काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य, संसद अधिवेशन स्थगितको खबरले नेकपा स्थायी कमिटी सदस्यहरू चकित, नेकपाको आन्तरिक द्वन्द्वको सिकार संसदलाई बनाइएको कांग्रेसको ठहर । ( संसदको चालु अधिवेशन अन्त्य )
२) त्रिवि शिक्षण अस्पतालमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु, नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या पुग्यो १४ हजार ५१९ । ( नेपालमा ३१ पुगे मृतक )
३) इनफ इज इनफ अभियान अन्तर्गत पाटन दरबार क्षेत्रमा जारी अनशनको बिहीबार सातौं दिन, सत्याग्रही भन्छन्– हिंसात्मक राजनीति गरेर सरकार चलाउन पुगेकाले शान्तिपूर्ण विरोध प्रदर्शनलाई सुन्नै पर्छ । – अनशनको सातौं दिन )
४) इभर्टनले लेस्टरलाई र वेस्ट ह्यामले चेल्सीलाई हराएसँगै प्रिमियर लिगमा युरोपियन प्रतिस्पर्धाको रस्साकस्सी, वेस्ट ह्यामसँगको हारले चेल्सी समस्यामा पर्ने खतरा । ( प्रतिस्पर्धाको रस्साकस्सी )
५) र, भारत र पाकिस्तानले रिहा गरे दुवै देशका जेलमा रहेका नागरिक, बुधबार रिहा गरिएकामा पाकिस्तानतर्फका ३६२ र भारततर्फका ३२४ नागरिक जेलमुक्त । ( भारत–पाकिस्तानका जेलमा रहेका नागरिक रिहा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।