• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
कोरोनाको 'हटस्पट' बन्दै बैंकिङ क्षेत्र, ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा 
64x64
अरुण सापकोटा मंगलबार, भदौ २, २०७७  १४:०५
1140x725

काठमाडौं– एकपछि अर्को गर्दै बैंकहरूमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैकिङ क्षेत्र पनि ‘कोरोना हटस्पट’ बन्न थालेको छ। अहिले ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा छन्। उपत्यका बाहिरका शाखामा संक्रमण देखिँदै आएकोमा पछिल्लो समय उपत्यकाभित्रका बैंकिङ कार्यालयमा पनि कोरोना संक्रिमत बढ्न थालेका हुन्। 

बैंकको काउन्टरमा बस्ने कर्मचारी सबैभन्दा धेरै प्रभावित भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। काउन्टरबाहेक अन्य विभागमा काम गर्ने कर्मचारीहरु संक्रमितको सम्पर्कमा आउने सम्भावना न्यून हुन्छ। तर एउटै कार्यालयको काम गर्दा संक्रमणको जोखिम उच्च रहन्छ। 

असार २६ गते अछामको चौरीपाटी गाउँपालिकामा रहेको सेञ्चुरी बैंकको शाखा कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो। त्यस्तै केही समयअघि एभरेष्ट बैंकको केन्द्रीय कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। दुई जनामा संक्रमण देखिएपछि बैंकले दुई दिनसम्म सिल गरेर बाँकी कर्मचारीको परीक्षण गर्नेदेखि लिएर डिस्इन्फेक्सन गर्ने काम गरेको थियो।  

उपत्यकाबाहिर धेरै संक्रमित देखिएका छन्। दुई दिन अगाडि ग्लोबल आइएमईको धनगढी उपमहानगरपालिका शाखा कार्यालयमा एक जनालाई कोरोना देखिएको थियो। साउन २० गते देवदह नगरपालिकामा बैंकका एक कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो। कपिलवस्तुस्थित ग्लोबल आइएमइ बैंकको एक शाखाका ३ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ। त्यस्तै कपिलवस्तुकै मेगा बैंकका एक कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। 

साउन २९ गते माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी र पोखरा महानगरपालिकामा एक बैंक कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। यस्तै, साउन ३० गते एकै दिन बर्दियामा ४ जना बैंक कर्मचारीलाई कोरोना संक्रमण देखियो। 

साउन २२ गते कपिलवस्तुका ८ वटा बैंक तथा वित्तीय संस्थाका १६ कर्मचारीलाई कोरोना पुष्टि भएको थियो। कपिवस्तुमा रहेका ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका ४ जना, कृषि विकास बैंकका एक जना र मेगा बैंकका एक जनामा संक्रमण पुष्टि भएको थियो। 

साउन २७ गते दाङमा ग्लोबल आइएमई बैंकका १३ कर्मचारीमा कोरोना संक्रमण देखिएको दाङस्थित कोरोना फोकल पर्सनले जानकारी दिएका छन्। गत जेठ १० गते गुल्मीको मदानेमा पनि बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो।  

त्यस्तै नेपाल राष्ट्र बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी होम आइसोलेसनमा बसेका छन्। कतिपय बैंकहरुले भने कोरोना देखिए पनि सार्वजनिक गर्ने गरेका छैंनन्। 

Ncell 2
Ncell 2

उपत्यका बाहिरका धेरैवटा बैंकिङ शाखाका कर्मचारीमा संक्रमण देखिएपछि शाखा कार्यालय नै बन्द गर्नु पर्ने अवस्था आएको छ। कतिपय स्थानीय निकायले नै बैंक तथा वित्तीय संस्थाहरुलाई सञ्चालन गर्न दिएका छैनन्। 

बैंकमा पैसाको कारोबार गर्नु पर्ने हुन्छ। पैसाबाट संक्रमण हुने सम्भावना धेरै हुने भएकाले कर्मचारी धेरै प्रभावित देखिएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए। चाहेर या नचाहेर पनि बैंकका कर्मचारीले ग्राहकसँग सिधा सम्पर्क गर्नुपर्ने हुन्छ। यहीकारण बैंकका कर्मचारी उच्च जोखिममा छन्। काउन्टरबाहेक अन्य विभागमा काम गर्नेलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको संघका शर्माले बताए।

नेपाल राष्ट्र बैंकले नै अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्रै बैंकमा उपश्चित गराउन निर्देशन दिएकाले स्वाभाविक रुपमा ५० प्रतिशत कर्मचारी बैंकमा आउने गरेका छन्। उनले भने, ‘तर ‍कतिपय बैंकले काउन्टर तथा अत्यावस्यकबाहेक सबै कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाएका छन्।’ 

कोरोनाको संक्रमण बढ्न थालेसँगै बैंक अफ काठमाण्डूले ८० प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउन थालेको छ। 

काठमाडौं तथा ठूला शाखा कार्यालयमा ५० प्रतिशत कर्मचारी उपस्थित हुँदा पनि सञ्चालन गर्न सक्ने अवस्था रहन्छ। तर तीन चार जनामात्रै कर्मचारी भएको शाखाबाट भने ५० प्रतिशत कर्मचारीबाट कार्यसम्पादन गर्न गाह्रो परेको शर्माले जानकारी दिए। उनले भने, ‘सानो शाखामा तीन–चारजना कर्मचारी हुन्छन्। काउन्टरको काम गर्नै पर्‍यो, कर्जा लगानी गर्नै पर्यो साथै अन्य काम गर्नै पर्ने भएकाले ती शाखामा ५० प्रतिशत वर्क फ्रम होमको कार्यविधिले काम गर्दैन।’

कतिपय स्थानीय निकायले आफ्नो क्षेत्रभित्रका बैंकिङ कार्यालयहरुलाई बन्द गर्न निर्देशन दिएकाले ती शाखा बन्द छन्। जतिसुकै संक्रमित बढे पनि बैंक अत्यावश्यकीय क्षेत्रभित्र पर्ने भएकाले सञ्चालन गर्नै पर्ने हुन्छ। 

काउन्टरमा भिडभाड कम गर्न डिजिटल बैंकिङमा विशेष ध्यान दिनुपर्ने अवस्था भए पनि सबै बैंकले यसमा काम गर्न सकेका छैनन्। सबै ग्राहकहरु डिजिटल बैंकिङमा अभ्यस्त छैनन्। बैंकले विद्युतीय कारोबारको व्यवस्था गरे पनि सबै ग्राहकहरुले उपयोग गर्न नसक्ने भएकाले बैंकका काउन्टरमा मानिसहरुको भीड देखिने गरेको छ। 

भीड कम गर्न सामाजिक दूरी कायम गर्ने र सुरक्षाका उपायहरु अपनाएर काम गर्नु पर्ने बाध्यता रहेको संघका शर्मा बताउँछन्। काउन्टरमा बस्ने कर्मचारीले उच्च सतर्कता अपनाउने तथा बाह्य क्षेत्रमा हिँडडुल नगर्ने लगायतका आचार संहिता बनाउनु पर्ने देखिन्छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बँच्न तथा जोखिमहरु न्यूनीकरणका लागि बैंकिङ कारोबार गर्दा डिजिटल बैंकिङलाई ध्यान दिन बैंकर्स संघले अपिल गरेको छ। 

डिजिटल बैंकिङको माध्यमबाट प्रायजसो सबै प्रकारका दैनिक कारोबार गर्न सक्ने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्न संघले सम्पूर्ण बैंकहरुलाई अनुरोध गरेको छ। एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न विलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्नलगायत काम सहज रुपमा डिजिटल बैंकिङबाट गर्न सकिने हुनाले घरमै बसरी सहज रुपमा बैंकिङ कारोबार गर्न सकिने बैंकहरु बताउछन्। 

कोरोनाको संक्रमण बढ्न थालेपछि बैंकहरुले ग्राहकहरुलाई अत्यावश्यक अवस्थामा बाहेक शाखा कार्यालयमा आएर भिडभाड नगरिदिन अनुरोध गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्