• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

काेराेना नियन्त्रण नहुँदा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स २३०० डलर पुग्ने आँकलन

64x64
अरुण सापकोटा बुधबार, साउन २१, २०७७  १८:१२
1140x725

काठमाडौं- विश्वव्यापी रुपमा कोरोनाको नियन्त्रण हुन नसक्दा सुनको भाउ थप बढ्ने आँकलन गर्न थालिएको छ। एक सातादेखि सुनको भाउले नयाँनयाँ रकर्ड बनाइरहेको छ।

नयाँ रेकर्ड बन्ने क्रममा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔन्स २३ सय डलरसम्म पुग्ने आँकलन गर्न थालिएको विश्लेषक तेजरत्न शाक्यले बताए। उनले भने, 'सुन अझै बढ्ने देखियो पछिल्लो समय नयाँ अनुमान गर्न थालिएको छ। हिजो अस्तिसम्म प्रतिऔन्स २ हजार डलरसम्म पुग्छ भन्ने आँकलन गरिएकोमा अब २२/२३ सय डलरसम्म पुग्ने देखिन्छ।' यदि कोभिड नियन्त्रण भएमा भाउ धेरै नै घट्ने शाक्यको विश्लेषण छ। तर, नियन्त्रण हुने कुनै छाँटकाँट छैन।

विज्ञहरुका अनुसार बजार बढ्नुकाे प्रमुख कारण कोभिड १९ को प्रकोप हो। दोस्रोमा अन्तर्राष्ट्रिय मुद्रा कोषले ब्याजदर घटाएर हो। ब्याजदर घटाउँदा लगानीकर्ताले बैंकबाट पैसा झिकेर सुनमा लगानी गर्न थालेका हुन्। तेस्रो कारण यस वर्ष सुनको उत्पादन नै घटेको छ। कोभिडका कारण सुनका खानीहरु सञ्चालन हुन सकेनन्।

उत्पादन कम हुने बित्तिकै सप्लाइ पनि धेरै कम भयो। माग र आपूर्तिको सन्तुलनका आधारमा सुनको भाउतय हुने भएकाले एकातिर उत्पादन नहुने अर्कोतर्फ लगानीकर्ताहरु सुनमा मात्रै केन्द्रित हुँदा स्वभाविक रुपमा बढ्ने विश्लेषकहरु बताउँछन्। पछिल्लो कारण चीन र अमेरिका बीचको द्वन्द्वले गर्दा पनि हो। द्वन्द्वले गर्दा वाणिज्य दूतावास नै बन्द गर्नुपर्ने स्थिति आयो।

अष्ट्रेलिया, जर्मनीलगायतका देशहरुसँग पनि चीनको सम्बन्ध चिसिदै गएको छ। अर्कोतर्फ कोरोनाको कहरले चीनमा आर्थिक मन्दी ल्याइसकेको छ। जसले गर्दा मूल्य वृद्धि आकासी सकेको छ। यिनै कारणले लगानीकर्ताको पहिलो रोजाइमा सुन पर्न गएको बताइन्छ।

Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने बित्तिकै नेपालको स्थानीय बजारमा पनि बढिरहेको छ। नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण चालु आर्थिक वर्षको बजेटले प्रति १० ग्राम २ हजार रुपैयाँ थप कर तिर्नु पर्‍याे। सुन खरिद कर्ताले एक तोला सुन खरिद गर्दा राज्यलाई १० हजार रुपैयाँ कर तिर्नु पर्छ। आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार रुपैयाँ नाघेकाे छ।

विश्वकै अर्थतन्त्र कमजोर हुँदै गर्दा सुनले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको हो। अन्तर्राष्ट्रिय बजारमा विगत ५ महिनाको अवधिमा सुनको भाउ प्रतिऔन्स ५ सय डरले बढिसकेको छ।

संकटको समयमा लगानीकर्ताको मनोविज्ञान 'सुन कहिले पनि नुन हुँदैन' भन्ने मान्यता रहेको हुन्छ। सुन चाँदीको बजारमा सेयर बजार जस्तो धेरै उतारचढाव नहुने विश्लेषकहरु बताउँछन्। बढ्न थालेपछि उचाइमा पुग्ने र केहि करेक्सनपछि मात्रै घट्ने प्रवृत्तिले गर्दा यसको मूल्य अझै उचाइमा पुग्ने विश्लेषण गरिएको हो।

बैंकहरुले नोट निष्काशनका क्रममा बण्ड डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनलाई बढी प्राथमिकता दिँदा पनि सुनको माग बढेको सुनचाँदी व्यवसायी महांसघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्यले बताए। संसारका अधिकांश केन्द्रीय बैंकहरु नोट निष्काशन गर्दा आवश्यक पर्ने डिपोजिटको रुपमा सुनका साथै बण्ड तथा विदेशी मुद्राहरु राख्थे।

बासेल-३ ले बैंकहरुलाई नोट निष्काशनका लागि आवस्यक पर्ने डिपोजिटको रुपमा डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनजस्ता ठोस बस्तुमा ध्यान दिनुपर्ने मान्यता राखेको छ।

यस नीतिअनुसार सन् २०२२ सम्ममा केन्द्रीय बैंकहरुले सुनजस्ता भौतिक डिपोजिटलाई अनिवार्य रुपमा राख्नु पर्नेछ। त्यसैले गर्दा पछिल्लो समय सुनको नयाँ खरिदकर्ताको रुपमा केन्द्रीय बैंकहरु अगाडि छन्। उनिहरु वर्षेनी सुनको मौज्दात बढाउने पक्षमा छन्। गत वर्षमात्रै केन्द्रीय बैंकहरुले ६५० टनभन्दा धेरै सुन खरिद गरेका थिए। आगामी दिनमा यो क्रम अझै बढ्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्