एजेन्सी-हङकङ मुद्धालाई लिएर अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएपछि चीनले कडा आपत्ति जनाएको छ। शुक्रबार अमेरिकाले चीनले हङकङमा लागू गर्न लागेको नयाँ सुरक्षा कानुनविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीविरुद्ध भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
चीनले भने यसप्रति कडा आपत्ति जनाउँदै राष्ट्रिय सुरक्षा कायम गर्न कडा कदम जारी राख्ने प्रतिक्रिया दिएको छ।
अमेरिकाले चिनियाँ अधिकारीहरु हङकङमा मानवअधिकार र स्वतन्त्रता हननका लागि जिम्मेवार रहेको आरोप लगाएको छ। विदेशमन्त्री माइक पोम्पियोले १९८४ को चीन–व्रिटिश संयुक्त घोषणापत्र र मानव अधिकार र मौलिक स्वतन्त्रताको ग्यारेन्टीको रुपमा हङकङको स्वायत्तता कम गर्न जिम्मेवार रहेकाले चीनका वर्तमान तथा पूर्व पदाधिकारीमा भिसा प्रतिबन्ध लगाएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।