• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

फेरि भद्र सहमति गर्लान् त प्रतिपक्षी दलले?

64x64
शेरबहादुर ऐर शुक्रबार, असार १२, २०७७  १३:४८
1140x725

धनगढी- गत वर्षकाे असारमा सत्तापक्ष र प्रतिपक्षी दलहरुले आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति विरोध जनाए। बजेट प्रस्तुत भएको पाँचाैं दिन २०७६ असार ५ गते प्रतिपक्षी दलहरुले प्रदेश सभा भवन अगाडि नै रातो किताब जलाए। 

१२ असारमा प्रदेश सभा सञ्चालन गर्ने प्रयास गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद्ले संसद् बैठक सुरु हुनासाथ रोस्ट्रम घेराउ गरी नाराबाजी गरेपछि चौथो पटक बैठक स्थगित भयो।

१४ असारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पत्रकार सम्मेलन गरेरै प्रदेश गौरवका योजनाहरु प्रस्तुत गर्‍यो। असार २२ गते प्रदेश सरकार र प्रतिपक्षबीच सदन चलाउने भद्र सहमतिपछि निरन्तर अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः सञ्चालन भएको थियो।

त्यो भद्र सहमति के थियो अहिलेसम्म प्रतिपक्षी दलका सदस्यहरुलाई जानकारी छैन।

२०७६ असार ५ गते प्रदेश सभा भवन अगाडि रातो किताब जलाइँदै

एक प्रदेश सभा सदस्यका अनुसार त्यतिबेला प्रदेशका सबै सांसद्हरुले पेश गरेका योजनाहरु बजेटको आकार नबढ्ने गरी रातो किताबमै समावेश गर्ने, विशेष प्रकृतिका योजनालाई विस्तृत रुपमा स्पष्ट पार्ने (स्पेसिफिक गर्ने) र भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको अनियमितता संसदीय समिति गठन गरी छानबिन गर्ने सहमति भएकाे थियाे। यस्तै प्रदेश गौरवका योजनाहरु निर्माण गर्न सरकार, सत्तापक्ष र प्रतिपक्षले संयुक्त रुपमा पहल गर्ने र पश्चिम सेती लगायतका राष्ट्रिय गौरवका योजनाहरुको निर्माणका लागि संघीय सरकारलाई दबाब दिन प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गर्ने भद्र सहमति भएको उनी बताउँछन्। सहमतिपछि असार २६ गते प्रदेश सभा बैठकबाट आर्थिक वर्ष २०७६/७७ को बजेट पारित भएको थियो ।

०००

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत भएको ११ दिन भइसकेको छ। बजेटमाथिको सामान्य छलफल पनि अघि बढ्न सकेको छैन। बुधबार बजेटमाथिको छलफल अघि बढाइने कार्यतालिका थियो। तर सभामुख अर्जुनबहादुर थापाले  ‘बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनेलगत्तै प्रमुख प्रतिपक्षी दलका सदस्यहरुले आफनो सिटमै उभिएर मौन विरोध गरे।

सभामुख थापाले आग्रह गरे, ‘बजेटमाथिको छलफल प्रारम्भ हुने भएकाले यसको सुरुवात हुन बाँकी छ त्यो हुने भएकाले पहिलो दिनमा केही आफनो कुरा राख्नु छ भने त्यहाँ हामी राखौला। आजको बैठक सञ्चालन गर्नका लागि समय उपलब्ध गराइदिन हुन म अनुरोध गर्दछु र आफनो आसनग्रहण गरिदिन हुन माननीय सदस्यहरुसँग म अनुरोध गर्दछु ।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, पनि प्रतिपक्षी दलका सदस्यहरु उभिइरहे। सभामुख थापाले असहमतिको कारण थाहा नभएको भन्दै पुनः बस्न आग्रह गरे। उनीहरु नबसेपछि विरोधको कारणबारे धारणा राख्न एक सदस्यलाई समय उपलब्ध गराए। सभामुखले समय दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सदन अवरोध गर्नुको कारण ‘पिसिआर चेकजाँचको दायरा बढाउनु पर्ने’ धारणा राखे। योसँगै उनले पुरानै मागहरुलाई पनि अघि बढाए।

उनले सदनमा स्पष्ट व्याख्या नगरे पनि २०७६ साल असार ५ गते उठाएका मुद्दालाई यथावत दिएको जस्तो देखिन्थ्यो।  उनले भने, ‘सरकारले योजना ल्याउने तर, जनताका पक्षमा कुनै काम नहुने देखियो ।’  उनले बजेट कार्यकर्तामुखी भएकाे, डल्लो (पछि बाँडफाँड गर्ने), आसेपासे पाल्ने, कोभिड रोकथाम तथा नियन्त्रणमा ध्यान नदिइएको लगायतका आरोप लगाए।

२०७६  असार १२ मा रोस्ट्रम घेराउ गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद 

प्रमुख प्रतिपक्षी दलले बुधबार विरोध गरेपछि सभामुखले बैठक स्थगित गरी शुक्रबार विहान ८ बजे बैठक आह्वान गरे। शुक्रबार पनि त्यही सिलसिला दोहोरियो। सोही मागमा प्रतिपक्षी दलले सदन अवरुद्ध गरे। 

यसअघि बुधबार नै सदनमा नेता रावलले ‘सरकार नसच्चिएसम्म सदन चल्नमा सहयोग नगर्ने’ बताएका थिए।

Xtrem

Xtrem

०००

सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल बजेट प्रस्तुत हुँदा केही दिन विरोधमा उत्रने गरेको यो चौथो पटक हो। हरेक वर्ष विरोध गर्दै अन्ततः बजेट पुस्तिकालाई पारित गराउनु अघि सरकारसँग भद्र सहमति गर्ने गरेको छ। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ को अल्पकालीन बजेट ल्याउँदा प्रमुख प्रतिपक्षी दलले विरोध गरेका थिए। अल्पकालीन बजेटमा प्रमुख प्रतिपक्षी दलहरु केही लचिलो भए पनि आर्थिक वर्ष २०७५/७६ को पूर्ण बजेटमा भने कडा रुपमा प्रस्तुत भएका थिए। तर, अन्ततः सहमतिमै आएर बजेट पारित हुने दृश्य अल्पकालीन बजेट, आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ ले देखाइसकेको छ।

प्रमुख प्रतिपक्षी दलकै एक सदस्यले भने, ‘दुई–चार योजना हालेपछि पुनः फेरि सहमति गरिहाल्छन्।’ उनले विगतमा पनि यही अभ्यास भएको दोहोर्‍याए। उनले प्रतिपक्षी दलका केही ठूला (प्रत्यक्ष निर्वाचित) सदस्यहरुले एजेण्डाका नाममा योजना हातमा पार्न विरोध गर्ने गरेको गुनासो गरे। उनले प्रतिक्रिया दिए, ‘एजेण्डाका नाममा योजना पार्न लागिपर्छन्। त्यसका कारण हामीले उठाएका एजेण्डाहरु सफल हुँदैनन् ।’ उनले प्रतिपक्षी दलका सदस्यहरुले एजेण्डालाई महत्व दिएर विरोध गरेमा सफल हुने पनि बताए। 

प्रदेश सभा बैठकको नीति तथा कार्यक्रममाथिकै छलफलमा समानुपातिकबाट निर्वाचित नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य अम्बीकुमारी थापाले भनेकी थिइन्, ‘आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गर्दा प्रतिपक्षी दल र सरकारबिच भद्र सहमति भएको थियो । त्यो सहमति के थियो अहिलेसम्म जानकारी छैन। कृपया त्यो सहमति यहाँ जानकारी गराइदिनुहोस् ।’

 उनले अब कुनै पनि भद्र सहमति स्वीकार नगर्ने प्रतिक्रिया दिएकी थिइन्।

आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत हुँदा प्रदेश सरकारले एकमुष्ट बजेट ल्याएको थियो। सोही समयदेखि प्रमुख प्रतिपक्षी दलले एकमुष्ट बजेट ल्याउन नहुने तथा प्रदेश गौरवका योजना ल्याउनुपर्ने लगायतका माग राख्दै प्रदेश सभा बैठक अवरोध गरे पनि अन्ततः बजेट पारित गरिरहेका छन्।

आगामी आर्थिक वर्षको बजेटमा पनि विगतका केही योजना कटौति गरे पनि ‘डल्लो’ बजेटलाई निरन्तरता दिइएको छ। नेपाली कांग्रेसकी समानुपातिक सदस्य नन्दाकुमारी बमले भनिन्, ‘डल्लो बजेट नल्याउन सुझाव दिइरहेका छौं। तर त्यसले निरन्तरता पायो। अहिलेको बजेट कोभिड-१९ केन्द्रित हुनुपर्ने थियो तर, बजेट वक्तव्य हेर्दा साउनदेखि कोरोना महामारी फैलँदैन भन्नेजसरी ल्याइयो।’ उनले बजेटले आम नागरिकको जीवन उकास्न, स्वास्थ्य, शिक्षा, कृषिलाई जोड दिएकाेजस्तो नदेखिएको बताइन्। 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्