• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
बालुवाटारमा प्रश्न : यो बाटो मेरो होइन? 
ऋग्वेद शर्मा/शिव बोहरा शुक्रबार, साउन १६, २०७७  १५:१२
1140x725

काठमाडौं- अहिले प्रश्न उठाउन यति कठिन हुनेछ भनेर यो व्यवस्थाका लागि लड्नेहरुले कहिल्यै सोचेनन् होला। तर समयले यसरी कोल्टे फेर्‍यो कि गणतन्त्रमा नागरिकहरु प्रश्न गर्नबाट बञ्चित छन्। 

सरकार काम राम्ररी गर, पारदर्शी होऊ भनेर आवाज उठाउन, प्रश्न गर्न, जवाफ माग्न पनि बन्देज हुने कस्तो समय हो, बुझ्न कठिन छ। कोरोना माहामारीले गाँजेको पाँच महिनाभन्दा बढि भइसक्यो। अवस्था सुधारतर्फ होइन झन खराब बनिरहेको छ। 

यस्तो अवस्थामा माहामारीविरुद्ध सरकारको काम गराइ सुरुदेखि नै बिग्रिएको सबैले देखेकै छन्। सरकारी छलफलहरु पार्टी र पद जोगाउनमा केन्द्रित देखिन्छ। नागरिकको जीवन रक्षाको जिम्मेवारीमा निरन्तर झारा टार्ने काम भइरहेको छ। परीक्षणको दायरा घटाएर कोरोना संक्रमण कम गर्ने नीति अनौठो छ। 

यसैले ‘इनअफ इज इनअफ’ अभियानमार्फत कोराना माहामारीमा सरकारको काम गराइप्रति युवाहरुले स्वतः स्फूर्त विरोध सुरु गरे। त्यसमा विभिन्न समय विभिन्न पार्टीको समर्थन पनि जोडियो। जेठ २७ गते बालुवाटाबाटै सुरु भएको विरोध प्रदर्शन देशभर फैलियो। पछिल्लो समयमा पाटन र बसन्तपुर केन्द्रित विरोध प्रदर्शन र सत्याग्रहलाई सरकारले वेवास्ता गर्दै आइरहेको छ।

यसैले निरन्तर भइरहेका विरोध प्रदर्शनका कार्यक्रम अन्तर्गत शुक्रबार मध्यान्ह १२ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन तय भएको थियो। तर प्रदर्शन हुन पाएन। नागरिकहरुलाई शान्तिपूर्ण प्रदर्शन गर्नबाट पनि रोकियो। युवा आजावको विरोधले बालुवाटारको निन्द्रा बिगार्न दिइएन। 

बिहान ११ बजे अगावैदेखि बालुवाटार वरपर हरेक चोकमा खटिएका प्रहरीले प्रदर्शनमा जानै नदिन हरेकलाई पक्राउ गर्दा प्रदर्शन हुन नपाएको हो। प्रहरीले युवा उमेरका हरेकलाई रोक्ने र पक्राउ गर्ने गरिरहँदा प्रदर्शनकारी एक ठाउँ जम्मा हुनै पाएनन्। प्रदर्शनबारे थाहै नपाएका बटुवासमेत प्रहरीको धरपकडमा परे। 

काम विशेषले हिँडेका हरेकलाई प्रहरीले पक्राउ गर्नु लोकतान्त्रिक समाजमा प्रश्नदेखिको डर भन्दा बढी के होला र? उनीहरु प्रश्न गरिरहेका थिए- ‘यो बाटो हिँड्नै नपाइने किन हो? यो बाटो मेरो होइन? मलाई किन समातिएको हो?’ 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

बालुवाटारमा युवालाई हिँड्नै निषेध, देख्यो कि धरपकड  [फोटोफिचर]शुक्रबार, साउन १६, २०७७

भित्रि बाटोमार्फत बालुवाटार नजिक पुगेका केही युवालाई प्रहरीले पक्राउ गर्दै लैजाने गरिरह्यो। लगातार बाटोमा देखिने हरेकलाई पक्राउ गर्दा बालुवाटारमा केहीबेर स्थिति तनावग्रस्त देखियो। ठूलो संख्यामा रहेका प्रहरीले कोरोना जोखिम बढ्न नदिन आफूहरुले प्रदर्शन रोकेको बताइरहेका थिए। तर प्रहरीको धरपकडले भिड एकत्रित भइरहेको थियो। 

यसअघि बालुवाटारमा नै प्रदर्शन हुँदा प्रहरीले प्रदर्शनकारीहरुलाई दुवैतर्फबाट घेरेर एक ठाउँ जम्मा पार्ने र पानीका फोहोरा र अश्रुग्यासले तितरवितर पार्ने गरिरहेको थियो। तर शुक्रबार भने शान्तिपूर्ण प्रदर्शन हुनसमेत दिइएन। 

‘इनफ इज इनफ’का अभियन्ताहरु अहिले पनि बसन्तपुरमा १३ दिनदेखि सत्याग्रहमा छन्। यसअघिको सत्याग्रहमा प्रधानमन्त्री केपि शर्मा ओलीले नै भेटेर माग पूरा गर्ने आश्वासन दिएका थिए। तर राजनीतिक परिस्थितिबाट ध्यान भड्काउने भन्दा बढी त्यसको उपादेयता देखिएन। प्रधानमन्त्रीले दिएको आश्वासन अनुसार सरकारको काम गराइमा सुधार हुन सकेको छैन। 

कोरोना माहामारीका कारण सिर्जित परिस्थितिमा सरकारले राम्ररी काम गर्न नसकेका उदाहरण हजार छन्। युवाहरुले ती काम राम्ररी गर भनेका हुन्। यो महामारीमा पनि भ्रष्टाचारका घृणित खेल छन्, त्यो बन्द गर भनेका हुन्। जोखिमको अवस्था बुझेर पनि उनीहरु किन सडकमा निस्किन बाध्य भएका छन् भन्नेतर्फ पनि विचार हुनुपर्ला। 

उनीहरुले निरन्तर उठाइरहेका मागहरु व्यवस्थित क्वारेन्टाइन, शतप्रतिशत पिसिआर परीक्षण, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायत नै हुन्। यसमा सरकारविरुद्ध होइन सरकारको काम गराइको विरोध भइरहेका हुन्। सरकार धरपकडमा उत्रिँदा स्वास्थ्यसँग जोडिएका विरोध राजनीतिसँग जोडिने पुग्ने जोखिम रहन्छ। 

पछिल्लो समय हरेक विषय राष्ट्रवादसँग जोड्दै को देशद्रोही र को राष्ट्रवादी भनेर छाप लगाउन तँछाडमछाड गरिरहेकाले बुझ्नुपर्छ देशको माया गर्नु र सत्ताको नाकामीमा प्रश्न सोध्नु फरक विषय हुन्। आवाजदेखि डराउने शासक, प्रश्न वर्जित समाज कम्तिमा अहिलेलाई त सुहाउँदैन। 

गलतलाई गलत भनेर आवाज उठाउनेलाई सरकारले किन आफ्नो विरोध गरेको बुझिरहेको हो, यकिन छैन। शुक्रबार बालुवाटारमा जे भयो त्यो यो समयलाई सुहाउने काम होइन।

बालुवाटार अगाडि निषेधित क्षेत्र तोकिएको भए पनि शिवपुरी विद्यालय अगाडिदेखि यता भाटभटेनीसम्म नै हिँडहुल कठिन थियो। सोधपुछ र धरपकड हेर्दा देश संकटकालको कठिन समयमा भएको भान हुन्थ्यो। एक-एक गरेरै सय जनाभन्दा बढी पक्राउ परे। अरु तितरबितर पारिए। 

प्रहरीले सबैतिरबाट रोकिरहँदा पनि बालुवाटार नजिक पुगेका केही प्रदर्शनकारी सडकमा एक्लै नारा लगाउँदै पक्राउ पनि परिरहेका थिए। आवाज दबाउने गलत तरिकाले उनीहरुको आवाज अझ चर्को भइरहेको थियो। त्यसैले स्वास्थ्यसम्बद्ध मागहरुमा प्रधानमन्त्रीको राजीनामाको आवाजसमेत मिसियो। 

स्वतस्फूर्त रुपमा आएका युवासँगै विवेकशील पार्टीकी रञ्जु दर्शना र पूर्वमन्त्री हिसिला यमी पनि देखिए। त्यहीँ योङ कंग्रेसका युवाहरु पनि सामेल भए। रञ्जु पक्राउ परिन् भने हिसिलालाई प्रहरीले छाडिदियो। 

‘नेपालीहरुलाई कोभिडबाट बचाउनुपर्छ भनेर नै हामीले भनेको हो। स्वतन्त्रपूर्वक बोल्न पाउने अधिकार छ, यो गणतन्त्र संघीयता यो लोकतन्त्रको अनुहारको आधारमा नै यिनीहरु आएका हुन्। यो सबैको सुरक्षाको लागि आएको कुरा हो। शान्तिपूर्ण विरोध प्रदर्शनमा मेरो ऐकेबद्धता छ। यो देश फासिजमतिर जानु भएन’ हिसिलाले प्रश्न गरिन्। 

पूर्वमन्त्री भएकाले पनि हो कि प्रश्न गर्ने छुट हिसिलालाई भने देखियो। सडकपेटीमा हिँडिरहेका बटुवासमेत पक्राउ परिरहँदा सडकमा नै विरोधको नारा लगाएर हिसिला सहज रुपमा घर फर्कन सकिन्। 

शान्तिपूर्ण प्रश्नहरु बर्जित गर्दा यसले उचित भविष्य दिलाउँदैन नै। सडक पेटीको बार भत्काउने र टायर बाल्नेबाट फेरिएको प्रदर्शनमाथिको वेवास्ताले विरोधको शैली फेर्न चाहानेलाई पनि कमजोर पारिरहेको छ। गलतलाई गलत भन्न सक्ने आवाजहरु कमजोर भएको भान भइरहेको छ। बोल्नु जोखिम मोल्नु भइदिँदा कोही किन बोलोस्? 

भिडियोमा हेर्नुहोस् बालुवाटारमा धरपकड

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
बंगलादेशविरुद्ध नेपाल पराजित आइतबार, असार २९, २०८२
रास्वपालाई प्रधानमन्त्रीको प्रश्न- सहकारीका करोडौं झ्वाम पार्ने र अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने? आइतबार, असार २९, २०८२
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी आइतबार, असार २९, २०८२
मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर आइतबार, असार २९, २०८२
प्रचण्डले भोलि सदनलाई सम्बोधन गर्ने आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने आइतबार, असार २९, २०८२
११०० रुपैयाँले बढ्याे सुनकाे मूल्य आइतबार, असार २९, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्