• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

काेराेनाले पारेको प्रभाव न्यूनिकरण गर्ने गरी मौद्रिक नीति ल्याउन सेजनको सुझाव

64x64
नेपाल लाइभ सोमबार, असार २२, २०७७  १७:३५
1140x725

काठमाडौं- नेपाल आर्थिक पत्रकार संघ (सेजन)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा सरोकारवालासँगको छलफल तथा अन्तर्क्रिया गरेर नेपाल राष्ट्र बैंकलाई सुझाव बुझाएकाे छ। अर्थतन्त्रमा काेराेना भाइरस (कोभिड- १९)ले पारेको असर र उक्त असरलाई संबाेधन गर्ने गरी मौद्रिक नीति बनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।

सेजनले वित्तीय क्षेत्रको स्थायित्वलाई समेत ख्याल गर्दै नगद प्रवाह सुकेका सबै किसिमका व्यवसाय र व्यक्तिगत कर्जामा समेत ब्याज पुँजीकरणसहित असरको अवस्था हेरी साँवा ब्याज भुक्तानी तालिका न्यूनतम ६ महिनादेखि बढीमा दुई वर्ष लम्ब्याउनुपर्ने सुझाव दिएको छ। नगद प्रवाहको समस्या भएका ऋणीहरुलाई असरको अवस्था हेरी सहुलियत ब्याजदरमा १५ देखि २० प्रतिशतसम्म कार्यशील पुँजी (वर्किङ क्यापिटल) दिनुपर्ने, कार्यशील पुँजी आवधिक कर्जाको पनि भुक्तानी अवधि लम्ब्याउने सुझाव प्रतिवेदनमा उल्लेख छ।

प्राथमिकता प्राप्त क्षेत्र कर्जा तथा प्रत्येक शाखाबाट दिने सहुलियत कर्जालगायत सबै मापदण्ड पुरा गर्नेलाई तोकिएको कर्जा र निक्षेप ब्याजदर अन्तरमा ०.२५ प्रतिशतसम्मको बढी मार्जिन दिनुपर्ने विज्ञहरुको राय रहेको छ। मर्जर र एक्विजिसनलाई दबाबमूलक नभई स्वेच्छिक बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन्। साथै मर्जर गर्दा वाणिज्य बैंकमार्फत् विद्यमान कर्पोरेट फाइनान्सिङ, विकास बैंकमार्फत् एसएमईज्, फाइनान्स कम्पनीमार्फत् कन्ज्युमर फाइनान्सिङ, लघुवित्तमार्फत् विपन्न वर्ग कर्जा कार्यक्रम लागू गर्ने बैंकिङ विजनेस मोडलमा असर पर्ने गरी विकास बैंक र वित्त कम्पनी मासिने क्रम रोक्नुपर्ने उनिहरुले जनाएका छन्।

मर्जरका कारण ठूला बैंकहरु मर्जर भइ ठूलो वित्तिय संस्था निर्माण हुने अवस्थामा ‘टु बिग टु फेल’ र सम्भावित रेगुलेटरी क्याप्चरको सम्भावनालाई ध्यान दिन समेत विज्ञले सुझाएका छन्। सरकारले आर्थिक विस्तारको लक्ष्य लिइरहेको अवस्थामा कन्सोलिडेसन रोजगारी सिर्जना, वित्तीय समावेशीता, वित्तीय प्रगाढता हरेक दृष्टिले अनुपयुक्त देखिने सुझाव छ।

लघुवित्त संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहित गरी उक्त संख्या भौगोलिक रुपमा सेवा प्रवाहलाई असर नपर्ने गरी आधा घटाउन विज्ञले सुझाएका छन्। केवाइसीसम्बन्धी व्यवस्थालाई कहर (ह्याभोक) नबनाई, सरल रुपमा लागू गर्ने, प्रत्यक्ष, वैदेशिक लगानी, भेञ्चर क्यापिटल, तथा नाफा फिर्ता (रिप्याट्रेशन)लाई समेत सहजीकरण गर्ने, प्रभावकारी हेज फण्डसम्बन्धी व्यवस्था लागू गर्ने, बाह्य कमर्सियल बरोइङका सम्बन्धमा सरकारी ऋणपत्रलाई धितोको रुपमा प्रतिज्ञा गरेर ऋण लिन सक्ने व्यवस्था गर्ने विषयमा ध्यान दिन विज्ञले सुझाव दिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

आगामी वर्ष निजी क्षेत्रमा जाने कर्जा न्यूनतम पनि २० प्रतिशतले बढाउनुपर्ने देखिएको सेजनले जनाएको छ। फिनटेक र आधुनिक पेमेन्ट (भुक्तानी) सोलुसन्सहरुको प्रयोगलाई बढावा दिई वित्तीय समावेशीता अभिवृद्ध गर्ने साथै प्रत्येक खातावालालाई मोबाइल बैंकिङ प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिइएको छ।

पुनकर्जाको थ्रेसहोल्ड दोब्बर बढाउन र पुनकर्जा अधिकतम उपयोग हुने वातावरण बनाउन विज्ञहरुले राष्ट्र बैंकलाई अनुरोध गरेका छन्। पुनकर्जा सुविधामा पारदर्शीता, प्रक्रियामा सरलीकण र एक साताभित्र पुनकर्जा पाउने व्यवस्था गर्ने, चाँडो पुनर्स्थापना हुनसक्ने, उत्पादन, रोजगारी र आपूर्ति शृंखलामा महत्वपूर्ण योगदान गर्ने व्यवसायहरुका लागि उपलब्ध गराउन सुझाव दिइएको छ।

पुनकर्जाको अवधि न्यूनतम १ वर्ष कायम गर्नुपर्ने, पर्यटन क्षेत्रलाई अधिकतम भेन्टिलेशन प्रदान गर्ने, ब्याज पुँजीकरण र कर्जा भुक्तानी अवधि बढाउन अधिकतम लचकता अपनाउन सुझाव दिइएको छ। सेयर बजारमा अवसाद (डिप्रेसन)को अवस्था सुधार गर्न मार्जिन लेण्डीङको सीमा बढाउने, रियल स्टेट, सवारीसाधन कर्जामा केही लचकता अपनाउन ‘लोन टु भ्यालु रेसियो’ बढाउन विज्ञहरुले सुझाएका छन्।

कोभिड–१९ का कारण वैदेशिक रोजगारीबाट फर्कने र स्वदेशमा रोजगारी गुमाउनेलाई उद्यमशीलता र रोजगारीका अवसर विस्तार गर्न नेपाल राष्ट्र बैंकको प्राथमिकता प्राप्त कर्जा कार्यक्रम अन्तर्गत सबै खाले एसएमईहरुले कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गर्न, लघु तथा घरेलु र साना उद्यमका लागि २० लाख सम्मको परियोजनामा आधारित फाइनान्सिङको व्यवस्था गर्न सुझाव दिइएको छ।

बैंकहरुको सीएसआरलाई उद्यमशीलता विकास तथा व्यवसायको स्केलअपका लागि नन–फाइनान्सिङ सहयोग (तालिम, बजार, प्राविधिक सहयोग) मा खर्च गर्ने व्यवस्था मिलाउन विज्ञहरुले सुझाएका छन्।

यस्तो छ सेजनले दिइएको सुझाव :
– ऋणीहरुलाई संरक्षणका लागि उद्योग, व्यवसायको वर्गीकरण र पुनर्संरचना र पुनर्तालिकीकरणको खाका राष्ट्र बैंकले तयार गरी सो खाकाभित्र रहेर ग्राहकले सम्बन्धित बैंक तथा वित्तिय संस्थासँगै नेगोशिएट गर्न सक्ने व्यवस्था मिलाउने। यससम्बन्धमा गुनासो लिन र समाधान गर्न राष्ट्र बैंकको शिकायत सम्बोधन संयन्त्रलाई सक्रिय र सशक्त बनाउने। 
–  दीर्घकालीन प्रकृतिका जलविद्युत् लगायतका कर्जामा परियोजना सञ्चालनमा आउनुअघि निश्चित  (फिक्स्ड)  ब्याजदर कायम गर्ने। 
–  कर्जामा जाने व्याजदरलाई दोहोरो अंकमा पुग्न नदिन विभिन्न मौद्रिक उपाय समेत प्रयोग गरी अपेक्षित कर्जा विस्तार र कर्जाको दरलाई अंकुशित गर्ने। 
–  व्याजदर कोरिडोरलाई प्रभावकारी ढंगले लागु गर्ने। 
–  सरकारी गैर–बैंकिङ वित्तिय संस्थाहरु– नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष तथा अन्य वेलफेयर फण्ड समेतको मुद्दती निक्षेप कम्तीमा पनि ६ महिनाको हुनैपर्ने व्यवस्था गर्ने। जसका कारण ब्याजदरको अस्थिरता कम गर्न मद्दत हुन्छ। 
–  बाह्य क्षेत्र स्थायित्वका लागि विदेशी मुद्रा प्राप्तिको स्रोतमा आउन सक्ने संकुचनलाई ख्याल गर्दै विदेशी मुद्रा प्राप्ति र खर्च हुने ठाउँको सघन निगरानी गर्ने।
– आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था भएको किसान क्रेडिट कार्ड कार्यान्वयनका लागि सरकारले क्रेडिटमा जाने रकम बराबरको रकम सम्बन्धित वित्तीय संस्थालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गर्ने। 
– दीगो विकास लक्ष्य प्राप्ति सम्बन्धि मुलुकको प्रतिबद्धतालाई सघाउन, वातावरणमैत्री परियोजनालाई प्रोत्साहन गर्न तथा वातावरणीय र प्राकृतिक जोखिमले बैंकको कर्जामा सञ्चालित व्यवसायको वातावरणीय जोखिम न्यूनीकरणका लागि कर्जा स्वीकृत गर्दा सामान्यतः वातावरणीय मापदण्ड पालना गरे/नगरेको हेर्ने। 
– बैंक वित्तीय संस्थाहरुलाई विदेशबाट वित्तीय साधन परिचालन गर्न सहज व्यवस्था गरिदिने। बाह्य व्यावसायिक ऋणसँग सम्बन्धित लाइबोर प्लस रेट र समयावधि, सीमामा पुनरावलोकन गर्ने।
– कस्ट अफ फण्ड (स्रोतको लागत) घटाउनुपर्ने। ऋणको लागत (बरोईङ कष्ट) ५ प्रतिशतले बिन्दूले घटाउनका लागि २.५ प्रतिशत निक्षेपबाट, १.५ प्रतिशत एसएलआर, सीआरआरलगायत मौद्रिक उपकरणमार्फत र १ प्रतिशत बैंकदरबाट घटाउन सकिने।
– आन्तरिक रेमिट, डिजिटल वालेटहरुको अधिकतम प्रति कारोबारको सीमा, दैनिक र मासिक कारोबारको सीमा निर्धारण गर्ने। 
– प्रदेशहरुले उठाउने आन्तरिक ऋण ट्रेजरी बिल, नागरिक बचतपत्र या अन्य कुन औजारमार्फत् उठाउने हो स्पष्ट गर्नुपर्ने, त्यसरी उठाइने ऋणको सीमा निर्धारण गर्नुपर्ने। 
– नेपालबाट विभिन्न सफ्टवेयर, एप्लीकेसन तथा गिग सर्भिसको पैसा भित्र्याउन कठिनाइका कारण त्यो पैसा मुलुकमा भित्रन नसकिरहेको अवस्था छ, त्यसलाई सरलीकरण गर्ने। स–सानो परिमाणमा या नमुनाका रुपमा पठाइएका वस्तुहरुको भुक्तानी नेपाल ल्याउन निकै गाह्रो छ, त्यसलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ। 
–  कोभिड–१९ का कारण कर्जाको असुलीमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै कर्जाको गुणस्तर सम्बन्धमा अध्ययनका साथै तेश्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गर्ने।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार, असोज ४, २०८३
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्