एजेन्सी- विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी गराए अनुसार आइतबार दिउँसाेसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९९ लाख ८५ हजार पुगेको छ।
तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। अमेरिकामा संक्रमितको संख्या २५ लाख नाघिसकेको छ। कोरोना संक्रमणबाट मारिने चार लाख ९८ हजारमध्ये धेरै अमेरिकी नै हुन्। अमेरिकामा कोरोना संक्रमणबाट एक लाख २५ हजारले ज्यान गुमाइसकेका छन्। दोस्रोमा ब्राजिल छ । ब्राजिलमा संक्रमितको संख्या १३ लाख पुगेकाे छ भने ५७ हजारले ज्यान गुमाएका छन्।
बढी संक्रमित विभिन्न १० मुलुक
अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस– ६,२६,७७९
भारत– ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू– २,७५,९८९
चिली– २,६७,७६६
स्पेन– २,४८,४६९
इटाली– २,४०,१३६
चीन– ८५,१७३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।