• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गाउँले जीवनमा फुटबलर अनिता

64x64
सराेज तामाङ बुधबार, असार २४, २०७७  १३:४४
1140x725

काठमाडौं- गाउँमा साथीभाइ, उकाली ओराली र मेलापात। सबैतिर सुन्दर र स्वच्छ। राष्ट्रिय फुटबल टिमकी खेलाडी अनिता बस्नेतको दिनचर्या अहिले सम्पूर्ण रुपले गाउँमा छ। मनले मात्र होइन कर्मले पनि गाउँकै भएकी छिन्। 

जुन गाउँले उनलाई बनायो त्यही गाउँमा यति लामो समय बस्न मिल्ने उनको अवस्था थिएन। नेपाली राष्ट्रिय टिम, सशस्त्र प्रहरीको एपिएफ र भारतमा समेत व्यवसायिक फुटबल खेलिसकेकी अनितालाई अहिले गाउँले बन्ने समय जुरिदियो। लकडाउनका कारण। त्यसैले त दुई वर्षपछि १४ दिनको बिदामा घर गएकी उनी लामो समय बस्न पाइन्। 

कोरोना भाइरस (कोभिड १९) ले निम्त्याएको लकडाउन गएको चैत ११ गतेबाट सुरु भयो। अनिता भने ९ गते नै घर पुगिसकेकी थिइन्। त्यसपछि त जति नै व्यस्त तालिका भए पनि फर्कन सम्भव भएन। त्यसैले गाउँकै काममा व्यस्त भइरहिन्। यो समयमा घरमा अनिताले नगरेको काम केही रहेन।

विश्वभर कोरोनाको त्रास अझै पनि हटेको छैन। नेपालमा त झनै संक्रमणको ग्राफ उकालो लाग्दैछ। तर अनितालाई जन्मभूमि तेह्रथुमको फेदाप गाउँपालिकास्थित सम्दुका सबै कुरामा चिन्ता लिइरहने फुर्सद छैन। बिग्रँदो अवस्थाबारे जानकार छिन्, चिन्ता लागि नै हाल्छ तर पनि गाउँको बसाइले ठूलो शक्ति दिइरहन्छ। 

आमाबाबासँग उकालीओराली अनि मेलापात गर्दै दिनहरू बिताइरहेकी छिन्। एपीएफमा जागिरे अनिता यसअघि घर नगएको पनि दुई वर्ष भइसकेको थियो। एपीएफमा १४ दिनको बिदा पाएकी अनितालाई त्यसअघि पनि घरको नियास्रो नभएको होइन। तर फुर्सद मिले पो। यसपटक भने घरकै औधि यादले यात्रा गरेकी थिइन्।  

‘अफिसबाट १४ दिनको बिदा दिएको थियो। घर नगएको पनि दुई वर्ष भएको थियो। बिदाको दुई हप्ता काठमाडौंमा कोठामा बस्न झ्याउ लाग्यो। त्यसैले एक पटक घर जान्छु भनेर आएको हो। एक हप्तामा फर्किहाल्छु भनेर आएको थिएँ। तर लकडाउन सुरु भइहाल्यो’ अनिताले सुनाइन्। 

घरमा आइपुग्दा लकडाउन सुरु भएकाले अनितालाई सुरुवाती दिनहरुमा त घर बस्न पाइने कुराले आहा! भन्ने भयो। हुन पनि काठमाडौंको बसाई त्यसमाथि लकडाउनले थिचिँदाको बोझ निकै गाह्रो हुने थियो। उनका अन्य खेलाडी साथीहरुले कष्टकर दैनिकी बिताएको अनितालाई राम्रैसँग थाहा छ। त्यसैले अनिता घरमा आइपुग्दा दंगै थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘घरमा आइपुगेपछि लकडाउन लाग्यो। ठीकै भयो। काठमाडौंमा हुँदै लकडाउन भएको भए समस्या हुन्थ्यो। परिवारलाई पनि तनाब हुन्थ्यो’, अनिता सुनाउँछिन्, ‘रहर हैन लकडाउन कहर हो। त्यसैले बाध्यकारी दैनिकी सबैले चलाए नै।’ 

०००
लामो समयपछि घर आउँदै गरेकी छोरीको बाटो हेरेर बसिरहेका थिए बाबाआमा। चैत्त ९ गते धरान बसपार्कदेखि धनकुटा हिले हुँदै उनी तेह्रथुम पुग्नु पर्ने। तर यस्तो परिस्थिति सिर्जना भएको थियो कि बसमा खुट्टा हाल्ने ठाउ समेत थिएन। बस चालक, सहचालकले ‘भोलिबाट पूरै बन्द हुन्छ। आजै जाउँ’ भन्दै यात्रु थपिरहेकै थिए। 

धरानको भानु पूरै भिडामभिड थियो। यस्तै खचाखच माहोललाई छिचोल्दै अनिता साझँ घर पुगिन्। लामो समयपछि केही फेरिएको रुप लिएर आमा बाबाको अगाडि उभिँदा सबैमा खुसी छायो। माहोल उल्लासमय बन्यो। 

झुम्रोको बलबाट फुटबल खेल्न थालेकी छोरीको यो उचाइले बाबुको शीर उचो बनिरहेको थियो। कर्मले लामो समय आफूबाट टाढा रहेकी छोरी घर आउँदा निकै रमाए।

अनिताको बाबालाई फुटबल निकै मन पर्छ। त्यसमाथि छोरीको खेल। विराटनगरमा गत वर्ष सम्पन्न भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग हार्न पुग्यो। दुःखी अनिता मात्रै थिइनन्, त्यसबेला उनका बाबालाई सारै नराम्रो लागेको थियो।

फोनमा सामान्य कुरा भए पनि भेटपछि अनितालाई साफ च्याम्पियनसिपमा भएका गुनासो र सुझावहरु पोख्न उनका बाबाले भ्याइहाले। ‘तिमीले गोल गर्यौं। फाइनलमा पनि गोल गर्नु पथ्र्यो। खेल हेरी रहनु भएको थियो रे। जब मेरो खुट्टामा बल हुने वित्तिकै बाबा पूरै खुसी हुनु हुन्थ्यो रे। बाबालाई पो पुरै जोश आइरहेको रे’, बाबाका कुरा सुनाउँदै अनिताले भनिन्। 

०००
विशेषगरी शहरबाट गाउँ छिरेपछि तडकभडक देखाउनेको कमि छैन। तर शहरिया रवाफले अनितालाई कहिल्यै छोएन। उनलाई त्यस्तो देखावटी नक्कल कहिल्यै लागेन। कहिल्यै आएन।

किसानकी छोरी। त्यही काम गरेर हुर्किएकी। त्यसैले उनी अहिले पनि घरमा गरिने काम सबै गर्छिन्। घाँस दाउँरादेखि कुट्टो कोदालोसम्म। अनिता भन्छिन्, ‘अहिले घाँस दाउरा गरेरै दिन बितिरहेको छ। सबै काम गर्छु।’

तर लामो समयसम्म काम नगरी फुटबल खेलेर दिन बिताएकी अनितालाई अहिले घरको काम निकै गाह्रो भयो। ‘सुरु सुरुमा त निकै गाह्रो नै भयो काम गर्नु पर्दा। पहिले त त्यही काम गरेर हुर्किएको मान्छे। तर अहिले काम नगरेको पनि लामो समय भएछ त्यही भएर हातमा ठेला नै उठ्यो। कामहरु निकै नै गर्नु पर्छ’, अनिता सुनाउँछिन्।

घरायसी कामहरु गर्दै गर्दा अनितालाई फुटबल अभ्यासको यादले सताउँछ। भन्छिन्, ‘मैले अभ्यासहरु धेरै मिस गरिरहेको छु। व्यक्तिगत रुपमा अभ्यास त भइरहेकै छ। तर टिममा र व्यक्तिगत रुपमा गरिने अभ्यासमा धेरै फरक पर्छ।’

अहिले उनीसँगै घाँस दाउरा गरेका अधिकांश पुराना साथीहरु छैनन्। कतिपय साथीहरु पढ्न बाहिर गए। कतिले बिहे गरेर अन्तै घरजम बसाए। तर जति साथीहरु भेट्छिन्। पूराना कुराहरु सुरु भइहाल्छ।

धेरै साथीहरुले बिहे गरेर घरजम बसाउँदा परिवारबाट तपाईंलाई चाहिँ बिहेको दबाब छैन? भन्ने प्रश्नमा हाँस्दै अनिता भन्छिन्, ‘बिहेको कुरा हुँदैन। म त एउटा लक्ष्य लिएर हिँडेको मान्छे। यहि लक्ष्यमा केन्द्रित छु। मेरो खुशी नै उहाँहरुको खुशी हो। त्यही भएर मैले जे गर्छु त्यसैमा सबैले साथ दिनु भएको छ।’

एपीएफकी अनिता तेह्रथुममा नै हाजिर गर्छिन्। यत्तिको सुविधा अनिताले पाएकी छिन्। त्यही भएर पनि उनलाई काठमाडौं गइहाल्नु पर्ने आपत छैन। तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिम अभ्यासको लागि कहिले बोलाउँछ भनेर बाटो भने कुरिरहेकी छिन्।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:४४
  • #अनिता-बस्नेत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्