काठमाडौं–नेपाली कांग्रेसले पार्टीआबद्ध ९ वटा भ्रातृ संघको म्याद थप गरेको छ।
कांग्रेसले आज विज्ञप्ति जारी गर्दै आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाका लागि म्याद थप गरेको हो।
म्याद थप हुनेहरुमा नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।