• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले अलपत्र पारे फोरजी विस्तारको काम

64x64
उत्तम काप्री सोमबार, साउन १९, २०७७  १५:४८
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार तथा सिसिएसआई–हङकङका नेपालस्थित ‘एजेन्ट’ अस्गर अलीले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अलपत्र पारेका छन्।

२०७६ माघ मसान्तसम्म फोरजी विस्तारको काम सक्ने गरी दुईपक्षीय सम्झौता भएपनि अहिलेसम्म ६५ प्रतिशत पनि काम पूरा भएको छैन। ‘काम नहुनुको प्रमुख कारण नै प्रधानमन्त्री ओलीका सल्लाहकार अस्गर हुन्,’ टेलिकमका एक उच्च कर्मचारीले नेपाल लाइभसँग भने, ‘काम अलपत्र भएपछि अहिले टेलिकमको सबैतिर आलोचना भइरहेको छ।’

२०७५ पुस १० मा रेडियो एक्सेस नेटवर्क (र्‍याम)को काम हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई दिइएको थियो। फोरजी विस्तारका लागि तय भएको करिब १९ अर्बको ठेक्कामध्ये अस्गर एजेन्ट रहेको कम्पनीले झन्डै १७ अर्ब बराबरको काम हात पारेको थियो भने जेडटिईले झन्डै दुई अर्ब बराबरको। जेडटिईले हात पारेको कोर नेटवर्कतर्फको काम भने ९० प्रतिशत सम्पन्न भएको छ। तर, अस्गर अली प्रत्यक्ष संग्लन रहेको सिसिएसआईले भने ६५ प्रतिशत पनि काम पनि सम्पन्न गरेको छैन।

फोरजी विस्तारको काम अहिले कोर नेटवर्कतर्फ ९० प्रतिशत र र्‍यामतर्फ भने ६५ प्रतिशत मात्रै भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफैं स्वीकार गर्छन्। ‘कोर नेटवर्कको काम जेडटीईले पाएको थियो भने र्‍यामतर्फको काम सिसीएसआईले पाएको थियो। ‘कोर नेटवर्कको काम ९० प्रतिशत सम्पन्न भएको छ,’ उनले भने ‘र्‍यामतर्फको काम पूर्वाधार निर्माणमा समस्या हुँदा ढिला भएको हो।’

यो पनि पढ्नुहोस्

फोरजीको बदमासी लुकाउन फाइभजीको हल्लाआइतबार, फागुन २५, २०७६

उनका अनुसार फोरजी विस्तारको काम फागुनदेखि रोकिएको छ। ‘दुई पक्षीय सम्झौताअनुसार २०७६ माघसम्म फोरजी विस्तारको काम सम्पन्न गर्ने लक्ष्य हो,’ अधिकारीले भने, ‘अहिले पूर्वाधार विकासको काममा समस्या आउँदा विस्तारमा ढिलाइ भएको हो।’

टेलिकमले २०७६ माघसम्म नै देशभरका ७५३ स्थानीय तहमा फोरजी विस्तार गरिसक्ने लक्ष्य दिएको थियो। ‘हाम्रो कन्ट्रोलभित्र भएको काम सकिएको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘हाम्रो कन्ट्रोलभन्दा बाहिरको काम हुन सकेको छैन।’ 

पावर कनेक्सन, टावर र माटो परीक्षणको काम समयमै हुन नसक्दा फोरजी विस्तारमा ढिलाइ भएको अधिकारी स्वीकार गर्छन्। ‘जुन काम हाम्रो कन्ट्रोलभन्दा बाहिर थियो। उपत्यकाका त टावर राख्ने घर नै भाडामा पाउन समस्या भएको छ,’ उनले भने। 

टेलिकमले समयमा काम सम्पन्न नहुनमा अहिले कोरोनाको समस्या देखाउन थालेको छ। तर, काम गर्नुपर्ने समयमा कोरोना नेपालमा आएको नै थिएन। ‘नेपालमा कोरोना नआए पनि चीनले लकडाउन गरेका कारण सामान आउन सकेन,’ अधिकारी भन्छन्, ‘जसका कारण काम नै प्रभावित भयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

फोरजीमा बदमासी : खरिद सम्झौतामा अमेरिकी एन्टेना, जडानमा चिनियाँबुधबार, फागुन २१, २०७६

तर, अधिकारीको यो भनाइमा सत्यता भने छैन। नेपालमा काम सम्पन्न हुनुपर्ने समयमा मात्रै चीनमा लकडाउन भएको थियो। यो त बहाना मात्र भएको टेलिकम स्रोत बताउँछ। यसअघि पनि अस्गर एजेन्ट रहेको कम्पनीले कामै नगरी टेलिकमसँग भुक्तानी लिएको छ। सन् २०११ मा सिडिएमए फोन विस्तारको काम लिएको उक्त कम्पनीले काम नै नगरी २०२० मा भुक्तानी लिएको छ। अब फोरजीमा पनि यही हालत हुनसक्ने टेलिकम स्रोत बताउँछ।  

टेलिकमले ६ सय ४० वटा टावर निर्माण गर्ने भने पनि ३  सय वटा पनि टावर निर्माण गरेको छैन। टेलिकमकै अनुसार अझै  २ सय ५० भन्दा बढी स्थानीय तहमा फोरजी पुग्न बाँकी छ। निर्माण भएका टावरमा पनि सम्झौताविपरीतका चिनियाँ एन्टेना प्रयोग भएका छन्। 

संसदीय समितिको चासो
प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएइसकेको छ। केही दिन अगाडि बसको समितिको वैठकले नेपाल टेलिकमसँग फोरजी विस्तारको काम तोकिएकै समयमा सम्पन्न नहुनेको कारण माग गरेको छ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन्।

कसरी सुरु भएको थियो फोरजी?
२०७३ पुस १७ देखि पोखरा र काठमाडौंबाट फोरजी सेजा सुरु गरेको टेलिकमले अहिले ७७ वटै जिल्लामा यसलाई पुर्‍याइसकेको छ। २०७३ मा परीक्षण गर्दा टेलिकमले थ्रिजी सेवा सञ्चालनमा रहेको टावरमा केही एन्टेना र रेडियो उपकरण जोडेर फोरजीको औपचारिक सुरुवात गरेको थियो। 

यो पनि पढ्नुहोस्

फोरजीको चलखेलमा ‘बली’ चढेकी कामिनीआइतबार, फागुन १८, २०७६

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाद्वारा बर्खास्त गरिएकी कामिनी राजभण्डारीका पालामा फोरजी सेवा विस्तारको टेन्डर सुरु भएको थियो। पछि बाँस्कोटाले उनलाई अक्षम भनेर बर्खास्त गरे। कामिनीको पालामा अख्तियारमा परेको उजुरी फोरजी विस्तारमा बाधक बन्यो। फोरजीलगायतका काम गर्न नसकेको भन्दै बाँस्कोटाले उनलाई बर्खास्त गरेलगत्तै अख्तियारको उजुरी पनि सल्टियो। त्यसपछि बाँस्कोटाले १९ अर्ब रुपैयाँको ठेक्का प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली एजेन्ट रहेको कम्पनीलाई दिएका थिए।

अख्तियारले फोरजी विस्तारको उजुरी सल्टाउन मन्त्रालयलाई पत्र पठाएका आधारमा बाँस्कोटा ठेक्कामा हाबी भएका थिए। त्यसमा टेलिकममा उच्च पदमा बसेका कर्मचारीको सहयोग थियो। फोरजी विस्तारका लागि चिनियाँ कम्पनी जेडटीईले कोर नेटवर्कको र र्‍यामतर्फको काम हङकङस्थित सिसीएसआई (अस्गर अली एजेन्ट रहेको हुवावे) ले पाएको थियो।  जसमा अस्गरले पाएको काम भने अलपत्रमा परेको हो। 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्