• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सुदूरपश्चिममा हालसम्म २२ प्रतिशत रोपाईं

64x64
शेरबहादुर ऐर बुधबार, असार १०, २०७७  १२:३०
1140x725

धनगढी–सुदूरपश्चिम प्रदेशमा असार पहिलो सातासम्म करिब २२ प्रतिशत धान रोपाईं भएको छ। 

समयमै मनसुन भित्रिएका कारण यस वर्ष असार पहिलो सातासम्म सुदूरपश्चिम प्रदेशमा ४० हजार दुई सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई‌ भइसकेको जनाइएको छ। 

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। क्षेत्रीय कृषि निर्देशनालय, दीपायलका अनुसार असार पहिलो सातासम्म २२ प्रतिशत क्षेत्रफलमा रोपाईं भइसकेको छ।
 
‘गत वर्ष असार १५ गतेसम्म मात्र २२ प्रतिशत रोपाईं हुनसकेको थियो। यस वर्ष समयमै मनसुन सक्रिय भएका कारण छिटो रोपाईं सुरु भएको छ। आकाशे पानीको भर पर्नुपर्ने ठाउँहरूमा पनि रोपाईं भइरहेको छ’ क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने, ‘यसपालि चाँडो रोपाईं सुरु भएकाले पनि सहज भएको छ। सिँचाई सुविधा पनि बिस्तार भएकाले किसानहरूलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता केही कम भएको छ ।’ 

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा कम रोपाईं भने धानका लागि उर्वरभूमि मानिएका  कैलाली र कञ्चनपुरमा नै भएको छ। कञ्चनपुरमा अहिलेसम्म प्रदेशका अरु जिल्लाको तुलनामा सबैभन्दा कम रोपाईं भएको छ। यहाँ १५ प्रतिशतमात्रै रोपाईं भएको छ। 

यस वर्ष अहिलेसम्म कैलाली पनि कम रोपाईं हुने जिल्लामा परेको छ। कैलालीमा यस वर्ष असार पहिलो सातासम्म १७ प्रतिशतमात्र रोपाईं भएको निर्देशक जोशीले बताए। कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म सात हजार दुई सय ५६ हेक्टरमा रोपाईं भएको छ। त्यस्तै, कैलालीमा ७१ हजार सात सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार एक सय ९२ हेक्टरमा मात्र रोपाईं भएको छ।

Ncell 2
Ncell 2

पहाडी जिल्लामध्ये यस वर्ष अहिलेसम्म बाजुरामा सबैभन्दा बढी ४५ प्रतिशत रोपाईं भएको निर्देशनालयको तथ्यांक छ। सात हजार दुई सय २० हेक्टरमा धानखेती हुने बाजुरामा तीन हजार दुई सय ४९ हेक्टरमा रोपाईं सकिएको छ।
 
त्यस्तै, अछाम र बैतडीमा ४०-४० प्रतिशत रोपाईं भइसकेको छ। अछाममा धानखेती हुने १६ हजार ५ सय ८० हेक्टरमध्ये अहिलसम्म ६ हजार ६ सय ३२ हेक्टर जग्गामा रोपाईं भइसकेको छ।
 
त्यस्तै, बैतडीमा धान खेती हुने नौ हजार हेक्टरमध्ये तीन हजार छ सय हेक्टरमा रोपाईं भएको कृषि निर्देशनालयका निर्देशक जोशीले जानकारी दिए। 

दार्चुलामा अहिलेसम्म ३५ प्रतिशत रोपाईं भइसकेको छ भने डोटी र बझाङमा  २५–२५ र डडेल्धुरामा २० प्रतिशत भूभागमा धान रोपिएको निर्देशक जोशीले जानकारी दिए।

उनका अनुसार दार्चुलामा चार हजार चार सय ४८ हेक्टरमा धान खेती हुने गरेकोमा एक हजार पाँच सय ६८, बझाङमा सात हजार एक सय १० मध्येमा एक हजार सात सय ७६ र डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धानखेती हुने गरेकोमा दुई हजार सात सय २५ हेक्टरमा रोपाईं भएको छ। त्यसैगरी डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिँदै आएकोमा एक हजार दुई सय ४५ हेक्टरमा रोपाईं गरिएको छ। 

यसपालि मनसुन चाँडो भित्रिएका कारण रोपाईं पनि चाडो सुरु भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ। 

धानखेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक जोशीको भनाइ छ । ‘अवश्य पनि यसपालि समयमै रोपाईं सकिन्छ। यसले उत्पादन बढ्छ। तर, यसपछि के हुन्छ भन्न सकिदैन,’ उनले भने, ‘अघिल्ला वर्षभन्दा पहिले नै धेरै रोपाईं भईसकेको छ। यो कृषि क्षेत्रका लागि सकारात्मक हो। यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ।’

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी: १०० भन्दा बढीको मृत्यु शनिबार, माघ ३, २०८२
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्