एजेन्सी-मालावीका प्रतिपक्षी नेता लाजारूस चक्वेरा राष्ट्रपतिमा निर्वाचित भएका छन्। चक्वेराले प्रमुख प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति पिटर मुथारिकालाई अत्यधिक बहुमतसाथ पराजित गरे।
चक्वेराले निर्वाचनमा ५८ प्रतिशत मत ल्याएको मालावीको निर्वाचन आयोगले पुष्टि गरेको छ। आयोगका अध्यक्ष चिफुन्डो कचालेले निर्वाचनको परिणाम सार्वजनिक गर्दै मालावीको २८ जिल्ला र १ सय ९३ निर्वाचन क्षेत्रका लागि कूल पाँच हजार दुई मतदान केन्द्रमा भएको मतदानको सम्पूर्ण मत परिणाममा प्रतिपक्षी नेता चक्वेरा ५८ प्रतिशत मत परिणामसहित निर्वाचित भएको जानकारी दिएका थिए।
चक्वेराले मालावीका वर्तमान उपराष्ट्रपति तथा ‘यूनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट’ का नेता साउलोस चिलिमालाई आफ्नो सात दलीय गठबन्धनका तर्फबाट उपराष्ट्रपति बनाउने घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।