• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बजेटमा घोषित सुविधा कार्यान्वयनमा मौद्रिक नीति केन्द्रित, पुराना नीति पछ्याउँदै नयाँ योजना सार्वजनिक

64x64
सविन मिश्र शुक्रबार, साउन २, २०७७  १८:५४
1140x725

काठमाडौं- कोरोना भाइरसका कारण संकटग्रस्त अर्थतन्त्रलाई पुनर्स्थापित गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। थलिएका व्यवसायीलाई पुनर्स्थापित गर्नेगरी केन्द्रीय बैंकले ऋण तिर्न सुविधा दिएको छ, ऋण पुनर्तालिकीकरण गर्न सक्ने बाटो खोलिदिएको छ र ऋण लगानी गर्न सक्ने सीमा बढाइदिएको छ। 

चालु वर्षको बजेटमार्फत दिने भनिएका सुविधालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अघि सारेको छ। कोरोनाले थलिएका उद्योगी/व्यवसायीलाई राहत दिने, पुनर्कर्जा सुविधा बढाउने र ब्याजदर एवं ऋणयोग्य रकम बढाउने बजेटको घोषणालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरिएको छ। 

कोरोनाको प्रभावलाई तीन भागमा वर्गीकरण गर्दै केन्द्रीय बैंकले त्यसैअनुसार राहत प्याकेजको घोषणा गरिएको छ। अति प्रभाव परेका क्षेत्रलाई ऋणको पुनर्तालिकीकरण, ब्याजको पुँजीकरण र ऋण तिर्ने समय थप गर्ने सुविधा मौद्रिक नीतिमार्फत दिइएको छ। 

मौद्रिक नीतिले असारसम्म भुक्तानी अवधि भएका ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सक्नेगरी नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ। कोरोना भाइरसबाट न्यून प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको सावाँको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सक्ने सकिनेछ। 

कोरोनाबाट मध्यमरूपमा प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने सावाँको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ भने कोरोनाबाट अति प्रभावित पेशा/व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने सावाँको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख छ। 

गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिमार्फत अघिल्ला गभर्नर चिरञ्जिवी नेपालले लिएको मर्जर र त्यसअघिका गभर्नर अर्थात् हालका अर्थमन्त्री डा युवराज खतिवडाले लिएको घरजग्गा र सवारी साधन कर्जामा कडाइको नीतिलाई निरन्तरता दिएका छन्। अधिकारीले शेयर धितो कर्जामा सुविधा दिएका छन्। 

अधिकारीले ब्याजदर नियन्त्रणको प्रयास गरेका छन्। यसका लागि ब्याजदर करिडोरको प्रयोग गरिने मौद्रिक नीतिमा उल्लेख छ। ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई २ प्रतिशतबाट घटाएर १ प्रतिशत र नीतिगत दरको रूपमा रहेको रिपोदरलाई ३.५ प्रतिशतबाट ३ प्रतिशतमा ल्याइएको छ। 

बैंकहरूले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ। गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत् लघुवित्त वित्तीय संस्थाको लाइसेन्स रोकिदिएका छन्। लघुवित्तले ऋण परिचालन गर्न पाउने सीमा भने बढाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंक तथा वित्तीय संस्थाको प्रशासनिक खर्च कम गर्ने र सञ्चालन दक्षता विस्तार गर्ने योजना मौद्रिक नीतिमार्फत अघि सारिएको छ। 'कोभिड १९ को कारण मितव्ययिता कायम गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधा व्यवस्थापनमा पुनरावलोकन गरिनेछ। त्यसैगरी सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जुमा गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ। 

डिजिटल भुक्तानी सेवाको अनुमति लिएकालाई आफ्नो कारोबार विस्तारमा बाध्यकारी व्यवस्था गरिएको छ। चालु वर्षभित्रमा ३ लाख ग्राह नपुर्‍याएर र मासिक औसत कारोबार ६ लाखवटा नभए उनीहरूको दर्ता अनुमति खारेज गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको छ। 

राष्ट्र बैंकले नगद लाभांश वितरणमा सीमा तोकिदिएको छ। 'बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७को खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म (उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरभन्दा बढी नहुनेगरी) मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिनेछ। तर कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका इजाजतपत्र प्राप्त संस्थाको नगद लाभांश वितरणमा रोक लगाइनेछ,' मौद्रिक नीतिमा भनिएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका मौद्रिक नीतिले अर्थतन्त्रलाई उकास्ने भन्दा पनि व्यवसायीको पीडामा राहत दिएको बताउँछन्। 'अर्थतन्त्रलाई मौद्रिक नीतिले नै माथि लैजान्छ भन्ने होइन, तर जुन पीडा र समस्यामा व्यवसायीहरू थिए, त्यसलाई राहत दिएको छ,' उनले भने, 'कर्जा निक्षेप अनुपातमा सहजीकरण गरिएकाले ब्याजदर घटाउन सहयोग गर्छ। यसले बैंकहरूको ऋण दिन सक्ने क्षमता पनि बढ्ने भएको छ।'

Xtrem

Xtrem

राष्ट्र बैंकले २० प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ। उपभोग घटेको र औद्योगिक मनोबल कम भएको बेला लगानी बढाउनु चुनौतिपूर्ण हुने चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई बताउँछन्। 'एकातर्फ हामी उत्पादन केन्द्रित अर्थतन्त्रमा गइसकेका छैनौं भने अर्कोतर्फ हाम्रो कर्जा उपभोक्ता केन्द्रित छ,' उनले भने, 'तर अहिले उपभोग घटेको बेला २० प्रतिशतको कर्जा वृद्धिदरको लक्ष्य राख्नु निकै चुनौतीपूर्ण हो।'

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्