• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सरकार किन प्रश्न सुन्दैन?  पाटन सत्याग्रहमा मिसिएका आवाजहरू
64x64
ऋग्वेद शर्मा मंगलबार, असार १६, २०७७  २१:२०
1140x725

काठमाडौं- सत्यको आग्रह यति जटिल होला भनेर जनताको सरकार भएको देशमा सोच्न सकिने विषय होइन। गणतन्त्रको यो बेला माहामारीको जोखिममा समेत सत्ताको खेलमा सरकार व्यस्त हुनु जति दुःखद छ, आवाजहरु दबाउनु र नसुन्नु अझ बढी जटिल। 

कोरोना भाइरस (कोभिड १९) को माहामारी नआउँदै तयारी नगर्नुदेखि अहिलेसम्म के कसरी काम भए हरेकलाई थाहा छ, सत्ताको बचाउ गर्नेहरुलाई नै पनि। त्यही काम राम्ररी गर भनेर युवाहरुले आवाज उठाएको पनि लामो समय भयो। 

सामाजिक सञ्जालमा लेखेका आग्रहलाई गाली देख्ने सत्ताले सडकमै पुगेको आवाज पनि सुनेन। काम गर्नुभन्दा मुख थुन्नु सजिलो ठान्यो। गएको जेठको अन्तिम साता कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा युवाहरु बालुवाटारमा शान्तिपूर्ण प्रदर्शनमा थिए। तीन दिनमा त्यस्तै प्रदर्शन बालुवाटारमा दुईपटक भयो।

त्यस्तै प्रदर्शन देशभर फैलियो। काठमाडौंमा पनि चोकचोकमा युवाहरु देखिए। आवाजहरु उठे। प्रश्नहरु गरिए। तर जवाफ अझै छैन। सरकारले बोलेर दिनुपर्ने जवाफको माग पनि उनीहरुले गरेका होइनन्। उनीहरु चाहन्छन् सरकारले कामले जवाफ देओस्।

बालुवाटार, माइतिघर र विभिन्न चोक हुँदै पाटनमा पुगेको अब त अत्ति भयो भन्ने आवाज मंगलबार अझ चर्को सुनियो। पाटनमा नै पुस्तक पढेर युवाहरुले आवाज उठाइरहेको पनि १७ दिन पुगिसक्यो। पाँच दिनदेखि सामाजिक अभियन्ता ई र पुकार बम अनशनमा छन्। 

आरडिटी रोकेर पिसिआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, सरकारको पारदर्शिता र जवाफदेहिता हुनुपर्ने, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, कमजोर अवस्थामा रहेका मजदुर कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत दिनुपर्ने लगायत माग उनीहरुको छ। तर यी मागहरु गर्नु सरकारको विरोध गर्नुजस्तो सत्ताले ठानिरहेको छ। यसैले अनसनमा बसकोहरुलाई समेत प्रहरीले पक्राउ गर्‍यो। पक्राउको विरुद्धमा फेरि अनसन भए। उनीहरुलाई प्रहरीले छाडेपछि त्यही ठाउँमा अनसन निरन्तर छ। 

अहिले उठिरहेका आवाजहरुलाई सरकारका कामदारले विभिन्न ‘बिल्ला’ भिराएर कमजोर पार्न गरेका सयौँ प्रयास भन्दा चर्को अहिले उनीहरुको आवाज भइरहेको छ। उनीहरु सरकारको विरोधमा छैनन्, शैलीको विरोधमा छन्। सरकार फेरिनु पर्छ भनेका छैनन्, काम राम्रो हुनुपर्‍यो भनिरहेका छन्। 

Ncell 2
Ncell 2

मंगलबार सयौँ युवाहरु ई ले सत्याग्रह गरिरहेको पाटनमा नै जम्मा भए। लगातार पुस्तक पढेर विरोध गरिरहेकाहरु पनि त्यहीँ थिए। केहीले सरकार झकझकाउने नारासहितका प्लेकार्ड बोकेर भौतिक दुरी बनाएर बसिरहेका थिए। केही धिमेबाजासहित उपस्थित थिए। केहीले मन्दिर अगाडिको डबलीमा खबरदारीको आवाजसहित नाटक देखाए। 

पाटनमा युवाहरुले सरकारको काम राम्रो होस् भनेर आवाज उठाइरहँदा सरकार बालुवाटारमा सत्ताको प्रश्न उत्तरमा थियो। यो जोखिमको समयमा पनि सबै कुरा भुलेर सत्ताको खेलमा लागिरहन सक्नु पनि नेतृत्वको ठूलो शक्ति नै त होला। होइन भने त आवाज उठाउनेहरु नागरिक हुन् भनेर प्रश्न पक्कै सुनिन्थ्यो। 

‘कोरोनाको संक्रमण नियन्त्रणमा ल्याउन यो अवस्था सरकारका लागि अन्तिम अवसर हो। हामी त्यसैले अनसनमा छौँ। सरकारले तदारुकताका साथ जागरुक भएर काम गरोस् भन्ने हाम्रो माग हो’, अनसनमा रहेका ई भन्छन्, ‘यही कुराहरु हामीले पटक पटक भनिरहेका छौँ। एसएमएस पठाएर भन्यौँ, सामाजिक सञ्जालमा लेख्यौँ, शान्तिपूर्ण प्रदर्शन गर्‍यौँ। तर पनि सरकारले नसुनेका कारण अनसन नै अन्तिम विकल्प भयो।’ 

ई अनसन बसेको पाँच दिन भयो। एक दुई हप्ता हामी अझै थेग्न सकौँला भन्ने उनलाई लाग्छ। भन्छन्- ‘हामी सरकारका हितैषी हौँ भन्ने सरकारले पनि बुझिदिए हुन्थ्यो। यो अवस्था राम्ररी समाधान भयो भने सबैका लागि राम्रो हो नि।’

पछिल्ला प्रदर्शनहरुमा भन्दा मंगलबार पाटनमा देखिएको भिन्न दृश्य हो स्थानीयको सहभागिता, धिमे बाजासहित आएका युवा र सडक नाटक। 

कथा घेरामा संलग्न रंगकर्मी आकांक्षा कार्कीसहितले पाटन डबलीमा सरकारलाई नाटकमार्फत झकझकाउन खोजे। 

‘केही दिनदेखि देशको स्थिति हेरिरहेका छौँ। धेरै वटा विषयहरुले आक्रोश पैदा भइरहेको थियो। युवाहरु सडकमा उत्रेर आवाज उठाइरहँदा हामीले पनि केही गरौँ भन्ने लाग्यो। त्यही आक्रोशका कारण लाचारीलाई जित्नका लागि हामीले यो मुद्दाहरुमा आवाज उठाएका हौँ’, आकांक्षा भन्छिन्, ‘जहाँ अन्याय भइरहेको छ त्यो कुरामा हामी बोल्न चाहेका हौँ। यो कसैबाट परिचालित होइन। हामीले आफ्नै इच्छामा आफ्नै खर्चमा गरेका हौँ।’ 

नाटक लेखनमा काम गरिरहेका सौरभ कार्की पनि आफूले जानेको माध्यमबाट हरेकले प्रश्न उठाउनु महत्वपूर्ण हुने बताउँछन्। ‘तपाइँ मौन बसिरहनु भएको छ भने गलत कुरालाई समर्थन गरिरहनु भएको छ। यो सरकारले उत्तर देला भन्ने आश छैन तर हामीसँग प्रश्न मात्र छन्। हाम्रो चाहना सत्ता ढलोस् भन्ने होइन, उत्तरदायित्व पूरा होस् भन्ने हो’ उनले सुनाए। 

युवाहरुले अझै कति दिन यसरी नै प्रश्न उठाउनुपर्ने हो थाहा छैन। सरकार सत्ता जोगाउने काममा लागिरहन्छ या जोखिममा प्रभावकारी काम गर्नतिर चेत्छ त्यो पनि थाहा छैन। यत्ति भने थाहा छ अबको पुस्ता जे भइरहेको छ त्यो हेरेर मात्र बस्दैनन्।

थप तस्बिरहरु हेर्नुहोस्

यो पनि पढ्नुहोस्

यसरी पनि हुन्छ विरोध : नबोलेरै उचो आवाजमंगलबार, असार ९, २०७७

यो पनि पढ्नुहोस्

माइतीघरले नदेखेको प्रदर्शन : यो आग्रह हो, विद्रोह होइनशनिबार, जेठ ३१, २०७७

 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्