• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

किन बाढीपहिरोको जोखिममा छन् सडक? के भन्छन् विज्ञ?

64x64
शिव बोहरा बुधबार, साउन ७, २०७७  १९:००
1140x725

काठमाडौं- वर्षायाममा देशको सडक यात्रा सकसपूर्ण बनिरहेको छ। बजेट सक्नकै लागि ठेकेदार नै इन्जिनियर बनेर डोजर कुदाइएका ग्रामीण सडक मात्र होइन, ठूलो योजनामा राजधानी जोडिने सडकको अवस्था पनि उतिकै नाजुक छ। 

विकास लागि भएका विनाशले दिइरहेको सकसले पछिल्ला दिनमा समस्या झनै थपेको छ। वर्षायाम सुरु भएसँगै अधिकांश सडक संरचनामा समस्या छन्। जसका कारण आवागमन अवरुद्ध हुने मात्र होइन ठूलो जनधनको क्षति भएको छ। 

बाढीपहिरोका कारण मात्र यस वर्षको मनसुन सुरु भएयता १ सय २३ जनाको ज्यान गइसकेको छ भने ५२ जना बेपत्ता भएको र ९८ जना घाइते भएको गृह मन्त्रालयले साउन ७ मा जारी गरेको तथ्यांकमा उल्लेख छ। देशका अधिकांश राजमार्ग अवरुद्ध छन्। यसको एउटा कारण हो आफूखुसी डोजर कुदाएर सडक फोरिएका पहाड। सावधानी नअपनाइएकाले हरेक वर्ष यस्तै सकस बढ्दै गइरहेको छ। सरकारी निकाय पनि पहिरोले क्षति पुर्‍याउँदासम्म सम्झन्छन् र मौसम टरेपछि बिर्सन्छन्। 

असार २५ यता बुधबार दिउँसोसम्म देशका १ सय ५ स्थानमा त राजमार्गहरु नै अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण अवरुद्ध सडकमध्ये आधाजसो सञ्चालनमा आएका छन् भने बाँकी पहिरो पन्छाएर सञ्चालनका लागि काम भइरहेको सडक विभागले जनाएको छ। 

नारायणगढ–मुग्लिन सडकसमेत पहिरोका कारण अवरुद्ध भएको छ। आयोजनाले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै त्रुटिपूर्ण रहेको स्वीकारेको छ। जसका कारण बेलोबेलामा समस्या आइरहेको छ। उक्त सडकको डिपिआरमा बायोइन्जिनियरिङका लागि थोरै मात्र उपाय सुझाइएको थियो। तर, पछि जुट नेटिङ, रक बोल्टिङ, रक नेटिङ लगायतका विभिन्न उपाय थप गरिएको आयोजनाको दाबी छ। 

नारायणगढ–मुग्लिन सडक मात्र होइन, देशका अन्य राजमार्गमा समेत यस्तै समस्या देखिएका छन्। जसका कारण वर्षायाम सुरु भएसँगै बाटो पहिरोले पुर्ने, बाढीले बगाउने र बाटो खनिएकै कारण पहिरो जाने गरेको छ। हरेक वर्ष निर्मित सडकहरुमा एकै खालका समस्या देखिँदा निर्माणमै समस्या त देखिएको होइन भन्ने प्रश्न उठेको छ। 

यसै सन्दर्भमा नेपाल लाइभले केही इन्जिनियरलाई सोही प्रश्न सोधेको छ। यस्तो छ उनीहरुको भनाइ–

सडक क्षेत्र अतिक्रमण र आइईको समस्या छ : ई. मधुसुदन आचार्य
पहिरोको मुख्य कारण मानिसले गर्ने विकास निर्माण लगायतका काम नै हुन्। सामान्यतया पहिरो विगतमा दशकौंपछि एकपटक जान्थ्यो भने अहिले मानवीय क्रियाकलापले पहिरो धेरै नै जाने गरेको छ। बाटो बनाउँदा हामीले पानीको निकाशका लागि ढल/नाली बनाउनु अनिवार्य हुन्छ। तर हाम्रो देशमा बन्ने कयौं सडकमा ढल बनेको पाइँदैन। यो पहिरो जाने मुख्य कारण जस्तै बनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हामीले मुख्य राजमार्गबाट छुट्टिने सहायक मार्गहरु बनाउँदा सावधानी अपनाएका छैनौं। सहायक बाटोहरु बनाउँदा आवश्यक पर्ने ढल बनाइएको हुँदैन। जसले पानीको निकास व्यवस्थित नहुँदा राजमार्गहरुमा पहिरो जाने लगायत समस्या देखिएको छ। त्यसैगरी बाटो बनाउँदा हाम्रो देशमा कटिङ गरेको माटो सडक छेउबाट खसाल्ने गरिएको छ। यसले गर्दा पनि पहिरोको जोखिम बढाएको छ। कटिङ गरिएको माटो कतै सुरक्षित रुपमा व्यवस्थापन गर्नुपर्ने हो, तर भइरहेको पाइँदैन। 

 

मनसुन त हरेक वर्ष नै आउने गरेको छ। सडक विभागले बनाउने राजमार्गहरुमा इन्जिनियरिङ समस्या छैन। विभागले बनाएका सडकमा आवश्यक संरचना र इन्जिनियरिङ पक्ष अब्बल नै छ। तर सडक छेउमा बसोबास गर्नेहरुको असावधानी र उनीहरुले स्वीकृत डिजाइन अनुसारको संरचना बनाउन अवरोध गरेका कारण समेत पहिरो जाने गरेको छ। उदाहरणका लागि मौवाखोलामा पुल बगाएको घटनालाई लिन सकिन्छ। उक्त पुल निर्माण गर्दा अलि लामो पर्खाल बनाउनुपर्नेमा स्थानीयले गरेको अवरोधका कारण छोटो बन्यो र अहिले त्यही समस्या आएर राजमार्ग नै अवरुद्ध बनेको छ। 

केही ठाउँमा डिजाइनको समस्याले पनि र केही ठाउँमा आवश्यक बजेट नहुँदा बनाउनु पर्ने संरचना नबनेकाले समेत पहिरो जाने सडक भासिने गरेको छ। ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने सबैजसो सडक प्रारम्भिक वातावरणीय अध्ययनसमेत नगरी खारिएका छन्। सबैलाई बाटोको आवश्यकता पर्छ र चाहिन्छ पनि। तर खनिएका बाटोका कारण गाउँलाई नै पहिरोको जोखिममा पार्नु पनि भएन। त्यसैले सडक निर्माण गर्दा अपनाउनु पर्ने न्यूनतम मापदण्डसमेत नपुगेको अवस्थामा पहिरोको जोखिम धेरै हुन्छ। 

मापदण्ड पूरा भएका सडक छैनन् : ई गोविन्द खनाल
मुख्यगरी वर्षायाम सुरु भएसँगै पानी धेरै पर्ने हुनाले हाम्रो देशको सडक संरचनामा ठूलो क्षति पुग्ने गरेको छ। हिउँदमा देखिएको स्टेबल स्लोप पानी परेसँगै विस्तारै बग्न थाल्छ। बग्न नदिनका लागि लगाइन स्लोप स्टेबिलिटी महँगो पर्छ। हामीले माटो कटान गरेर नै स्लोप बनाउने गरेका छौं। यो पानी परेपछि बग्न थाल्छ। 

हाम्रो भौगोलिक अवस्थाले स्लोप स्टेबिलिटी खोज्छ तर त्यही अनुसारको काम हाम्रोमा हुन सकेको पाइँदैन। सडकको अलाइनमेन्ट फिक्स गर्दा नै हाम्रो भौगोलिक अवस्थाले समस्या ल्याउने गरेको छ। कतै कडा खालको चट्टान फेला पर्छ भने कतै कमजोर माटो हुन्छ। यस्तोमा अलाइनमेन्ट फेर्न सकिने अवस्था हुँदैन। फेर्दा महँगो पर्न जान्छ। बाटो त हामीलाई चाहिएकै छ। त्यसैले स्लोप कटिङ गरेर बाटो बनाइन्छ। आवश्यकताअनुसार स्लोप स्टेबिलिटी संरचना बनाउन नसक्दा माटो बगाउने, पहिरो जाने सम्भावना धेरै हुन्छ। 

ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने अवस्था झन भयावह छ। सबैलाई सडक चाहिएकै हुन्छ। बजेट कम हुने हुनाले सामान्य कटिङ गरेर सडक बनाइने गरेको छ। भौगोलिक अवस्था अनुसारको संरचना निर्माणका लागि बजेट हुँदैन। स्थिर संरचना निर्माणका लागि बजेट धेरै चाहिन्छ।

अझै अर्को कुरा गर्ने हो भने सडक निर्माण पूर्व डिपिआर बन्नु पर्ने हो। तर ग्रामीण सडकहरु त्यसरी डिपिआर बनाएर निर्माण गरिएको पाइँदैन। जसका कारण वर्षायाम सुरु भएपछि पहिरो जाने, सडक बग्ने समस्या हुने गरेको छ। 

इन्जिनियरिङ जियोलोजी र हाइड्रोलोजिस्टलाई पूर्णतः बेवास्ता गरिएको छ : ई रन्जनकुमार दाहाल
धेरै पानी पर्न थालेपछि हाम्रो देशको सडक संरचनामा समस्या देखिने गरेको छ। यसको मुख्य कारण निर्माणमा नै समस्या छ। हाम्रो देशको भौगोलिक अवस्था अनुसारको निर्माण डिजाइन हुन सकेको छैन। सडक निर्माण गर्दा अपनाउनु पर्ने सबैभन्दा महत्वपूर्ण पाटो पानीको निकास हो जसलाई बेवास्ता गरिएको छ। बगेर आउने पानीको व्यवस्थापन गर्न नसक्दा धेरै सडक भत्कने र बग्ने गरेको छ। 

अर्को महत्वपूर्ण पक्ष इन्जिनियरिङ जियोलोजी र हाइड्रोलोजिस्टलाई पूर्णतः बेवास्ता गरिएको छ। नेतृत्वमा हुनेहरुले इन्जिनियरिङ जियोलोजीलाई गन्द गन्दैनन्। कानुनले सडक निर्माणमा सिभिलतर्फको इन्जिनियरिङ जियोलोजी र हाइड्रोलोजिस्टलाई अत्यावश्यक रुपमै मानेको छ। तर कार्यान्वयनका क्रममा त्यसो हुन नसक्दा सडक संरचना बर्षायाममा धेरै क्षति हुने गरेको छ। 

मुख्य राजमार्गदेखि ग्रामीण सडकमा नै यो समस्या देखिएको छ। अझ ग्रामीण सडकमा त यो समस्या झन् धेरै देखिन्छ। हामीले सडक बन्ने कुरालाई त विरोध गर्नु हुँदैन र गर्दैनौं पनि। तर सडक व्यवस्थित रुपमा बन्नु पर्छ भन्ने कुरा चाहिँ गर्नुपर्छ। जथाभावी रुपमा खनिने सडकले ठूलो क्षति निम्त्याएको हामीले भोगिरहेका छौं।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्