• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

नेपालमा दक्ष श्रमिक नहुँदा विदेशीको भर

64x64
निर्मला घिमिरे बुधबार, साउन २८, २०७७  १९:४२
1140x725

काठमाडौं- नेपाली श्रमिकहरू रोजगारीको खोजीमा विदेशिइरहँदा विदेशी श्रमिक भने रोजगारीका लागि नेपाल आउने क्रम बढ्दै गएको छ। नेपालमा दक्ष श्रमिकको अभाव हुँदा कतिपय रोजगारीका क्षेत्र विदेशी श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ। 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोप पनि नेपाली श्रम बजारमा दक्ष श्रमिकहरू नहुँदा विदेशी श्रमिकहरू ल्याउनुपर्ने अवस्था रहेको बताउँछन्। ‘कतिपय विदेशी लगानीका आयोजनाहरूमा विदेशी श्रमिकहरू आउने र नेपालमा दक्ष जनशक्ति नहुँदा पनि विदेशी श्रमिकहरू ल्याउनुपर्ने अवस्था छ,’ निर्देशक गोप भन्छन्।

पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी श्रमिकहरूको संख्या पनि बढ्दै गइरहेको विभागले जनाएको छ। नेपालमा विदेशी लगानीका अयोजनाहरूको संख्या बढ्दा विदेशी श्रमिकहरूको संख्या बढ्ने र विदेशी लगानीका आयोजना कम हुँदा विदेशी श्रमिकहरूको संख्या पनि घट्ने विभागको भनाइ छ।

नेपाली श्रम बजार कोरोना महामारीको चपेटामा परिरहेको बेला पनि गत जेठ र असारमा विदेशी श्रमिकहरूले नयाँ श्रम स्वीकृति लिएको देखिन्छ। विभागको तथ्यांकअनुसार २०७७ बैशाखमा श्रम स्वीकृति लिने गैरनागरिकको संख्या शून्य भएपनि जेठमा १ सय १९ विदेशी श्रमिकहरूले श्रम स्वीकृति लिएका छन्।६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। असारमा ७४ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् भने २ सय १२ श्रमिकले पुनः श्रम स्वीकृति लिएका छन्।

७ आर्थिक वर्षमा १० हजारभन्दा बढी विदेशीले लिए श्रम स्वीकृति
श्रम विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिन थाले यता आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७६/०७७ सम्म १० हजार ९ सय ५० विदेशी श्रमिकहरूले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ। पुनः श्रम स्वीकृति लिएर श्रम गर्नेहरू पनि उत्तिकै आकर्षित छन्।

आव २०६९/७० मा ९८४ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए। यस्तै आव २०७०/७१ मा ७१९, आव ०७१/७२ मा २ हजार २३, आव ०७२/७३ मा १ हजार ४७२ विदेशीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। आर्थिक वर्ष ०७३/७४ मा १ हजार ९ सय ७३  नयाँ श्रम स्वीकृति प्रदान गरेको विभागले सोही आवमा ६४८ श्रम स्वीकृति नवीकरण गरेको थियो ।

त्यसैगरी आव ०७४/७५ मा १ हजार ६०८ नयाँ श्रम इजाजत र ९६२ नवीकरण तथा आव ०७५/७६ मा एक हजार ११९ नयाँ श्रम इजाजत र ८६२ श्रम इजाजत नवीकरण गरेको थियो। आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म १ हजार ५२ जना विदेशी श्रमिकहरूले श्रम स्वीकृति लिएका छन् भने ७ सय ४८ ले पुनः श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले देखाउँछ।

नेपालमा दक्ष श्रमिक नहुँदा विदेशीको भर 
नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विभागको तथ्यांकअनुसार ९० भन्दा बढी मुलुकबाट श्रमिकहरू नेपाल आउने गरेका छन्।  नेपाली श्रम बजारमा आवश्यकताअनुसार दक्ष श्रमिक नहुँदा पनि विदेशी श्रमिकमाथि भर पर्नुपर्ने अवस्था छ।

कुनै नयाँ आयोजना निमार्णका लागि दक्ष इन्जिनियर तथा मिस्त्री नहुँदा पनि विदेशबाट श्रमिकहरू मगाउनुपर्ने अवस्था रहेको विभागका एक अधिकारी बताउँछन्। ‘नेपालमा बेरोजगारी समस्या त छ, तर खोजे जस्तो सीप भएको मान्छे पाइँदैन। सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट चर्को पारिश्रमिकमा मगाउनुपर्ने अबस्था छ,’ ती अधिकारीले नेपाल लाइभसँग भने।

सरकारले प्राविधिक शिक्षा तथा सीप विकासका लागि वार्षिक अर्बौं बजेट छुट्याउँदै आएको छ। तर, कार्यान्वयनको अभावमा नेपालमा सीपयुक्त जनशक्ति विकासको कुरा नारामा मात्रै सीमित बनेको छ।

अवैधानिक हैसियतमा काम गर्छन् हजारौँ विदेशी 
नेपालमा हजारौँ विदेशी श्रमिकहरू अवैधानिक हैसियतमा रहेर काम गर्ने गरेको पाइएको छ। विदेशी श्रमिकहरूलाई अनिवार्य श्रम स्वीकृतिको प्रावधान कडाइका साथ कार्यान्वयन गर्न नसक्दा विभिन्न आइएनजिओ तथा होटल, रेस्टुरेन्टलगायत अन्य व्यवसायहरूमा पनि विदेशी श्रमिकहरूले लुकिछिपी काम गर्दै आएको पाइएको छ।

भारतबाहेक अन्य मुलुकका श्रमिकहरूले नेपालमा श्रम गर्नका लागि अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ। श्रम नियमावली २०७५ ले विदेशी नागरिकलाई ६ महिना र १ वर्ष अवधिका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ। ६ महिनासम्मको अवधिको प्रतिव्यक्ति १५ हजार रुपैयाँ र एक वर्षका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ श्रम स्वीकृति शुल्क तोकिएको छ।

नवीकरण गर्दा २० हजार रुपैयाँ लाग्छ। श्रम स्वीकृतिको प्रावधान भए पनि भिजिट भिसामा आएर विना श्रम स्वीकृति कतिपय विदेशी नागरिकहरूले नेपालमा लुकिछिपी काम गरेको पाइएको हो। यस्तो अवस्थामा कतिपय श्रमिकहरू धरपकडमा समेत पर्दै आएका छन्। तर सरकारले कडा निगरानी गर्न नसक्दा अवैध रुपमा रहेर काम गर्ने विदेशीको संख्या पनि बढ्दै गएको पाइएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भने विदेशी नागरिकहरूलाई अनिवार्य श्रम स्वीकृतिको व्यवस्था गरेको छ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्