काठमाडौं–लकडाउनका कारण अस्ट्रेलियामा लामो समयदेखि अड्किएका २५८ नेपाली आज मंगलबार स्वदेश फर्कँदैछन्।
अस्ट्रेलियाको सिड्नीबाट नेपाल एयरलाइन्समार्फत् फर्कने उनीहरु अधिकांश ज्येष्ठ नागरिक भएको एनआरएनए अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताए।
यसअघि जेठ २७ गते अस्ट्रेलियाबाट ११ नेपाली स्वदेश फर्किएका थिए। उनीहरु समस्यामा परेका भन्दा पनि पहुँचवाला रहेको आरोप थियो ।
अस्ट्रेलियाबाट स्वदेश फर्कन सरकारले १६ सय १५ अमेरिकी डलर भाडा तोकिदिएको छ।
अमेरिकाबाट नेपाल फर्कनेहरुकोे पिसिआर परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको उल्लेख गरिएको छ। यसका लागि नेपाली मुलका डाक्टरहरुको संस्था अस्ट्रेलियन मेडिकल डेन्टल एशोसियसनले सहयोग पु¥याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।