• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा पुरानै क्रियाशील सदस्य कायम गरेर महाधिवेशन गर्ने विकल्प अघि सारियो

64x64
लिलु डुम्रे सोमबार, असार १५, २०७७  १३:१३
1140x725

काठमाडौं-कोभिड–१९ का कारण महाधिवेशन कार्यतालिका प्रभावित बनेपछि कांग्रेसमा यसअघिकै क्रियाशील सदस्यलाई कायम राखेर तोकिएको मितिमै महाधिवेशन गर्ने विकल्प अघि सारिएको छ। पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्मका लागि तय गरिएको छ। महाधिवेशन कार्यतालिका नियमित रुपमा अघि बढेको भए क्रियाशील सदस्यता छानबिन समितिले गरेका निर्णयमा उजुरी गर्ने समय यतिखेर थियो। क्रियाशील सदस्यको सूची साउन २५ सम्म तयार गरिसक्नुपर्ने कार्यतालिका थियो। 

गत फागुन १५ सम्म पार्टी संरचनाहरु समायोजन सकेर क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्यतालिका बनाइएको थियो। निर्वाचन समितिलाई तीन पटक अवधि थप्दासमेत संगठन समायोजन सकिएको छैन। निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारीका अनुसार लकडाउनअघि जम्मा ५२ जिल्लामा मात्र समायोजन सकिएको छ। 

निर्वाचन समितिले पूर्ण रुपमा समायोजन नसकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने जनाएको थियो।  २/४ जिल्लाले समायोजनमा असहयोग गरे पनि महाधिवेशन कार्यतालिका नरोकिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए।

क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि छुट्याइएको समयमै लकडाउन सुरु भएकाले नियमित प्रक्रिया सुरु हुन सकेन। कोभिड-१९ ले ४ महिनाको कार्यतालिका प्रभावित बनेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्य कायम गरि महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो। नेता अर्जुननरसिंह केसीले भने, ‘कार्यतालिकामा असर परेकै छ। तोकिएकै समयमा महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण रोकेर पुरानैलाई कायम गर्न सकिन्छ।’ 
मंगलबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा नयाँ विकल्पका बारेमा छलफल हुने नेता केसीले बताए।

विगत चार महिनामा जिल्लामा समायोजनको कार्य पूर्ण रुपमा रोकिएको छ। चैत मसान्तसम्म सकिनुपर्ने नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण रोक्न केन्द्रले नै परिपत्र नै गरेको थियो। चैत ८ मा जिल्ला समितिहरुलाई परिपत्र गरि नवीकरण र सदस्यता वितरण स्थगन गरि कोरोना सचेतनामा सक्रिय हुन आव्हान गरिएको थियो। चैत मसान्तसम्म रोकिएको क्रियाशील सदस्यता र नवीकरणको कार्यतालिका लकडाउन निरन्तर रहेपछि अनिश्चित बनेको थियो।

फागुनमा महाधिवेशन गर्नका लागि माघ २९ को केन्द्रीय समिति बैठकले विधानका धारा निलम्बन गरेको थियो। धारा निलम्बन गरे पनि कार्यतालिकाको कार्यान्वयन कोभिडका कारण नहुने भएको छ। फरक परिस्थिति  रहेको र जिल्लाको संगठन समायोजन समयमै नभएकाले विधानका ५ धारालाई निलम्बन गरिएको थियो। 

विधानको धारा ४ (२) मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था छ। तर यस्तो व्यवस्था आगामी चौधौं महाधिवेशनका लागि भने लागू नहुने भएको छ। उक्त प्रावधान कांग्रेस केन्द्रीय समितिले निलम्बन गरिदिएको हो। योसँगै पार्टी सदस्यता लिएको एक वर्ष नपुगे पनि क्रियाशील सदस्यता वितरण गर्न बाटो खुलेको छ। आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी धारा निलम्बन गरिएको र उक्त निर्णयलाई महाधिवेशनबाट अनुमोदन गर्ने पार्टीले जनाएको छ। 

लकडाउन खुकुलो भए पनि भेला भएर जिल्ला अधिवेशन गर्ने अवस्था बनिसकेको छैन। प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘समस्या क्रियाशील सदस्य वितरणको होइन। भेला भएर काम गर्न सहज नभएको हो। आइडियाहरु विभिन्न निस्कन्छन्।’ भेला भएर जिल्ला अधिवेशन नै गर्न नसकिने अवस्थामा विकल्पबारे केन्द्रीय समितिमा छलफल हुने केन्द्रीय सदस्य कल्याण गुरुङले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

फागुनभित्रै १४औं महाधिवेशन गर्नुपर्ने बाध्यकारी परिस्थिति रहेकाले विधानमा एक वर्ष वा ६ महिना’ राखिएका प्रावधान हटाइएका छन्। विधानको धारा ४ ९२० मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्त गर्ने व्यवस्था छ। तर, यस्तो व्यवस्था आगामी १४ औं महाधिवेशनलाई केन्द्रित गरि हटाइएको थियो। धारा निलम्बनसँगै पार्टी सदस्यता लिएको एक वर्ष नपुगे पनि क्रियाशील सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ।

१४ औं महाधिवेशनलाई सहज हुने गरि धारा ४ (१०) ‘ञ’ को व्यवस्थासमेत हटाइएको थियो। महाधिवेशन हुने मितिभन्दा ६ महिना पहिले क्रियाशील सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको व्यक्तिले मात्र महाधिवेशनका लागि मतदानमा भाग लिन पाउने व्यवस्थासमेत हटाइएको छ। महाधिवेशन अघिसम्म वितरित क्रियाशील सदस्यले समेत मतदानमा भाग लिन पाउने बनाइएको छ। महाधिवेशन हुनुभन्दा कति समय पहिलेसम्म क्रियाशील सदस्यता लिएका वा नवीकरण गरेकाले महाधिवेशनमा मतदान गर्न पाउने बारे यकिन गरिएको छैन।

१३ औं महाधिवेशनमा ४ लाख ७० हजार ६५५ क्रियाशील सदस्य बनाएको कांग्रेसले १४ औं महाधिवेशनमा संख्या बढाउने जनाएको थियो।

 


 


 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार एक विज्ञप्ति जारी गर्दै जबराले राप्रपाको केन्द्रीय समितिले वैधानिक आधार गुमाइसकेको जिकिर पनि गरेका छन् । यसअघि अध्यक्ष राजेन्... बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि उनले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक सं... बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै कर्णालीले ल्यायो नयाँ नीति तथा कार्यक्रम (पुर्णपाठ) बुधबार, जेठ २०, २०८३
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार, जेठ २०, २०८३
सेय बजार २.६६ अंकले वृद्धि बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्