• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नेपाल लाइफको दुई दशकको यात्रा : सबै सूचकमा 'नम्बर वान'

64x64
अरुण सापकोटा बुधबार, असार २४, २०७७  १३:१२
1140x725

काठमाडौं- विदेशी बिमा कम्पनीको दबदबा रहेको नेपालको बिमाबजारमा स्वेदशी लगानीमा खुलेको जीवन बिमा कम्पनी 'नेपाल लाइफ इन्स्योरेन्स' विगत १० वर्षदेखि सम्पूर्ण सूचकमा 'नम्बर वान' छ।

२०५८ साल बैसाख २१ गते जीवन बिमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २०७७ बैशाख २१ बाट २० वर्षमा प्रवेश गर्‍यो। अर्थात् यो २१ वर्षको युवामा नेपाल लाइफको जीवन फक्रेको छ, फराकिलो आकाशमा उडान गरिरहेको छ, आफूलाई अझै अब्बल र सशक्त बनाउँदै छ। 

२० वर्षको दौरानमा नेपाल लाइफले २६ लाख २६ हजार वटा पोलिसी जारी गरिसकेको छ। जसमा वैदेशिक रोजगारी बिमा लेख १५ लाख १५ हजार छन्। उक्त पोलिसी जारी गरेर कम्पनीले ९१ अर्ब ६९ करोड रूपैयाँ बिमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले अहिलेसम्म ६५ सय ६ भन्दा धेरैलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ। मृत्यु भएका परिवारले २ अर्ब ७४ करोड रूपैयाँ दाबी भुक्तानी पाइसकेका छन्। 

नेपाल लाइफले जारी गरेको बिमा पोलिसी (वैदेशिक रोजगारीको बाहेक)

दुई दशकमा ‍३७ हजार ७६४ पोलिसी परिपक्व भइसकेका छन्। परिपक्व भएका पोलिसीबापत ७ अर्ब ३७ करोड रूपैयाँ दाबी भुक्तानी गरिसकेको छ। परिपक्व तथा मृत्यु दाबीसहित नेपाल लाइफले बिमितलाई १० अर्ब रूपैयाँ भुक्तानी गरेको छ। बिमा व्यवसायमा यो एउटा 'माइलस्टोन' हो। 

आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै आएको नेपाल लाइफको जीवन बिमा कोष ८१ अर्ब ३७ करोड रूपैयाँ पुगिसकेको छ। कम्पनीले विभिन्न क्षेत्रमा ८८ अर्ब ३१ करोड रूपैयाँ लगानी गर्न सफल भएको छ। बिमितसँगै कम्पनीका सेयरधनीले पनि यस अवधिमा आकर्षक लाभांश प्राप्त गरिसकेका छन्। 

कम्पनीले नाफाबाट ५ अर्ब १६ करोड रूपैयाँ बोनस सेयर प्रादान गरेको छ। त्यस्तै नगद लाभांश २ अर्ब ४५ करोड रूपैयाँ दिइसकेको छ। नगद र बोनस सेयरसहित सेयरधनीहरूको हातमा ७ अर्ब ६१ करोड रूपैयाँको लाभांश पुगिसकेको छ। दुई दशकमा कम्पनीका हरेक सूचक 'नम्बर वान पोजिसन' मा छन्।

कम्पनीले पहिलो दशकभन्दा दोस्रो दशकमा आफूलाई आक्रमक रूपमा अगाडि बढाउन सफल भयो। कम्पनी स्थापनापछि पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो। कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस पांती हुन्। दोस्रो प्रमुख कार्यकारी अधिकृत पनि भारतकै बिसी शर्मा थिए। तेस्रो सिइओ रमेशकुमार भट्टराई भए। मनोजकुमार भट्टराईसहित चार जनाले पहिलो एक दशक कम्पनीको नेतृत्व सम्हालेका थिए। पछिल्लो दशकमा विवेक झाले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

नयाँ जोस, सोच र उमंगसहित कम्पनीले झालाई सिइओ नियुक्त गरेको थियो। त्यतिबेला उनी सबैभन्दा कान्छा प्रमुख कार्यकारी अधिकृत थिए। झाले २०६८ साल साउन १ गतेदेखि पाचौँ प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चार्टर्ड एकाउन्टेन्ट झा मनमा अलिअलि डरसहित कम्पनीलाई नयाँ उचाईमा पुर्‍याउने अठोटका साथ टिम व्यवस्थापनमा लागे। एक्लै काम गरेर जस लिने भन्दा सामूहिक प्रयासबाट कम्पनीलाई सफल बनाउने उनको प्रयत्न नै सफलताको सूत्र बन्यो। सबै सूचकलाई एक नम्बरमा ल्याउने सपनालाई लक्ष्य बनाएका झाले दिन-रात नभनी आफ्नो लक्ष्यप्राप्तीका लागि खटिरहे। 'सपना मात्रै देखेर हुँदैन, त्यसको वास्तविकतालाई बुझेर चुनौति सामना गर्नु नै सफलताको मूल मन्त्र हो,' उनले भने, 'कुनै पनि कम्पनीको सफलताको पछाडि त्यसमा काम गर्ने जनशक्तिको ठूलो मेहनत रहेको हुन्छ।'

सामूहिक कर्ममा विश्वास राखेर अघि बढाइएको कम्पनीले सफलताको शिखर चुमेको छ। 'सिइओ एउटा लिडर हो, सबै काम उसले मात्रै गरेर सम्भव हुँदैन,' उनले भने, 'यसका लागि टिम वर्क चाहिन्छ। जब एउटा कर्मचारी अफिस आउने बेलामा हसिलो मुहारसहित आउन सक्ने वातावरण बन्दैन तबसम्म उसले प्रोडक्टिभिटी दिन सक्दैन।' 

कार्यकारी अधिकृत विवेक झा।

सुरुवाती अवस्थादेखि नै आफ्ना कर्मचारीको तलब सुविधा धेरै हुनुपर्ने र त्यहीअनुसार उत्पादकत्व आउनुपर्ने रणनीति उनले बनाए। १० वर्ष अगाडि कर्मचारीहरुमा सन्तुष्टिकाे तह धेरै माथि थिएन। अहिले हेर्ने हो भने १० वटा नयाँ कम्पनी आउँदा पनि कम्पनी छाड्नेको संख्या सबैभन्दा न्यून छ। यसले कम्पनीप्रति कर्मचारी सन्तुष्ट रहेको प्रमाणित हुन्छ। नेपाल लाइफका कर्मचारीले पाउने तलब सुविधा बैंक सरह रहेको झा बताउँछन्।

बिमा कम्पनीको 'फ्रन्ट लाइन'मा अभिकर्ता हुन्छन्। ती अभिकर्तालाई फिल्डमा जान अभिप्रेरित गर्ने काम कर्मचारीले गरिरहेका हुन्छन्। यी दुई पक्षको 'बन्डिङ रिलेन्सन'ले नै कम्पनीलाई नयाँ उचाई दिलाउन सहयोग गर्‍यो। गएका १० वर्षलाई विभिन्न जनावरको गुणसँग तुलना गर्दै त्यहीअनुसार आफ्नो कार्यशैली उनले अपनाए।

Xtrem

Xtrem
कम्पनीले आफ्ना शेयरधनीलाई दिएको लाभांश।

झाले आफ्नो पहिलो वर्षलाई बाघ वर्षको रूपमा चित्रण गरेका छन्। बाघको झैँ ओजस्वी आवेगले कम्पनीलाई नै गति प्रदान गर्‍यो। दोस्रो आर्थिक वर्ष २०७०/०७१ लाख चितुवा वर्षको रूपमा चित्रण गरेका छन्। यस वर्ष कम्पनीले चितुवाको झैँ गतिशीलता प्रदान गरेको उनको बुझाइ छ। 

तेस्रो वर्षलाई हात्ती वर्षको रूपमा उनले बुझ्छन्। आर्थिक वर्ष २०७१/७२ मा नेपाल लाइफले 'हात्तीको झैँ भीमकाय रूप' प्राप्त गर्‍यो। कम्पनीले आफ्नो जीवन बिमा व्यवसायलाई आवेग गतिशीलतासँगै व्यापकरूपमा विस्तार गर्ने रणनीति तय गर्‍यो। ‍झाले आफ्नो चौथो वर्षलाई सिंह वर्षको रूपमा चित्रण गरेका छन्। यस वर्ष कम्पनीले आफ्ना बिमितलाई सिंहको झैँ संरक्षण गर्ने नीति लिएको थियो। 

पाँच वर्षलाई ‍'चिल वर्ष'को रूपमा चित्रण गरिएको छ। यस वर्ष नेपाल लाइफले आफ्नो जीवन बिमा व्यवसायलाई चिलको झैँ एकाग्रता प्रदान गर्दै अगाडि बढाउने रणनीति लियो। जतिबेला सरकारले १० वटा जीवन बिमा कम्पनीलाई नयाँ लाइसेन्स दिन निर्णय गर्‍यो। 

छैटौँ वर्षलाई गैँडा वर्षको रूपमा उनी चित्रण गर्छन्। आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले गैडाको झैँ पहिचान बनाउन सफल भएको झाको बुझाइ छ।सातौँ वर्ष २०७५/७६ लाख घोडा वर्षको रूपमा चित्रण गरिएको छ। कम्पनीले घोडाको जस्तै बलशाली बेग तय गरेको थियो। आर्थिक वर्ष २०७६/७७ लाई साँढे वर्षको रूपमा चित्रण गरिएको छ। यस वर्ष कम्पनीले सम्पूर्ण सूचकमा नयाँ उचाई र बल हासिल गरेको छ। 

झा प्रमुख कार्यकारीका रूपमा भित्रिदा नेपाल लाइफको व्यवसाय ५३ करोड रूपैयाँको थियो। दोस्रो नम्बरमा रहेको कम्पनीको ५० करोड रूपैयाँ थियो। अरु कम्पनीसँग प्रतिस्पर्धा गर्ने हो भने पहिलो र दोस्रोबीचको अन्तर ठूलो हुनुपर्छ भनेर योजना बनाइएको झा बताउँछन्। 'यदि कम्पनीको बजार हिस्सा बढाउने हो भने नेपाल लाइफले दोस्रो नम्बरमा रहेको कम्पनीभन्दा धेरै माथि व्यवसाय गर्नुपर्छ भन्ने योजनासहित रणनीति तय गर्‍यौँ,' उनले भने। 

बजार हिस्सामा छलाङ मार्ने क्रममा अन्य कम्पनीको व्यवसाय खोस्ने वा अरुले खाइरहेको केक भाग लगाउने भन्दा आफैँले बजार बनाउने योजनामा नेपाल लाइफ अगाडि बढ्यो। न्यून जनसंख्यामा बिमाको पहुँच रहेको सन्दर्भमा नेपाल लाइफले यसैलाई अवसरको रूपमा लियो र खाली बजारमै आफ्नो हिस्सा ओगट्दै गयो। यही स्वस्थ प्रतिस्पर्धाले कम्पनीलाई दीर्घकालीन सुधारको बाटोमा डोर्‍यायो। 

बिमा गर्न नचाहनेको कुनै दोष उनी देख्दैनन्। बिमा गर्ने चाहना जगाउन नसक्ने बिमा कम्पनीको दोष रहेको उनको धारणा छ। कुनै पनि व्यक्तिलाई बिमा किन आवश्यक छ भन्ने भावना जगाउन नसक्दा बजार सधैँ खाली रहेको उनको तर्क छ। 

'बजारमा आफ्नो उपस्थिति देखाउन नेपाल लाइफले मिडियालाई सहयात्रीको रूपमा लियो। जसले गर्दा कम्पनीले बजारमा आफ्नै छुट्टै ब्रान्ड बनाउन सफल भयो। कुनै पनि कम्पनी सफल हुन आफ्नो नामले चिनिनु पर्छ,' उनी भन्छन्, 'जतिबेला ‘नेपाल लाइफ अब नयाँ रूपमा’ भनेर ब्रान्डिङ गरिएको थियो। २०६९ यता ‘नेपाल लाइफ’ हरेक नेपालीको नसा नसामा छिर्न सफल भएको छ।' 

कम्पनी स्थापनाका पछाडि त्यसका लगानीकर्ता हुन्छन्। उनीहरूको विश्वासले कम्पनी खुल्छन् र हुर्कँदै जान्छन्। कम्पनीले पहिलो १० वर्षको यात्रा तय गरिसक्दा तीन/चार वर्षको बिमांकीय मूल्यांकन बाँकी थियो। साधारणसभा हुन सकेको थिएन।

एकैपटक तीन वर्षको साधारणसभा गरेर कम्पनीले ७० प्रतिशत बोनस सेयर र ५६ प्रतिशत नगद लाभांश दियो। तर, मानिसहरुलाई कम्पनीले यो लाभांश १० वर्ष लगाएर दिएको भन्ने लाग्यो। लगानीकर्ताको उक्त भ्रम चिर्दै कम्पनीले त्यस यता 'ह्यान्डसम बोनस' दिन सफल भएको झा बताउँछन्।

कम्पनीको यस्तो प्रस्तुतिले नेपालको पुँजीबजारमा बिमा क्षेत्रमा छुट्टै तरंग सिर्जना गर्न सफल भयो। सेयर बजारमा नेपाल लाइफको सेयर मूल्य प्रतिकित्ता ५ हजार ६ सय रूपैयाँसम्म पुग्न सफल भयो। दोस्रो बजारको अधिकांश कारोबारमा नेपाल लाइफको कारोबार 'टप टेन'भित्र पर्छ। एफपिओमार्फत कम्पनीले सर्वसाधारणालाई सेयरधनी बनायो। एफपिओमा राखेको रेकर्डले पनि कम्पनीप्रति आम मानिसको विश्वास धेरै रहेको प्रमाणित गर्‍यो। 

दोस्रो दशकको सुरुवाती अवस्थादेखि नै हरेक वर्ष शत प्रतिशतभन्दा माथिको वृद्धिदर थियो। पछिल्लो समय बजारमा एकैपटक नयाँ १० जीवन बिमा कम्पनी आउँदा पनि नेपाल लाइफको वृद्धिदर ७० प्रतिशत रह्यो। यस वर्ष कोभिड-१९ ले ठूलो प्रभाव पार्दा पनि वृद्धिदर सकारात्मक नै हुने झा बताउँछन्। 'लक्ष्यअनुसार वृद्धि नहोला तर डिजिटल प्रणालीलाई विजनेस मोडलमा इंगेज गरेर लगिएको छ,' उनले भने। 

कुनै एउटा पोजिसनमा पुग्नका लागि निरन्तरको मेहनत चाहिन्छ। यो पनि धेरै गाह्रो काम हो। तर एउटा पोजिसनमा पुगिसकेपछि त्यसलाई कायम गरिराख्नु झन् ठूलो चुनौतीको काम हो। 'पहिले फस्ट मुभर एडभान्टेज भनिन्थ्यो, अब त्यो छैन,' उनले भने, 'हरेक दिन अगाडि बढ्नुपर्छ। आजका दिनमा मैले ३० प्रतिशत बजार हिस्सा लिएर बसेको छु। अब यति भए पुग्छ भनेर बसियो भने सकिन केही समय पनि लाग्दैन। प्रतिस्पर्धी वातावरणमा ग्राहकका लागि कस्ता किसिमका कार्यक्रम लिएर जाने भन्ने सबैभन्दा महत्वपूर्ण हुन्छ।'  

नेपाल लाइफको जीवन बिमा कोष। 

बिमा कम्पनीले बजार हिस्सा विस्तार गर्दै जानुपर्ने उनको बुझाइ छ। 'अब बजार विस्तारमा हामीले काम गर्दै जाने हो, आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू आइरहेका छन्, जनशक्तिको भन्दा धेरै प्रविधिको प्रयोग बढि गर्नुपर्ने समय आएको छ,' उनले भने, 'कम्पनीले अबका दिनमा डिजिटल प्रविधिका लागि खर्च गर्नुपर्ने हुन्छ। रिसर्चको काम गर्नुपर्ने हुन्छ। कुनै पनि कम्पनीको सफलताको पछाडि रिसर्च हो। रिसर्चको फाइन्डिङ्सलाई प्रयोगमा ल्याउनुपर्ने हुन्छ।' 

नेपाल लाइफ आफैँले २० वर्षको यात्रा तय गरिसकेको छ। २७ लाखभन्दा धेरै बिमितलाई बिमा सेवा प्रदान गरिसकेको छ। २० लाख बिमितको माइन्डमा आज कम्पनी सेट भएको छ। 

विदेश गएका नेपालीहरुलाई पनि बिमा सुविधा प्रदान गर्ने कम्पनीको लक्ष्य छ। धेरै संख्यामा नेपाली रहेका देशमा सम्पर्क कार्यालय खोलेर काम गर्न जरुरी रहेको झा बताउँछन्। 'अहिले २६/२७ प्रतिशत पेनिट्रेसन पुग्नु ठूलो उपलब्धि हो। आजको दिनमा ३५ वर्षभन्दा माथिको उमेर समूह बिमित रहँदै आएका छन्,' उनले भने, 'भविष्यमा बिमा गर्न सक्ने जनसंख्याको आकार बढेर जाने अवस्था छ। त्यो समूहलाई लक्षित गरेर काम गर्ने नै हाम्रो योजना हो।'

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा विस्तार। 

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:१२
  • #nepal-life-insurance

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्