• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ओम्नी प्रकरणमा सांसदहरूका प्रश्नैप्रश्न : मन्त्रीका सल्लाहकारलाई कुन कानुनले दियो खरिद समितिमा बस्न?

64x64
नेपाल लाइभ सोमबार, असार ८, २०७७  १९:४५
1140x725

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सांसदहरूले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामाथि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीको संलग्नतामा प्रश्न उठाएका छन्। लकडाउन शुरु भएसँगै ओम्नीसँग खरिद गरिएको स्वास्थ्य सामग्री खरिदबारे प्रश्न उठाउँदै सांसदहरुले मन्त्री र उनका सल्लाहकार कुन कानुनको अधिकार प्रयोग गर्दै समितिमा बसेका हुन् भन्दै प्रश्न उठाएका हुन्। उनीहरूले त्यसको छानबिन हुनुपर्ने माग गरे। 

मन्त्रीका लागि विज्ञ सल्लाहकार नियुक्त भएको व्यक्ति खरिद सम्झौतामा हाबी हुने गरी वार्ता कमिटीको संयोजक हुनु नै अख्तियारको दुरुपयोग भएको दाबी गरेका हुन्। वार्ता कमिटी कसरी गठन भयो? किन गठन भयो? कमिटीमा कसरी मन्त्रीका सल्लाहकार संयोजक बने? रातारात ओम्नीसँग सम्झौता गर्नुको कारण के हो? मन्त्रीका सल्लाहकार डा खेम कार्की स्वास्थ्य सामग्री खरिदमा हाबी भएको भन्दै नेकपाकै सांसदले पनि आपत्ति प्रकट गरे।

सार्वजनिक खरिद ऐन २०६३ ले महामारीका बेला महामारी नियन्त्रण गर्ने उद्देश्यले आवश्यक सामग्री खरिद गर्न सक्ने अधिकार स्वास्थ्य सेवा विभागको महानिर्देशकलाई र मन्त्रालयका जिम्मेवार अधिकारीलाई दिएकोमा मन्त्री र उनका सल्लाहकारका संलग्नता हुनु नै भ्रष्टाचारको सुरु हुनु भन्दै सांसदहरूले उनीहरू दुवै जनामाथि छानबिन हुनुपर्ने माग गरेका हुन्। ओम्नीसँग मेडिकल सामग्री खरिदका लागि सम्झौता हुँदा नै सेटिङमा भएकाले यसमा भ्रष्टाचार भएकाले छानबिन गर्न माग गरेका हुन्। 

समितिका सभापति भरतकुमार साहले स्वाथ्य सामग्री खरिदमा एक दर्जन विषयमाथि प्रश्न उठाउँदै मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई बोल्न समय दिएका थिए। दुवै जनाले धारणा राखेपछि बोल्ने समितिका सबै सांसदहरुले भ्रष्टाचार भएको कुरा लुकाउन नसकिने तर्क गरेका थिए।

नेकपाका सांसद विरोध खतिवडा ओम्नीलाई टेन्डर दिनकै लागि रातरात बैंकदेखि अन्य सरकारी निकाय कसरी खुल्ला भयो भनी प्रश्न सोधेका थिए। ‘सरकारले रातराता ओम्नीलाई नै किन छनौट गर्‍यो? मेडिकल सामग्री खरिदको कुनै जानकारी नै नभएको उक्त गुप्रलाई कसको संलग्नतामा छनौट गरियो?’ सांसद खतिवडाको प्रश्न थियो, 'यदि यस्तो होइन भने रातरात किन यति हतारमा काम भयो? कोटेसन माग्नेदेखि मन्त्रिपरिषद्‍को स्वीकृति लिने र बैंकलाई समेत सहभागी गराउने काम कसरी एकै दिनमा सम्भव भयो।’ सांसद खतिवडाले जसरी खरिदको सम्झौता भयो, त्यसैगरी सम्झौता पनि रद्द भएको भन्दै त्यसको जिम्मेवारी कसले लिने हो भन्दै प्रश्न उठाएका थिए। सम्झौता रद्द गर्दा ओम्नीलाई कालोसूचीमा राख्ने भनिएको तर त्यसमा के भइरहेको जानकारी कतै नआएको टिप्पणी उनको छ। मेडिकल सामग्री खरिद गर्दा भन्सारमा हुने छुट दाबीबाट समेत कमिसनको सेटिङ भएको उनको आरोप थियो। 

‘ओम्नीलाई ठेक्का दिन सरकार हतारिएको तर स्वास्थ्य सामग्री खरिद गर्न किन ढिला सुस्ती भयो,’ खतिवडाले भने, ‘यदि अनियमिततामा थिएन भने सेनाले खरिद गर्ने सामग्री डेढ महिनापछि आउँदा पनि किन हतार भएन?’ 

ओम्नीसँग खरिद गरेको सामग्रीको गुणस्तरमा पनि उनले प्रश्न उठाए। ओम्नीले खरिद गरेको सामग्री परीक्षण गर्न पठाएका कुनै पनि निकायले गुणस्तरीय नभएकाले उक्त सामग्री वितरण गरिएको भए ठूलो अपराध भएको उल्लेख गरे। ‘गैरसरोकारवाला व्यक्तिलाई किन खरिद समितिको संयोजक तोकियो?’ सांसद खतिवडाले भने ‘कुन कानुनले यो अधिकार दियो, कानुनले नदिएको काम गर्नेलाई भ्रष्टाचार मुद्दामा कारबाही गर्नु पर्दैन?’ 

000

Ncell 2
Ncell 2
nimb
nimb

नेकपाकै सांसद् धर्मशीला चापागाईंले स्वास्थ्य मन्त्रालयले ओम्नीलाई पहिले नै सूचना दिएर स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको आरोप लगाइन्। 

‘यदि मन्त्रालयबाट यस्ता सामग्री आवश्यक छन् र खरिद हुँदैछ भनेर सूचना लिक किन गरि‍‍यो? यदि लिक गरिएको होइन भने कसरी उसले पहिल्यै चीनमा तयार गरेको दाबी गर्न सक्यो?’ सांसद चापागाईंको प्रश्न थियो, ‘यसरी सूचना लिक गराउने कार्य सेटिङमा मात्र सम्भव छ त्यसैले जिम्मेवार सबैलाई भ्रष्टाचारमा कारबाही हुनुपर्छ।’ 

मन्त्रालयले गरेका राम्रा कामहरुका लागि धन्यवाद दिँदै उनले संसदमा प्राप्त विववरणहरु हेर्दा धेरै आशंका उत्पन्न भएको बताइन्। ‘बजारमा उपलब्ध हुने र खरिद भएका सामग्रीको मूल्य हेर्दा निकै फरक देखिन्छ। महामारीमा किन यस्तो किन भयो?’ सांसद चापागाईंले प्रश्न गरिन्, ‘यस्ता अनियमितता गर्न छुट छ? के तपाईहाम्रो कमजोरीले मान्छेको ज्यान गएमा जिम्मेवारी कसले लिने हो?’  

000

नेपाली कांग्रेसका सांसद राजन  केसीले राष्ट्रिय ढुकुटीबाट अपचलन भएकोमा समितिले चासो दिएको बताए। ‘सामग्री खरिदमा मन्त्रालयका सचिव, स्वास्थ्यमन्त्री, सल्लाहकारलाई किन संयोजक बनाइयो?’ उनले भने, ‘भर्खर नियुक्त भएको सल्लाहकारलाई किन यो जिम्मेवारी दिइयो? रोगका विषयमा सल्लाह दिने व्यक्तिलाई सामग्री खरिदको जिम्मा किन?’   

'कस्तो समान आयो? पैसा हिमालय बैँकबाट कसले पठायो? खरिद ऐनअनुसार किन भएन? सम्झौता रद्द गरेलगत्तै कालोसूचीमा राख्ने अनि पैसा असुल गर्ने भनिएको थियो, त्यो प्रक्रिया कुन अवस्थामा छ?,' भनी उनले प्रश्न उठाए।  

‘नवीकरण नै नभएको कम्पनीले रातारात कसरी यत्रो आपत्कालीन अवस्थामा ठेक्का पायो?’ केसीले भने, ‘उसको विज्ञता र अनुभव स्वास्थ्य समाग्री खरिदमा कहिल्यै पनि नभएको अवस्थामा के हेरेर निर्णय गरिएको थियो?’

000

समाजवादी पार्टीका सांसद प्रदीप यादवले ओम्नीसँगको खरिदमा स्वास्थ्यमन्त्री, मन्त्रीका सल्लाहकारका साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको पनि संलग्नता रहेको दाबी गरे। 

‘उपप्रधानमन्त्रीले रातारात कागजको घोडा कसका लागि दौडाउनु भयो?,’ सांसद यादवले प्रश्न गरे, ‘सार्वजनिक खरिद ऐनको धज्जी उठाउने काममा छुट दिन सकिँदैन। अहिले प्रविधिको जमाना भएकाले बजारमा मूल्य कति छ भन्ने सबैलाई थाहा हुन्छ। तीन गुणा बढीमा कसरी खरिद गर्ने हिम्मत गरियो?'

खरिद प्रक्रियामा संलग्न सबैलाई समितिमा बोलाउन माग गर्दै उनले विस्तृत छानबिन गर्नुपर्ने भएकाले उपसमिति गठन गर्न माग गरे। ‘यो प्रकरणमा धेरैको हात छ। उपसमिति बनाएर छानबिन गरौँ। ओम्नी भन्ने कम्पनी कहाँबाट आयो? पाँच वर्ष यही खोज्दै बित्ने भो,’ सांसद यादवले भने, ‘ओम्नीबाट जफत गर्ने भनिएको रकम सरकारको खातामा आयो कि आएन? कहिले आउँछ?  ओम्नीलाई कागज मिलाएर सेटिङमा ठेक्का दिएको कुरा घामझैँ प्रष्ट छ। पर्दा अगाडि र पछाडि धेरैको खेल छ। विगतझै छानबिन हुने र अख्तियारमा सिफारिस गरेरमा मात्र हुँदैन।’ 

000

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको काममा आम नागरिकमा आक्रोश देखिएको टिप्पणी गरिन्। ‘सरकारलाई दुई तिहाईको कसरी भन्ने? प्रधानमन्त्री उखान टुक्का भन्ने, बेसार खान सल्लाह दिएर बस्नुहुन्छ,’ सांसद चौधरीले भनिन्, ‘यस्तो महामारीको समयमा भ्रष्टाचार गर्नेलाई किरा परोस्।’ सामग्री खरिद आफ्ना मान्छेलाई परे ठिक र नपरे रद्द गर्ने कार्य मन्त्रालयले गरेको आरोप उनको थियो। ओम्नीसँग मात्र नभई सेनाले गरेको खरिदमा समेत अनियमितता र सेटिङ भएको उनको आरोप लगाइन्। 

000

समाजवादी पार्टीका सांसद मोहमद इस्तियाक राईले स्रोत सुनिश्चितता नै नगरी ओम्नीलाई सेटिङमा ठेक्का दिएर भ्रष्टाचार गरेको आरोप लगाए। सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्थालाई मिचेर ओम्नीसँग सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको उनको दाबी छ। ‘सिधै नीतिगत भ्रष्टाचार भएको छ। सल्लाहकार, निजी सचिव र मन्त्रीलाई सार्वजनिक खरिद ऐनले चिन्छ कि चिन्दैन?’ राईले भने, ‘यो कानुनको ठाडो उल्ल‌ंघन हो। जो जो सलग्न छन्, सबैलाई कारबाही हुनुपर्छ।’ 

साथै सांसद राईले नेपाली सेनालाई सामग्री खरिदमा ल्याएकोप्रति पनि आपत्ति जनाए। ‘ओम्नीलाई किन सहभागी गराइयो? किन स्पष्ट भनिँदैन? मन्त्रालय र विभा दोषी हुन्,’ राईले भने, ‘डब्लुएचओले मान्यता नदिएको आरडिटी किन गरियो?’ 

000 

नेपाली का‌ंग्रेसका सांसद मिनेन्द्र रिजालले स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्य मन्त्रीका सल्लाहकार डा खेम कार्कीको भूमिकामाथि सन्देह पैदा भएको टिप्पणी गरे। 

‘सल्लाहकारले सल्लाह दिने हो कि खरिदको संयोजक बस्ने हो?’ रिजालले प्रश्न गरे, ‘सल्लाहकार राख्ने मन्त्रीप्रति नै जिम्मेवार हुने भएकाले राख्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्छ।’ 

सल्लाहकारलाई कार्यकारीको जिम्मेवारी सेटिङ र अनियमितता गर्न दिइएको प्रष्ट भएको उनले आरोप लगाए। शुरुमा सम्झौता गर्दा नेपाली रुपैयाँमा अनि डलरमा किन रुपान्तरण गरियो? लेटरहेड नभएको, दुईवटा लागत भएको विववरण, कम मूल्य प्रस्ताव गर्नेलाई नछानिनुको कारण के हो भन्दै उनले मन्त्री र सल्लाहकारलाई समितिमा बोलाउन माग गरे।

नेकपाका सांसद सूर्य पाठकले ओम्नीसँग मेडिकल सामग्री सप्लाईको अनुभव नै नहुँदा कसरी छनौट भयो भनी प्रश्न उठाए। ‘खाद्य सामग्री खरिदको समेत हैसियत नभएको ओम्नीलाई मेडिकल सामग्री ल्याउने जिम्मा दिने अनि अनियमितता छैन भनेर कसरी विश्वास गर्ने?’ उनले भने, ‘उसले सामग्री ल्याउन नसकेको जिम्मेवारी ठेक्का दिनेहरूले नै लिनुपर्छ। सामग्री चीनबाट ल्याउँदा प्रयोग भएको नेपाल एयरलाइन्सको भाडा कसले तिर्ने हो? आजसम्म किन तिरिएन? 

ओम्नीसँग रकम जफत गर्ने र कालोसूची राख्ने प्रक्रिया कहाँ पुग्यो भन्दै उनले प्रश्न गरेका थिए। 'आपूर्तिकर्ताले तिर्नुपर्ने दायित्व कसले लिने हो? यो समूहले राज्यमाथि घात गरेको छ,’ सत्तारुढ दलका सांसद पाठकले भने, 'प्रधानमन्त्रीले कारबाही हुन्छ भन्नु हुन्छ। तर कहिले हो? विज्ञको छनौटको आधार के हो?'

सांसद मिना सुब्बाले सरकारले नियम मिचेर टेन्डर गर्दै ओम्नीसँग सम्झौता गरी भ्रष्टाचार गरेको आरोप उनले लगाइन। सांसद सुब्वाले यो प्रक्रिया संलग्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री, स्वास्थ्यमन्त्री, ओम्नीका प्रतिनिधि र मन्त्रीका सल्लाहकारहरूमाथि किन छानबिन नगर्ने भनी आक्रोश व्यक्त गरिन्। कात्रोमा पनि कमिसन लिने कार्य गर्नेहरुलाई उन्मुक्ति दिन नहुने उनको टिप्पणी छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १९:४५
  • #कोरोना_अपडेट
  • #मेडिकल-सामग्री-खरिद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग
सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग मंगलबार, भदौ ३०, २०८३
सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
नेपाललाई भारतले दैनिक ६५४ मेगावाट विद्युत् दिने मंगलबार, भदौ ३०, २०८३
मुख्य राजमार्गमा अवरोध, रसुवा–धादिङमा पूर्ण बन्द मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्