर्ने डर हुन्छ।

यदि भेट भएको व्यक्तिले मास्क लगाएको छैन भने त्यो अवस्थामा आफूले लगाएपनि संक्रमणको जोखिम उत्तिकै रहन्छ। नाक‚ मुख आफूले छोपेपनि आँखा छोपिएको हुँदैन। आँखाबाट सर्ने सम्भावना भने अति नै कम हुन्छ।

हामी नेपालीले अलि खरो व्यवहार देखाउनुपर्ने बेला आएको छ। अर्को मान्छेले मास्क नलगाई आएको छ भने मास्क नलगाएको व्यक्तिसँग भेटवार्ता नै गर्न भएन। पदीय जिम्मेवारीले माथिल्लो व्यक्ति भएपनि मास्क नलगाएको छ भने संवाद गर्न भएन। कसैले नाकमुनी मास्क लगाएको छ भने माथि सार्न भन्नुपर्‍यो। मास्क नलगाएको व्यक्तिलाई भन्न हिच्किचाउन पनि भएन। संस्कार पनि विकास गर्नुपरेको छ।

होम आइसोलेसनको मापदण्ड कस्तो हुनुपर्छ?
होम आइसोलेसनको दुई प्रयोजन हुन्छन्। पहिलो आफूलाई संक्रमण देखिएपछि आइसोलेसनमा बसेर आफ्नै निगरानीको प्रणाली हो। अर्को प्रयोजन चाहीँ अर्को व्यक्तिलाई सार्ने अवस्था नहोस् भन्ने हो।

होम आइसोलेसनमा बस्दा आफैंलाई निगरानी गर्नुपर्छ। लक्षणमा कमी आए/नआएको निगरानी पनि आफैंले गर्नुपर्ने हुन्छ। ज्वरो पनि आफैं नाप्न सक्नपर्‍यो। सरकारले लागू गरेको गाइडलाइन कार्यान्वयन हुनुपर्छ। रगतमा अक्सिजनको मात्रा यकीन गर्न अक्सिजन स्याचुरेसन आवश्यक हुन्छ। औंलाको माध्यमबाट अक्सिजनको मात्रा परीक्षण गर्ने एक प्रकारको मेसिन बजारमा पाइन्छ। ९४ बाट माथि रह्रयो भने नर्मल भन्ने गरिन्छ। त्यसभन्दा मुनि अक्सिजनको मात्रा देखिए अस्पताल जानुपर्छ भन्ने बुझ्नुपर्‍यो।

अन्य रोगका बिरामीले अक्सिजनको मात्रा कम भएको छिटो थाहा पाउँछन्। कोरोना संक्रमित व्यक्तिले भने अक्सिजनको मात्रा कम भएको ढिलो थाहा पाउँछन्। अक्सिजनको मात्रा घटिरहेको हुन्छ, व्यक्तिलाई थाहा हुँदैन। जब थाहा हुन्छ,अस्पताल पुग्न ढिलो भइसकेको हुन्छ। लक्षण, अक्सिजन स्याचुरेसन मोनिटर गर्ने होम आइसोलेसनमा बस्ने व्यक्तिले गर्ने कार्य हुन्।

होम आइसोलेसनका लागि रुम नित्तान्त छुट्टै हुनुपर्छ। हावा ओहोरदोहोर गर्ने खालको झ्याल हुनुपर्छ। एकजनाले मात्रै प्रयोग गर्नेगरी बाथरुम, ट्वाइलेट हुनुपर्छ। अरु पनि जानुपर्ने छ भने डिस इन्फेक्ट झोलको प्रयोग गर्नुपर्छ। संक्रमितले प्रयोग गरेपछि डिसइन्फेक्टको झोल छर्कनुपर्दछ।

होम आइसोलेसन नेपालीका लागि जटिल छ। बाथरुम एक व्यक्तिले मात्रै प्रयोग गर्नसक्ने अवस्था रहे होम आइसोलेसन प्रभावकारी हुन्छ। अर्को समस्या के छ भने अस्पताल पनि होम आइसोलेसनबाट नजिकै हुनुपर्छ। होम आइसोलेसन ठूलो अस्पतालको नजिक हुनुपर्छ। श्वासप्रश्वासको समस्या आयो भने अस्पताल पुर्‍याइहाल्नु पर्ने हुन्छ। बढीमा आधा घन्टाको दूरीमा अस्पताल हुनेगरी होम आइसोलसन हुनुपर्छ।

लक्षण नदेखिएको व्यक्तिले परीक्षण गर्दा संक्रमण देखियो भने सर्वप्रथम गर्नुपर्ने कार्य के हुन्छ?
सुरुमा त आफ्नो स्वास्थ्य अवस्थाकै विचार गर्नुपर्छ। अक्सिजनको मात्रा मापन गर्नुपर्छ। दूरी कायम गर्न सुरु गरिहाल्नुपर्छ।

होम आइसोलेसनका लागि लागू हुने मापदण्डअनुसारको कोठा छ भने घरमै आइसोलेसनमा बस्न सकिन्छ। घरमा सम्भव हुँदैन भने सरकारले तोकेका स्थानमा भर्ना भई आइसोलेसनमा रहनुपर्छ।

स्वाब दिएसँगै सतर्क हुनुपर्छ। परीक्षण गर्न जानुको अर्थ नै कुनै शंका लागेर जाने हो। परीक्षणको नतिजा नआउन्जेल अघि नै पूर्वतयारी गर्नुपर्छ।

तरकारीबाट संक्रमण फैलने अवस्था कति रहन्छ?
तरकारीबाट सर्ने सम्भवना रहन्न। ९९ प्रतिशत हावाबाटै सर्ने भाइरस हो। खरिद गरेको तरकारीलाई पखाल्ने क्रममा अनुहारमा हात लान नहुने चाहीँ सम्झिराख्नुपर्छ। 

तरकारी बेच्नेले पनि मास्क लगाएकोसँग किन्नुपर्दछ। किनमेल गर्दा हातलाई अनुहारमा लान भएन।

निषेधाज्ञाको समयमा पनि गर्नैपर्ने काम छ भने व्यक्ति सतर्क हुन के के सोच्नुपर्छ?
जापानमा अवलम्बन गरिएको ‘थ्रि सी’ अवलम्बन गर्ने उपयुक्त विधि हो। भिड( क्राउड) मा जान भएन। बन्द स्पेस ( कम्फाइन) हुनु भएन। बन्द कोठामा बस्न हुँदैन। नजिक (क्लोज कन्ट्याक्ट) मा रहनुभएन। 

सँगै बस्दा मास्क लगाउने तर चिया खाँदा मास्क खोल्न पर्छ। त्यस्तो बेला दूरी कायम गर्नैपर्छ। कोरोना भाइरस ठूलो स्वरले बोल्दा पनि हावामा फैलने रहेछ। बेस्सरी खोक्दा मात्रै फैलने भन्ने होइन रहेछ।

चिया वा नास्ता खादा पनि दूरी कायम गर्नैपर्छ। बन्द स्पेसमा नबस्ने, निकट दूरी नराख्ने र भीडबाट बच्यौं भने संक्रमण हुँदैन।

(डाक्टर सुवेदी संक्रामक रोग विशेषज्ञ हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित
चेल्सीको विजयी सुरुआत
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित मंगलबार, भदौ ९, २०८३
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्