• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रधानमन्त्रीज्यू एक पाइला पछाडि हट्नुस्, सहमति गरौं : रघुजी पन्त [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली सोमबार, साउन १२, २०७७  १३:०४
1140x725

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादमा सहमति खोज्न लामो समयदेखि प्रयास हुँदै आए पनि सफल हुन सकेको छैन। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरु आ-आफ्नो अडानमा छन्।

स्थायी कमिटी बैठक सुरु भएको झण्डै एक महिनासम्म पनि कुनै निर्णय हुन सकेको छैन। नेकपा विवाद समाधानमा भईरहेका प्रयास र  समाधानका उपायका विविध पक्षमा केन्द्रित रहेर स्थायी कमिटी सदस्य रघुजी पन्तसँग नेपाललाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः

नेकपाभित्रको विवादमा कोठाचोटा, गुटका भेला, बैठक अलि धेरै गरियो भन्ने लागेको छैन?
धेरै गरेका छैनौं । राजनीति भनेको धेरैभन्दा धेरैकाबीच संवाद गर्ने हो। मान्छेका विचार सुन्ने हो। आफ्ना विचार सुनाउने हो। त्यसैबाट कन्भिन्स गराएर जाने हो। तर, अहिलेका भेला-संवादबाट अपेक्षाअनुसारको परिणाम निस्कन सकेको छैन। हाम्रो कारणले मुलुकमा संकट किन भन्ने पिर परेको छ। भर्खरै ल्याएको गणतन्त्रमा प्रश्न उठ्ने अवस्था आएजस्तो भयो।

पार्टी र सरकारको नेतृत्व गर्नु हुने केपी ओलीज्यूको अभिव्यक्ति, भूमिका, कार्यशैलीले गर्दा पार्टीभित्र संकट आयो। सरकार गतिशील भएन। उहाँ (प्रधानमन्त्री) का अभिव्यक्तिले नयाँ-नयाँ विवाद निम्त्यायो।  त्यो विवादले देशको सीमा नाघेर छिमेकीलाई घोचपेच गर्ने भयो। यसै त हामी दुई ठूला छिमेकीका बीचमा छौं। हाम्रो दक्षिणतिरको छिमेकी भारत अप्ठ्यारो खालकाे छ।

 अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले सीमामा बाँध बाँधेको छ। जसले गर्दा हरेक वर्ष हाम्रो जमिन डुबानमा पर्छ। हाम्रो सिमाना मिचेको छ। सीमा समस्या वर्षौंदेखि यथावत छन्। भारतले गर्ने व्यवहारमा समस्या छन्। तिनलाई एकजुट भएर सामना गर्ने बेलामा प्रधानमन्त्री आफैं पार्टीभित्र विवाद उत्पन्न गराउँदै हिड्नुहुन्छ। उस्तै परे तिमीहरुलाई पार्टी फोडेर देखाईदिन्छु भनेर अप्रत्यक्ष रुपमा जनाउ दिनुहुन्छ। आफ्नै पहलमा एमाले पार्टी दर्ता गराउन लगाउनु हुन्छ।

सबै मै हुँ भन्ने कुरा पनि छाड्नुस् तपाईं एक पाईला पछाडी हट्नुस्। हामी पनि एक पाईला हट्छौं। सहमति गरौं।

यी सबै कुराले हुँदै नभएको संकट पार्टी र सरकारमा आईरहेका छन्। प्रधानमन्त्रीको कार्यशैलीले पार्टी विभाजनतिर जाने त होइन भन्ने विषयमा चिन्तित बनाईरहेको छ। यसबाट सरकार र पार्टीलाई कसरी मुक्त गर्ने? सुखी नेपाली र समृद्ध नेपालको नारातिर यो सरकारलाई कसरी लग्ने भन्ने हाम्रो चिन्ता हो।

गत वैशाखमा विवाद थियो। सहमति भयो भनियो। फेरि असारमा स्थायी कमिटी बैठकमा विवाद भयो। सहमति भयो भनियो। पार्टीमा विवाद हुने, फेरि सहमति भयो भन्ने किन भईरहेको छ? 
सहमति भएको के हो मलाई थाहा भएन। प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गर्न कन्जुस्याइँ गर्न थालेपछि समस्या भयो। एकताको काम केन्द्रीय कमिटी बैठकले १५ दिनभित्रै कार्यान्वयन गर्ने भनियो । केन्द्रीय कमिटी बसेको ६ महिना भयो, अर्का बैठक बस्ने बेलासम्म कार्यान्वयन भएको छैन। उहाँकै कारणले एकताका काम रोकिए। कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने कुरा गत माघमा भएको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हो । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीज्यूले मेरै पहलमा नयाँ नक्सा जारी गरियो। यदि मेरो ठाउँमा अर्को प्रधानमन्त्री भएको भए नक्सा नै प्रकाशित हुने थिएन भनेर भन्दै आउनु भएको छ नि?
बिल्कूल होइन। केन्द्रीय कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा नेपालको कालापानी, लिम्पियाधुरा लिपुलेक समावेश गरेर नक्सा छाप्न सरकारलाई निर्देशन दिने स्पष्ट उल्लेख छ। त्यो निर्णय कार्यान्वयन नगरेर प्रधानमन्त्रीज्यूले थन्क्याइदिनुभयो। त्यसमा स्थायी कमिटी नेताहरुले करायौं। त्यसपछि पनि नक्सा छाप्ने प्रक्रिया अघि बढेन। अन्तिममा जुन दिन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुुनु थियो। त्यही दिन बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्यो। त्यो सचिवालय बैठकमा हट डिबेट भयो। त्यसमा प्रधानमन्त्रीज्यू एकातिर र अहिल्यै नक्सा छाप्नुपर्छ भनेर अरु सबै नेताहरु अर्कोतिर उभिनुभयो।

एमाले, माओवादी दुवै महाधिवेशनबाट निर्वाचित भएका सबै संरचना विघटन गरिएका हुन्। के-को महाधिवेशन? महाधिवेशन त अब गर्नै बाँकी छ।

त्यो बेला तत्काल नक्सा छाप्नुपर्छ भनेर सबैभन्दा जोड गर्नेमा वामदेव गौतम नै हुनुहुन्थ्यो। त्यहीँबाट मुख्य सचिवलाई फोन गरेर प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नक्सा छाप्ने उल्लेख गर्न लगाएपछि छापियो। त्यसरी सचिवालय बैठकले निर्णय गरेर छापियो। एउटा कुरा इन्दारातिपूर्वक स्वीकार गर्नुपर्छ,पार्टीले यति निर्णय गरे पनि प्रधानमन्त्री सहमत नभएको भए नयाँ नक्सा छापिने थिएन।
यस्तै नक्सा छाप्न भूमिसुधारमन्त्रीलाई पटक–पटक नेताहरुले दबाब दिएका थिए। त्यो बेला भूमिसुधार मन्त्रीले सबै प्रक्रिया पुरा भइसक्यो, तर प्रधानमन्त्रीज्यूले छाप भन्नुपर्‍यो नि भनेर पार्टीकै साथीहरुलाई भन्नु भएको थियो । 

यति महत्वपूर्ण निर्णय बैठकमा भएको रहेछ, किन त्यो बेला बाहिर ल्याउनु भएन?
मैले मिडियामार्फत् बाहिर ल्याईरहेको छु। यसरी पार्टीले निर्णय गरेर नक्सा छापियो। फेरि पनि नक्सा छाप्ने क्रेडिट प्रधानमन्त्रीज्यूलाई दिन चाहन्छु। किनभने, प्रधानमन्त्री त केपी ओली नै हो। उहाँ(प्रधानमन्त्री) सहमत नै नभएको भए छापिने थिएन। नयाँ नक्सा छापिएको पार्टीले जति श्रेय लिन्छ,  उति प्रधानमन्त्रीज्यूलाई पनि जान्छ। म सहमत नभएको भए नक्सा छापिने थिएन भन्नु स्वाभाविकै हो। तर, पार्टीका अरु नेता नक्साबारे सहमत थिएनन्,  म प्रधानमन्त्री भएर नक्सा छापियो भन्नु सो¥है आना झुट हो। 

Xtrem

Xtrem

प्रधानमन्त्रीले यस्ता कुरा किन भन्नुभयो होला?
म जान्दिनँ, अध्यादेश किन ल्याउनु भयो? कसैलाई चाहिएकै थिएन। पार्टीले विरोध नगरेको भए त्यो अध्यादेश ल्याईनै सक्नु भएको थियो। बाध्य भएर फिर्ता गर्नुभयो। फेरि उस्तै पर्‍यो भने अध्यादेश ल्याउँछु भनेर उहाँ निकटका नेताहरुले हामीलाई धम्क्याउँछन्। मैले तपाईंहरुलाई यो मन लाग्छ भने गर्नुस्, पार्टीको पहिलो अध्यक्ष उहाँ (केपी ओली) नै हुनुहुन्छ। दुई अध्यक्षमध्ये पहिलो अध्यक्ष आफैं भएको दाबी गर्नुहुन्छ। प्रधानमन्त्री पनि उहाँनै हुनुहुन्छ।

आफैंलाई चाहिएर पार्टी फुटाउन अध्यादेश ल्याउनु भएको हो भने मलाई केही भन्नु छैन। तर, कृपया त्यस्तो घुर्की-धम्की नदिनुस्। पार्टीलाई एकताबद्ध बनाएर लैजाउँ। सबैले एक पाइला फर्केर हेरौं। आफूले आफैंलाई फर्केर हेरौं। सबैले बाहिरी ऐनामा हेर्नुपर्‍यो। अन्तरमनको ऐनामा पनि हेर्नुपर्‍यो। पार्टीलाई एकताबद्ध बनाउने दिशातिर जाउँ। अहंकार, घमण्ड छाडौं। जिद्दी, हठ र आ–आफ्ना कमजोरी छाडौं। पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं।

पार्टी कार्यकर्ताको चाहना यही हो। बल्ल–बल्ल नेकपाको झण्डै दुई तिहाइप्राप्त सरकार बनेको छ। जनताको हित हुने कानुन ल्याउन सकिन्छ। जनतालाई भूमिसुधार चाहिएको छ। हामी भूमि बैंकको कुरा गर्छौं। जनतालाई रोजगारी चाहिएको छ। जनतालाई न्याय चाहिएको छ। जनतालाई शिक्षा, स्वास्थ्य सेवा चाहिएको छ। ठूला–ठूला भाषण होइन नि।

सबै मै हुँ भन्ने कुरा पनि छाड्नुस् तपाईं एक पाइला पछाडि हट्नुस्। हामी पनि एक पाइला हट्छौं। सहमति गरौं।

 सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्छ। आफ्नो स्वाधिनताको रक्षाको कुरा नछाड्ने, दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर जाने हो। यसरी नै नेपाललाई बलियो बनाउने हो। नेपाली जनतालाई सुखी बनाउने हो । जनताले जुन दिशातिर जाने भनेका थिए त्यतातिर जान सकेनौं। अहिलेका कमीकमजोरी हटाउँ। अहिले उहाँ (केपी ओली) बाट पार्टी अध्यक्ष र प्रधानमन्त्री चलेको छैन। बहुमत साथीहरुको दुवैबाट नचलेकाले राजीनामा गराउनु पर्छ भन्नु भएको छ।

मैले सुरुदेखि नै जोड दिँदै आएको छु। दुवै पदबाट नभनौं। हाम्रै पार्टीको अध्यक्ष हुनुहुन्छ। सबै जम्मा भएर घेरे भन्ने किन पार्ने? बीचको बाटो रोजौं भनेको छु। उहाँलाई छान्न दिऔं, प्रधानमन्त्री चलाउनु हुन्छ चलाउनुस्। पार्टी अध्यक्ष चलाउन मन लाग्छ पार्टी अध्यक्ष चलाउनुस्। दुईमध्ये एक पद उहाँ (केपी ओली) लाई मन लागेको छोड्नुस् । प्रधानमन्त्री पुग्या हो भने प्रधानमन्त्री छोड्नुस। होइन प्रधानमन्त्री चलाउनु हुन्छ भने पार्टी अध्यक्षबाट राजीनामा दिनुस्। दुवैमा ध्यान नपुगेको बेला एउटामा केन्द्रित भएर चलाउनुस्। त्यसमा हामीले मद्धत गर्छौं । 

पार्टी अध्यक्ष महाधिवेशनले निर्वाचित गरेको हो। त्यसका लागि अर्को महाधिवेशन कुर्नुहोस्, प्रधानमन्त्रीको राजीनामा माग्न संसद फेस गरौं भन्नु भएको छ नि? 
बडो रमाईलो कुरा गर्नुभयो। उहाँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनु भएको, म केन्द्रीय सदस्य। महाधिवेशनबाट उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, निर्वाचित हुनुभएको हो। इश्वर पोखरेल महासचिवमा निर्वाचित हुनु भएको हो। खै त उहाँहरुको पद? इश्वर पोखरेलको ठाउँमा महासचिवमा विष्णु पौडेल आउनुभयो, अरु तीन जना उपाध्यक्ष हटेको हट्यै। केपी ओलीसँग निर्वाचित भएका अरु नेताहरुको पद खै?

अरु–अरुको पद जान हुने। केपी ओली महाधिवेसनबाट अध्यक्षमा निर्वाचित भएको कुरा कसरी मिल्यो?  हामी सबै महाधिवेशनबाट निर्वाचित भएको हो। हामीले पार्टीको विधानको प्रस्तावना हेरौं। त्यहाँ प्रस्ट लेखिएको छ। एमाले र माओवादी केन्द्र विघटन गरेर नेकपा बनाइएको हो। त्यो एमाले, माओवादी दुवै महाधिवेशनबाट निर्वाचित भएका सबै संरचना विघटन गरिएका हुन्। के-को महाधिवेशन? महाधिवेशन त अब गर्नै बाँकी छ।

त्यसो हो भने अब पार्टीको निर्णय कुन कमिटीले गर्छ?
पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीले गर्ने हो। विधानको धारा ६० जस्तो लाग्छ। बहुमतको निर्णय पार्टीको निर्णय हुने छ। विधानको धारा ४६ ले  एक व्यक्तिलाई एक प्रमुख पद भनेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि प्रमुख पद हो। त्यो कार्यान्वयन हुनुपर्‍यो नि।

हामीले एक व्यक्ति एक पद भनेर जोड दिनुको कारणै यहीँ हो। माधव नेपालको पालामा किन कार्यान्वयन भएन भन्नु होला, त्यो बेला पार्टी विधानमै लेखिएको थिएन। महाधिवेशनको मिति तोक्ने अधिकार केन्द्रीय कमिटीलाई हुन्छ भनिएको छ। त्यही अधिकार प्रयोग गरेर महाधिवेशनको मिति तोकिएको छ। त्यसैले ०७७ चैत २५ देखि ३० गतेसम्म एकताको महाधिवेशन गर्ने भनिएको छ। त्यो महाधिवेशन गर्ने सुरसार नै छैन। 

अझ मंसिरमा महाधिवेशन गर्ने भनियो। आफ्नो राजीनामा टार्न मंसिरमा महाधिवेशन भन्न मिल्छ? मंसिरमा महाधिवेसन गर्न सम्भव छ? हाम्रा पार्टी सदस्य कति हुन् हामीलाई नै थाहा छैन? कतिपय कमिटी बन्न बाँकी छन्। त्यो कुरा छोड्नुस्, एकताको प्रक्रिया नै पुरा भएको छैन। एकता नभई कसरी महाधिवेसनमा जान सकिन्छ? उल्टो हामीलाई महाधिवेशनबाट भागियो भनिन्छ।

महाधिवेशनबाट भागेको होइन, प्रधानमन्त्री स्थायी कमिटीबाट भाग्नु भयो। केपी कमरेडका साथीहरुलाई भन्न चाहन्छु स्थायी कमिटीले गरेको बहुमतको निर्णय मान्छु भन्नुपर्‍यो। पार्टीको विधानअनुसार चल्छु भन्नुपर्‍यो। हिजो हामीले मान्दै आउन हुने, उहाँहरुलाई बहुमतको निर्णय लागू हुँदैन ? 

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन्न भन्नुभएको छ। उल्टै दल फुटाउने अध्यादेश ल्याउने संकेत गर्नु भएको छ कसरी सहमति हुन्छ?
केपी कमरेडमा हुनु भएका साथीहरु नै पार्टी बनाउन भूमिका खेलेकै साथीहरु हुनुहुन्छ। उहाँहरु पार्टी विभाजन गर्ने तहसम्म जानुहुन्छ भन्ने मलाई विश्वास छैन। यो पार्टी सबैले मिलेर बनाएका हौं। मैलेमात्रै बनाएको पनि होइन। माधव नेपाल वा प्रचण्डले मात्रैले बनाएको पार्टी होइन। सबैको भूमिकालाई कदर गर्नुपर्छ। पार्टीलाई एकताबद्ध बनाउनु पर्छ।

मैले भनेको जस्तो भएन भनेर पार्टी फुटाउँछु, अध्यादेश ल्याउँछुभन्दा बहुमत साथीहरुले साथ दिनुहुन्छ भन्ने लाग्दैन। यदि केपी ओलीले यसो गर्नुभयो भने मुलुकका लागि दुर्भाग्य हुन्छ। सबैभन्दा उहाँ (केपी ओली) कै लागि दुर्भाग्य हुन्छ। उहाँलाई साथ दिने नेताहरु र हाम्रा लागि दुर्भाग्य हुन्छ। घिसारेर त्यहाँ पुर्‍याउँनु हुन्छ भने त मेरो केही भन्नु छैन। हामी विधि पद्धतिमा चल्ने हो। यो सबैमा लागू हुनुपर्‍यो। विधि पद्धतिमा चल्नुपर्छ भन्दा पार्टी फुटाउन पाईन्छ?

अध्यक्ष प्रचण्डलगायत नेताहरुले पार्टी संकटमा छ, फुट्न सक्छ भन्दै आउनुभएको छ। के त्यस्तै अवस्था आएको हो?
त्यहीँ पुग्यो भन्न सक्दिनँ। हामीले प्रचण्ड वा माधव कमरेडलाई पार्टी फोर्न दिँदैनौ। बहुमतले किन पार्टी फुटाउनु पर्‍यो? बहुमतले विधि पद्धतिबाट चलौं भनिरहेका छौं। केपी कमरेडले पार्टी किन फुटाउने? उहाँ आफै पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ। उहाँलाई पार्टी किन फुटाउनु पर्‍यो? मैले बुझ्न नसकेको कुरा। किन धम्की दिएको? केपी कमरेडले प्रयत्न गर्नु भएको छ। तर त्यसो गर्नुहुन्छ जस्तो लाग्दैन। 

तपाईहरु पनि पार्टीलाई विधि पद्धतिमा ल्याउनेभन्दा व्यक्ति हटाउनेमा मात्रै किन केन्द्रित हुनुभएको छ? 
हामी कहाँ व्यक्ति हटाउनेमा केन्द्रित भएका छौ? हामीले विधानको धारा कार्यान्वयन गरौं भनेका छौं। पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ठीकठाक चलेको भए किन भनौं भन्ने हुन्थ्यो। दुवै पद चलेको छैन। विधानको धारामा स्पष्ट रुपमा उल्लेख छ।

विधानको धारा कार्यान्वयन गर भन्नु विधि स्थापित गर्नु हो कि होइन? पद्धति स्थापित गर्नु हो कि होइन? यो केपीलाई मात्रै लागू हुँदैन, प्रचण्ड, माधव, झलनाथ सबैलाई लागू हुन्छ। हामीले व्यक्ति हेरेर, अनुहार हेरेर लागू गर्नुपर्छ भन्या हो र? त्यसैले पार्टीमा विधि पद्धति स्थापित गर्ने संघर्ष हो। विधिमा दोहोरो, तेहोरो पर्छ भने जो भए पनि हट्नु प¥यो नि। त्यो विधि गाउँ कमिटीदेखि केन्द्रसम्म लागू हुनुपर्छ। 

स्थायी कमिटी बैठक झण्डै एक महिनादेखि जारी छ। सहमति हुन सकेको छैन, अब निकास कसरी हुन्छ?
त्यो हाम्रो धैर्यता हो। प्रधानमन्त्रीलाई सम्झाउँ–बुझाउँ भनेर हो। उहाँहरुले आफूसँग बहुमत छ भनेर हस्ताक्षर अभियान चलाएको होइन र? हामीलाई थाहा नै थिएन। आज उहाँले दलमा पनि बहुमत गुमाउनु भएको छ। उहाँकै कार्यशैलीले गर्दा पार्टी र सरकार दुवैतिर सन्तुष्ट छैनन्। दुवै पदबाट राजीनामा गराउनु पर्ने माग अत्याधिक साथीहरुले उठाउँदा पनि बीचको बाटो रोजियो।

पार्टीलाई एकीकृत बनाएर लैजानुपर्छ। उहाँ (केपी ओली)लाई पनि किन एक्लाउन खोजेको जस्तो पार्नु? दई पदमध्ये एक रोज्नुस् भनेका हौं। तपाई (केपी ओली) लाई दुवै पदबाट हटाउने होइन। पार्टी अध्यक्ष छोड्नुहुन्छ छोड्नुस्,  प्रधानमन्त्री छोड्छुहुन्छ भने छोड्नुस्। एउटा छोड्नुस् पार्टीलाई एकीकृत बनाएर लैजाऔं। 

स्थायी कमिटी र केन्द्रीय कमिटीमा तपाईहरुको बहुमत हुँदाहुँदै किन निर्णय गर्न नसक्नु भएको हो? 
निर्णय सकेसम्म सहमतिमा गरौं भन्ने हो। सहमतिबाट गर्दा सबैलाई सजिलो हुन्छ। उहाँ (केपी ओली)लाई पनि फिल नहोस् बहुमत पुर्‍याएर किन एक्लाए भन्ने पार्ने? उहाँलाई पनि सहमत गराऔं। पार्टीमा सकेसम्म सहमतिमै निर्णय गर्दा राम्रो हुन्छ। यदि त्यसका लागि समय लाग्छ भने धैर्य गर्नुपर्छ। पर्खिनु पर्छ।

त्यसो भए सहमतिका लागि अर्को निर्वाचनसम्म पर्खनुपर्ने भयो है?
यो सरकार यसरी गयो भने अर्को निर्वाचनमा भोट माग्ने आधारै हुँदैन। कतिपय गर्ने भनिएका काम भएका छैनन्। सरकारले गर्न सक्ने काम गरेर  देखाउनुपर्‍यो। त्यो गरेकै छैन।  प्रत्येक वर्ष बाढी पहिरो आउँछ सरकारलाई थाहा छैन?  त्यसका लागि मन्त्रालयमा सम्बन्धित समितिहरु छन्। बाढीपहिरोले बाटाहरु बन्द गएका छन्। वैकल्पिक बाटो सोचिएको छैन। ठूलो जनधनको क्षति भएको छ। त्यहाँ पहिरो जाँदा उद्धार तथा राहत समयमै पुर्‍याउन सकिएको छैन। पीडितलाई बासस्थानको व्यवस्था गरिएको छैन।

 स्थायी कमिटी बैठकमा हाम्रो एजेण्डा नै कोरोना थियो। कोरोनाको राम्रोसँग छलफल नै गर्न पाएको छैन।  प्रधानमन्त्रीज्यूले विषयलाई कता पुर्‍याउनु भयो कुरै नगरौं। प्रधानमन्त्रीले जथाभावी बोल्नु भयो, एजेण्डाबाटै ‘डिरेल’ भयो। संकट त उहाँले ल्याउनु भएको हो नि। जिम्मेवार पदमा बस्ने, अनि गैरजिम्मेवार कुरा गरेर पार्टी र सरकारलाई विवादमा पार्नु उपयुक्त हो र? नेतृत्वले गम्भीरता, कुशलता र बौद्धिकता देखाएकै छैन। मैलेमात्रै होइन आमजनताले प्रधानमन्त्रीमा जिम्मेवारी बोधको कमी भयो भन्ने कुरामा टिप्पणी गरिरहेका छन्। 

स्थायी कमिटी कसरी निर्णय गरेर जान्छ?
उहाँ(केपी ओली)सँग कुरा चलिरहेको छ। हामी भन्न चाहन्छौं–पार्टीलाई विभाजनतिर नलैजानुस्। यसको मार हामीले मात्रै होइन तपाईंले पनि भोग्नुपर्छ। सबै खाल्डोमा खस्ने काम किन गर्ने? सबै मै हुँ भन्ने कुरा पनि छाड्नुस् तपाईं एक पाईला पछाडी हट्नुस्। हामी पनि एक पाईला हट्छौं। सहमति गरौं। तपाईं प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्नुस्। यदि पार्टीमा सहमत हुन नसकेपछि विधानबमोजिम अल्पमत र बहुमतका आधारमा निर्णय हुन्छ। अनिर्णयकै अवस्थामा पार्टी रहन सक्छ र? निर्णय त पक्कै हुन्छ। पार्टी विभाजन गर्ने–नगर्ने प्रधानमन्त्रीकै हातमा छ। प्रधानमन्त्रीको इच्छा पार्टी विभाजन नै गर्ने हो हाम्रो केही लाग्दैन। 

एउटा कुरा याद गर्नुपर्ने छ। हामी आँशुको घुट्को पिएर सहेका छौं। उहाँले गरेका धेरै अन्याय सहेका छौं। उहाँको मनलाग्दीपन सहेका छौं। उहाँको गुटबन्दीले, उहाँको अहंकारले धेरै पीडित छन् यो पार्टीका नेता-कार्यकर्ता।  तर, अहिले सबै हिसाबकिताब गर्ने बेला होइन। पार्टीलाई एकताबद्ध बनाउनु पर्ने बेला हो। पार्टीलाई बलियो बनाएर लैजानु पर्छ। 
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्