काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ को ग बमोजिम नेप्सेलाई लगत सूचना दिएको र पटक–पटक सूचना परिवर्तन गरेको भेटिएपछि सूचीकरण स्थगन गरिएको थियो। कम्पनी रजिस्टार कार्यालयको गत फागुन १६ गतेको पत्रबमोजिम नेप्सेले गत फागुन २० गते उक्त कम्पनीको सूचीकरण स्थगन गरेको थियो।
तर कम्पनी रजिस्टारको कार्यालयबाट असार ५ गते ‘सूचीकृत भई कारोबार भइराखेका धितोपत्रको कारोबार रोक्का राख्ने प्रयोजनका लागि नभएको’ भन्ने व्यहोराको पत्र नेप्सेलाई पछि बिहीबार धितोपत्र सूचीकरण फुकुवा गरिएको हो।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ को ग बमोजिम नेप्सेलाई लगत सूचना दिएको र पटक–पटक सूचना परिवर्तन गरेको भेटिएपछि सूचीकरण स्थगन गरिएको थियो। कम्पनी रजिस्टार कार्यालयको गत फागुन १६ गतेको पत्रबमोजिम नेप्सेले गत फागुन २० गते उक्त कम्पनीको सूचीकरण स्थगन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।