• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोनाको 'हटस्पट' बन्दै बैंकिङ क्षेत्र, ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा 

64x64
अरुण सापकोटा मंगलबार, भदौ २, २०७७  १४:०५
1140x725

काठमाडौं– एकपछि अर्को गर्दै बैंकहरूमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैकिङ क्षेत्र पनि ‘कोरोना हटस्पट’ बन्न थालेको छ। अहिले ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’ मा छन्। उपत्यका बाहिरका शाखामा संक्रमण देखिँदै आएकोमा पछिल्लो समय उपत्यकाभित्रका बैंकिङ कार्यालयमा पनि कोरोना संक्रिमत बढ्न थालेका हुन्। 

बैंकको काउन्टरमा बस्ने कर्मचारी सबैभन्दा धेरै प्रभावित भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। काउन्टरबाहेक अन्य विभागमा काम गर्ने कर्मचारीहरु संक्रमितको सम्पर्कमा आउने सम्भावना न्यून हुन्छ। तर एउटै कार्यालयको काम गर्दा संक्रमणको जोखिम उच्च रहन्छ। 

असार २६ गते अछामको चौरीपाटी गाउँपालिकामा रहेको सेञ्चुरी बैंकको शाखा कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो। त्यस्तै केही समयअघि एभरेष्ट बैंकको केन्द्रीय कार्यालयका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। दुई जनामा संक्रमण देखिएपछि बैंकले दुई दिनसम्म सिल गरेर बाँकी कर्मचारीको परीक्षण गर्नेदेखि लिएर डिस्इन्फेक्सन गर्ने काम गरेको थियो।  

उपत्यकाबाहिर धेरै संक्रमित देखिएका छन्। दुई दिन अगाडि ग्लोबल आइएमईको धनगढी उपमहानगरपालिका शाखा कार्यालयमा एक जनालाई कोरोना देखिएको थियो। साउन २० गते देवदह नगरपालिकामा बैंकका एक कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो। कपिलवस्तुस्थित ग्लोबल आइएमइ बैंकको एक शाखाका ३ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ। त्यस्तै कपिलवस्तुकै मेगा बैंकका एक कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। 

साउन २९ गते माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी र पोखरा महानगरपालिकामा एक बैंक कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। यस्तै, साउन ३० गते एकै दिन बर्दियामा ४ जना बैंक कर्मचारीलाई कोरोना संक्रमण देखियो। 

साउन २२ गते कपिलवस्तुका ८ वटा बैंक तथा वित्तीय संस्थाका १६ कर्मचारीलाई कोरोना पुष्टि भएको थियो। कपिवस्तुमा रहेका ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका ४ जना, कृषि विकास बैंकका एक जना र मेगा बैंकका एक जनामा संक्रमण पुष्टि भएको थियो। 

साउन २७ गते दाङमा ग्लोबल आइएमई बैंकका १३ कर्मचारीमा कोरोना संक्रमण देखिएको दाङस्थित कोरोना फोकल पर्सनले जानकारी दिएका छन्। गत जेठ १० गते गुल्मीको मदानेमा पनि बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो।  

त्यस्तै नेपाल राष्ट्र बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गभर्नर महाप्रसाद अधिकारी होम आइसोलेसनमा बसेका छन्। कतिपय बैंकहरुले भने कोरोना देखिए पनि सार्वजनिक गर्ने गरेका छैंनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यका बाहिरका धेरैवटा बैंकिङ शाखाका कर्मचारीमा संक्रमण देखिएपछि शाखा कार्यालय नै बन्द गर्नु पर्ने अवस्था आएको छ। कतिपय स्थानीय निकायले नै बैंक तथा वित्तीय संस्थाहरुलाई सञ्चालन गर्न दिएका छैनन्। 

बैंकमा पैसाको कारोबार गर्नु पर्ने हुन्छ। पैसाबाट संक्रमण हुने सम्भावना धेरै हुने भएकाले कर्मचारी धेरै प्रभावित देखिएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए। चाहेर या नचाहेर पनि बैंकका कर्मचारीले ग्राहकसँग सिधा सम्पर्क गर्नुपर्ने हुन्छ। यहीकारण बैंकका कर्मचारी उच्च जोखिममा छन्। काउन्टरबाहेक अन्य विभागमा काम गर्नेलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको संघका शर्माले बताए।

नेपाल राष्ट्र बैंकले नै अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्रै बैंकमा उपश्चित गराउन निर्देशन दिएकाले स्वाभाविक रुपमा ५० प्रतिशत कर्मचारी बैंकमा आउने गरेका छन्। उनले भने, ‘तर ‍कतिपय बैंकले काउन्टर तथा अत्यावस्यकबाहेक सबै कर्मचारीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाएका छन्।’ 

कोरोनाको संक्रमण बढ्न थालेसँगै बैंक अफ काठमाण्डूले ८० प्रतिशत कर्मचारीलाई घरबाटै काम लगाउन थालेको छ। 

Xtrem

Xtrem

काठमाडौं तथा ठूला शाखा कार्यालयमा ५० प्रतिशत कर्मचारी उपस्थित हुँदा पनि सञ्चालन गर्न सक्ने अवस्था रहन्छ। तर तीन चार जनामात्रै कर्मचारी भएको शाखाबाट भने ५० प्रतिशत कर्मचारीबाट कार्यसम्पादन गर्न गाह्रो परेको शर्माले जानकारी दिए। उनले भने, ‘सानो शाखामा तीन–चारजना कर्मचारी हुन्छन्। काउन्टरको काम गर्नै पर्‍यो, कर्जा लगानी गर्नै पर्यो साथै अन्य काम गर्नै पर्ने भएकाले ती शाखामा ५० प्रतिशत वर्क फ्रम होमको कार्यविधिले काम गर्दैन।’

कतिपय स्थानीय निकायले आफ्नो क्षेत्रभित्रका बैंकिङ कार्यालयहरुलाई बन्द गर्न निर्देशन दिएकाले ती शाखा बन्द छन्। जतिसुकै संक्रमित बढे पनि बैंक अत्यावश्यकीय क्षेत्रभित्र पर्ने भएकाले सञ्चालन गर्नै पर्ने हुन्छ। 

काउन्टरमा भिडभाड कम गर्न डिजिटल बैंकिङमा विशेष ध्यान दिनुपर्ने अवस्था भए पनि सबै बैंकले यसमा काम गर्न सकेका छैनन्। सबै ग्राहकहरु डिजिटल बैंकिङमा अभ्यस्त छैनन्। बैंकले विद्युतीय कारोबारको व्यवस्था गरे पनि सबै ग्राहकहरुले उपयोग गर्न नसक्ने भएकाले बैंकका काउन्टरमा मानिसहरुको भीड देखिने गरेको छ। 

भीड कम गर्न सामाजिक दूरी कायम गर्ने र सुरक्षाका उपायहरु अपनाएर काम गर्नु पर्ने बाध्यता रहेको संघका शर्मा बताउँछन्। काउन्टरमा बस्ने कर्मचारीले उच्च सतर्कता अपनाउने तथा बाह्य क्षेत्रमा हिँडडुल नगर्ने लगायतका आचार संहिता बनाउनु पर्ने देखिन्छ। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बँच्न तथा जोखिमहरु न्यूनीकरणका लागि बैंकिङ कारोबार गर्दा डिजिटल बैंकिङलाई ध्यान दिन बैंकर्स संघले अपिल गरेको छ। 

डिजिटल बैंकिङको माध्यमबाट प्रायजसो सबै प्रकारका दैनिक कारोबार गर्न सक्ने हुनाले डिजिटल बैंकिङ सेवाको अझ बढी प्रयोग गर्न संघले सम्पूर्ण बैंकहरुलाई अनुरोध गरेको छ। एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न विलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्नलगायत काम सहज रुपमा डिजिटल बैंकिङबाट गर्न सकिने हुनाले घरमै बसरी सहज रुपमा बैंकिङ कारोबार गर्न सकिने बैंकहरु बताउछन्। 

कोरोनाको संक्रमण बढ्न थालेपछि बैंकहरुले ग्राहकहरुलाई अत्यावश्यक अवस्थामा बाहेक शाखा कार्यालयमा आएर भिडभाड नगरिदिन अनुरोध गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्