• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बालुवाटारमा प्रश्न : यो बाटो मेरो होइन? 

ऋग्वेद शर्मा/शिव बोहरा शुक्रबार, साउन १६, २०७७  १५:१२
1140x725

काठमाडौं- अहिले प्रश्न उठाउन यति कठिन हुनेछ भनेर यो व्यवस्थाका लागि लड्नेहरुले कहिल्यै सोचेनन् होला। तर समयले यसरी कोल्टे फेर्‍यो कि गणतन्त्रमा नागरिकहरु प्रश्न गर्नबाट बञ्चित छन्। 

सरकार काम राम्ररी गर, पारदर्शी होऊ भनेर आवाज उठाउन, प्रश्न गर्न, जवाफ माग्न पनि बन्देज हुने कस्तो समय हो, बुझ्न कठिन छ। कोरोना माहामारीले गाँजेको पाँच महिनाभन्दा बढि भइसक्यो। अवस्था सुधारतर्फ होइन झन खराब बनिरहेको छ। 

यस्तो अवस्थामा माहामारीविरुद्ध सरकारको काम गराइ सुरुदेखि नै बिग्रिएको सबैले देखेकै छन्। सरकारी छलफलहरु पार्टी र पद जोगाउनमा केन्द्रित देखिन्छ। नागरिकको जीवन रक्षाको जिम्मेवारीमा निरन्तर झारा टार्ने काम भइरहेको छ। परीक्षणको दायरा घटाएर कोरोना संक्रमण कम गर्ने नीति अनौठो छ। 

यसैले ‘इनअफ इज इनअफ’ अभियानमार्फत कोराना माहामारीमा सरकारको काम गराइप्रति युवाहरुले स्वतः स्फूर्त विरोध सुरु गरे। त्यसमा विभिन्न समय विभिन्न पार्टीको समर्थन पनि जोडियो। जेठ २७ गते बालुवाटाबाटै सुरु भएको विरोध प्रदर्शन देशभर फैलियो। पछिल्लो समयमा पाटन र बसन्तपुर केन्द्रित विरोध प्रदर्शन र सत्याग्रहलाई सरकारले वेवास्ता गर्दै आइरहेको छ।

यसैले निरन्तर भइरहेका विरोध प्रदर्शनका कार्यक्रम अन्तर्गत शुक्रबार मध्यान्ह १२ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन तय भएको थियो। तर प्रदर्शन हुन पाएन। नागरिकहरुलाई शान्तिपूर्ण प्रदर्शन गर्नबाट पनि रोकियो। युवा आजावको विरोधले बालुवाटारको निन्द्रा बिगार्न दिइएन। 

बिहान ११ बजे अगावैदेखि बालुवाटार वरपर हरेक चोकमा खटिएका प्रहरीले प्रदर्शनमा जानै नदिन हरेकलाई पक्राउ गर्दा प्रदर्शन हुन नपाएको हो। प्रहरीले युवा उमेरका हरेकलाई रोक्ने र पक्राउ गर्ने गरिरहँदा प्रदर्शनकारी एक ठाउँ जम्मा हुनै पाएनन्। प्रदर्शनबारे थाहै नपाएका बटुवासमेत प्रहरीको धरपकडमा परे। 

काम विशेषले हिँडेका हरेकलाई प्रहरीले पक्राउ गर्नु लोकतान्त्रिक समाजमा प्रश्नदेखिको डर भन्दा बढी के होला र? उनीहरु प्रश्न गरिरहेका थिए- ‘यो बाटो हिँड्नै नपाइने किन हो? यो बाटो मेरो होइन? मलाई किन समातिएको हो?’ 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

बालुवाटारमा युवालाई हिँड्नै निषेध, देख्यो कि धरपकड  [फोटोफिचर]शुक्रबार, साउन १६, २०७७

भित्रि बाटोमार्फत बालुवाटार नजिक पुगेका केही युवालाई प्रहरीले पक्राउ गर्दै लैजाने गरिरह्यो। लगातार बाटोमा देखिने हरेकलाई पक्राउ गर्दा बालुवाटारमा केहीबेर स्थिति तनावग्रस्त देखियो। ठूलो संख्यामा रहेका प्रहरीले कोरोना जोखिम बढ्न नदिन आफूहरुले प्रदर्शन रोकेको बताइरहेका थिए। तर प्रहरीको धरपकडले भिड एकत्रित भइरहेको थियो। 

यसअघि बालुवाटारमा नै प्रदर्शन हुँदा प्रहरीले प्रदर्शनकारीहरुलाई दुवैतर्फबाट घेरेर एक ठाउँ जम्मा पार्ने र पानीका फोहोरा र अश्रुग्यासले तितरवितर पार्ने गरिरहेको थियो। तर शुक्रबार भने शान्तिपूर्ण प्रदर्शन हुनसमेत दिइएन। 

‘इनफ इज इनफ’का अभियन्ताहरु अहिले पनि बसन्तपुरमा १३ दिनदेखि सत्याग्रहमा छन्। यसअघिको सत्याग्रहमा प्रधानमन्त्री केपि शर्मा ओलीले नै भेटेर माग पूरा गर्ने आश्वासन दिएका थिए। तर राजनीतिक परिस्थितिबाट ध्यान भड्काउने भन्दा बढी त्यसको उपादेयता देखिएन। प्रधानमन्त्रीले दिएको आश्वासन अनुसार सरकारको काम गराइमा सुधार हुन सकेको छैन। 

कोरोना माहामारीका कारण सिर्जित परिस्थितिमा सरकारले राम्ररी काम गर्न नसकेका उदाहरण हजार छन्। युवाहरुले ती काम राम्ररी गर भनेका हुन्। यो महामारीमा पनि भ्रष्टाचारका घृणित खेल छन्, त्यो बन्द गर भनेका हुन्। जोखिमको अवस्था बुझेर पनि उनीहरु किन सडकमा निस्किन बाध्य भएका छन् भन्नेतर्फ पनि विचार हुनुपर्ला। 

उनीहरुले निरन्तर उठाइरहेका मागहरु व्यवस्थित क्वारेन्टाइन, शतप्रतिशत पिसिआर परीक्षण, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायत नै हुन्। यसमा सरकारविरुद्ध होइन सरकारको काम गराइको विरोध भइरहेका हुन्। सरकार धरपकडमा उत्रिँदा स्वास्थ्यसँग जोडिएका विरोध राजनीतिसँग जोडिने पुग्ने जोखिम रहन्छ। 

पछिल्लो समय हरेक विषय राष्ट्रवादसँग जोड्दै को देशद्रोही र को राष्ट्रवादी भनेर छाप लगाउन तँछाडमछाड गरिरहेकाले बुझ्नुपर्छ देशको माया गर्नु र सत्ताको नाकामीमा प्रश्न सोध्नु फरक विषय हुन्। आवाजदेखि डराउने शासक, प्रश्न वर्जित समाज कम्तिमा अहिलेलाई त सुहाउँदैन। 

गलतलाई गलत भनेर आवाज उठाउनेलाई सरकारले किन आफ्नो विरोध गरेको बुझिरहेको हो, यकिन छैन। शुक्रबार बालुवाटारमा जे भयो त्यो यो समयलाई सुहाउने काम होइन।

बालुवाटार अगाडि निषेधित क्षेत्र तोकिएको भए पनि शिवपुरी विद्यालय अगाडिदेखि यता भाटभटेनीसम्म नै हिँडहुल कठिन थियो। सोधपुछ र धरपकड हेर्दा देश संकटकालको कठिन समयमा भएको भान हुन्थ्यो। एक-एक गरेरै सय जनाभन्दा बढी पक्राउ परे। अरु तितरबितर पारिए। 

प्रहरीले सबैतिरबाट रोकिरहँदा पनि बालुवाटार नजिक पुगेका केही प्रदर्शनकारी सडकमा एक्लै नारा लगाउँदै पक्राउ पनि परिरहेका थिए। आवाज दबाउने गलत तरिकाले उनीहरुको आवाज अझ चर्को भइरहेको थियो। त्यसैले स्वास्थ्यसम्बद्ध मागहरुमा प्रधानमन्त्रीको राजीनामाको आवाजसमेत मिसियो। 

स्वतस्फूर्त रुपमा आएका युवासँगै विवेकशील पार्टीकी रञ्जु दर्शना र पूर्वमन्त्री हिसिला यमी पनि देखिए। त्यहीँ योङ कंग्रेसका युवाहरु पनि सामेल भए। रञ्जु पक्राउ परिन् भने हिसिलालाई प्रहरीले छाडिदियो। 

‘नेपालीहरुलाई कोभिडबाट बचाउनुपर्छ भनेर नै हामीले भनेको हो। स्वतन्त्रपूर्वक बोल्न पाउने अधिकार छ, यो गणतन्त्र संघीयता यो लोकतन्त्रको अनुहारको आधारमा नै यिनीहरु आएका हुन्। यो सबैको सुरक्षाको लागि आएको कुरा हो। शान्तिपूर्ण विरोध प्रदर्शनमा मेरो ऐकेबद्धता छ। यो देश फासिजमतिर जानु भएन’ हिसिलाले प्रश्न गरिन्। 

पूर्वमन्त्री भएकाले पनि हो कि प्रश्न गर्ने छुट हिसिलालाई भने देखियो। सडकपेटीमा हिँडिरहेका बटुवासमेत पक्राउ परिरहँदा सडकमा नै विरोधको नारा लगाएर हिसिला सहज रुपमा घर फर्कन सकिन्। 

शान्तिपूर्ण प्रश्नहरु बर्जित गर्दा यसले उचित भविष्य दिलाउँदैन नै। सडक पेटीको बार भत्काउने र टायर बाल्नेबाट फेरिएको प्रदर्शनमाथिको वेवास्ताले विरोधको शैली फेर्न चाहानेलाई पनि कमजोर पारिरहेको छ। गलतलाई गलत भन्न सक्ने आवाजहरु कमजोर भएको भान भइरहेको छ। बोल्नु जोखिम मोल्नु भइदिँदा कोही किन बोलोस्? 

भिडियोमा हेर्नुहोस् बालुवाटारमा धरपकड

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्