नयाँ दिल्ली (रासस/एएनआई)- भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका छन्।
उनले तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन्। रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुने बताइएको छ।
हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए। चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ। आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उनले दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।