• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

फास्ट ट्र्याकको परामर्शदाता विश्व बैंकको प्रतिबन्धमा

64x64
नेपाल लाइभ बुधबार, असार ३१, २०७७  १२:२६
1140x725

काठमाडौं-काठमाडौंदेखि तराई जोड्ने फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माणमा काम गरिरहेको सेनाले परामर्शदाताको रुपमा छनोट गरेको कम्पनीलाई विश्व बैंकले १३ महिनाको प्रतिबन्ध लगाएको छ।

सेनाले लकडाउनका बेला हतार–हतारमा कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसनको जेभीलाई छनोट गरेको थियो। पौने २ अर्बको रुपैयाँको काममा लागि आर्थिक चलखेल गर्दै छनोट गरिएको उक्त कम्पनी भारतमा समेत प्रतिबन्धित छ। 

योसिनलाई जुलाई १ बाट लागू हुने गरी पहिलो चरणमा १३ महिनाका लागि प्रतिबन्ध लगाइएको हो। योसिनले भानुआतुको एभिएसन इन्भेस्टमेन्ट प्रोजेक्टमा गैरकानुनी काम गरेको भन्दै विश्व बैंकले प्रतिबन्ध लगाएको हो। 

बैंकले भनेको छ, ‘यो प्रतिबन्धसँगै योसिन कम्पनीले विश्व बैंकको संलग्नता भएको कुनै पनि आयोजनाको प्रतिस्पर्धामा सहभागी हुन पाउनेछैन।’ 
योसँगै सेनाले राष्ट्रिय गौरवको आयोजनाका लागि हतार-हतारमा गरेको परामर्शदाता छनोटको विषयमा नैतिक प्रश्न खडा भएको छ।

 ‘विश्व बैंकले योसिनबारे अनुसन्धान गरिरहेको सेनाका उच्चपदस्थ अधिकृतलाई थाहा थियो,’ सेना स्रोतले भन्यो, ‘प्रतिबन्ध लगाएको अवस्थामा उसैलाई परामर्शदाताको रुपमा छनोट गर्न समस्या हुने भए पनि लकडाउनकै बेला हतार–हतारमा कतिपय प्रक्रिया मिचेर छनोट गरिएको थियो।’ 

भारतमा समेत प्रतिबन्धित भएको थाहा हुँदाहुँदै आर्थिक चलखेलमा परामर्शदाताको रुपमा उसैलाई छनोट गर्नु नै गलत भएको सेना स्रोतको दाबी छ।

यो पनि पढ्नुहोस्

'फास्ट ट्र्याक'को परामर्शदाता छनोट विवादमा, छानिएको कम्पनी भारतको कालोसूचीमाशुक्रबार, चैत २१, २०७६

‘पूर्व जानकारी हुँदाहुँदै पनि योसिनलाई नै किन छनोट गरियो भन्ने अहिले आएर पुष्टि भएको छ,’  सेना स्रोतले भन्यो, ‘राष्ट्रिय गौरवको आयोजनाको परामर्शदाताको रुपमा छनोट गरिएको कम्पनीलाई नेपालको सबैभन्दा ठूलो दाताले प्रतिबन्ध लगाएपछि अब सेनामाथि पनि नैतिक प्रश्न उठ्छ। अझै काम सुरु नभएको अवस्थामा योसिनसँगको सम्झौता रद्द गर्न सक्नु पर्छ।’ 

सेनाले तेस्रोपटक परामर्शदाता छनोटका लागि नोभेम्बर २७ मा ६ वटा कम्पनीको विस्तृत विवरण लिएको थियो। जसमा योसिन इञ्जिनियरिङ कर्पोरेसनको जेभी, चाइना रेल्वे इन्जिनियरिङको जेभी, स्मेक इन्टरनेसनल अस्ट्रेलियाको जेभी, मेनहर्ट पिटीई सिंगापुरको जेभी, इप्टिसा सर्भिस स्पेनको जेभी र दासान कन्सल्यान्ट कोरियाको जेभी छानिएका थिए। 

Ncell 2
Ncell 2

तीमध्ये पाँच कम्पनीले परामर्शका लागि प्राविधिक र आर्थिक प्रस्ताव बुझाएका थिए। प्राविधिक प्रस्तावको मूल्यांकनबाट दुई कम्पनीमात्र योग्य ठहर भए। यो कामको कूल लागत भने पौने २ अर्बको थियो। विस्तृत विवरण पेस गर्न सेनाले जनवरी २७ सम्मको समय दिँदै डिसेम्बर ३ मा कम्पनीहरूसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको थियो।

यो पनि पढ्नुहोस्

लकडाउनमा सेनाको खेल : फास्ट ट्र्याक परामर्शदाता छनोटको बदमासी लुकाउन सच्यायो पत्रशुक्रबार, चैत २१, २०७६

सेनाले मागेअनुसार योसिन र माइनहार्टले प्राविधिक तथा आर्थिक प्रस्ताव बुझाएका थिए। जसमा प्राविधिकतर्फ योसिनको ९१ दशमलव शून्य ९ अंक रहेको थियो भने अर्को प्रतिस्पर्धी माइनहार्टको ८८ दशमलव २५ थियो। टेन्डरमा प्राविधिक पक्षलाई ९० भार दिइएको थियो भने आर्थिक पक्षलाई १० प्रतिशत राखिएको थियो। सोही ९० लाई सय मान्दा योसिनको प्राविधिक पक्ष बलियो थियो।

तर, आर्थिक पाटोमा भने योसिनभन्दा माइनहार्टको रकम कम थियो। माइनहार्टले २ करोड ४ लाख २९ हजार २ सय ६८ डलरमा  कबुल गरेको थियो भने योसिनले २ करोड ११ लाख ६२ हजार ४९ डलर कबुल गरेको थियो। यी दुईबीचको भिन्नता ७ लाख ३२ हजार ७ सय ८० डलर अर्थात् नेपाली रकममा ८ करोड ३४ लाख ३४ हजार ३ सय ९१ रुपैयाँ (तत्कालीन विनिमय दरअनुसार प्रतिडलर ११३ रुपैयाँ ८६ पैसाका दरले) थियो। 

यसैगरी, अन्तर्राष्ट्रिय इन्जिनियर शुल्कमा पनि माइनहार्टको भन्दा योसिनको नै बढी थियो। माइनहार्टले अन्तर्राष्ट्रिय इन्जिनियर शुल्कमा ८२ लाख ४९ हजार १ सय ९८ डलर राखेको थियो भने योसिनले १ करोड १५ लाख २ हजार ९ सय ४० डलर कबुल गरेको थियो। यो दुई बीचको अन्तर ३२ लाख ५३ हजार ७ सय ४२ डलर थियो।

तर, कोरोनाको जोखिम न्यूनीकरणका लागि लकडाउन सुरु गरेकै दिन योसिनलार्इ दुईपक्षीय सम्झौतामा आउन भन्दै मार्च ३१ मा एक साताको समय दिइयो। 

समग्रमा योसिनले ९१ दशमलब ६३ (आर्थिक र प्राविधिक दुवै गरी) अंक पाएको थियो भने अर्को प्रतिस्पर्धी माइनहार्टले ८९ दशमलब ४३ अंकमात्रै पाएको भन्दै सेनाले हतारमा लकडाउनका बेला पारेर सम्झौता गरेको थियो।

‘भाषागत त्रुटिका कारण आर्मीले नै स्पेनको इप्टिसा कम्पनीको आर्थिक प्रस्ताव अयोग्य ठहर गरेको थियो भने कर चुक्ताको प्रमाणपत्र पेस नगरेको भन्दै दासानको प्रस्तावलाई अयोग्य ठहरको  गरेको थियो,’ स्रोतले भन्यो, ‘तर, योसिनको आर्थिक प्रस्तावको कभर पेजभन्दा अन्य पेजमा कम्पनीको छाप र हस्ताक्षर नहुँदा पनि उसलाई नै ठेक्का दिइएको थियो।’

याे पनि

 

लकडाउनमा सेनाको खेल : बदमासी लुकाउन एक सातामै काट्यो ३ पत्र

फास्ट ट्र्याकको परामर्शदाता छनौटमै रुमल्लियो सेना, सम्झौतापछि सार्वजनिक खरिदमा उजुरी

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो
दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद
सम्बन्धित सामग्री
सेयर बजारमा २६ अंकको गिरावट सोमबार नेप्से परिसूचक २६.०५ अंकले घट्दै २६७२.३९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंकले घटेको छ भने फ्लोट इण्डेक्... सोमबार, माघ २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो अघिल्लो दिन आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार, माघ २६, २०८२
तनहुँमा छयालिस लाख राजश्व संकलन साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात ला... सोमबार, माघ २६, २०८२
ताजा समाचारसबै
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद बिहीबार, माघ २९, २०८२
हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ : प्रधानमन्त्री बिहीबार, माघ २९, २०८२
एडीबीको दक्षिण एसिया विभाग प्रमुखमा सोना श्रेष्ठ नियुक्त बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्