• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अप्ठ्यारोमा पनि फर्कन पाएनन् महिला घरेलु कामदार

राज्यको सुविधाबाट समेत बञ्चित 
64x64
निर्मला घिमिरे बुधबार, साउन १४, २०७७  १०:३२
1140x725
फाइल तस्बिर

काठमाडौं-राेजगारी गुमाएकी झापाकी बबिता बराइली ६ महिनादेखि कुवेतमा अलपत्र छिन्। उनलाई अहिले कुवेतमा एक छाक खान पनि धौ-धाै छ। कहिले एक छाक त कहिले भोकै बसेर दिनहरु कटाइरहेकी छिन्। तर, उनी कोरोना महामारीमा पनि स्वदेश फर्कन पाएकी छैनन्।

‘खै स्वदेश फर्कन्छु भन्दा पनि पाएको छैन।  कहिले साथीहरुसँग मागेर त कहिले घरेलु काम (भाँडा माझ्न कपडा धुन)  गर्दा थोरै पैसा पाइन्छ। कहिले एक छाक खाइन्छ, कहिले भोकै पनि बस्नुपर्छ,’ बराइलीले सामाजिक सञ्जालमार्फत् नेपाल लाइभलाइभसँग दुखेसो सुनाइन्।  उनी चोर बाटो हुँदै घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन्। 

कुवेतमा उनले बच्चाको स्याहारसुसार गर्ने काम पाएकी थिइन्। बालबच्चा ठूला हुँदै गएपछि घरको काम सकियो। साहुले निकालिदिए। अनि स्थानीय एजेन्टलाई घुस खुवाएर भिसा थपिन्।

नेपालबाट अवैध बाटो हुँदै गएकी बराइली त्यहाँको वैधानिक हैसियतमा रहेर एक विद्यालयमा सरसफाइको काम गर्दै थिइन्। तर,कोरोनाका कारण विद्यालय बन्द भयो। सँगै उनको रोजगारी पनि गुम्यो। उनले रोजगारी गुमाएको पनि ६ महिना भइसकेको छ।

बबिता त एक प्रतिनिधि पात्रमात्रै हुन्। उनीजस्ता हजारको संख्यामा रहेका महिला घरेलु कामदारले अहिले कुवेतमा रोजगारी गुमाइसकेका छन। तर, नेपाल आउन पाएका छैनन्।

भारतको बाटो हुँदै अवैध रुपमा कुवेतमा रहेका झण्डै ३ हजार नेपालीलाई कुवेत सरकारले आममाफी दियो। उनीहरुलाई स्वदेश फर्कन लाग्ने हवाई टिकट शुल्क सबै कुवेत सरकारले नै बेहोरिदियो । तर, बबिता बराइलीसँग त्यहाँको भिसा भएका कारण उनले आममाफी कार्यक्रममा सहभागी हुन पाइनन्। 

नेपालबाट श्रम स्वीकृति नलिई गएका कारण विदेशमा अप्ठ्याराे पर्दा पनि उनी नेपाल सरकारले अनुमति दिएको चार्टर उडानमार्फत् स्वदेश फर्कन पाइनन्।  न त वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश फर्काइनेको सूचीमा परिन्। यतिबेला उनीसँग नियमित उडान कहिले खुल्छ र स्वदेश फर्कन पाइन्छ भनेर दिन गन्नुको विकल्प छैन ।  

‘सास अल्झियो भने जसरी पनि फर्कन्छु । अब त आफ्नै देशमा काम गर्नुपर्ला तर हामीलाई के काम पाइएला र ?’ देशमा भोगेको विगतको बेरोजगार समस्याले बबितालाई फेरि पनि झस्काउँछ ।  

Ncell 2
Ncell 2
nimb
nimb

युएईमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी सिन्धुपाल्चोककी बसन्ती तामाङको समस्या पनि बबिताको भन्दा फरक छैन । 
सरकारले महिला श्रमिकहरुलाई मलेसियालगायत खाडी मुलुकमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएसँगै भारतको बाटो हुँदै युएई पुगेकी उनी अहिले त्यहाँ निकै अप्ठ्यारोमा परेकी छिन। कामको चाप बढेको छ। पारिश्रमिक पाएकी छैनन्। 

‘लकडाउन अवधिदेखि सबै परिवार दिनभरि घरमा हुँदा काममा धेरै समय खट्नुपर्छ तर तलब पाएको छैन। बिरामी भइयो, थकाइ लाग्यो भनेर बस्न पाइँदैन । काम गर्न नसक्दा पनि घर मालिकको गालीगलौज सुन्नुपर्छ,’ बसन्तीले नेपाल लाईभसँग भनिन् । 

के भन्छ सरकारी पक्ष?

नेपाल सरकारले प्रतिबन्ध लगाएका मुलुकमा अवैध रुपमा पुगेका तथा अन्य मुलुकमा अवैध बाटो हुँदै गएका श्रमिकहरु कल्याणकारी कोषको रकममार्फत् स्वदेश फर्काउने व्यवस्था ऐनमा नै नभएकाले यसरी गएर समस्या परेकाहरुको हकमा सरकारले नै व्यवस्था गर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन् । 

उनी भन्छन्, ‘नेपाल सरकारसँग पनि सीमित स्रोत साधन छ यस्तो अवस्थामा अन्तर्राष्ट्रिय दातृ निकाय, निजी क्षेत्र र आफैँले पनि अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने जिम्मेवारी सरकारको हो ।’

सरकारकै कारण अवैध बाटो अंगाल्न बाध्य भए महिला श्रमिक : महिला अधिकारकर्मी

महिला अधिकारकर्मीहरु भने सरकारले अवैध बाटो रोज्न बाध्य बनाउँदा अधिकांश महिला श्रमिकहरु सरकारी सेवासुविधाबाट वञ्चित भएको बताउँछन्। अप्ठ्यारोमा परेका त्यस्ता श्रमिकलाई सरकारले नै उद्धार गर्नुपर्ने महिला अधिकारकर्मीहरुको भनाइ छ।

महिला अधिकारकर्मी यस्मिन बेगम महिलाहरुलाई मलेसिया र खाडीमा प्रतिबन्ध होइन व्यवस्थित गरिनुपर्ने बताउँछिन्।  सरकारले श्रम स्वीकृति दिन रोक लगाएसँगै अवैधबाटो हुँदै घरेलु कामदारका रुपमा जान बाध्य श्रमिकहरु थप जटिल अवस्थामा पुगेको र सरकारले यस्ता महिला श्रमिकको उद्धार गर्नुपर्ने उनको भनाइ छ। 

सरकारले घरेलु कामदारका रुपमा श्रम स्वीकृति लिएर जान प्रतिबन्ध लगाएसँगै थुप्रै महिला भारतको बाटो हुँदै कुवेत जाने क्रम बढेको श्रमिक सञ्जाल कुवेतका सदस्य हरिकृष्ण न्यौपाने बताउँछन्। कुवेतमा लकडाउन अवधिमा घरेलु कामदारका रुपमा कार्यरत ३ महिलाले आत्महत्या गरेको उनले बताए। 

‘सरकारले ढोका थुनिदिँदा महिलाहरु झ्यालबाट आउन बाध्य छन्’ उनी भन्छन्, ‘यसरी आएका महिलाहरुलाई समस्या पर्दा न त सरकारले हेर्छ न कूटनीतिक नियाेगले हेर्छ ।’ 

सरकारले गन्तव्य मुलुकसँगै समझदारी गरेर सुरक्षाको ग्यारेन्टीसहित घरेलु कामदारका रुपमा पठाउनुपर्ने उनी बताउँछन्। उनका अनुसार कुवेतमा घरेलु कामदारका रुपमा करिब ३० हजार महिला कार्यरत छन्।  

घरेलु कामदारका रुपमा जान्छन् अधिकांश महिला 

नेपालबाट रोजगारीका लागि विदेशिने अधिकांश महिला घरेलु कामदारका रुपमा जाने गरेका छन्। तर तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले घरेलु कामदारका रुपमा जाने महिला असुरक्षित भएको भन्दै २०७३ चैतदेखि नेपालीहरुलाई घरेलु कामदारका रुपमा मलेसियालगायत खाडी मुलुकमा प्रतिबन्ध लगाउन निर्देशन दिएकाे थियाे। त्यसपछि महिलाहरु श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा जान पाएका छैनन् । 

तर पनि महिलाहरु घरेलु कामदारका रुपमा जाने क्रम भने रोकिएको छैन। बरु जोखिम मोलेर भारत हुँदै तेस्रोे मुलुक जाने क्रम बढेको छ । 

कतिपय त कम्पनीका नाममा श्रम स्वीकृति लिएर घरेलु काममा जाने प्रवृत्ति बढेको सरकारी अधिकारीहरु नै बताउँछन्। नेपालमा श्रम स्वीकृति लिँदा कम्पनीका लागि लिने र गन्तव्य मुलुकमा घरेलु कामदारका रुपमा काम गर्दा कतिपयले जोखिम अवस्था मोल्नु परेका घटनाहरु समेत बाहिरिरहेका छन् । 

विभिन्न मुलुकमा लाखौँ नेपालीहरु अवैध रुपमा कार्यरत रहेको अनुमान गरिएको छ। जसमा पनि अधिकांश महिला छन्। नेपालबाट दैनिक सयौँको संख्यामा भारत हुँदै घरेलु कामदारका रुपमा तेस्रो मुलुक पुग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । यो ४ महिना लकडाउनको अवधिमा मात्रै भारत हुँदै तेस्रो मुलुक जान लागेका ४० महिलाहरुलाई मानब बेचबिखन अनुसन्धान व्युरोले उद्धार गरेको छ। यसबाट पनि भारतको बाटो हुँदै रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या निकै ठूलो रहेको अनुमान गर्न सकिन्छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र ओरेक नेपालले गरेको एक अध्ययनले पनि अधिकांश महिला श्रमिकहरु घरेलु कामदारका रुपमा विदेशिने गरेको देखाएको छ। सरकारले नेपाली महिलाहरुलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायत मुलुकमा जान प्रतिबन्ध लगाउँदा अझ बढी जोखिम निम्तिएको अध्ययनले देखाएको छ। 

प्रतिबन्धभन्दा पनि दुईपक्षीय सम्झौता तथा समझदारीमा महिला श्रमिक सुरक्षाका विषयहरु उठाइनुपर्ने निष्कर्ष अध्ययनको छ । 

श्रम स्वीकृति लिएर  विदेशिने महिलाको अवस्था के छ  ? 

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा श्रम स्वीकृति लिएर विदेशिने महिलाको संख्या पुरुषको तुलनामा निकै कम छ। आर्थिक वर्ष २०६३/०६४  देखि २०७६/०७७  सम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या कुनै वर्ष कम त कुनै वर्ष बढेको देखिन्छ । 

श्रम स्वीकृति लिएर कुन वर्ष कति महिला विदेशिए?

आर्थिक वर्ष    संख्या
२०६३/०६४ २९०
२०६४/०६५ ४,६८५
२०६५/०६६ ८,५९४
२०६६/०६७ १०,०५६
२०६७/०६८ १०,४३६
२०६८/०६९ २२,९५८
२०६९/०७० ७,७४२
२०७०/०७१ २८,९६६
२०७१/०७२ २२,०२८
२०७२/०७३ १८,३७७
२०७३/०७४ २०,१८९
२०७४/०७५ २२,४१७
२०७५/०७६ ३२,१२३
२०७६/०७७ १८,२०६
जम्मा २,२७,०६७

 स्रोतः वैदेशिक रोजगार विभाग

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्