• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘माओवादीसँगको सहकार्य लामै जानुपर्छ’

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १५:३७
1140x725

शान्ति प्रक्रियाका एक प्रमुख सूत्रधार कृष्ण सिटौला यतिखेर ओझेलमा छन्। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निकट सहयोगी रहेर उनले १२ बुँदे सहमति निर्माणदेखि नै अहम् भूमिका खेले। पछिल्लो महाधिवेशनमा पार्टीभित्र तेस्रो धार खडा गरेर उम्मेद्वारी दिएका उनी सभापतिमा पराजित भए। त्यसयता पार्टीभित्र र बाहिरको राजनीतिक वृत्तमा खासै सक्रिय देखिएका छैनन्। उनै सिटौलासँग सरोजराज अधिकारीले गरेको संवादः

शान्ति प्रक्रियाका केही कार्यभार बाँकी नै छन्। तर, कांग्रेसबाट शान्ति प्रक्रियाको एउटा मुख्य सूत्रधारको भूमिका खेल्नुभएको तपाईं अहिले ओझेलमा हुनुहुन्छ। किन?

शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पाटोका रुपमा सत्यनिरुपण र बेपत्ता आयोगहरुको काम बाँकी छ। सबैभन्दा जटिल त्यहाँ छ। आयोग सम्बन्धी ऐन पनि विवादमा छ। आयोगको कामकारबाही आफैंभित्र पनि विवादमा छ। त्यसको निष्कर्ष त्यति सहज आउलाजस्तो मलाई लागिरहेको छैन। 

महत्त्वपूर्ण एउटा पक्ष भनेकै द्वन्द्व समाधान हो। पीडितहरुले न्याय पाउने पक्ष हो। आयोगहरुलाई जिम्मेवारी दिएको छ। आयोगहरुको निष्कर्ष मैले पर्खेको हो। त्यहाँ धेरै रुचि राख्दा हस्तक्षेप हुन्छ। म त्यो चाहन्नँ। सहज ढंगले निष्कर्ष आओस् भन्ने हाम्रो अपेक्षा हुुनुपर्छ। त्यस ढंगले आयो भने समाधान भयो। तर, त्यो समाधान बदलाको राजनीतिको अन्त्य हुने खालको हुनुपर्छ। समाजलाई मेलमिलाप गर्ने हुनुपर्छ। त्यो हुन्छ, हुँदैन हेर्न बाँकी छ। 

तर, यो विषय पनि यतिखेर राजनीतिक वृत्तमा ओझेलमा छ। महत्त्वपूर्ण विषय नै ओझेलमा भइसकेपछि म ओझेलमा परें भनेर के आपत्ति भयो र?

दोस्रो कुरा, अहिले सहज राजनीतिक वातावरण छ। सहज वातावरणमा खेलाडीहरु धेरै हुन्छन्। म असहजको मात्रै खेलाडी हुँ। त्यसैले म ओझेलमा पर्नु स्वभाविक हो। तेस्रो, आफ्नै पार्टीभित्रको राजनीतिमा महाधिवेशनपछि मेरो एउटा युनिक पोजिसन रह्यो। त्यसपछि पार्टीभित्र म खासै जिम्मेवारीमा छैन। त्यसैले तपाईंको प्रश्न स्वभाविक हो।

आफ्नै इच्छाले ओझेल पर्नुभएको कि परिस्थिति त्यस्तै निर्माण भएको?

देश धेरै जटिलतामा पर्‍यो भन्ने महसुस हुँदा त म अग्रसर हुन्छु। जस्तो, संविधान जारी भएपछि कार्यान्वयनमा धेरै प्रश्नहरु उठे। संविधान कार्यान्वयन नै हुँदैन कि क्या हो भन्ने खालको प्रश्न उठ्यो। त्यतिबेला म अलि सक्रिय भएँ। तर, बढी हाइफाइ, धेरै देखिने, प्रेसमा गएर बोलिहाल्ने कुरामा मेरो त्यति रुचि हुँदैन। परिणाम निकाल्नमा रुचि थियो। खासगरी मधेस केन्द्रित दलहरुलाई समेत समेटेर चुनावमा जाने वातावरण निर्माण गर्न म एकपटक सक्रिय भएँ। नभन्दै देश चुनावमा गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको पार्टी नेतृत्वले कृष्ण सिटौलाको क्षमताको पहिचान गर्न नसकेको हो कि?

मैले आफैं भन्न मिल्दैन यस्तो कुरा।

गिरिजाप्रसाद कोइरालाको मृत्युपछि टुहुरो भएझैं लाग्छ कहिलेकाहीँ?

के लाग्छ भने देशमा लिडरसिप क्राइसिस भयो। सिंगो मुलुकलाई हाँक्ने लिडरसिप हुन्छ। त्यो चाहिँ क्राइसिस हो नेपालमा। अब यो क्राइसिसलाई मिट गर्न भविष्यमा को नेता जन्मिन्छ त्यो भन्न सकिन्न। गिरिजाबाबु जत्तिको सबैले विश्वास गर्न लायक नेताचाहिँ भएनन्। यो चाहिँ समस्यै हो। त्यो अर्थमा टुहुरो भन्नुस् वा जे भन्नुस्, नेपालको राजनीतिमा त्यसको असर छ। त्योभित्र म पनि परुँला। गिरिजा बाबुको उत्तरार्धको १० वर्षको कार्यकाल नेपालको सबैभन्दा जटिल राजनीति हो। माओवादीको हातबाट बन्दुक छुटाउने, राजाको हातबाट गद्दी छुटाउने राजनीति यही बीचमा विकास भयो। त्यसैले गिरिजाबाबुसँग माओवादी र संसदका दलहरु निर्भर थिए। गिरिजाबाबुले भन्दा प्रायः सबैले मानेका थिए। त्यो लिडरसिप चाहिँ नेपालमा खड्किएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गिरिजाप्रसाद कोइराला जत्तिको नेतृत्व क्षमता भएको नेता छैनन् अहिलेको कांग्रेसमा?

हामी थुप्रै छौं तर हामीले मूर्त रुप दिन सकेका छैनौं, त्योचाहिँ यथार्थ हो। हामी छरिएर रहेका छौं। गिरिजाबाबुपछि सुशीलदा आउनुभयो। मैले सुशीलदालाई सघाएँ। सुशीलदाको जीवन कालसम्म अलिअलि जोडेकै थियो। त्यो जोड्नेमा म नै अलि एक्टिभ थिएँ। सुशीलदा पछि धेरै छरियो।

अर्को कोइरालाको अभाव खड्किएको हो?

त्यस्तो होइन। कोइरालाकै अभाव भन्ने कुरामा म सहमत छैन। तर, बीपी कोइरालादेखि गिरिजाबाबुसम्म आइपुग्दाको नेपाली कांग्रेसको जुन राजनीतिक लिगेसी छ, त्यसैलाई सुशीलदाले बोक्नुभएको हो। नयाँ होइन। त्यसलाई बोक्ने नेपाली कांग्रेसभित्र थुप्रै छौं हामी। बुझ्ने पनि, बोक्ने पनि। त्यसको एकताचाहिँ आवश्यक छ। तर, परिवारै चाहिन्छ भन्ने प्रश्नसँग म सहमत छैन।

तर, कतै न कतै ‘कोइराला’कै अभावजस्तो देखियो नि?

नेपाल मात्रै होइन, दक्षिण एसियाली समाजमै पारिवारिक राजनीतिको कुरा चाहिँ आउँछ। तर, अहिलेको कोइराला साथीहरुले पारिवारिक राजनीतिमा विश्वास गर्नु हुन्न होला।

‘कोइराला’ परिवारका वंशजहरुको बैठक त पछिल्लो समय निकै बाक्लिएको छ नि?

उहाँहरुले कोइरालाको विरासत भन्नु भएको छैन। तर, हामीले नेपाली कांग्रेसको लिगेसीलाई बोकेर हिँड्ने संगठन बनाउन सकेनौं भन्ने सबैलाई महसुस भएको छ। अहिले नेपालको राजनीतिमा त्यो खड्किएको छ।

तपाईं यतिखेर कांग्रेसभित्रको समीकरणमा बीचमा उभिनु भएको छ। कतिको गाह्रो हुँदो रहेछ?

मेरो (उम्मेदवारी) अप्रत्याशित भयो। महाधिवेशनको मुखैमा सुशीलदाको निधन भयो। त्यसपछि रामचन्द्रजी वा शेरबहादुरजीलाई मैले नेताका रुपमा सहयोग गर्ने अवस्था देखिनँ। अनि, दुई जना युवा साथीहरु गगन र उमाकान्तलाई लिएर उठेको हो। मेरो कुनै टिम थिएन। किनभने, महाधिवेशनको दुई दिन अगाडिको निर्णय हो मेरो। साथीहरुको बीचमा देखिनु थियो। साथीहरुसहित देखिएँ। 

अब हामी कति सक्रिय भूमिकाका साथ जाने भन्ने विषय चाहिँ आन्तरिक प्रतिस्पर्धाको विषय हो। हामीले भातृ संगठनको अधिवेशनमा त्यसलाई निरन्तरता दियौं। तरुण दलमा चाहिँ शेरबहादुर देउवाजी पार्टीको विधानभन्दा बाहिर मनोनित प्रथामा गइदिनुभयो। समस्या त्यहाँबाट खडा भयो।

अहिले हामी निर्वाचनमा छौं। संविधान कार्यान्वयको क्रममा छौं। निर्वाचनका बेलामा पार्टीभित्रका विवादहरुलाई बाहिर ल्याउनु हुँदैन भन्ने मेरो एउटा मान्यता छ। यो मान्यताले मलाई रोकेको छ। स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ। त्यसपछि प्रदेश र संघीय निर्वाचन बाँकी छ। त्यसकारण निर्वाचन सम्पन्न नभएसम्म आन्तरिक प्रतिस्पर्धालाई एकदमै होसियारीका साथ राख्नुपर्छ र बाहिर आफ्नो असन्तुष्टि अभिव्यक्त गर्नु हुँदैन। आन्तरिक रुपबाट छलफल गर्ने हो। सभापतिलाई सही बाटोमा हिँडाउन हामीले प्रेरित गर्ने र दबाब दिने हो। उहाँले लिएका सही निर्णयलाई सघाउ पुर्‍याउने पनि हो। मेरो यही मान्यताको आधारमा तेस्रो धार वा नयाँ दृष्टिकोणलाई धेरै मुखरित गर्न चाहँदैनौं अहिले। पार्टीभित्रको डिबेट सकभर बाहिर नजाओस् भन्ने नै उद्देश्य छ मेरो।

पार्टीमात्र होइन यतिखेर शेरबहादुर देउवाले देशकै नेतृत्व गरिरहनुभएको छ। उहाँको नेतृत्व कस्तो लागिरहेको छ?

यसबारे म केही टिप्पणी गर्न चाहन्नँ। हामी निर्वाचनको तयारीमा छौं। पार्टीभित्रका कुनै पनि नेताको टिप्पणीले सिंगो पार्टीलाई क्षति पुग्छ। 

संसदको पहिलो दल भए पनि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसले अग्रता लिन सकेन। कहाँनेर कमजोरी भयो? 

यस विषयमा अब बढी बोले थप क्षति होला। दुई नम्बर प्रदेशका साथीहरुले र स्वयं सभापतिज्यूले पूरै देशको क्षतिपूर्ति हुन्छ भनिरहेका बेलामा हामीले धेरै टिप्पणी किन गर्ने अहिले? 

तपाईंको विचारमा मुलुक अहिले १२ बुँदेकै कोर्समा हिँडिरहेको छ कि ब्याकट्रयाक गर्दैछ?

त्यही कोर्समा छ अहिले। ब्याकट्रयाक गराउन षडयन्त्र होला। मेरो फिलिङ हो यो चाहिँ। १२ बुँदे समझदारीले जुन राजनीतिक बाटो निर्माण गरेको छ, अहिलेसम्म त्यही बाटोमै छ। तर गन्तव्यमा पुगिसकेको छैन। टुंगिसकेको छैन। 

गन्तव्यमा नपुग्दासम्म त जे पनि हुन सक्ने भयो नि, हैन?

शंका छ, सन्देह छ। तर, शंका र सन्देहले गन्तव्य तय गर्न सकिँदैन नि! राजनीति विश्वासले अगाडि जाने हो। मलाई चाहिँ विश्वास छ, यो परिवर्तन कसैले उल्टाउन सक्दैन। 

प्रसंग बदलौं, मधेसको मुद्दामा कांग्रेस किन यति उदासीन देखिएको?

नेपाली कांग्रेस एक्लैले केही गर्न सक्दैन। संविधान संशोधन दुई तिहाइको विषय हो। यसपटक हामीले मधेस केन्द्रित दलहरुसँग कुरा गरेरै संविधान संशोधनको विधेयक अगाडि सार्‍यौं। निर्णयमा लैजाँदा पारित हुन सकेन। तर, यो संविधान संशोधनको विषय यही संसदको विषयचाहिँ अब बनाउनु हुँदैन। 

१२ बुँदेलाई तार्किक निष्कर्षमा पुर्‍याउन, राष्ट्रिय हितमा काम गर्न कांग्रेसले के–के गर्न सक्छ?

मुख्य कुरा जुन परिवर्तन आएको छ, त्यसलाई स्थायित्व दिन सक्नुपर्छ। आर्थिक प्रगति र समृद्धिको क्षेत्रमा दूरगामी सोचका साथ दीर्घकालीन, अल्पकालीन दृष्टिकोणहरु अगाडि ल्याउनुपर्छ, कार्ययोजना चाहिन्छ। आर्थिक गतिविधिहरु चाहिन्छ। आएको परिवर्तनलाई जोगाउने, त्यसलाई सुदृढ गर्ने र स्थायित्व दिने हुनुपर्छ।

यो संघीय लोकतान्त्रिक गणतन्त्र कसैले उल्टाउन सक्दैन। अब त्यो स्थायित्वको बाटोमा गयो। संविधानवादको विषयमा संरचनात्मक विषयहरु परिवर्तन होलान्। तर, लोकतन्त्र र गणतन्त्रजस्तो जुन मूलभूत परिवर्तन भएको छ, अब यो परिवर्तन हुँदैन। तर, संरचनाका विषयहरु व्यवस्थापिका, कार्यपालिका आदि संरचनाका विषयहरु समयको मागसँगै परिवर्तनशील छन्। त्यही उद्देश्यका साथ संविधान आएको छ। संविधान कुनै जड वस्तु होइन। गतिशील र जीवन्त दस्तावेज हो।

समयको मागलाई यसले सम्बोधन गर्न सक्छ। जनताको चाहनालाई सम्बोधन गर्न सक्छ। त्यसैले हामीले संविधान भित्रैबाट समस्या समाधान गर्न सक्छौं भन्ने नै संविधानको मूल चरित्र हो। नेपालको संविधानसभाले आफ्नै खुट्टामा उभिएर, आफ्नै जनतालाई हेरेर आफ्नो संविधान बनायो। त्यसले नेपाल सार्वभौम छ, स्वतन्त्र छ र स्वाधीन छ भन्ने मान्यता स्थापित भएको छ।

प्रमुख प्रतिपक्षी एमालेको भूमिकालाई कसरी हेरिरहनुभएको छ? संविधान कार्यान्वयनमा पनि एमाले प्रतिपक्षी हो र?

संविधान कार्यान्वयनमा एमाले प्रतिपक्षी होइन। हामी सबैले मिलेर संविधान ल्याएका हौं। तर जसरी यसको संस्थागत विकासमा एमालेले जिम्मेवार ढंगले काम गर्न सक्नुपथ्र्यो, त्यो गरिरहेको छैन। म व्यक्तिगत कुनै नेताप्रति टिप्पणी गर्न चाहन्नँ। तर, कहिलेकाहीँ एमालेका अध्यक्ष केपी ओलीले यस्तो तीखो बोलिदिनुहुन्छ कि मुटु नै घोचिदिन्छ। त्यस्तोचाहिँ गर्नुहुन्न थियो उहाँले। सर्वदलीय बैठकमा मैले कहिलेकाहीँ उहाँलाई भन्ने गरेको पनि छु। तर, संविधान कार्यान्वयनको सवालमा हामी सबै राजनीतिक दलहरु सहकार्यमा छौं। 

कांग्रेसले पछिल्लो समय माओवादीको बैशाखी टेकेर हिँडिरहेको देखिन्छ नि!

संविधान निर्माणपछि हाम्रो पार्टीभित्र पनि विभिन्न मतहरु आए। खासगरी मेरो मत काम लागेन। ओलीजी प्रधानमन्त्री बन्नुभयो। उहाँको करिब एकवर्षे कार्यकालमा संविधान कार्यान्वयनका लागि विशेष योगदान दिन सक्नुहुन्थ्यो। तर, सक्नुभएन। त्यसपछि प्रचण्डजीले छोड्नुभयो र हामीसँग आउनुभयो। त्यो त स्वभाविकै हुन्छ नि प्रतिस्पर्धी राजनीतिक दलहरुबीच। 

माओवादीसँगको यो सहयात्रा लामै जान्छ?

जानुपर्छ। धेरै लामो चाहिँ भन्न सक्दिनँ। तर, जानुपर्छ। 

हिजो युद्धताका माओवादीबाट ज्यादती भोगेका कार्यकर्तालाई के जवाफ दिनुहुन्छ?

हामी सिंगो समाजलाई एकता र मेलमिलापमा लैजाँदै छौं। बदलाको राजनीतिलाई अन्त्य गर्दैछौं। द्वन्द्वलाई अन्त्य गर्दैछौं। मुठभेड र हिंसालाई अन्त्य गर्दैछौं। हिजोका हिंसाका पक्षधरहरुसँग मिलेर हामीले १२ बुँदे समझदारी निर्माण गरेको त हो नि!

विगतको कहालीलाग्दो घटना अब नहोरिउन् भन्नेमा हामी सबै नेपालीको एकमत छ अहिले। यस्तो परिस्थितिमा माओवादीलाई हिजोकै पार्टीका रुपमा सम्झिनु हुँदैन। प्रचण्डजीले निकै महत्वपूर्ण निर्णय गर्नुभयो। मैले संविधानसभामा पनि यो कुरा बालेको थिएँ। 

उहाँले हतियार छोडर राज्यलाई बुझाउने सम्झौता गरेकै दिन उहाँको पार्टी फुट्यो। पार्टी फुट्ने जोखिम मोलेर पनि उहाँले हतियार छोडेर शान्तिको पक्षमा उभिनुभयो। त्यसलाई उहाँको ठूलो साहस भन्छु। माओवादीसँगको राजनीतिक सहकार्य शान्ति प्रक्रियाको मुद्दा नटुंगिएसम्म हुनुपर्छ। त्यसमा कांग्रेस, एमाले र माओवादी एकसाथ मिल्न सक्नुपर्छ। कसैले कसैलाई धोकाधडी दिने खेल खेल्नुहुँदैन। किनभने, हामी राजनीतिक दलहरुले एकअर्कालाई दिएको धोकाबाट जनतालाई धोका हुँदोरहेछ। संसदीय सिस्टममा कहिले कांग्रेस–माओवादी, कहिले माओवादी–एमाले सरकार होला। यो कुनै आश्चर्यजनक घटना होइन। यो सहज घटना हो।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्