काठमाडौं- कोभिड-१९ का कारण विदेशमा अलपत्र परेकाहरुको उद्धारका लागि असार ११ गते बिहीबार १३ उडान हुने सेड्युल तयार भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार असार ११ गते भोलि अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा अवतरण र ६ वटा उडान हुने भएको छ।
यसैगरी आज बुधबार भने अन्तर्राष्ट्रिय उडानतर्फ १४ वटा उडान तथा अवतरण भएको छ। साथै आन्तरिकतर्फ तारा एयरका दुई उडान तथा अवतरण सहित ८ वटा हेलिकोप्टरको उडान तथा अवतरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ।
यस्तो छ आजको उडान विवरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।