• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

रेमिट्यान्समा लोभिँदै सरकार : श्रमिकलाई अप्ठ्यारो पर्दा उद्धारमा ढिलाइ, विदेश पठाउनै हतार

64x64
निर्मला घिमिरे शुक्रबार, असार १९, २०७७  ०६:००
1140x725

काठमाडौं– झापाका मिलन राई कतारमा गत ५ महिनादेखि रोजगारी गुमाएर अलपत्र छन्। उनी साथीहरूसँग सापटी मागेर प्रदेशमा परान धानिरहेका छन्। उनको स्वदेश फर्कने पालो आएको छैन।

‘मसँग साथमा एकजोर कपडा बाहेक केही छैन, घरमा श्रीमती साह्रै बिरामी छिन्। घर जान्छु भनेर दूतावासमा नाम लेखाएँ। घर जाने लिस्टमा नाम परेको छ। तर, पालो आएन,’ मिलन सुनाउँछन्। आफूहरूले कमाउने बेलामा रेमिट्यान्सको आश गर्ने सरकारले दुःख पर्दा बेवास्ता गरेको उनको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेका महेन्द्रनगरका जनकसिंह ऐरको लकडाउनकै अवधिमा करार अवधि सकियो। उनीसँग भएको पैसा पनि सकियो। उनी स्वदेश फर्कन पाएका छैनन्। ‘घरबाट पैसा मगाएर स्वदेश फर्किन्छुभन्दा पनि ऋण लाग्छ। पालो पनि कहिले आउने हो? अब लकडाउन खुल्यो भने लुकेर यहीँ काम गर्छु,’ ऐरले नेपाल लाइभलाई बताए।

मिलन र जनकसिंह त प्रतिनिधि पात्रमात्रै हुन्। वैदेशिक रोजगारीका क्रममा रहेका लाखौं युवाहरू महिनौंदेखि समस्या झेलिरहेका छन्। करार अवधि सकिएका, रोजगारी गुमाएका तथा अन्य विभिन्न कारणले समस्यामा परेका युवाहरू महिनौंदेखि विदेशमा अलपत्र अवस्थामा छन्। सरकारले गत जेठ २३ गतेदेखि विदेशमा समस्यामा परेका नागरिकहरूलाई स्वदेश फर्काउन सुरु गरेपनि पैसा हुनेहरू तथा कम्पनीले टिकट बेहोरिदिएकाहरूमात्र स्वदेश फर्किएका छन्।

पैसा नहुनेहरू र कम्पनीले टिकट नकाटिदिएकाहरू अलपत्र अवस्थामा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरू महामारी वा अन्य कारणले अलपत्र अवस्थामा पुगेमा उनीहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काउनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐन २०६४ मा गरिएको छ। सो कल्याणकारी कोषको रकम प्रयोग गरेर अप्ठ्यारोमा परेका श्रमिकहरूलाई स्वदेश फर्काउनुपर्नेमा सरकारले नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना २०७७ जारी गर्दै हवाई भाडा, आन्तरिक यातायात खर्च, कोरोना परीक्षण शुल्क, क्वारेन्टाइन खर्च (प्रदेश स्तरीय) बाहेक व्यक्ति स्वयंले तिनुपर्ने व्यवस्था गरेको छ।

कोषको रकम प्रयोग गर्न सक्ने प्रावधान रहेपनि सरकारले अप्ठ्यारोमा परेका श्रमिकहरूसँग गैरकानुनी रुपमा डलर असुलेको सम्बन्धमा यसअघि नेपाल लाइभले समाचार समेत प्रकाशित गरिसकेको छ।

यहि सम्बन्धमा अदालतमा परेको एक रिटमाथि सुनुवाई गर्दै श्रम स्वीकृति लिएर विदेशमा गई अप्ठ्यारो परेका नागरिकहरूलाई छुट्टै कार्यविधि बनाएर वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश ल्याउन सर्वोच्च अदालतले आदेश जारी गरिसकेको छ। अदालतको आदेश कार्यान्वयनमा समेत सरकारले ढिलाइ गरेको छ।

श्रम मन्त्रालयले विदेशमा अप्ठ्यारो परेका नागरिकहरूलाई कोषको रकम प्रयोग गरी स्वदेश फर्काउन आवश्यक कार्यविधि तय गरी मन्त्रीपरिषदमा पेश गरी सकेको छ। सो कार्यविधि पनि सोमबार बसेको मन्त्रीपरिषद बैठकले पारित गर्न सकेन। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा यो कार्यविधि पास गर्ने तयारी थियो तर यसबारे थप विवरण सार्वजनिक गरिएको छैन। विदेशमा कोरोनाका कारण अलपत्र परेका युवाहरूको उद्धार गर्न नसकिरहेकै बेला सरकारले बिहीबारदेखि लागू हुनेगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति भने खुल्ला गरेको छ।

फागुन २९ गते बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको थियो। असार १५ गते सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुनः श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेसँगै बिहीबारदेखि पुनः श्रम स्वीकृति सुरु गरिएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख उमेश बस्नेतले नेपाल लाइभलाई बताए।

त्यसो त अप्ठ्यारोमा परेका युवाहरूको उद्धारमा उदासीनता देखाएको सरकारले युवाहरूलाई विदेश धकेल्न भने हतार गरेको छ। रेमिट्यान्ससँग लोभिएको सरकारले अलपत्र अवस्थामा रहेका युवाहरूको उद्धारमा बेवास्ता गर्दै वैदेशिक रोजगारी खुल्ला गर्न हतारिएको हो।

कोरोनाका कारण वैदेशिक रोजगार ठप्प रहेकै अवस्थामा अर्थमन्त्री युवराज खतिवडाले सोमबार नेपाल उद्योग परिसंघको १७ औँ वार्षिक साधारण सभामा दिएको प्रतिक्रियाले पनि सरकार अप्ठ्यारोमा परेका युवाहरूलाई बेवास्ता गर्दै रेमिट्यान्सकै आश गरिरहेको छर्लङ्ग हुन्छ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ०६:००
  • ##वैदेशिक-राेजगार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस शुक्रबार, असोज २, २०८३
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति शुक्रबार, असोज २, २०८३
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्