• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘कोरोना संक्रमणमुक्तको प्रमाणपत्र खै?’

संक्रमित भनेर क्वारेन्टाइनमा राखिएकाहरुलाई परीक्षण नै नगरी घर पठाउँदा कोरोनाको त्रास 
64x64
शेरबहादुर ऐर आइतबार, असार १४, २०७७  १२:१२
1140x725
गौरीगंगा नगरपालिका १ को एउटै टोलमा ८ जनामा संक्रमण पुष्टि भएपछि ढुंगा राखेर गरिएको सिल।

धनगढी-धनगढी प्रयोगशालामा भएको स्वाब परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कैलालीको गौरीगंगा नगरपालिका १ का एक युवक १४ दिनसम्म क्वारेन्टाइनमा बसे। उनी आफ्नै बारीमा माटोले बनाइएको सानो टहरामा बसे। तर विना परीक्षण स्वास्थ्यकर्मीले उनलाई शुक्रबारदेखि घर परिवारमा घुलमिल गर्नसक्ने बताए। ज्वरो जाँचै नगरी घर जाऊ भनेपछि उनी डराइरहेका छन्।

‘मलाई रुघाखोकी, ज्वरो केही पनि देखिएन। त्यसैले स्वास्थ्यकर्मीले ज्वरो जाँच गरी अब घर परिवारसँग घुलमिल गर्न सक्ने भने। वडाध्यक्षले पनि त्यही भनेपछि घरभित्र त बसेँ तर, मनमा अझै त्रास छ,’ उनले भने, ‘सरकारले मलाई कोरोना संक्रमणको प्रमाणपत्र त दियो तर, संक्रमणमुक्तको प्रमाणपत्र खै । खाली ज्वरो नापेर ढुक्क भएर घर बसभन्दा कसरी बस्ने ?,’ उनले आफनो पिसीआर चेकजाँच गरिनुपर्ने माग गरे। 

उनलाई स्वास्थ्यकर्मीले १४ दिनसम्म कुनै लक्षण नदेखिएकाले सर्ने सम्भावना नरहेको भन्दै घरभित्र बस्न सुझाव दिएका छन्। उनले भने, ‘स्वास्थ्यकर्मीले तपाईंमा १४ दिनसम्म कुनै लक्षण देखिएन। यदि त्यो समयभित्र लक्षण देखिएको भए सर्ने सम्भावना हुन्थ्यो । त्यसैले अब घरमै बस्नुहोस् भनेका छन्।’ परीक्षणविनै घर पठाइएको कुरा चित्त नबुझेको प्रतिक्रिया उनले दिए।

‘भारतमा पनि मैले परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थिएन, यहाँ आएको झण्डै एक महिनापछि संक्रमण देखियो,’ उनले भने, ‘अहिले परीक्षण नगरी घर बस्न भनियो । के थाहा फेरि कोरोना संक्रमण छ कि भन्ने चिन्ताले घरपरिवारमा घुलमिल हुन नि मन लागेको छैन।’

उनले घरभित्रै बस्दा घरका अन्य सदस्यसँग कुनै न कुनै कारण घुलमिल हुने बताए। भने, ‘घरका सदस्यसँग घुलमिल त भएको छैन तर, खाना खाँदा घुलमिल भइ नै हाल्छ ।’

गौरीगंगा नगरपालिका १ कै अर्का संक्रमितले पनि कोरोना संक्रमण जसरी बनाइएको थियो, त्यसरी नै संक्रमणमुक्त बनाइनुपर्ने बताए। उनले कोरोना संक्रमण पुष्टि भएपछि समाजबाट लज्जास्पद हुनुपर्ने अवस्था आएको बताए। ‘यही समाजका कतिपय व्यक्तिहरुले अहिले यता नजा, यता नछो, घरभित्र सुतेर बस लगायतका व्यवहार गर्छन्, समाजले नराम्रो नजरले हेरिरहेको छ । याे लज्जास्पद भइरहेको छ,’ उनले भने, ‘रोग त लाग्छ तर, हौसला प्रदान गरे पनि केही ठीक गर्न सकिन्छ तर, अहिले त्यस्तो भइरहेको छैन ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते नेसनल टेस्टिङ गाइलाइन्स फर कोभिड–१९ मापदण्ड ल्याएको छ। यही गाइडलाइन्सअनुसार निश्चित व्यक्तिले मात्र पिसीआर परीक्षण गर्नुपर्ने प्रावधान बनाइएको थियो। विशेषगरी कोरोनाका शंकास्पद लक्षण भएका व्यक्तिहरु पिसीआर परीक्षण गर्नुपर्नेमा पर्छन् । 

असार ८ गते सर्वोच्च अदालतले कोभिड परीक्षणसम्बन्धी निर्देशिका (नेसनल टेस्टिङ गाइडलाइन्स फर कोभिड–१९) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेशको पनि पालना नगरी कोरोना संक्रमण पुष्टि भएकालाई घर पठाइन लागिएको गौरीगंगा नगरपालिका १ का वडाध्यक्ष जगतराम चौधरीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सरकारले बनाएको गाइडलाइन हामी जनप्रतिनिधिलाई पनि चित्त बुझेको छैन । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई संक्रमणमुक्त गरेरमात्र घर पठाइनुपर्ने थियो’, उनले भने, ‘अहिले विना परीक्षण घर पठाइँदा घर परिवार, गाउँ, टोलमै त्रासको वातावरण सृजना भएको छ ।’ उनले संक्रमण पुष्टि भएका व्यक्तिहरुले समाजभित्र विभेद झेल्नुपर्ने अवस्था आएको बताए । 

‘हामीसंग स्रोत साधन पनि छैन । अहिले यसरी विना परीक्षण घर पठाउँदा अन्य परिवार तथा गाउँ टोलका मानिसमा आरडिटी परीक्षण गर्न पनि किट छैन’, उनले भने, ‘हामीले पिसीआरका लागि स्वाब संकलन गरेर प्रदेशमा पठाउँदा पनि नपठाइदिनुहोस् भनिरहेका छन्।’ उनले कोरोना संक्रमण पुष्टि भएका १८ जनामा अहिले लक्षण नदेखिएपछि घरमा जान भनिएको जानकारी दिए ।

त्रासमा टोलबासी

जेठको ११ गते गौरीगंगा नगरपालिका १ को पशुपति निमाविमा क्वारेन्टाइन स्थापना गरियो। त्यहाँ ७३ जनालाई राखिएको थियो । ७३ मध्ये ५० जनाको आरडिटी परीक्षण गर्दा ५० जनाको पोजेटिभ आयो । वडा अध्यक्ष जगतरामले भने,‘२३ जनाको रिपोर्ट नेगेटिभ आएपछि हामीले उनीहरुलाई घर पठायौं ।’ उनका अनुसार आरडिटीमा पोजेटिभ आएकाहरुको जेठ २२ गते पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। उनीहरुको रिपोर्ट भने असार ४ गतेमात्र आएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वडा अध्यक्ष जगतरामले भने, ‘पिसीआर रिपोर्ट नआउँदै पशुपति क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भागेर आ–आफनो घर गइसकेका थिए, भागेका ५० मध्ये १८ जनामा कोरोना पुष्टि भएको थियो, त्यसपछि उनीहरुको खोजी गरेर होम क्वारेन्टाइनमै बस्न सुझाव दिइयो।’

नगरपालिकामा आइसोलेसनको व्यवस्था नहुनु र क्वारेन्टाइन पनि अव्यवस्थित हुनुले उनीहरुलाई घरमै राखिएको उनले बताए।

गौरीगंगाका स्थानीय जगत बोहराले रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट भागेका व्यक्तिहरुबाट कोरोना संक्रमणको जोखिम बढेको बताए। ‘क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रिपोर्ट नआउँदै घर गइहाले । पछि रिपोर्ट आउँदा पोजेटिभ देखियो। फेरि उनीहरुलाई आइसोलेसन तथा क्वारेन्टाइनमा राख्नुभन्दा घरमा रातो रिबन बाँधियो,’ उनले भने, ‘ती १८ संक्रमितबाट परिवार, टोल र समाजमा कति प्रभाव पार्छ । हामी अहिले सुरक्षित महसुस गरिरहेका छैनौं । हाम्रो घरभित्र कोभिड–१९ छ जस्तो बुझिरहेका छौं । यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’ उनले घरपरिवार तथा टोलमा कन्ट्याक्ट टे«सिङ गरिनुपर्ने माग गरे।

क्वारेन्टाइनबाट भागेकाहरु बजारमा 

गौरीगंगा नगरपालिकाका १ पशुपति निमाविको क्वारेन्टाइनमा बसेका स्थानीयहरुले घर जान पाउनुपर्ने माग गर्दै विरोध गरे। क्वारेन्टाइन अव्यवस्थित भएको, खाना राम्रो नभएको लगायतका गुनासो गर्दै घर जान पाउनुपर्ने माग गरेका थिए । २८ गते उनीहरुको माग नगरपालिकाले सम्बोधन नगरेपछि ३० गते क्वारेन्टाइनबाटै भागेर सबै आ-आफनो घर गएका थिए ।

गौरीगंगा नगरपालिका १ का संक्रमित ती युवकले भने, ‘क्वारेन्टाइनबाट आएर म कपाल काट्न गएँ । त्यसपछि आवश्यक सामान खरिद गर्न बजार पुगेँ ।’ उनले सामान खरिद गरेपछि एक हप्तासम्म मामाघरमा गएर बसेको बताए । उनले भने, ‘स्वाब संकलन गरेको हप्तादिनसम्म रिपोर्ट आएन। लक्षण पनि कुनै नदेखिएकाले म मामाघर पुगेको थिएँ ।’ उनले आफूमा कोरोना पुष्टि भएपछि घरमा एकान्तवासमा बसेको बताए। उनले भने, ‘अहिले घरमा भाइ, बहिनी र आमा हुनुहन्छ । तर, उनीहरुको परीक्षण पनि भएको छैन ।’  

संक्रमितहरुले संक्रमण पुष्टि भएपछि आफूलाई अलग्गै बस्न भनिए पनि परिवारका अन्य सदस्यको परीक्षण नगरिएको गुनासो गरेको छ। ‘पिसीआरमा कोरोना पुष्टि भएपछि छोरालाई छुट्टै राखियो। अहिले लक्षण नदेखिएपछि घरमा पठायो, स्वास्थ्यकर्मीले केही हुँदैन त भनेको छ तै पनि परीक्षणविना पठाउँदा कोरोनाको त्रास कायममै छ,’ एक संक्रमितकी आमाले भनिन्। 
 
 

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्