• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले अलपत्र पारे फोरजी विस्तारको काम

64x64
उत्तम काप्री सोमबार, साउन १९, २०७७  १५:४८
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार तथा सिसिएसआई–हङकङका नेपालस्थित ‘एजेन्ट’ अस्गर अलीले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अलपत्र पारेका छन्।

२०७६ माघ मसान्तसम्म फोरजी विस्तारको काम सक्ने गरी दुईपक्षीय सम्झौता भएपनि अहिलेसम्म ६५ प्रतिशत पनि काम पूरा भएको छैन। ‘काम नहुनुको प्रमुख कारण नै प्रधानमन्त्री ओलीका सल्लाहकार अस्गर हुन्,’ टेलिकमका एक उच्च कर्मचारीले नेपाल लाइभसँग भने, ‘काम अलपत्र भएपछि अहिले टेलिकमको सबैतिर आलोचना भइरहेको छ।’

२०७५ पुस १० मा रेडियो एक्सेस नेटवर्क (र्‍याम)को काम हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई दिइएको थियो। फोरजी विस्तारका लागि तय भएको करिब १९ अर्बको ठेक्कामध्ये अस्गर एजेन्ट रहेको कम्पनीले झन्डै १७ अर्ब बराबरको काम हात पारेको थियो भने जेडटिईले झन्डै दुई अर्ब बराबरको। जेडटिईले हात पारेको कोर नेटवर्कतर्फको काम भने ९० प्रतिशत सम्पन्न भएको छ। तर, अस्गर अली प्रत्यक्ष संग्लन रहेको सिसिएसआईले भने ६५ प्रतिशत पनि काम पनि सम्पन्न गरेको छैन।

फोरजी विस्तारको काम अहिले कोर नेटवर्कतर्फ ९० प्रतिशत र र्‍यामतर्फ भने ६५ प्रतिशत मात्रै भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफैं स्वीकार गर्छन्। ‘कोर नेटवर्कको काम जेडटीईले पाएको थियो भने र्‍यामतर्फको काम सिसीएसआईले पाएको थियो। ‘कोर नेटवर्कको काम ९० प्रतिशत सम्पन्न भएको छ,’ उनले भने ‘र्‍यामतर्फको काम पूर्वाधार निर्माणमा समस्या हुँदा ढिला भएको हो।’

यो पनि पढ्नुहोस्

फोरजीको बदमासी लुकाउन फाइभजीको हल्लाआइतबार, फागुन २५, २०७६

उनका अनुसार फोरजी विस्तारको काम फागुनदेखि रोकिएको छ। ‘दुई पक्षीय सम्झौताअनुसार २०७६ माघसम्म फोरजी विस्तारको काम सम्पन्न गर्ने लक्ष्य हो,’ अधिकारीले भने, ‘अहिले पूर्वाधार विकासको काममा समस्या आउँदा विस्तारमा ढिलाइ भएको हो।’

टेलिकमले २०७६ माघसम्म नै देशभरका ७५३ स्थानीय तहमा फोरजी विस्तार गरिसक्ने लक्ष्य दिएको थियो। ‘हाम्रो कन्ट्रोलभित्र भएको काम सकिएको छ,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘हाम्रो कन्ट्रोलभन्दा बाहिरको काम हुन सकेको छैन।’ 

पावर कनेक्सन, टावर र माटो परीक्षणको काम समयमै हुन नसक्दा फोरजी विस्तारमा ढिलाइ भएको अधिकारी स्वीकार गर्छन्। ‘जुन काम हाम्रो कन्ट्रोलभन्दा बाहिर थियो। उपत्यकाका त टावर राख्ने घर नै भाडामा पाउन समस्या भएको छ,’ उनले भने। 

टेलिकमले समयमा काम सम्पन्न नहुनमा अहिले कोरोनाको समस्या देखाउन थालेको छ। तर, काम गर्नुपर्ने समयमा कोरोना नेपालमा आएको नै थिएन। ‘नेपालमा कोरोना नआए पनि चीनले लकडाउन गरेका कारण सामान आउन सकेन,’ अधिकारी भन्छन्, ‘जसका कारण काम नै प्रभावित भयो।’ 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

फोरजीमा बदमासी : खरिद सम्झौतामा अमेरिकी एन्टेना, जडानमा चिनियाँबुधबार, फागुन २१, २०७६

तर, अधिकारीको यो भनाइमा सत्यता भने छैन। नेपालमा काम सम्पन्न हुनुपर्ने समयमा मात्रै चीनमा लकडाउन भएको थियो। यो त बहाना मात्र भएको टेलिकम स्रोत बताउँछ। यसअघि पनि अस्गर एजेन्ट रहेको कम्पनीले कामै नगरी टेलिकमसँग भुक्तानी लिएको छ। सन् २०११ मा सिडिएमए फोन विस्तारको काम लिएको उक्त कम्पनीले काम नै नगरी २०२० मा भुक्तानी लिएको छ। अब फोरजीमा पनि यही हालत हुनसक्ने टेलिकम स्रोत बताउँछ।  

टेलिकमले ६ सय ४० वटा टावर निर्माण गर्ने भने पनि ३  सय वटा पनि टावर निर्माण गरेको छैन। टेलिकमकै अनुसार अझै  २ सय ५० भन्दा बढी स्थानीय तहमा फोरजी पुग्न बाँकी छ। निर्माण भएका टावरमा पनि सम्झौताविपरीतका चिनियाँ एन्टेना प्रयोग भएका छन्। 

संसदीय समितिको चासो
प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएइसकेको छ। केही दिन अगाडि बसको समितिको वैठकले नेपाल टेलिकमसँग फोरजी विस्तारको काम तोकिएकै समयमा सम्पन्न नहुनेको कारण माग गरेको छ।

नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।समितिकी सभापति कल्याणी कुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन्।

कसरी सुरु भएको थियो फोरजी?
२०७३ पुस १७ देखि पोखरा र काठमाडौंबाट फोरजी सेजा सुरु गरेको टेलिकमले अहिले ७७ वटै जिल्लामा यसलाई पुर्‍याइसकेको छ। २०७३ मा परीक्षण गर्दा टेलिकमले थ्रिजी सेवा सञ्चालनमा रहेको टावरमा केही एन्टेना र रेडियो उपकरण जोडेर फोरजीको औपचारिक सुरुवात गरेको थियो। 

यो पनि पढ्नुहोस्

फोरजीको चलखेलमा ‘बली’ चढेकी कामिनीआइतबार, फागुन १८, २०७६

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाद्वारा बर्खास्त गरिएकी कामिनी राजभण्डारीका पालामा फोरजी सेवा विस्तारको टेन्डर सुरु भएको थियो। पछि बाँस्कोटाले उनलाई अक्षम भनेर बर्खास्त गरे। कामिनीको पालामा अख्तियारमा परेको उजुरी फोरजी विस्तारमा बाधक बन्यो। फोरजीलगायतका काम गर्न नसकेको भन्दै बाँस्कोटाले उनलाई बर्खास्त गरेलगत्तै अख्तियारको उजुरी पनि सल्टियो। त्यसपछि बाँस्कोटाले १९ अर्ब रुपैयाँको ठेक्का प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली एजेन्ट रहेको कम्पनीलाई दिएका थिए।

अख्तियारले फोरजी विस्तारको उजुरी सल्टाउन मन्त्रालयलाई पत्र पठाएका आधारमा बाँस्कोटा ठेक्कामा हाबी भएका थिए। त्यसमा टेलिकममा उच्च पदमा बसेका कर्मचारीको सहयोग थियो। फोरजी विस्तारका लागि चिनियाँ कम्पनी जेडटीईले कोर नेटवर्कको र र्‍यामतर्फको काम हङकङस्थित सिसीएसआई (अस्गर अली एजेन्ट रहेको हुवावे) ले पाएको थियो।  जसमा अस्गरले पाएको काम भने अलपत्रमा परेको हो। 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर बुधबार, माघ ७, २०८२
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्