काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले विषम परिस्थितिको ख्याल गर्दै घरमै बसेर बकर इद मनाउन र स्वास्थ्य सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई आग्रह गरेका छन्। इस्लाम धर्म मान्ने मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताबीचको एकताका लागि नेपाल विश्वसामु उदाहरणीय रहेको बताए।
बकर इद नमाज पढेर एकअर्कालाई शुुभकामना दिएर मनाइने उल्लेख गर्दै सभामुखले संयमता, आपसी सद्भाव, धैर्य, शान्ति र भाइचाराको सन्देश दिने यो पर्व सामूहिक एकता र भ्रातृत्वको पर्वसमेत भएको उल्लेख गरे। यो वर्ष कोरोना भाइरसका कारण पहिलेजस्तो सहज ढङ्गले पर्व मनाउने अवस्था नभएको भन्दै सभामुख सापकोटाले बकर इदजस्ता पर्वले हामीबीच मजबुत एकता, दिगो शान्ति र आपसी सद्भाव बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे।
उनले विषमताका बाबजुद यस पर्वमार्फत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबैमा प्रेरणा मिल्ने कामनासमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।