• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा तीव्र उतारचढाव किन ? बजारका जानकार यसो भन्छन्

सस्तो ब्याजदर, पर्याप्त तरलता र लगानी गर्ने अरु क्षेत्र नहुनु मुख्य कारण
64x64
नेपाल लाइभ मंगलबार, असार १६, २०७७  १५:४३
1140x725

काठमाडौं - लकडाउनका समयमा बन्द रहेको पुँजीबजार सोमबार खुल्दा एक घण्टा नबित्दै 'डाउन सर्किट' लाग्यो। तर दिनभरीको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १२ अंकले मात्रै घटेको देखियो।

मंगलबारको कारोबारमा भने त्यसको ठीक उल्टो भयो। आज पहिलो एक घण्टाभित्रै पोजेटिभ सर्किट लाग्यो। कारोबार सुरु भएको २ घण्टा नबित्दै तीनपटक सर्किट लागेर बजार बन्द भयो। सर्किट लागेर १ बजे नै बजार बन्द भएपछि बाँकी २ घण्टा कारोबार हुन पाएन। 

यसरी बजारमा एकाएक उछाल देखिनुलाई लगानीकर्ता लगानीकर्ता भने अचम्म मान्नुपर्ने अवस्था नरहेको बताउँछन्। अहिले पुँजीबजारमा देखिएको सुधार र लगानीका लागि देखिएको उपयुक्त वातावरणकै कारण लगानीकर्तामा ‘कन्फिडेन्स’ बढेको उनीहरूको भनाइ छ। 

अहिले कोभिड १९ महामारीको असर बाहेक धितोपत्र बजारमा कुनैपनि समस्या नरहेको उनीहरू बताउँछन्। बजारमा पर्याप्त तरलता हुनु, सस्तो ब्याजदर, अरु क्षेत्रमा लगानी गर्ने वातावरण नहुनु, करमा स्पस्टता र बजार सुधारका लागि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र लगानीकर्ताहरूले संयुक्तहरूमा चालेका कदमहरूको सकारात्मक असर बजारमा देखिएको लगानीकर्ताहरूको भनाइ छ। 

कोभिड १९ महामारीका कारण पुँजी बजार लामो समय बन्द रहँदा लगानीकर्तामा अन्यौलता थियो। तर बजार खुलेसँगै उनीहरूमा देखिएको कन्फिेडेन्टका कारण मंगलबार पोजेटिभ सर्किट लागेको सन्दर्भमा यसका कारणबारे नेपाल लाइभले लगानीकर्तासँग गरेको कुराकानीको सम्पादित अंश- 

‘लकडाउनकै बीचमा पुँजी बजारका लागि धेरै सकारात्मक काम भए, त्यसैको असर बजारमा देखियो’ 
भरत रानाभाट – अध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन नेपाल
आज नेप्से ४, ५ र ६ प्रतिशतमा बढ्दै गएर सर्किट लाग्यो। बजारमा यस्तो धेरैपछि देखिएको हो। सोमबार कारोबार सुरु हुने बित्तिकै नराकात्मक सर्किट त हिजो पनि लागेको थियो। आज सर्किट लागेर बन्द भएको अवस्थामै पनि बजार रिकभर भएको हो। इन्डेक्स लकडाउन हुनभन्दा अघिको हाराहारीमा पुगेको छ। सर्किट लाग्दा मात्रै बजारमा त्यसको सन्देश अलि फरक तरिकाले गयो। नत्र इन्डेक्स पहिल्यैको अवस्थामा पुगेको हो। 

लकडाउन अघि र अहिलेको अवस्था हेर्ने हो यो बीचमा पुँजी बजारका लागि चाँहिने थुप्रै राम्रा काम भएका छन्। बजारले पनि त्यहि हिसाबले रियाक्ट गरेको हुनसक्छ। अहिले ब्याजदर घटेको छ। पुँजी बजारका लागि त्यसले निकै सकारात्मक भूमिका निर्वाह गर्छ। अन्ततिर लगानी गर्ने ठाउँ छैन। अरु क्षेत्रका लगानीकर्ता पनि पुँजीबजारमा आकर्षित भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

करको विषयलगायत अरू थुप्रै विषयका अस्पस्टता यो लकडाउनकै अवधिमा टुंगिए। लकडानका कारण बजार बन्द हुनुभन्दा अगाडिको अवस्थामा पुगेको हो बजार। यसबीचमा थुप्रै सुधारका काम भएकाले बजार अझ माथि जान्छ। कोरोनाको प्रभाव मात्रै अहिलेको एकमात्र नकारात्मक पक्ष हो। यो हप्ता बजारको अवस्था हेरौं, त्यसपछि यसले कस्तो अवस्था लिन्छ भन्ने कुराको विश्लेषण गर्न सकिन्छ। 

बजारमा फरक-फरक खालका लगानीकर्ता हुन्छन। त्यहि कुरा सूचकमा पनि प्रतिबिम्बित हुने हो। कोरोनालाई बजारसँग जोडेर म यहाँबाट निस्कन्छु भन्ने मनस्थिति भएका लगानीकर्ताका कारण हिजो सुरुमा बजार निकै घटेपनि पछि सम्हालिसकेको थियो। अब बजारमा नागरिक लगानी कोषको डिलर आउँदैछ। उसको ठूलो लगानी बजारमा आउनै बाँकी छ। यसकारण पनि बजारमा राम्रो प्रभाव देखिन्छ भन्ने लागेको छ। 

‘सर्किट ब्रेक लागेर छोटो समयमै बजार हुनुभन्दा बिस्तारै बढेको भए अझ राम्रो हुन्थ्यो’
छोटेलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम
बजार सर्किट लागेर छोटो समयमै बन्द हुनुभन्दा पनि बिस्तार बिस्तारै बढ्दै गएको भए राम्रो हुन्थ्यो। ह्वातह्वात बजार बढ्ने र सर्किट ब्रेक लाग्ने हुँदा कारोबार समयभरी चलेर बजार बढेको राम्रो हो। क्रमबद्ध तरिकाले दिगोरूपमा बजार बढ्नुपर्छ। किनभने छोटो समयमै बजार बन्द हुँदा किन्नुपर्नेले किन्न पाएनन बेच्नुपर्नेले बेच्न पाएनन्। कारोबार धेरै हुन पाएन। एक तरिकाले बजार बढ्नु भनेको त राम्रै हो। तर यसको गहन विश्लेषण गरेर हेर्दा यसरी ह्वात्त बढ्नुभन्दा बिस्तारै बढेको राम्रो हो। त्यसले कारोबारमा म्याचुरिटी आउँछ। 

Xtrem

Xtrem

बजार बढ्नुको कारण हरू हेर्दा यसअघि धेरै नकारात्मक कुराहरू थिए। तर योबीचमा लगानीकर्ताहरू मिलेर एउटा राम्रो सन्देश दिन सक्यौं। हामी बन्द हड्ताल नगर्ने भनेर धितोपत्र बोर्डसँग एकखालको भद्र सहमति पनि गरियो। यसले बजारमा राम्रै सन्देश गयो। 

अहिले सेयर बेच्ने लगानीकर्ता कम छन्। निकै आत्तिएका र व्यवहार चलाउन नसकेका लगानीकर्ताले मात्रै अहिले सेयर बेचिरहेका छन। लकडाउन अघि बजार १ हजार ६ सय ६८ को बिन्दुसम्म थियो। पछिल्लो समय बजारमा धेरै सुधार भएका छन। जस्तो कि ५ प्रतिशत करको विषय टुंगिएको छ। पहिले सेयर कारोबारका लागि एक दिनमा १० लाख रुपैयाँसम्म मात्रै लिन मिल्ने थियो तर अहिले १ पल्टमा १० लाख गरि दिनमा १० पल्टसम्म अर्थात एक करोड रुपैयाँसम्म लिन सकिन्छ। 

नागरिक लगानी कोष धितोपत्र बजार भित्र आइसक्यो। आर्थिक वर्षको अन्तिम महिना भएका कारण बोनस डिभिडेन्ट लगायतका विषयहरू पनि भए। ब्याजदर कम भइरहेको छ। मौद्रिक नीति आउने क्रममा छ। मौद्रिक नीतिमा पनि पक्कै केहि न केहि नयाँ विषय आउला। अनलाइन कारोबार प्रणालीलाई धितोपत्र बोर्डले आफै जिम्मा लिएर सुधार गर्दैछ। रियल टाइम सेटलमेन्टका कुराहरू आइरहेका छन। 

अहिले पैसा लिएर बस्नेहरू छन। तिनीहरू सेयर बजारमा आउन खोजिरहेका छन। म्युचुअल फण्डहरूले पनि क्यास लिएर बसिरहेका छन। ब्रोकर कम्पनीहरूले पनि मार्जिन ल्याण्डिङको सुविधा बढाउन गईरहेका छन। मार्जिन ल्याण्डिङको ब्याजदर कम गर्ने भन्ने राष्ट्र बैंकको नीति छ भन्ने सुनिन्छ। यो सेयर किन्ने समय हो। नयाँ लगानीकर्तालाई पनि दोस्रो बजारमा प्रवेश गर्ने उपयुक्त समय हो। पाकेको रोटी खाने हो अहिले। धेरै सेवा सुविधासहित सस्तोमा सेयर पाईरहेको छ। 

‘कोरोना प्रभावले पार्ने असर बाहेक पुँजी बजारका लागि बाँकी सबै वातावरण राम्रो छ’
ताराप्रसाद फुलेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ
पछिल्लो समय सुधारका लागि भएका प्रयासका कारण स्वभाविक रुपमा बजार त बढ्नु नै थियो। बजारमा कोरोनाको प्रभावले पार्ने असर बाहेक बाँकी सबै वातावरण राम्रो छ। पुँजी बजारका अबका दिन सुनौला नै छन। कम ब्याजमा निक्षेप लिने र कर्जाको ब्याजदर पनि घटाउने भनेर राष्ट बैंकले गरेको पछिल्लो निर्णयले पनि पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ। अर्थमन्त्री आफैले हिजो मात्रै पनि एउटा कार्यक्रममा ब्याजदर सिंगल डिजिटमा ल्याउनुपर्ने भन्ने विषय बोलेका छन। ठूलो संख्यामा लिनेहरूहरूलाई अहिलै नै सिंगल डिजिटमा ब्याजदर आई नै सकेको छ। अहिले पनि ठूलो भोल्युममा लिनेले ८–९ प्रतिशतमा लिइरहेका छन। 

पुँजी बजारमा क्यापिटल गेन ट्याक्सको वर्षौं देखिको विषय पनि अहिले सुल्झिएको छ। राजश्व कार्यालयले स्पष्टिकरण सहितको पत्र दिईसकेपछि क्यापिटल गेन ट्याक्सको अन्यौलता पनि सकिएको छ। अहिले अरु व्यापार व्यवसायमा लगानी गर्न सक्ने अवस्था छैन। पुँजीबजारमा एकमात्र यस्तो क्षेत्र हो, जसमा छोटो समयभित्रै लगानीकर्ता प्रवेश गरेर छोटो समयमै निस्कन सक्छन। अरु क्षेत्रको लगानी पनि पहिले यो क्षेत्रमा आएको छ। 

अर्को कारण बजारमा पर्याप्त तरलता हुनु पनि हो। विगतका इतिहास हेर्ने हो भने बजारमा जति तरलता अभाव कम हुन्छ, त्यसको सकारात्मक प्रभाव पुँजी बजारमा देखिन थालिहाल्छ। लगानीकर्तामा अहिले बियरिस ट्रेन्ड सकिएर बुलिस ट्रेन्डमा गईसकेको भन्ने कन्फिडेन्स बढेको छ। कोरोना हुँदैनथ्यो भने अहिले २ हजार भन्दा माथिको बिन्दुमा इन्डेक्स हुन्थ्यो। अहिले बजारलाई सबैकुराले सपोर्ट गरिरहेको अवस्था छ।

आगामि दुई तीन वर्षभित्र हामी नेप्सेको उच्चतम बिन्दुमा पुग्ने बाटोमा छौं। सोमबार बजार खुल्नुअघि लगानीकर्तालाई बजार के होला, कसो होला भन्ने त्रास जस्तो थियो। तर हिजोको कारोबारले लगानीकर्तामा उत्साह आएकोमा त्यसको फल आज देखिएको हो।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्