एजेन्सी–कोरोना संक्रमण पुष्टि भएपछि होण्डुरसका राष्ट्रपति हुँवा ओल्र्याण्डो हर्नान्डेज अस्पताल भर्ना भएका छन्। तर उनले सार्वजनिक गरेको तस्बिरमा भने उनी अस्पतालबाटै काम गरिरहेका देखिएका छन्।
ट्वीटमार्फत् २ वटा तस्बिर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘म अझै अस्पतालमा छु, तर जनताको सेवा गर्न सधैं काम गर्छु ।’
होण्डुरस सरकारले राष्ट्रपतिलाई गत जुन १६ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो। उनी ल्याटिन अमेरिकी मुलुकमै कोरोना संक्रमित हुने पहिलो उच्च अधिकारी हुन्। उनको सैनिक अस्पतालमा उपचार भइरहेको छ। उनकी पत्नी र दुई सहयोगीलाई पनि संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।