एजेन्सी–विश्वभर कोरोनाबाट संक्रमितको संख्या ९५ लाख ९६ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार शुक्रबार बिहानसम्म संक्रमितको संख्या ९५ लाख ६८ हजार ९ सय ९१ पुगेको हो। मृत्यु हुनेको संख्या ४ लाख ८९ हजार ४ सय ५ पुगेको छ।
सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २४ लाख १६ हजार ७ सय २७ संक्रमित भएका छन् भने १ लाख २२ हजार ५ सय ५० को मृत्यु भएको छ । यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १२ लाख २८ हजार १ सय १४ संक्रमित र ५४ हजार ९ सय ७१ को मृत्यु भएको छ।
यस्तै, रुसमा ६ लाख १३ हजार १ सय ४८ संक्रमित र ८ हजार ५ सय ९४ को मृत्यु भएको छ भने भारतमा ४ लाख ७३ हजार १ सय ५ संक्रमित र १४ हजार ८ सय ९४ को मृत्यु भएको छ। बेलायतमा ३ लाख ९ हजार ४ सय ५५ संक्रमित र ४३ हजार ३ सय १४ जनाको मृत्यु भएको छ।
विश्वभर ४८ हजार ७ हजार ५ सय ४ जना निको भएको विश्वविद्यालयको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।