• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खिया लागेर काम नलाग्ने अवस्थामा पुगे साढे २७ करोडका घुम्ती खाद्य प्रयोगशाला भ्यान

64x64
हेमन्त जोशी बुधबार, असार ३१, २०७७  ०८:३०
1140x725

काठमाडौं-बजार अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर तत्काल चेकजाँच गर्न सकियोस् भन्ने उद्देश्यले खरिद गरिएका साढे २७ करोड रुपैयाँ बराबरका ४ वटा खाद्य प्रयोगशाला भ्यान २ वर्षदेखि प्रयोगविहीन भएका छन्। किनेपछि एकपटक पनि प्रयोग नभएका भ्यान खिया लागेर र कुहिएर काम नलाग्ने अवस्थामा पुगेका छन्।

खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने आधुनिक उपकरणसमेत जडान गरिएका ती भ्यान २ वर्षदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रांगणमा बेबारिसे अवस्थामा छन। विभाग आफैंले खरिद गरेका २ वटा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका अरु २ मोबाइल भ्यान प्रयोगविहीन बनेका हुन्। 

आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत् खाद्य प्रविधि विभागले गुणस्तर परीक्षण गर्ने उपकरणसहितको मोबाईल भ्यान खरिद गर्ने निर्णय गरेको थियो। विभागले आफूले खरिद गर्ने २ वटा मोबाइल भ्यानका लागि १३ करोड ७८ लाख ३१ हजार रुपैयाँ बराबर भुक्तानी दिएको थियो। त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत खरिद भएका सोही प्रकृतिका बाँकी २ वटा मोबाइल भ्यानका लागि पनि सोही रकम बराबर भुक्तानी दिईएको थियो। 

विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बोलपत्र र प्रतिस्पर्धाविना नै प्रुडेन्ड मेडिटेक इन्टरनेसनलसँग लिएका यी भ्यान खरिद प्रकृयामा आर्थिक अनियमितता भएको भन्दै गतवर्ष असार ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका तत्कालीन महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा अहिले पनि चलिरहेको छ। मुद्दा दायर भएपछि कसैले पनि यी भ्यान प्रयोग गरेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

खाद्य प्रविधि विभागका प्रवक्ता मोहनकृष्ण महर्जन अदालतमा मुद्दा विचाराधीन भएका कारण मोबाइल भ्यान सञ्चालन नगरेर विभागमै राखिएको बताउँछन्। विभागलाई आधिकारिक रुपमा हस्तान्तरणसमेत नभईसकेका यी भ्यानको सुरक्षाबारे न विभागले ध्यान दिएको छ, न त बिक्रेता कम्पनीले नै कुनै उपाय अपनाएको देखिन्छ।

‘यी भ्यान खरिदसँग सम्बन्धित सबै कागजात अख्तियारले लगेको छ। त्यसको आर्थिक र प्राविधिक विषयसँग सम्बन्धित विस्तृत जानकारी हामीलाई छैन। पूर्ण रुपमा हामीलाई हस्तान्तरण भईसकेका पनि छैनन्,’ महर्जनले भने। 

अदालतको प्रकृया चाँडो सकिए विभागलाई ती भ्यानको व्यवस्थापन कसरी गर्ने भनेर टुंगो लगाउन सजिलो हुने प्रवक्ता महर्जनको भनाइ छ। ‘ती मोबाइल भ्यानमा के-के उपकरण जडान छन् र र के छैन भन्ने पनि हामीलाई थाहा छैन। केही सामानहरु सप्लायरको पनि हुन्छ। अनुसन्धान चलिरहेको गाडी हामीले प्रयोग गर्दा समस्या हुनसक्छ। अदालतबाट केही निर्णय भए हामीलाई पनि सजिलो हुन्थ्यो,’ उनले भने। 

Xtrem
Xtrem

खुला आकासमुनि चौरमा राखिएका भ्यानका टायर माटोमा धसिन नदिन सामान्य टेको लगाईएको छ। तर पार्किङ गरेर राखिएको ठाउँमा घाँस पलाएर आधा भ्यान छोपिने अवस्थामा पुगिसकेका छन। भ्यानका ढालालगायत अरु पाटपुर्जामा खिया लाग्न थालेको छ। ती भ्यानलाई सुरक्षित राख्न छोपेर राख्न भनेर बजेट पनि नभएको महर्जनले बताए। 

तत्कालीन महानिर्देशकसहित १३ जनाविरुद्ध मुद्दा चल्दै

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भ्यान खरिद गरी कार्यालयमा दाखिला नभएको अवस्था हुँदाहुँदै नियम कानुनलाई आफूअनुकूल प्रयोग गरी कमिसन खाएको, भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको, भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको लगायत कसुर गरेको उल्लेख छ। 

यो मुद्दामा तत्कालीन महानिर्देशक संजीवकुमार कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव गणेशप्रसाद चालिसे, प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधिसहित १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। यो मुद्दा अहिले पनि चलिरहेको छ। तर करोडौं मूल्य बराबरका भ्यान भने उचित संरक्षण र सुरक्षाको अभावमा कामविहीन बनेका छन्।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्