• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

किन बाढीपहिरोको जोखिममा छन् सडक? के भन्छन् विज्ञ?

64x64
शिव बोहरा बुधबार, साउन ७, २०७७  १९:००
1140x725

काठमाडौं- वर्षायाममा देशको सडक यात्रा सकसपूर्ण बनिरहेको छ। बजेट सक्नकै लागि ठेकेदार नै इन्जिनियर बनेर डोजर कुदाइएका ग्रामीण सडक मात्र होइन, ठूलो योजनामा राजधानी जोडिने सडकको अवस्था पनि उतिकै नाजुक छ। 

विकास लागि भएका विनाशले दिइरहेको सकसले पछिल्ला दिनमा समस्या झनै थपेको छ। वर्षायाम सुरु भएसँगै अधिकांश सडक संरचनामा समस्या छन्। जसका कारण आवागमन अवरुद्ध हुने मात्र होइन ठूलो जनधनको क्षति भएको छ। 

बाढीपहिरोका कारण मात्र यस वर्षको मनसुन सुरु भएयता १ सय २३ जनाको ज्यान गइसकेको छ भने ५२ जना बेपत्ता भएको र ९८ जना घाइते भएको गृह मन्त्रालयले साउन ७ मा जारी गरेको तथ्यांकमा उल्लेख छ। देशका अधिकांश राजमार्ग अवरुद्ध छन्। यसको एउटा कारण हो आफूखुसी डोजर कुदाएर सडक फोरिएका पहाड। सावधानी नअपनाइएकाले हरेक वर्ष यस्तै सकस बढ्दै गइरहेको छ। सरकारी निकाय पनि पहिरोले क्षति पुर्‍याउँदासम्म सम्झन्छन् र मौसम टरेपछि बिर्सन्छन्। 

असार २५ यता बुधबार दिउँसोसम्म देशका १ सय ५ स्थानमा त राजमार्गहरु नै अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण अवरुद्ध सडकमध्ये आधाजसो सञ्चालनमा आएका छन् भने बाँकी पहिरो पन्छाएर सञ्चालनका लागि काम भइरहेको सडक विभागले जनाएको छ। 

नारायणगढ–मुग्लिन सडकसमेत पहिरोका कारण अवरुद्ध भएको छ। आयोजनाले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै त्रुटिपूर्ण रहेको स्वीकारेको छ। जसका कारण बेलोबेलामा समस्या आइरहेको छ। उक्त सडकको डिपिआरमा बायोइन्जिनियरिङका लागि थोरै मात्र उपाय सुझाइएको थियो। तर, पछि जुट नेटिङ, रक बोल्टिङ, रक नेटिङ लगायतका विभिन्न उपाय थप गरिएको आयोजनाको दाबी छ। 

नारायणगढ–मुग्लिन सडक मात्र होइन, देशका अन्य राजमार्गमा समेत यस्तै समस्या देखिएका छन्। जसका कारण वर्षायाम सुरु भएसँगै बाटो पहिरोले पुर्ने, बाढीले बगाउने र बाटो खनिएकै कारण पहिरो जाने गरेको छ। हरेक वर्ष निर्मित सडकहरुमा एकै खालका समस्या देखिँदा निर्माणमै समस्या त देखिएको होइन भन्ने प्रश्न उठेको छ। 

यसै सन्दर्भमा नेपाल लाइभले केही इन्जिनियरलाई सोही प्रश्न सोधेको छ। यस्तो छ उनीहरुको भनाइ–

सडक क्षेत्र अतिक्रमण र आइईको समस्या छ : ई. मधुसुदन आचार्य
पहिरोको मुख्य कारण मानिसले गर्ने विकास निर्माण लगायतका काम नै हुन्। सामान्यतया पहिरो विगतमा दशकौंपछि एकपटक जान्थ्यो भने अहिले मानवीय क्रियाकलापले पहिरो धेरै नै जाने गरेको छ। बाटो बनाउँदा हामीले पानीको निकाशका लागि ढल/नाली बनाउनु अनिवार्य हुन्छ। तर हाम्रो देशमा बन्ने कयौं सडकमा ढल बनेको पाइँदैन। यो पहिरो जाने मुख्य कारण जस्तै बनेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

हामीले मुख्य राजमार्गबाट छुट्टिने सहायक मार्गहरु बनाउँदा सावधानी अपनाएका छैनौं। सहायक बाटोहरु बनाउँदा आवश्यक पर्ने ढल बनाइएको हुँदैन। जसले पानीको निकास व्यवस्थित नहुँदा राजमार्गहरुमा पहिरो जाने लगायत समस्या देखिएको छ। त्यसैगरी बाटो बनाउँदा हाम्रो देशमा कटिङ गरेको माटो सडक छेउबाट खसाल्ने गरिएको छ। यसले गर्दा पनि पहिरोको जोखिम बढाएको छ। कटिङ गरिएको माटो कतै सुरक्षित रुपमा व्यवस्थापन गर्नुपर्ने हो, तर भइरहेको पाइँदैन। 

 

मनसुन त हरेक वर्ष नै आउने गरेको छ। सडक विभागले बनाउने राजमार्गहरुमा इन्जिनियरिङ समस्या छैन। विभागले बनाएका सडकमा आवश्यक संरचना र इन्जिनियरिङ पक्ष अब्बल नै छ। तर सडक छेउमा बसोबास गर्नेहरुको असावधानी र उनीहरुले स्वीकृत डिजाइन अनुसारको संरचना बनाउन अवरोध गरेका कारण समेत पहिरो जाने गरेको छ। उदाहरणका लागि मौवाखोलामा पुल बगाएको घटनालाई लिन सकिन्छ। उक्त पुल निर्माण गर्दा अलि लामो पर्खाल बनाउनुपर्नेमा स्थानीयले गरेको अवरोधका कारण छोटो बन्यो र अहिले त्यही समस्या आएर राजमार्ग नै अवरुद्ध बनेको छ। 

केही ठाउँमा डिजाइनको समस्याले पनि र केही ठाउँमा आवश्यक बजेट नहुँदा बनाउनु पर्ने संरचना नबनेकाले समेत पहिरो जाने सडक भासिने गरेको छ। ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने सबैजसो सडक प्रारम्भिक वातावरणीय अध्ययनसमेत नगरी खारिएका छन्। सबैलाई बाटोको आवश्यकता पर्छ र चाहिन्छ पनि। तर खनिएका बाटोका कारण गाउँलाई नै पहिरोको जोखिममा पार्नु पनि भएन। त्यसैले सडक निर्माण गर्दा अपनाउनु पर्ने न्यूनतम मापदण्डसमेत नपुगेको अवस्थामा पहिरोको जोखिम धेरै हुन्छ। 

मापदण्ड पूरा भएका सडक छैनन् : ई गोविन्द खनाल
मुख्यगरी वर्षायाम सुरु भएसँगै पानी धेरै पर्ने हुनाले हाम्रो देशको सडक संरचनामा ठूलो क्षति पुग्ने गरेको छ। हिउँदमा देखिएको स्टेबल स्लोप पानी परेसँगै विस्तारै बग्न थाल्छ। बग्न नदिनका लागि लगाइन स्लोप स्टेबिलिटी महँगो पर्छ। हामीले माटो कटान गरेर नै स्लोप बनाउने गरेका छौं। यो पानी परेपछि बग्न थाल्छ। 

हाम्रो भौगोलिक अवस्थाले स्लोप स्टेबिलिटी खोज्छ तर त्यही अनुसारको काम हाम्रोमा हुन सकेको पाइँदैन। सडकको अलाइनमेन्ट फिक्स गर्दा नै हाम्रो भौगोलिक अवस्थाले समस्या ल्याउने गरेको छ। कतै कडा खालको चट्टान फेला पर्छ भने कतै कमजोर माटो हुन्छ। यस्तोमा अलाइनमेन्ट फेर्न सकिने अवस्था हुँदैन। फेर्दा महँगो पर्न जान्छ। बाटो त हामीलाई चाहिएकै छ। त्यसैले स्लोप कटिङ गरेर बाटो बनाइन्छ। आवश्यकताअनुसार स्लोप स्टेबिलिटी संरचना बनाउन नसक्दा माटो बगाउने, पहिरो जाने सम्भावना धेरै हुन्छ। 

ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने अवस्था झन भयावह छ। सबैलाई सडक चाहिएकै हुन्छ। बजेट कम हुने हुनाले सामान्य कटिङ गरेर सडक बनाइने गरेको छ। भौगोलिक अवस्था अनुसारको संरचना निर्माणका लागि बजेट हुँदैन। स्थिर संरचना निर्माणका लागि बजेट धेरै चाहिन्छ।

अझै अर्को कुरा गर्ने हो भने सडक निर्माण पूर्व डिपिआर बन्नु पर्ने हो। तर ग्रामीण सडकहरु त्यसरी डिपिआर बनाएर निर्माण गरिएको पाइँदैन। जसका कारण वर्षायाम सुरु भएपछि पहिरो जाने, सडक बग्ने समस्या हुने गरेको छ। 

इन्जिनियरिङ जियोलोजी र हाइड्रोलोजिस्टलाई पूर्णतः बेवास्ता गरिएको छ : ई रन्जनकुमार दाहाल
धेरै पानी पर्न थालेपछि हाम्रो देशको सडक संरचनामा समस्या देखिने गरेको छ। यसको मुख्य कारण निर्माणमा नै समस्या छ। हाम्रो देशको भौगोलिक अवस्था अनुसारको निर्माण डिजाइन हुन सकेको छैन। सडक निर्माण गर्दा अपनाउनु पर्ने सबैभन्दा महत्वपूर्ण पाटो पानीको निकास हो जसलाई बेवास्ता गरिएको छ। बगेर आउने पानीको व्यवस्थापन गर्न नसक्दा धेरै सडक भत्कने र बग्ने गरेको छ। 

अर्को महत्वपूर्ण पक्ष इन्जिनियरिङ जियोलोजी र हाइड्रोलोजिस्टलाई पूर्णतः बेवास्ता गरिएको छ। नेतृत्वमा हुनेहरुले इन्जिनियरिङ जियोलोजीलाई गन्द गन्दैनन्। कानुनले सडक निर्माणमा सिभिलतर्फको इन्जिनियरिङ जियोलोजी र हाइड्रोलोजिस्टलाई अत्यावश्यक रुपमै मानेको छ। तर कार्यान्वयनका क्रममा त्यसो हुन नसक्दा सडक संरचना बर्षायाममा धेरै क्षति हुने गरेको छ। 

मुख्य राजमार्गदेखि ग्रामीण सडकमा नै यो समस्या देखिएको छ। अझ ग्रामीण सडकमा त यो समस्या झन् धेरै देखिन्छ। हामीले सडक बन्ने कुरालाई त विरोध गर्नु हुँदैन र गर्दैनौं पनि। तर सडक व्यवस्थित रुपमा बन्नु पर्छ भन्ने कुरा चाहिँ गर्नुपर्छ। जथाभावी रुपमा खनिने सडकले ठूलो क्षति निम्त्याएको हामीले भोगिरहेका छौं।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो । शुक्रबार, जेठ १, २०८३
नागढुंगा–मलेखु सडक कालोपत्र तीव्र २०७९ साल पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी र... सोमबार, फागुन ४, २०८२
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्