एजेन्सी–विश्वभर कोरोनाबाट संक्रमितको संख्या ९७ लाख ६४ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या ९७ लाख ६४ हजार ९ सय ९७ पुगेको हो। मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार ८ सय ७ पुगेको छ।
सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २४ लाख ६२ हजार ४ सय ७२ संक्रमित भएका छन् भने १ लाख २४ हजार ९ सय ७८ को मृत्यु भएको छ । यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १२ लाख ७४ हजार ५ सय ८४ संक्रमित र ५५ हजार ९ सय ५७ को मृत्यु भएको छ। यस्तै, रुसमा ६ लाख १९ हजार ९ सय ३६ संक्रमित र ८ हजार ७ सय ७० को मृत्यु भएको छ भने भारतमा ४ लाख ९० हजार ४ सय १ संक्रमित र १५ हजार ३ सय १ को मृत्यु भएको छ। बेलायतमा ३ लाख १० हजार ८ सय ३६ संक्रमित र ४३ हजार ४ सय ८ जनाको मृत्यु भएको छ।
विश्वभर ४९ हजार १७ हजार ३ सय २८ जना निको भएको विश्वविद्यालयको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।