• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पार्टी प्यालेसको काम गुमेपछि सडककाे बास

64x64
निर्मला घिमिरे शुक्रबार, साउन ३०, २०७७  १०:०९
1140x725

काठमाडौं-पानी छिट्याउन सुरु गरेको थियाे। दिउँसै अँध्यारो देखिने असन-इन्द्रचोकका गल्लीलाई आकाशमा ढ्याम्म ढाकिएको बादलले झनै अँध्यारो थपिदिएको थियो। 

त्यही अध्याँरो परिवेशमा कुँडिएको मन बोकेर काभ्रे पनौतीका नवराज सापकोटा मुस्किलले पाइला अगाडि बढाउँदै थिए।  

पानी अलि बाक्लै पर्न थाल्याे। बाङ्गेमुढा चोक पुगेपछि उनका पाइला रोकिए। एउटा घरको पेटीमा ओत लागेर उभिए।

‘भारी बोक्न पाइन्छ कि भनेर कालीमाटी हिँडेको पानी पो पर्‍याे’, खिस्रिक्क अनुहार लगाएर नवराजले सुनाए। 

झण्डै दुई महिना भयो कहिले पानीमा निथ्रुक्क रुझ्दै त कहिले भोको पेट  लिएर उनले काठमाडौंका गल्ली चहार्न थालेको। 

‘कति काम खोजेँ कतै पाइनँ। कहिले त १ दिन काम पाएँ भने ३ दिन पाइदैन। बल्लबल्ल कालिमाटीमा भारी बोक्न पाएकाे छु,’ सुनाउँदै गर्दा नवराजका आँखा रसाएका थिए।  

कालीमाटी तरकारी बजारमा बिहान छिट्टै पुगे भनेमात्र उनले केही भारी बोक्न भेटिहाल्छन्। नत्र भने  दिनभरि भोकै बस्नुपर्छ। 

भरियाहरु धेरै हुँदा कालीमाटीमा भारी बोक्न पनि हानथाप हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘त्यहाँ पनि भारी मैलेमात्रै बोक्ने होइन। हानथाप हुन्छ बिहान दुई-तीन भारीसम्म मात्रै बोक्न पाउँछु’ नवराजले भने। 

उनले एउटा भारी बोके बराबर ५० रुपैयाँ पाउँछन्। बिहानभरि डेढ सय कमाइ हुन्छ। दिउँसो केही काम पाइँदैन। त्यो कमाइले खाने कि हेर्ने हुन्छ। सादा एक छाक खान त मुस्किलले पुग्छ अर्को छाक टार्न पुग्दैन।  कहिलेकाँही त पेट भर्नकै लागि उनी रत्नपार्क पुग्छन्। 

‘साँझ ६ बजेतिर रत्नपार्कमा एक जना आमाले खाना बाँड्नुहुन्छ। म कहिलेकाँही त्यहीँ एक छाक खाएर बाँचेको छु,’ नवराज भन्छन्। 
ओत लाग्नलाई कोठा छैन । उनले सडकको पेटीतिरै रात कटाउन थालेको २ महिना भयो।

‘म जहाँ सुत्यो त्यहीँ कोठा हो। कहिले पाटीतिर बस्छु। कहिले अस्पतालको बाहिर सुत्छु। ओढ्ने-ओछ्याउने केही पनि चाहिँदैन यत्तिकै हो,’ रुन्चे स्वरमा नवराज सुनाउँछन्। 

कोरोना संक्रमणअघि नवराज काठमाडौंस्थित एक पार्टीप्यालेसमा स्टोरकिपरका रुपमा काम गर्थे । 

कमाई मासिक ७ हजार तलब र दैनिक १ हजार भत्ता थियो। खान बस्न र घर खर्च पठाउन पनि पुग्थ्यो। ‘मलाई साहुले पनि निकै माया गर्नुहुन्थ्यो । यस्तो सामान किनेर ल्याउ भनेर पठाएपछि ल्याउँथे। काम राम्रो थियो’, नवराजले विगत सम्झिए। 

अहिले पार्टी प्यालेसका साहु पनि उपत्यकाबाहिर छन्। ४ महिनादेखि पार्टी प्यालेस बन्द भएसँगै काम पनि ठप्प छ। 

लकडाउन हुनुभन्दा अगाडि त नवराज पनि गाउँ नै गएका थिए। लकडाउनको २ महिनासम्म खेतबारीको काम गरेर गाउँमै बसिरहेका थिए। 

उनलाई साथीहरुले गाडी खुल्यो आइज काम पाउँछ होला भनेपछि उनी काठमाडौं आएका थिए। तर काठमााडौंमा उनले न त काम पाए न त बस्ने ठाउँ। 

गाउँबाट आएपछि केही दिन त उनी साथीहरुकै कोठामा बस्न गएका थिए। गाउँबाट कोरोना लिएर आएको भन्दै घरबेटीले त्यो घरमा नआउनू भनेपछि उनी सडकमै बस्न बाध्य भए। ‘साथीहरु लकडाउनमा पनि कतै गएका थिएनन् । बाहिरबाट कोरोना लिएर आएको भनेर घरबेटीले मलाई त्यहाँ आउन नदिनू भनेपछि म सडकमै बस्छु’ उनले सुनाए । 

साथीको कोठामा घरबेटीले नआउन भनेपछि उनी सडकमा पुगे । 

आफू सडकमा पुगेपछि घर फर्कने सोच बनाए। तर साथीभाइले कोरोना लिएर गाउँ नआउ भनेपछि उनी काठमाडौंकै सडकमा बस्न बाध्य भए।  ‘घर जान्छु भनेको गाउँलेले काठमाडौंमा कोरोना बढेको छ यहाँ नआइज हामीलाई सर्छ भन्छन् । गाउँमा नआइज भनेपछि म बिचल्ली परेँ’ ओठ कपाउँदै नवराजले सुनाए। 

साथीहरुले नआइज मात्रै भनेको भए पनि उनी गाउँ फर्कन्थे । तर यतिबेला गाउँ फर्कँदा १४ दिन क्वारेन्टाइनमा बस्न १५ हजार तिर्नुपर्ने उनका साथीहरुले सुनाए। त्यसपछि नवराजका पाइला काठमाडौंका सडकमै रोकिए। ‘क्वारेन्टाइनमा बस्ने हो भने १५ हजार लाग्छ रे मसँग १५ हजार कहाँ छ र ?’ उनी प्रश्न गर्छन्। 

गाउँ फर्किएर उतै केही गर्ने सोच बनाएका नवराजलाई गाउँलेहरुले अहिले नआउन भनेपछि जान सकेका छैनन्। ‘ओई कोरोना भनेर बोलाउँछन्। तँलाई कोरोना लागेको छ। हामीलाई छोइस् भने हामी मर्छौँ भन्छन् त्यसले गर्दा म जान नसकेको’ उनी भन्छन्। 

काठमाडौं छिर्नुभन्दा अगाडि पनि यस बारेमा नवराजले धेरै पटक सोचेका थिए। त्यहीँ व्यावसायीक रुपमा पशुपालन गर्ने। तर उनीसँग एउटामात्र भैँसी थियो। अरु ल्याएर पाल्न पैसा थिएन। खेती गर्न पनि प्रशस्त जग्गा थिएन। जसले गर्दा मजदूरीकाे विकल्प थिएन। अनि उनी काठमाडौं छिर्न बाध्य भएका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्